भर्खरै :

साहित्य र राजनीति

साहित्य र राजनीति

साहित्य र राजनीति शब्द संसारका वा अक्षर दुनियाँका दुई जुम्ल्याहा शब्द हुन् जस्तो लाग्छ । राजनीति अलि आकर्षक हुँदैन सुरूतिर । तसर्थ, नेताहरूले साहित्यबाट बाटो लगाउँछन् । साहित्यमा बानी बसेपछि राजनीतिको पनि मेलो सर्छ । राजनीति सुरूसुरूमा लेख्ने प्रारम्भतिर त्यति आकर्षक लाग्दैन । राजनीतिबाट सिक्न खोज्ने मान्छे पनि अलि जोदाह हुनुपर्छ । राजनीति देख्न जति सजिलो छ, अभ्यास गर्न त्योभन्दा धेरै कठिन छ । यसो भनेर कुनै पनि देश राजनीतिबाट पन्छिन सक्दैन । यसकारण, राजनीति राजनीति नै हो । राजनीति भनेको नीतिहरूको राजा हो । राजनीतिलाई जति उपेक्षा गरे पनि, छोड्न खोजे पनि राजनीतिले छोड्दैन । मान्छेहरू कहिले दर्शनशास्त्रतिर आकर्षित हुन्थे । पछि गएर राजनीतितिर आकर्षित हुन थाले किनकि राजनीतिले राज्य सञ्चालन गर्छ । देशको थितिमिति मिलाउँछ ।
केही क्रान्तिकारी युवा
नेपालमा राजनीति सुरू भएको लामो समय भएको छैन । विसं १९८७ सालदेखि प्रचण्ड गोर्खा नामको पार्टी खोली राणाहरूको एकतन्त्रीय शासन पल्टाउन र त्यो ठाउँमा पार्टी शासन स्थापित गर्न केही क्रान्तिकारी युवाहरूबाट भगिरथ प्रयास भयो । नेपालमा त्यतिबेला महिलाहरूमा जागरणको मिर्मिरे उज्यालो पनि प्रवेश गरेको थिएन । अधिकांश महिला निरक्षर थिए । आफैँ निरक्षरले अरूको लागि के पो गर्नसक्छ र ? प्रचण्ड गोर्खाका खड्गमान बस्नेत, खण्डमानलगायत केही युवकहरू पक्राउ परे । उनीहरूलाई अमानवीय यातना दिइयो । खण्डमानहरू कारागारमै मरे । नेपाली क्रान्तिको यो एउटा पक्ष हो । खड्गमानहरू पक्राउ र यातनापूर्ण जेलजीवनबाट नआत्तिई टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, गोविन्दप्रसाद शर्मा, सुधाप्रसाद शर्मालगायत युवाहरू क्रान्तिका निम्ति तयार भए ।
बडाहाकिम घोडा धपाउने
उनीहरू पक्राउ परे । टङ्कप्रसाद आचार्यका बुबा टीकाप्रसाद आचार्य तराईको जिल्लामा मालपोत अड्डाका हाकिम र केही समय बडाहाकिम पनि भएका रहेछन् । तर, राणा शासन यति अव्यवस्थित थियो । उनी जागिर छुटेपछि भीमफेदी थानकोटका यात्रुलाई घोडा चढाउने सेवा सञ्चालन गर्थे । मालपोत अड्डाका हाकिम र बडाहाकिम भएका मान्छे जागिर छुटेपछि भाडामा घोडा चढाउने सेवा सञ्चालन गर्दा रहेछन् । बाबु मालपोत अड्डाको हाकिम र छोटो समयको भए पनि बडाहाकिम भएकोले चिसापानीगढीमा उनको राम्रो प्रभाव रहेछ । यसैकारण, टङ्कप्रसाद आचार्यले भारतमा किनेको साइकोस्टाइल मेसिन खोलखाल गरी आफ्नो ओढ्ने ओछ्यानमा लुकाइ चिसापानीगढी कटाएछन् । अन्यथा, त्यो मेसिन काठमाडौँ उतार्न वा गढी कटाउन सायदै सक्थे होलान् ।
त्यो मेसिन नआएको भए !
त्यो साइकोस्टाइल मेसिन लिथोमा सुरूमा चारवटा पर्चा छाप्यो र पहिलो पर्चा जावलाखेलमा भोटो देखाउने जात्राको दिन छरियो । रामहरि शर्मा मसँग भन्नुहुन्थ्यो, “त्यो एउटा पर्चा छरेपछि राणा शासनको तागत चार भागको तीन भाग खस्क्यो† एक भागमात्रै बाँकी भयो ।” त्यो पर्चा जो जसले पढ्नुपर्ने हो पढे र सक्दो प्रचार गरे । त्यो पर्चा टङ्कप्रसाद आचार्यले आफ्नो हातले लेखेका थिए । त्यतिबेला नेपालमा एक प्रतिशत नेपाली पनि साक्षर थिएनन् । कसले लेखेको भन्ने सिलसिलामा टङ्कप्रसाद अचार्यले लेखेको हो भन्ने पुष्टि भयो । यद्यपि टङ्कप्रसाद आचार्य पर्चा छरेपछि भारततर्फ भागेका थिए । अधिनायकवादी राणा सरकारले टङ्कप्रसादका बाबु टीकाप्रसाद सिकिस्त बिरामी छन्, मुख हेर्ने भए त्यहाँ खाई चुठ्न यहाँ आउनु भनी जाली चिट्ठी लेखी टङ्कप्रसादलाई नेपाल झिकाए ।
धेरै निरक्षर थिए !
त्यतिबेला नेपालमा आम मान्छे सावाँ अक्षर पनि चिन्दैनथे । त्यस्तो बेलामा राजनीतिक क्रान्ति गर्नु ठट्टा थिएन । ती घटना सम्झिँदा र पढ्दा अहिले पनि हामी धेरैलाई कहाली लाग्छ । राणाहरूको एकतन्त्री जहानियाँ अधिनायकवादको विरूद्ध बहुदलीय प्रजातान्त्रिक व्यवस्था लागु गर्नु चानचुने विषय थिएन । यसो भनेर चुप लागेको भए सायद अहिले पनि नेपालमा हुकुमी एकतन्त्रीय शासन नै कायम हुनसक्थ्यो । क्रान्ति सजिलो छैन । टङ्कप्रसादहरू बाहुन भएका कारण प्राणदण्ड नदिई जात झिकी दामल गरी चारपाटे मुडेर सुँगुरको पाठो बोकाइ झ्याली पिट्दै सहर घुमाइयो र जेलको कठोर कारागारमा थुनियो । टङ्कप्रसादको श्रीमतीले घरबाट खाना ल्याउँदा मुलुकको परिस्थिति लेखिएको चिठी पनि पठाउँदीरहिछन् । प्रजातन्त्रप्रति यो उनको सक्कली निष्ठा हो ।
हिन्दूस्तानको अड्को
२००७ सालमा अन्ततोगत्वा राणा शासन हट्न प¥यो । मोहनशमशेरले भारतसँग शान्ति र मैत्री नामको असमान सन्धिमा हस्ताक्षर गरे । त्यसो ग¥यो भने भारत सरकारले विद्रोहीहरूलाई सघाउँदैन भन्ने सोचाइ थियो तर भारत ब्रिटिश साम्राज्यबाट मुक्त भइसकेकोले नेपालको हुकुमी राणा शासनको विपक्षीमा र प्रजातान्त्रिक शासनको पक्षमा द¥होसँग उभिएको थियो । कटुसत्यलाई आत्मसात गरी भारत सरकारले नेपालमा चलेको राणा शासनको पक्षमा आन्दोलन गर्न रोकेन । प्रजातन्त्र भनेको देख्दा राम्रो, सुँघ्दा बास्ना आउने व्यवस्था हो भन्ने थोरै नेपालीले मात्र बुझेका छन् । त्यतिबेला नेपालीहरू सय जनामा एकजना पनि चिन्दैनथे । त्यस्ता निरक्षर नेपालीलाई क्रान्तिमा ओराल्नु थियो, ओराल्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *