अमेरिकाको मौनता कपट र दोहोरो मापदण्ड
- आश्विन २६, २०८१
जन–कम्युनको स्थापनाको सुरु सुरुमा चिनियाँ जन–कम्युनलाई हरेक व्यक्तिले हरेक किसिमको नाउँ दिएका थिए । जन–कम्युनलाई कसैले ‘ठुलो सहकारी संस्था’ कसैले ‘अगाडि बढेको सहकारी संस्था’ आदि भिन्नभिन्न किसिमका नाउँ दिए । तर, अध्यक्ष माओ त्सेतुङले त्यसलाई ‘जन–कम्युन’ को नाउँ दिनुभयो । उहाँको भनाइमा जन–कम्युन सहकारी संस्थाभन्दा आकारमा धेरै ठुलो र बढी समाजवादी स्वभावको छ ।
अध्यक्ष माओले साँच्चै ठीक भन्नुभएको थियो– उहाँको ‘ठुलो आकार’ भन्नुको अर्थ हो, “जन–कम्युनको खेती उत्पादक सहकारी संस्थाहरूको भन्दा बढी आकारमा ठुलो हुनु हो किनभने खेती सहकारी संस्थाहरूमा सालाखाला बढीभन्दा बढी १००–२०० घर हुन्छन् । तर जन–कम्युनमा २,००० देखि २०,००० घरसम्म सम्मिलित भएको हुन्छ । त्यो खेती सहकारी संस्थाभन्दा आकारमा मात्रै बढी होइन कि श्रमशक्ति, जग्गा, आर्थिक स्रोतहरू र साधनहरू आदि सबै कुरोमा धेरै गुणा शक्तिशाली छ ।”
माओको ‘आकारमा ठुलो’ भन्नुको दोस्रो अर्थ हो– खेती सहकारी संस्था खालि कृषिको चौतर्फी विकास, पशुपालन, वन–उद्योग, मत्स्यपालन, कुटीर व्यवसाय आदि साना विकासमा मात्रै सीमित हुन्थ्यो । तर, कम्युनले खेतीको चौतर्फी विकासको साथसाथै उद्योग, व्यापार, यातायात र सञ्चार, शिक्षा र संस्कृति, ठुलठुला योजना, प्रशासन सैनिक कार्यकलाप आदि विविध क्षेत्रहरूको पनि चौतर्फी विकास गर्छ ।
उत्पादन सहकारी संस्थाहरू उत्पादनको कार्यहरूमा मात्र सीमित थिए तर कम्युनमा उत्पादनको कार्यसँगै सहर र गाउँको सहकारी वा राज्यको प्रशासकीय अङ्गको साथै कम्युनको प्रबन्ध पनि गाभिएको हुन्छ । यस किसिमबाट कम्युनमा सहर र गाउँ उत्पादनको काम र सहकारी प्रशासन पनि एकै ठाउँमा सम्मिलित भएको हुँदा यी उत्पादक खेती सहकारीभन्दा आकारमा ठुलो भएको हो ।
अध्यक्ष माओको ‘बढी समाजवादी स्वभाव’ भन्नुको अर्थ हो– कम्युनमा व्यक्तिगत उत्पादनका साधनहरू बिस्तारै सामूहिक मालिकत्वमा परिणत भएर सामूहिक मालिकत्व, सबै जनताको स्वामित्वमा परिणत हुनसक्ने सबभन्दा सजिलो माध्यम हुनु हो ।
दोस्रो, कम्युनले आइमाईहरूलाई उत्पादनको काममा भाग लिन लगाउन प्रोत्साहन दिन घरेलु कार्यबाट मुक्त गर्न, सामूहिक भान्छाघर, शिशुशाला, बालोद्यान, लुगा सिउने दल आदिको स्थापना गरेर ‘हरेकलाई कामअनुसार’ को ज्याला र इनामको व्यवस्था गथ्र्यो । साथै कम्युनले कामदारहरूको ज्याला घरको संरक्षकलाई नदिएर सोझै कामदारहरूलाई नै दिएर पुरानो सामन्तवादी प्रिति प्रथालाई अन्त ग¥यो ।
यसबाहेक कम्युनले बिनापैसाले खाने, लाउने, बस्ने, पढ्ने, अन्तिम संस्कारको व्यवस्था, विवाह, सुत्केरी, मनोरञ्जन, स्वास्थ्य रक्षा आदि जीवनका तल्ला आवश्यकताहरूलाई पूर्ति गर्ने व्यवस्था ग¥यो ।
उपर्युक्त कुराहरूले अध्यक्ष माओको उक्तिले आकार र बढी समाजवादी स्वभावलाई स्पष्ट गर्छ ।
तर, कम्युनमा समाजवादी स्वभावमात्र भएको होइन बरु चाहिए जति खानाको निःशुल्क वितरण, सबै जनताको स्वामित्व (सामूहिक सम्पत्तिमा), एउटै संस्थामा खेती, उद्योग, व्यापार, शिक्षा र संस्कृति, जनसेना र प्रशासकीय कार्य आदिले गर्दा चिनियाँ समाज साम्यवादी समाजमा भित्रिन चाहिने परिस्थितिहरू पनि विद्यमान देखिए । चिनियाँ गाउँहरूमा प्राथमिक सहकारीबाट अगाडि बढेको सहकारी संस्थामा परिणत भएजस्तै चीनको खेती व्यवस्थामा पूर्ण यान्त्रिक र विद्युतीयकरण भई उत्पादनका साधनहरूमा गुणात्मक परिवर्तन भइसकेपछि जन–कम्युन अगाडि बढेको कम्युनमा बदलिनेछ, त्यसबेला चिनियाँ समाजमा ‘हरेकलाई कामअनुसार’ को सिद्धान्तबाट ‘आवश्यकताअनुसार’ को वितरणको सिद्धान्त लागू भएर साम्यवादी समाजमा भित्रिनेछ । त्यसबेला चीनमा सहर र गाउँको फरक, किसान र मजदुर, बौद्धिक काम र शारीरिक काममा भेद देखिने छैन । अनि चिनियाँ जनता साधनहरूको प्रचुरता भएको समाजमा भित्रिने छन् । त्यो आदर्श समाजको कल्पना, धेरै वर्ष अगाडि साम्यवादका चिन्तक, प्रवर्तक, श्रमिक जनताका महान् नेता कार्ल माक्र्स र फेडरिक एङ्गेल्सले गर्नुभएको थियो ।
तेस्रो अध्याय
पेचिङको एक सहरी कम्युन
चीनमा सबभन्दा पहिले जन–कम्युनको स्थापना गाउँ–गाउँमा भएको थियो । पछि गाउँ–गाउँको जन–कम्युनको सफलताले सहर सहरमा पनि जन– कम्युनको स्थापनाको आन्दोलन चल्यो । आन्दोलनको सुरु सुरुमा सहरका पुँजीपतिहरू, उच्च मध्यमवर्ग र पुँजीवादी बुद्धिजीवीहरू कम्युन स्थापना गर्ने पक्षमा थिएनन् । बहुमत जनता कम्युन बनाउने पक्षमा थिए । सन् १९५९ को अन्त र १९६० को सुरु सुरुमा सहरी कम्युनको स्थापनाको आन्दोलन तीव्रगतिले चलिसकेको थियो । तर, सहरी कम्युनले त्यतिबेलासम्म गाउँका कम्युनहरूले जस्तो विकास गरिसकेको थिएन ।
सन् १९६० जून ९ मा बिहान हामीले अन्तर्राष्ट्रिय युवक–विद्यार्थी स्वास्थ्य निवास छोड्यौँ र पेचिङको छिङच्याङ होटलमा बस्यौँ । हामी स्वास्थ्य निवास छाडेका साथीहरू करिब करिब २०–२५ जना थियौँ, जसमा नेपाली, भारतीय, मंगोलियाली, कोरियाली र भियतनामी मित्रहरू थिए ।
पेचिङ चीनको राजधानी हो, जहाँ सन् १९४९ मा अध्यक्ष माओ त्सेतुङले जनवादी चीनको स्थापनाको बिगुल फुक्नुभएको थियो । पेचिङ एउटा ठुलो सहर हो । त्यसको बृहत्ताकारले हामीलाई अन्योलमा पा¥यो । स्वास्थ्य निवासबाट बिदा लिनुभन्दा केही महिना अगाडिदेखि नै हामीलाई बरोबर पेचिङका दर्शनीय स्थानहरू हेर्न लगिन्थ्यो । हामीले धेरै लामा लामा चौडा सडकहरूमा गयौँ, धेरै पुराना ऐतिहासिक स्मारकहरू हे¥यौँ । हप्तैपिच्छे र महिनैपिच्छे गइरहेको सडक र ठाउँहरू सधैँ नौलोजस्तो लाग्थ्यो र आश्चर्य लाग्थ्यो ।
आखिर पेचिङ छ कत्रो ? त्यसो भए के ड्रात्र र गाइड (द्वेभाषी) को चलाकी हो त ? अहँ, अवश्य होइन ।
पेचिङ साँच्चिकै ठुलो सहर रहेछ । तर, यो कुरो साँचो हो कि पुरानो पेचिङ आजको नयाँ पेचिङजस्तो थिएन । यस हप्ता या महिनामा भत्काइरहेको पुरानो बजारमा अर्को हप्ता वा महिनामा माइलाँै माइल लामो नयाँ बजार बनिसक्थ्यो । कस्तो आश्चर्यजनक कार्य द्रुतता ¤ त्यस्तै कार्य दक्षता र कार्य द्रुतताले नै त्यत्रो गरिब चीनलाई साम्राज्यवाद, पुँजीवाद र सामन्तवादको बलियो सिक्रीलाई चुँडालेर अत्याचार, व्यभिचार र अनाचारको अखाडामा शान्ति, सुन्दर र आनन्द स्थल बनाउन सके । हामीले पेहाई पार्क, ग्रीम दरबार, स्वर्गको दरबार, चन्द्रमाको आमन्त्रण स्थलजस्ता प्राचीन कलाकृतिपूर्ण दर्शनीय स्थानहरू र कामदार स्टेडियम, पिपुल्स काङ्ग्रेस हल (जन प्रतिनिधिसभा भवन) जस्ता आश्चर्य पार्ने नयाँ भवनहरू हेरिसकेका थियौँ र चिडिया खाना, बायोलोजिकल जू सङ्ग्रहालय आदि ठाउँहरू पनि गइसकेका थियौँ । तर, पनि पेचिङमा हेर्ने थुप्रै स्थानहरू बाँकी नै थिए ।
९ तारिखमा हामी पेचिङ विश्वविद्यालय र ऐतिहासिक सङ्ग्रहालय, चिनियाँ सांस्कृतिक केन्द्र, थेन–आनमन चोक, पेचिङ पुस्तकालय, कपडा कारखाना आदि ठाउँहरूको कार्यक्रम १०, ११ र १२ तारिखतिर थियो । तर, हामी समयको अभावले धेरै हेर्नलायक ठाउँहरूमा जान सकेनौँ । पुरानो पेचिङ सहर त्यति ठुलो थिएन, जति नयाँ छ । पुरानो सहरको चारैतिर ठुल–ठुला पर्खालले पेचिङ घेरिएको थियो । क्रान्तिपछि कति ठाउँका पर्खालहरू भत्काउँदै पुरानो साँगुरो पेचिङलाई फराकिलो बनाउँदै थिए । तर, हामीले सबैजसो ठाउँमा एउटा चीज राम्रो देख्याँै, त्यो हो – पुरानो स्मारकको राम्रो संरक्षण ।
पेचिङको प्रशंसा गर्नलायक चीजहरूमध्ये प्राचीन कला, अति राम्रो प्रतिनिधिसभा भवन, उपनगरहरू र सडकहरू हुन् ।
साँच्चै नयाँनयाँ उपनगरहरू, पेचिङ हवाई अड्डा र थेनआनमेन चोकको सडक र संसद् भवनजस्ता आश्चर्यजनक भवनले पेचिङको स्मृतिलाई सदा ताजा राख्नेछ ।
१० जूनको बिहानको खानापछि हामी होटेलबाट पेचिङको पुरानो सहरतिर गइरहेका थियौँ । सडकका दुवै पेटीहरूमा आ–आफ्ना काममा जान लागेका हट्टाकट्टा र हँसिला मुहारका चिनियाँहरू समूह समूहमा गइरहेका थिए । ठाउँ–ठाउँमा पुराना एकतले घरहरू भत्काउँदै ठुलठुला घरहरूको निर्माण खूब जोडतोडले भइरहेको थियो । क्रान्तिपछि बनेका नयाँ पेचिङका भवनहरू नयाँ प्रकारका थिए र पुरानो पेचिङ सहरका घरहरू आफ्नै चिनियाँ कलायुक्त थियो । नयाँ पेचिङको ट्रक र मोटर हिँड्ने सडकमा पार्कजस्ता बिचबिचमा फूलबारी बनाइएका र बगैँचाजस्तो र लहरै मिलेका नयाँ शैलीका घरहरू हेर्दा सा¥है नौलो लाग्थ्यो । बस पुरानो सहर हुँदै एक गल्लीमा गएर अड्यो । मोटरबाट ओर्लेर हामी अलि पर पुग्नासाथ दुई तीन जना युवा युवतीहरूले हात मिलाएर स्वागत गरे । पुरानो चिनियाँ कलाले युक्त एकतले घरमा सँगै गयौँ । ढोकाको दायाँबायाँ चित्रहरू लेखिएको थियो, काठमाडौँ उपत्यकाका नेवारहरूको पुराना घरहरूको ढोकामा लेखेजस्तै ।
एक दुई चोक हुँदै एउटा लाम्चो बैठक कोठामा पुग्यौँ । कोठाको एउटा भित्तामा दुई चिनियाँ राष्ट्रिय झन्डाको बिचमा अध्यक्ष माओको एउटा ठुलो तस्बिर झुन्ड्याइएको थियो । त्यो थियो– सहरी कम्युनको मुख्य कार्यालय । अगाडि पछाडिका अरू कोठाहरूमा कार्यालयसम्बन्धी र अरू उत्पादनका कामहरू भइरहेको थियो । बैठकको लामो टेबुलको चारैतिर हामीहरू आफ्ना द्वेभाषी लिएर बस्यौँ । हामी नेपाली र भारतीय साथीहरूको निम्ति द्वैभाषी मिस्टर लि थिए । उनी स्वास्थ्य निवासकै एक अङ्ग्रेजी द्वेभाषीहरूमध्ये एक थिए । उनको पूरा नाम हो–मिस्टर लि–च्याङ ह्वा ।
२०–२२ वर्षकी एक महिला त्यस कम्युनको सञ्चालिका थिइन् । उनीसँग हाम्रो परिचय कम्युनकै कोठामा भइसकेको थियो । तिनले एसियाका विभिन्न देशका साथीहरूको स्वागतका भावनाहरू व्यक्त गरिन् । टेबुलको बिचबिचमा चुरोटका बट्टाहरू, सलाइ र धुलो राख्ने भाँडाहरू थिए । २०–२२ वर्षकी एक अर्कै महिलाले चिनियाँ कलाले सिङ्गारिएको चिनियाँ माटाका चियाका भाँडाहरू ल्याइन् र राखिन् । उनी पनि कम्युनकै एक कार्यकर्ता थिइन् । का. सञ्चालिकाले आफ्ना स्वागतका शब्दहरू बोलिसकेपछि आफ्नो कम्युनको सम्बन्धमा बोल्दै गइन् । कम्युनको परिचयलाई मि.लिले अनुवाद गर्दै गए ।
यस जन–कम्युनमा जम्मा १३ हजार घर छन्, जहाँ ६० हजार निवासी छन् ।
क्रान्तिभन्दा पहिले यो क्षेत्र सा¥है पिछडिएको थियो । शिक्षाको क्षेत्रमा एक प्राइमरी स्कूल र तीन मिडिल स्कूलमात्र थिए । किनमेल गर्ने पसलहरू पनि सा¥है कम थिए । बेरोजगारी समस्या त झन् चर्को थियो ।
सन् १९५८ को वसन्तमा यस क्षेत्रमा शिक्षाको व्यापक प्रचार गरियो । शिक्षा प्रचारकै सिलसिलामा धेरै महिलाहरूले राजनैतिक र आर्थिक जानकारी पाए तथा आफ्नो देशको आवश्यकता र कठिनाइलाई राम्रैसँग बुझे, त्यसको फलस्वरुप कम्युनिस्ट पार्टीको ‘लामो पाइला’ को आन्दोलनको नारालाई कार्य रूपमा ल्याउन व्यवहारमा उत्रे । त्यस ‘लामो पाइला’ मा भाग लिनेहरू यस कम्युनमा धेरैजसो महिला नै थिए ।
कम्युनको स्थापनापछि धेरै महिलाहरूले काम पाए । तिनीहरू पहिले बेरोजगार थिए ।
कम्युनले सुरु सुरुमा स्थापनाका धेरै कठिनाइहरू भोग्नुप¥यो । तर, कम्युनिस्ट पार्टीको निर्देशन र सङ्गठनले गर्दा कठिनाइहरू सुल्झिँदै गयो । पहिले काम गर्न नजानेकाले अरू ठुल–ठुला कारखाना हेर्न र सिक्न पठाउने गरियो र पछि अरू कारखानाका कामदार साथीहरू कम्युनमे आएर सिकाउन थाले । यसरी कम्युनिस्ट पार्टीले मद्दत गर्दै गयो, कम्युनका कठिनाइहरू बुझेर त्यसको हल गर्ने उपाय पनि बतायो । सुरु सुरुमा यस कम्युनमा १२ जवान कामदारहरूले मात्रै कामको तालिम पाएका थिए र ३ जना पसलमा काम गर्थे । काम गर्ने दल (टीम) हरू पनि स–साना थिए । एक दलमा करिब ३ देखि ५ जनासम्मका हुन्थ्यो । यसरी यो कम्युनको पहिलेको काम गर्ने ढाँचा सा¥है सानो थियो ।
अघिकै युवती कामरेडले कपहरूमा चिया थप्दै ल्याइन् । चिया चिनियाँ चिया थियो, अर्थात् चिनी, र दूध नभएको सुवासयुक्त चियापछिको चिया । चियाको साना–साना पत्ताहरू र तातो पानी, बस यति हो चीनको चिया । चियाको रङ्ग हरियो हरियो र रातोरातो थियो । चियाको कुराले मलाई चिनियाँ धर्तीमा मेरो पहिलो कुमिङ हवाई अड्डाको एक घटनाको स्मरण गरायो । हामी कुमिङ हवाई अड्डामा फाराम भरिरहँदा चिया ल्याइयो । चिया र खालि तातोपानीमा साना–साना चियाका ‘पातहरू’ मात्रै थिए । चियामा दूध र चिनीको पर्खाइमा थिएँ । तर द्वेभाषी र विद्यार्थी फेडेरेसनका साथीहरूले चिया उठाएर पिउँदै मलाई पनि पिउन आग्रह गरे । फेरि एकछिनपछि विद्यार्थी साथीले भने, “चिया चिसो हुन लाग्यो, उनीहरूले खालि चिया पिएको देख्दा मलाई आश्चर्य लाग्नु स्वाभाविक थियो, मैले पनि चिया उठाएँ । चिया के पिउन लागेको थिएँ, तर हरेक घुट्काइमा आँखा चिम्लनुपथ्र्याे । तीतो न तीतो खाली चिया घाँटीमा अड्की अड्की जान्थ्यो । तैपनि, केही त पिएँ । यहाँ पनि त्यस्तै चिया थियो । तर, चीनमा बस्दा बानी बसिसकेकोले अब चिनियाँ चियाले अचम्म पार्न छोडेको थियो ।
श्री लिको अनुवादपछि तिनले भन्दै गइन्, “यो कम्युनमा काम गर्ने कामदारहरू धेरैजसो महिलाहरू नै छन् । सुरु सुरुमा महिलाहरूलाई घरको काम र बच्चा (नानी) राख्ने ठाउँ नभएकोले काममा असजिलो र बाधा अनुभव भयो । फेरि कम्युनको काम गर्ने ठाउँ सा¥है सानो थियो । खाली ५–६ वटामात्र कोठा थिए । यस उसले अर्कै एक भत्केको घरलाई जानी नजानी महिलाहरूले मात्रै एउटा घर बनाए र त्यसमा नर्सरी (नानीहरू राख्ने ठाउँ) को रूपमा काम लिइयो । अर्को यस्तै अलि अलि भत्केको र बनाउनुपर्ने एक दुई घर पनि मर्मत गरेर डायनिङ हल (सामूहिक भान्छा घर) आदि बनाइयो । पहिले भान्छा घरहरू पुरानै तरिकाको थियो तर पछि देशमा टेक्निकल तेल्युसन (प्राविधिक विकास) र टेक्निकल इनोभेसन (प्राविधिक आविष्कार) को अभियान चल्यो र भान्छा घर पनि नयाँ प्रविधिले नै बनाइए ।”
हामी चिया पिउँदै गर्यौँ र उनी आफ्नो कम्युनको प्रगतिको विषयमा भन्दै गइरहेकी थिइन्, “अहिलेसम्ममा यो कम्युनमा १० वटा ठुलठुला फ्याक्ट्री (कारखाना) छन् । अरू धेरै साना कल–कारखानाहरू पनि छन् । ठुलो कारखानाहरूमा कमसेकम ३०० र स–साना कारखानाहरूमा कमसेकम १०० मजदुरहरू हुन्छन् ।
Leave a Reply