युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
कम्युनमा सदस्यहरूको दैनिक बन्दोबस्त
चिनियाँ जनकम्युन आफ्ना सबै सदस्यहरूलाई खाने, लाउने, बस्ने, पढ्ने, स्वास्थ्य सुरक्षा, जाडोबाट बच्ने, विवाह, सुत्केरी र अन्तिम संस्कार आदि जीवनको तल्लो आवश्यकताहरूको निःशुल्क वितरण गरिदिने राम्रो तथा सङ्गठित व्यवस्था थियो । त्यसको लागि कम्युनको आफ्नै सामूहिक भान्छाघर, अस्पताल, सेनेटोरियम (स्वास्थ्य निवास), क्लिनिक, स्कूल, पुस्तकालय र प्रसूति गृह हुन्थ्यो । साथै मनोरञ्जनको लागि क्लवहरू, सिनेमा हल र नाटक घरहरू, पार्कहरू आदि कम्युनकै बन्दोबस्तमा थियो । सामूहिक लुगा सिउने पसल र सामूहिक कपाल काट्ने पसल पनि कम्युनकै हुन्थ्यो ।
सामूहिक भान्छाघरमा कम्युनका सारा सदस्यहरू गएर खान्थे । भान्छाघर सदस्यहरूलाई पायक पर्ने ठाउँमा जनसङ्ख्याको आधारमा ठाउँठाउँमा बनाइएको हुन्थ्यो । खानामा स्थानीय मानिसहरू अथवा कम्युनका सदस्यहरूको संस्कृति र इच्छाअनुसारको शारीरिक विकासको लागि चाहिने प्रोटिन, भिटामिन आदि पौष्टिक पदार्थहरू समावेश हुन्थ्यो । भान्छाघरको सफाइमा विशेष ध्यान दिइन्थ्यो र खाने बेलामा आ–आफ्ना घरका जहानबच्चाहरूसँगै एकै टेबुलको चारैतिर बसेर खान्थे ।
तर, त्यसबेला कम्युन र चीनविरोधीहरू विभिन्न देशका नेताहरूले कम्युनको सामूहिक भान्छाघरलाई ब्यारेकमा जस्तै ‘भतेर’ ख्वाउने, जातपात नभएको भान्छाघर आदि झूटा लाञ्छनाहरू लगाएर कम्युनको सामूहिक भान्छाघरलाई निन्दा गर्थे र बदनाम गर्न खोज्थे । छुवाछुत र जातीय प्रथालाई संसारका तमाम विवेकशील मानिसहरू असभ्यताको प्रतीक सम्झेर घृणा गर्छन् । चीनको कम्युनमा छुवाछुत प्रथा थिएन ।
भारतको एक सहकारी शिष्टमण्डल चीनको कृषि सहयोग समितिहरूको अध्ययन गर्न चीन गएको थियो । कम्युन र सहकारी संस्थाहरूबारे तिनीहरूको राय उद्धृत गर्नु उपयुक्त देखिन्छ –
“कृषि सहयोग समितिहरूको निर्माणमा चिनियाँहरूले सा¥है ठुलो सफलता पाए, जसबारे चीन र बाहिरका सबै मानिसहरू आश्चर्य चकित छन् । भारतबाट आउने हामीहरूलाई चीनको यो सफलता चटकको कुरोजस्तो लाग्छ । हरेक मानिसहरूको मनमा के प्रश्न उठ्छ भने यतिको छोटो समयमा यतिका जम्मै कुराहरू गर्न कसरी सम्भव भयो ? सहयोग आन्दोलनभन्दा पहिलेको सबभन्दा प्रमुख घटना चीनको आधारभूत भूमिसुधार थियो । यी सुधारहरूलाई लागु गर्नमा किसानहरूबाट सक्रिय सहयोग लिइयो । हरेक गाउँमा किसान समिति बनाइयो । यसरी व्यापक किसानहरूलाई सङ्गठित गरियो र तिनीहरू आफ्नो खुट्टामा उभे । तिनीहरू पनि सरकारको एक अङ्ग हुन् र सरकारमा तिनीहरूको पनि हिस्सा छ भन्ने भावना तिनीहरूमा उब्ज्यो । यस सिलसिलामा सरकार र कम्युनिस्ट पार्टी पहिलेदेखि नै जनताको नजिक थियो, किसानहरूतिर अझ नजिक गए र पछि तिनीहरूले चीनको कृषि अर्थ व्यवस्थामा परिवर्तन ल्याउनमा किसानहरूलाई मद्दत गरे ।”
गाउँमा एक क्रान्ति भइरहेछ र यसलाई ल्याउने प्रमुख शक्ति डर होइन, बरु जनताको मनको उत्तेजना हो र यसलाई उठाउन एक्लै कुनै पनि प्रशासनको शक्तिको कुरा होइन ।
“हामीले मानिसहरूलाई जस्तो उत्साहले काम गरिरहेको देख्यौँ, त्यो त्यस्ता मानिसहरूको निमित्त सम्भव छैन जो जबरजस्ती समातेर सहयोग समितिहरूमा ल्याइएको होस् । हामीले तिनीहरूमा देशभक्ति र देश सेवाको ठुलो उत्साह र जोश देख्यौँ, तिनीहरूमा आफैँ आफ्नो देशको स्वतन्त्रताको लडाइँका दिनहरूको १९३० र १९४० पछिका अवधिको हामीलाई सम्झना भयो । त्यसबेला जनता ठुलो उत्साहले देशको स्वतन्त्रताको लडाइँ लडिरहेका थिए ।”
भारतको सहकारी शिष्टमण्डलको रायले यो कुरोलाई स्पष्टसँग स्वीकार गरेको छ कि चीनको जनकम्युनको स्थापना जबरजस्ती, डर र धम्कीको आधारमा भएको होइन, न त यो कुनै आकस्मिक घटना नै हो । यो त स्पष्टरूपमा चिनियाँ समाजको आन्तरिक विकास हो, चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नै समाजको अर्थ व्यवस्थामा परिवर्तन ल्याउने ठीक र उचित कदमको पहिचान गरेको हो ।
वास्तवमा जनकम्युनको सामूहिक भान्छाघरले दाल, भात, नुन, तेल, अचार, तरकारी, दाउरा आदिको दैनिक झन्झट र टन्टाबाट चिनियाँ जनतालाई मुक्त ग¥यो । साथै जनकम्युनको सामूहिक भान्छा घरले गर्दा युगौँयुगदेखि चुलोको धुवाँले ध्वाँसिएका चिनियाँ महिलाहरूको मुखमण्डलमा हाँसोका रेखाहरू देखिए र कम्युनमै शिशुशाला, बालोद्यान, लुगा सिउने समूहको व्यवस्था आदि कुराले गर्दा चिनियाँ महिलाहरूले विनाहिच्किच्याई घरेलु टन्टाबाट मुक्त भई देशको समाजवादी निर्माणमा लोग्नेमानिसहरूसित काँधमा काँध मिलाएर काममा प्रतिस्पर्धा गर्ने मौका पाए । यसरी जनकम्युनको स्थापनाले हजारौँ हजार वर्षदेखि घरेलु दासताको सिक्रीले बाँधिएका आइमाईहरूले मुक्ति पाए ।
जनकम्युनमा उमेर पुगेका ज्येष्ठ नागरिकहरू, टुहुरा, टुहुरी (असहाय), विधवा, काम गर्न नसक्ने, लुला, लङ्गडाजस्ता पाँच ग्यारेन्टीलाई खाने, लाउने, बस्ने आदि कुराको राम्रो व्यवस्था छ । आफ्ना कोही नभएका पुरुष र महिला ज्येष्ठ नागरिकहरूको लागि ‘सुखी आदर निकेतन’ हुन्छ, जहाँ तिनीहरूलाई खाने, लाउने, स्याहारसुसार आदि जम्मै आवश्यक कुराहरूको लागि बन्दोबस्त मिलाइएको ‘आदर निकेतन’ हो ।
बालबालिकाहरू आफ्ना आमाहरूको कामको समयमा शिशुशाला (नर्सरी) र बालोद्यान (किनरगार्डेन) मा बसेर तालिम पाएका ‘दिदी’ (सुसारेहरू) बाट शिक्षा प्राप्त गर्छन् । शिशुशालामा बस्ने दूधे बालकहरूको लागि आमाले गर्ने जम्मै प्रकारका स्याहारसुसार पाउँछन् । बालोद्यानमा सानासाना नानीहरू दिदीहरूसँग गीत सिक्छन् र नाच सिक्छन् । आमाहरूको काम सकेपछि बालबालिकाहरू आमाहरूसँगै अथवा दिदीहरूको साथमा आ–आफ्ना आमाबाबुको घर अथवा डेरामा जान्छन् वा पु¥याइन्छन् ।
तर, साम्राज्यवादी र प्रतिक्रियावादीहरू चीनमा ‘बुढाबुढीको सुरक्षा छैन, बालबालिकाहरू आफ्ना हुँदैनन्, सरकारको हुन्छ, बुढाबुढी र काम गर्न नसक्नेहरूलाई गोली ठोकेर मार्छन्’ जस्ता झूटा कुराहरू प्रचार गर्छन् । अमेरिकी प्रसारणले ‘जनकम्युनमा किसानहरूलाई जबरजस्ती दिनको १८ घण्टा काम गर्न लगाउँछन् । जनताको स्वास्थ्यमा ध्यान दिइन्न,’ ‘चीनमा खान नपाई जनता भोकभोकै मर्दै छन्, कम्युन फेल (असफल) भयो’ भन्ने कुराहरू प्रचार गर्दै थियो । पश्चिमी प्रचारहरू जनतामा भ्रम पार्ने खालका हुन्छन् । त्यसैले राहुल सांकृत्यायनले आफ्नो ‘चीनको जनकम्युन’ मा लेख्नुहुन्छ, “पुँजीवादी लेखकहरू झूटा कुरा लेख्न सिद्धहस्त हुन्छन् ।”
यथार्थमा चीनको स्थिति पश्चिमी प्रचारको ठीक उल्टो छ । चिनियाँ जनकम्युनमा खेती र उद्योगमा यान्त्रिकीकरण र विद्युतीकरण गरेर उत्पादनमात्रै बढाउन जनतालाई प्रोत्साहित गर्दैन बरु सदस्यहरूको स्वास्थ्यमा पनि त्यतिकै राम्रो ध्यान दिइएको थियो । देशलाई समाजवादी समाजबाट साम्यवादी समाजमा रूपान्तरण गर्न, देशको औद्योगिक विकासमा तीव्रता ल्याउन र कृषिमा यान्त्रिकीकरण र विद्युतीकरण गरी देशलाई नयाँ प्रगतिशील उद्योग, खेती, विज्ञान र प्राविधिक ज्ञानले युक्त सुसंस्कृत समाजवादी देश बनाउँदै थिए । कामदार जनताको स्वास्थ्यको रक्षाको निम्ति जनकम्युनमा अस्पताल, क्लिनिक र स्वास्थ्य निवासहरूको राम्रो व्यवस्था गरेको हुन्थ्यो र महिलाहरूको लागि प्रसूतिगृहको पनि राम्रो व्यवस्था मिलाइएको थियो । गर्भवती महिलालाई सुत्केरी हुने केही महिना अगाडिदेखि नै गा¥हो काम गर्न निषेध गरिन्छ र सुत्केरी हुन एक महिना १५ दिनदेखि सुत्केरी भएको १ महिना ४५ दिनसम्म बिदा र भत्ताको व्यवस्था छ । अस्पताल, क्लिनिक र स्वास्थ्य निवासमा कुनै शुल्क लिइँदैन र औषधि निःशुल्क वितरण गरिन्छ । साथै गा¥हो र स्वास्थ्यलाई हानि पु¥याउने श्रम हेरेर ज्याला बढाउने र कामको घण्टा कम गर्दै लैजाने व्यवस्था पनि मिलाइएको हुन्छ । त्यसले गर्दा कम्युनको स्थापना भएदेखि पहिलेको दाँजोमा मृत्यु सङ्ख्या ज्यादै घट्यो र कम्युनका सदस्यहरूको आय बढ्दै गयो ।
कम्युनको स्थापनापछि गाउँगाउँका बेरोजगारहरूले काम पाए र बढी उत्पादनले गर्दा जीवनस्तर झन्झन् उकासिँदै गयो । तर, पुँजीवादी देशका लेखक, पत्रकार र नेताहरू कहिले पनि आफ्ना देशका गल्लीगल्ली र प्लेटफार्ममा भोकभोकै मरिरहेका, मागिरहेका, पेटीपेटीमा रोगले छटपटिरहेका जनताको उद्धारको लागि आँखासम्म पनि पु¥याउँदैनन् । ती महापुरुषहरूले नै किन चिनियाँ जनताको भोक र रोगको विषयमा गोहीको आँसु चुहाउँछन् ? कुरो यसैमा छ ।
शिक्षाबारे जनकम्युन बढी चासो लिन्छ । चीनको गाउँ क्षेत्रमा किसानहरूमा निरक्षरता हटाउन गाउँगाउँमा अनिवार्य प्राथमिक (प्राइमरी), सेकेन्डरी (माध्यमिक) स्कूलहरू र रात्रि स्कूलहरू खोलेर कामदार जनतालाई प्राविधिक र प्राथमिक विज्ञानको ज्ञान दिलाएर तिनीहरूको सांस्कृतिक स्तर उँचो उठाउँदै थिए । यस प्रकारको शिक्षाको व्यवस्था गरेर जनकम्युनले कामदारहरूको सांस्कृतिक स्तर उँचो उठाई जनतालाई ‘रातो र कुशल’ (Red and Expert) बनाउँदै शारीरिक र बौद्धिक श्रमको अन्तरलाई मेटाउँदै थिए । साथै चीनका बालबालिकाहरूलाई श्रमदेखि घृणा गर्ने पुँजीवादी बुद्धिजीवी रोगबाट बचाउन शारीरिक र बौद्धिक विकासको लागि कम्युनहरूमा ९ वर्षदेखि नै विद्यार्थीहरूलाई पनि श्रमलाई प्रेम गर्ने कुरो सिकाउँछन् र व्यवहारिक तालिम दिन्छन् ।
मजदुर र किसान, सहर र गाउँको बिचको भेदलाई हटाउन जनकम्युनमा उद्योग, यातायात र सञ्चार, बजार (स्टोर) र गृह निर्माण आदि कार्यहरूमा तीव्रता ल्याउँदै थिए । साथै जनकम्युनका सम्पूर्ण सदस्यहरूको मनोरञ्जनको लागि हरेक कम्युनहरूमा सांस्कृतिक सङ्गठनहरूको राम्रो व्यवस्था गरेको हुन्थ्यो र गाउँगाउँमा सिनेमा हल, नाटक, नाचगानजस्ता सांस्कृतिक क्रियाकलापको लागि छुट्टै टोली र सङ्गठनहरूको व्यवस्था गरेको हुन्थ्यो । खेल्ने क्लव, पार्कहरू, पौडी खेल्ने पोखरी, नुहाउने ठाउँ (स्नानगृह) आदि आवश्यक र मनोरञ्जनका साधनहरूको लागि पूरा व्यवस्था गरिएको हुन्थ्यो । यसरी जनकम्युनमा खेती, उद्योग, स्वास्थ्य, व्यापार र अर्ध सैनिक (मिलेसिया) जस्ता शिक्षा र सांस्कृतिक अनि जनकम्युनका प्रशासनिक विभागहरू पनि कार्यरत थिए ।
प्रशासन र लोककल्याण
जनकम्युन एक सामाजिक संस्था भएर पनि राज्य शासनको एक अङ्ग पनि थियो । त्यसमा केन्द्रीयता र प्रजातन्त्र दुवै सम्मिलित भएको थियो । कम्युनको काम सुरु गर्न जनताको पिरमर्का बुझ्न, जनताको वास्तविक समस्याहरू र सुख–सुविधाको राम्रो जानकारी हासिल गर्न जनताको इच्छालाई बुझ्न कम्युनले उँचो प्रजातन्त्रको सिद्धान्तलाई व्यवहारमा ल्याएको थियो । कम्युन राज्य शासनको एक अङ्ग पनि भएकोले केन्द्रीयतालाई त्यतिकै ध्यानमा राखिएको थियो । त्यसैले, कम्युन एउटा यस्तो सङ्गठन हो जहाँ केन्द्रीयता र प्रजातन्त्र, अनुशासन र स्वतन्त्रता, इच्छाको एकता र व्यक्तिगत सुविधा सँगसँगै गाँसिएको थियो ।
कम्युनको सबभन्दा ठुलो प्रबन्धक सङ्गठन कम्युनको प्रतिनिधि सभा हो । त्यो सभा कम्युनको मुख्यमुख्य विषयहरूमा छलफल गरेर निर्णयमा पुग्छ । सभा बालिग मताधिकारको आधारमा चुनिएका प्रतिनिधिहरूबाट गठन हुन्छ । त्यसमा आइमाई, विद्यार्थी, व्यापारी, शिक्षा र संस्कृतिकर्मी, स्वास्थ्यकर्मी, विज्ञान र प्राविधिक कामदार, अल्पसङ्ख्यक जाति आदि जीवनका हरेक क्षेत्रका प्रतिनिधिहरू रहन्छन् । कम्युनको सभाले कम्युनको प्रबन्धको लागि एक प्रबन्धक समितिलाई चुन्दछ । समितिमा प्रधानसञ्चालक, उपसञ्चालकहरू र सदस्यहरू हुन्छन् । त्यसमा खेती, उद्योग, शिक्षा र सांस्कृतिक, आर्थिक, यातायात र सञ्चार, स्वास्थ्य र न्याय, जनकल्याण र रक्षा आदि विभागहरूमा र त्यसका अधिकारीहरू हुन्छन् । प्रबन्ध समितिमातहत प्रबन्धक डिस्ट्रीक्ट अथवा उत्पादक ब्रिगेड पनि हुन्छन्, जसले प्रबन्धक समितिले दिइएको क्षेत्रभित्रको खेती, उद्योग, व्यापार, शिक्षा, सांस्कृतिक, न्याय र शान्ति–सुरक्षा आदि प्रबन्ध गर्छ । अनि उत्पादनको काम सुचारु राख्न हरेक बिग्रेडहरूमा उत्पादक दलहरू हुन्छन् । त्यो कम्युनको सबभन्दा तल्लो सङ्गठन हुन्छ ।
यीबाहेक हरेक कम्युनमा एक निरीक्षक समिति पनि रहन्छ, जो राज्य निरीक्षक अङ्गहरूको नेतृत्वमा सञ्चालन हुन्छ । त्यसमा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू हुन्छन्, तर कुनै कुनै कम्युनमा निरीक्षक समिति नहुन पनि सक्छ । यसरी कम्युन शासनको विकेन्द्रित रूप पनि हो ।
हरेक कम्युनको आ–आफ्नो जनसेना रहन्छ । त्यसले आफ्नो कम्युनको शान्ति–सुरक्षाको बन्दोबस्त गर्छ । जनसेनाले उचित र नयाँ ढङ्गले तालिम पाएको हुन्छ र जनसेनाका जवानहरूले उत्पादन बढाउने काममा पनि अरु कामदारहरूले जस्तै भाग लिन्छन् । जनसेनामा वर्ष पुगेका युवायुवतीहरूले स्वेच्छापूर्वक भाग लिन्छन् । जनसेना कम्युनकै मातहतमा रहन्छ र देशमा कुनै प्रकारको बाहिरी आक्रमण भयो भने सारा जनसेना राष्ट्रिय सेना (मुक्ति सेना) मा सम्मिलित भएर आफ्नो देश बचाउने काममा लाग्छन् । यसरी कम्युनको जनसेना (मिलेसिया) कम्युनको सेना हुनुका साथै सारा चीनको सेना पनि हो ।
विरोधीहरू कम्युनको काम गर्ने शैलीलाई पनि आलोचना गर्छन् । तिनीहरूको आलोचनालाई आलोचना नभनेर झूटा प्रचार भन्न उचित हुन्छ । किनभने, तिनीहरू कम्युनमा कम्युनका सदस्यहरू फौजी अनुशासनमा रहनुपर्छ र व्यक्तिगत स्वतन्त्रता छैन भनेर सरासर झूटा प्रचार गर्छन् । तर, चिनियाँ जनकम्युनका सदस्यहरू आफ्नो गाउँमा, देशमा, समाजवादको निर्माण र आफ्नो जीवन स्तर उँचो उठाउनमा सैनिकहरूजस्तै सङ्गठित भएर, लडाइँको मैदानमा जस्तै तत्परता र होशियारीसाथ काम गर्छन् र सामूहिक जीवन व्यतीत गर्छन् । यो कुरा चिनियाँ जनताको लागि सामान्य विषय थियो । त्यसैले चिनियाँ जनतामा सैनिकहरूजस्तै सङ्गठित होऊ, लडाइँको मैदानमा जस्तै तत्परता र होशियारसँग काम गर र सामूहिक तरिकाले जीवन बिताऊको नारा पुगेको थियो । त्यही कुरोलाई लिएर नै विरोधीहरूले कम्युनमा सैनिक अनुशासनमा बसेर जीवन बिताउन बाध्य गराउँछ भनेर प्रचार गरेका थिए ।
चीनमा समाजवादको निर्माणको लागि उत्पादनको पुरानो ढाँचालाई बदलेर नयाँ ठुलो आकारको लागि चाहिने दलहरूमा विभाजित गरी समाजवादी केन्द्रीयताको आधारमा काम गर्नु आवश्यक थियो । यसको ठीक उल्टो कम्युनमा सैनिक अनुशासनको आरोप लगाउने साम्राज्यवादी र पुँजीवादी देशहरूमा पुँजीपतिहरू नाफाको लागि कोर्राको भरमा बढी घण्टा काम गर्नुपर्छ भन्ने कुरा कसलाई थाहा छैन ? स्वेच्छापूर्वक आफ्नो र आफ्नो देशको लागि काम गर्ने कम्युनमा सैनिक अनुशासन छ अथवा पुँजीपतिहरूको नाफाको लागि कोर्राको भरमा बढी घण्टा काम गर्नुपर्ने पुँजीवादी देशका कारखानाहरूमा सैनिक अनुशासन लागु गरिएको सबैले बुझ्ने कुरा हो । व्यक्तिगत स्वतन्त्रताको नाउँमा कम्युनमा शोषण गर्न पाइन्न तर पुँजीवादी देशहरूमा पाइन्छ ।
दुई चीनको षड्यन्त्र रची चीनको अभिन्न अङ्ग थाइवान (फार्मोसा) कब्जा गरी चीनमा हमला गर्ने दाउमा बसेको अमेरिकी साम्राज्यवादलाई डर ‘लडाइँमा जस्तो तत्परता र होशियारसाथ काम गर्ने’ कामदारहरूले चीनमा बाहिरबाट हमला हुँदा सबै सैनिकहरू भएर आफ्नो देश बचाउनेछन् भन्ने चिन्ता हो । यसरी कम्युनमा चिनियाँ जनता आफ्नो देशमा समाजवादको निर्माणको लागि स्वेच्छापूर्वक सैनिकहरूजस्तै सङ्गठित होऊ, लडाइँको मैदानमा जस्तै काम गर, सामूहिक जीवन व्यतीत गरको नारालाई समाजवादी तरिकाले कार्यरूपमा ल्याइएको हुन्थ्यो, जहाँ कसैको आज्ञा र जबरजस्ती कसैमाथि थोपिँदैन जस्तो पुँजीवादी देशहरूको उत्पादनका केन्द्रहरूमा लागु हुन्छ ।
Leave a Reply