भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
भक्तपुर, १२ फागुन । भक्तपुर नगरपालिका वडा नं. ९ अन्तर्गत तुमचो दुगुरे चोखा आवास क्षेत्रका खानेपानी उपभोक्ताहरूको बृहत् भेला तथा ठेगाना प्रणालीबारे जानकारी सभा शनिबार एक समारोहबिच सम्पन्न भयो ।
स्थानीय कलाकारहरूको सांस्कृतिक धुनसँगै सभाको समुद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले काठमाडौँ उपत्यकामा देशैभरिबाट मानिसहरूको ओइरो लागेपछि खानेपानीको अभाव, प्रदूषण, फोहरमैला व्यवस्थापनमा जटिलता आउन थालेको चर्चा गर्दै उपत्यका वरिपरिका डाँडाहरूलाई संरक्षण गरी मूल फुट्ने जातका रुख बिरुवा रोप्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले राजधानी र प्रधानमन्त्रीका केही सहरहरू विकास गर्दैमा देशको सन्तुलित विकास नहुने प्रस्ट पार्दै देशको राजधानी काठमाडौँबाट पश्चिमको दाङमा सार्नुपर्ने पार्टीको अडान पुनः दोहो¥याउनुभयो ।
सिंहदरबारको पक्षपातले देश विकास नभएको उहाँको तर्क थियो । प्रमुख अतिथि सुवालले भन्नुभयो, “गाउँघरमा राम्रा पूर्वाधारसहितका विद्यालय भवनहरू छन् तर विद्यार्थी छैनन्, परिवारसहित सबै सहरबजार सरे, सहरबाट पनि युवाहरू लाखौँको सङ्ख्यामा विदेश पलायन भए किन ? किनभने सिंहदरबारले पक्षपात ग¥यो ।”
उहाँले प्रधानमन्त्री र मन्त्रीहरू स्वअनुशासनमा नबसेकाले देशले दुर्दशा भोग्नुपरेको उल्लेख गर्दै २०७४ देखि २०७९ सम्मको अवधिमा संसद्मा जनताको आवाज एक शब्द पनि नबोलेका सांसद २०७९ को निर्वाचनमा पुनः जितेका छन् भन्नुभयो । मतदाताहरूलाई राजनैतिक चेतनाको सट्टा पद र पैसाको लोभ देखाएर निर्वाचन जितेकाहरूले भ्रष्टाचार मात्र गरिरहेको उहाँको भनाइ थियो ।
मेलम्ची र जमिनमुनिको पानी दुवैको भर नभएको जिकिर गर्दै सांसद सुवालले भन्नुभयो, “हरिया जङ्गलहरूको संरक्षण गरी वर्षातमा सतहको पानी जम्मा गर्ने संरचनाहरू निर्माण गरी हिउँदमा समेत पानी उपभोग गर्न सकिने व्यवस्था मिलाउनुपर्छ, जमिनमुनि पानी पुनर्भरण गर्ने प्रविधि अपनाउनुपर्छ ।” उहाँले सार्वजनिक सम्पतिको संरक्षण गर्ने नागरिक कर्तव्य रहेकोतर्फ सबैलाई सचेत गराउनुभयो ।
सभामा नेमकिपा भनपा ९ वडा समितिका दिलभक्त कोजुले भक्तपुरको पुरानो बस्तीलाई सांस्कृतिक क्षेत्र घोषणा गर्न ढिलाइ गर्न नहुने र वरिपरिका नयाँ बस्तीहरूलाई जनचाहनाअनुसार आधुनिक सुविधासम्पन्न आवासीय भवन निर्माण गर्ने हेतुले आवास योजनाहरू सञ्चालन गरेको बताउनुभयो ।
उहाँले पिउनयोग्य खानेपानी जनताको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यसको व्यवस्थापनको लागि जनप्रतिनिधिहरू लाग्नुपर्ने र सरोकारवाला निकायहरूलाई घच्घच्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले तुमचो–दुगुरे–चोखा आवास योजना जनताकै पैसाबाट नगरपालिकाले अघि बढाएको चर्चा गर्दै जनताका आवश्यकताहरू पूरा गर्दै नमुना बस्तीको रूपमा विकास गर्न लागिपरेको बताउनुभयो । उहाँले खानेपानी व्यवस्थापनमा सहयोग गर्ने सबैलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । खानेपानी ट्याङ्की रहेको स्थान ऐतिहासिक स्थल भएको उल्लेख गर्दै त्यस ठाउँमा पुरानो शैलीको ढुङ्गेधारा र पोखरीसहितको बगैँचा बनाउने गुरुयोजना तयार भइसकेको उहाँले जानकारी दिनुभयो ।
वाग्मती प्रदेश खानेपानी तथा सरसफाइ ५ नंं डिभिजन कार्यालयका प्राविधिक ई. ओमहरि ताम्राकारले उपभोक्ता समितिप्रति सबै उपभोक्ताहरूको अपनत्व हुने हुँदा यसका गतिविधि तथा आर्थिक हिसाब पारदर्शी गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले जमिनमुनिको पानी सफा गर्न गा¥हो हुने र २६ प्रकारका विभिन्न परीक्षणहरू गर्नुपर्नेमा सचेत गराउनुभयो । उहाँले मेसिनले बुस्ट गरेर उपभोक्ताहरूको घरघरमा पानी वितरण गर्दा चालु खर्च धेरै बढ्ने हुँदा दीर्घकालीन व्यवस्थापनको लागि ओभरहेड ट्याङ्की निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिका कोषाध्यक्ष एवं नगर कार्यपालिका सदस्य छोरीमैयाँ सुजखूले आयोजना सञ्चालन भएदेखि फागुन ७ गतेसम्मको आर्थिक विवरण पेस गर्नुभयो ।
तुमचो–दुगुरे–चोखा आवास क्षेत्र ठेगाना प्रणाली उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुले बस्ती विकाससँगै चोक, सडक र घरहरूको व्यवस्थित एवं वैज्ञानिक नामकरण तथा नम्बरिङ कार्य भएको बताउनुभयो । यस क्रममा यस क्षेत्रका ऐतिहासिक नामहरूलाई पुनर्जीवन दिइएको उहाँले जानकारी दिनुभयो । प्राविधिकहरूले ठेगाना प्रणालीलाई गुगलमा अपलोड गरी इन्टरनेटको सुविधा नहुँदासमेत सबैले प्रयोग गर्न सकिने बनाउन आवश्यक तयारी गरिरहेको उहाँको भनाइ थियो ।
सभामा उपभोक्ता समितिका सचिव लक्ष्मीप्रसाद कुसी र सहसचिव विष्णुराम दुमरुले खानेपानी व्यवस्थापन कार्यमा स्थानीय जनताको साथ र समर्थन रहेकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रको विकास निर्माणका हरेक क्रियाकलापमा निरन्तर साथ रहने विश्वास व्यक्त गर्नुभयो । उक्त सभामा प्रमुख अतिथि सांसद सुवालले ठेगाना प्रणाली कार्यान्वयनका लागि घरदैलो अभियानमा लाग्ने विद्यार्थीहरूलाई कदरपत्र वितरण गर्नुभयो । प्रमुख अतिथि सुवालले खानेपानी फिल्टे«सन प्लान्ट र ट्याङ्कीको स्थलगत निरीक्षण गर्नुभयो ।
Leave a Reply