पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
९ फागुन २०८० को ‘राजधानी’ ले लेख्यो, ‘वाग्मती प्रदेशमा कृषि उत्पादन घट्दो ।’
‘तातोपानीमै थन्कियो रासायनिक मल ।’ ‘अन्नपूर्ण पोष्ट’ ९ फागुन २०८० । भन्सारमा १० महिनादेखि ७ लाख ३५ हजार बोरा मल थन्किएका छन् ।
सिल्क मार्केट प्रालिले कृषि सामग्री कम्पनीका लागि मल आयात गरेको हो ।
तातोपानी नाकामा १ सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको ७ लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुख्खा बन्दरगाह यार्डभित्र गोडाममै थन्किएको छ ।
सिल्क कम्पनीले नेपाल सरकारको कृषि सामग्रीबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको हो, तर रासायनिक मलको राजस्व असुल नहुने भएकोले कृषि सामग्रीले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए ।
सिल्कले सम्झौताअनुसार रासायनिक मल समयमै ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्रीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पाले बताए ।
शेर्पाले भने, “गत वर्षको तुलनामा मलको मूल्य घटेकोले आयातकर्ताले मूल्य समायोजना गर्न कृषि सामग्रीलाई अनुरोध गरेको छ ।
साल्ट ट्रेडिङले स्थानीय सहकारीमार्फत किसानलाई मल बिक्री गर्ने गरेको छ ।
भन्सार गोदामबाट मल नलगिदिँदा सहकारीले बिक्री गर्न पाएका छैनन् । मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन् ।
समस्याको दोषी को ?
माथिको समाचारअनुसार सिल्क कम्पनी मल ल्याउने, ठेक्का दिने कृषि सामग्री कम्पनी र समयमा मल नपाएर हाहाकार खप्नुपर्ने सरकारी संस्थाहरू र नेपाली किसानहरू हुन् । समयमा सस्तो मल बेच्न बाधा दिनेहरूमध्ये कृषि सामग्री कम्पनी र सिल्क कम्पनी नै हुन् । त्यस समाचारलाई विश्लेषण गर्दा परिणामले ती दुवै पक्षको देश र जनताविरोधी उद्देश्य बुझिन्छ, त्यसलाई उद्देश्य भन्नुभन्दा पनि एक व्यापारिक षड्यन्त्र हो । परिणाम निम्न छन् –
१) समयमा मल नपाएपछि किसानहरूले खेती गर्न सक्दैनन् र मल राख्न नपाएपछि देशको उत्पादन घट्नेछ ।
२) सस्तो मलको ठाउँमा भारतीय कमसल मल महँगोमा आउने गरेको हुँदा सिल्क कम्पनी र कृषि सामग्री कम्पनीलाई भारतीय कम्पनीले घुस खुवाउने सम्भावना यथेष्ठ छ ।
३) महँगो मलले उत्पादन पनि महँगो हुँदा महँगो उत्पादन भारतबाट आउँछ, नेपाल र नेपाली जनताले महँगो भारतीय उत्पादन खरिद गर्दा नेपाली जनता र देश अर्बौँ खर्बौँं घाटामा पर्नु स्वाभाविक छ ।
४) यो देश र जनताविरोधी षड्यन्त्र हो । देश र जनताविरोधी षड्यन्त्र सबभन्दा ठुलो अपराध हुँदा त्यस्ता अपराधीहरूलाई ‘ज्यान सजाय’ गर्नुपर्ने हो । यसकारण, कृष्णप्रसाद भट्टराईको बेला खारेज गरेको ‘ज्यान सजाय’ लाई पुनः संविधान र ऐन कानुनमा नल्याए अपराधी व्यापारसँग सम्बन्धित पक्षहरूले देश र जनतालाई विश्वासघात गर्ने देखिएको छ, यसको गम्भीर छानबिन आवश्यकता छ ।
XXX
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार कृषि सामग्री कम्पनी र आयातकर्ता सिल्क कम्पनीको बिचमा नहुँदासम्म गोदाम खाली नहुने र अरू सामान पनि गोदाममा राख्न नपाउने हुँदा भन्सारको काम पनि अलपत्र परेको देखिन्छ ।
तर खोल्न नचाहने विषय हो – भारतीय दूतावासले पहिले पनि तातोपानीबाट आयात हुने वस्तु भन्सारमै रोक्न दबाब गथ्र्यो र धेरै दिनसम्म खासाका व्यापारीहरूलाई मार्कामा पार्थे । गोदामबाट बाहिर नल्याइनुको अर्थ नेपाल र चीनको व्यापार चल्नै नदिने नेपाल र नेपाली जनताविरोधी षड्यन्त्र हो । यी दुई कम्पनीहरूप्रति सारा जनता सचेत हुनुपर्छ । सरकार मौन रहनु अझ गम्भीर विषय हो भनी व्यापक चर्चा छ ।
Leave a Reply