भर्खरै :

समय, संसद् र सांसद

समय, संसद् र सांसद

गएको हप्ता संसद्को ३ घण्टाभन्दा बढी खेर गएको छ । छलफल नटुङ्गिएपछि १५ मिनेटको लागि स्थगित भएको बैठक पुनः सुरू हुन ३ घण्टाभन्दा बढी समय लाग्यो । यो लापरबाहीको चरम उदाहरण हो । संसारमा कुनै पनि व्यक्तित्वले २४ घण्टाको दिनरातलाई १ मिनेट पनि न बढाउन सक्छन्, न घटाउन सक्छन् । समयको कठोर नियम हो यो । हाम्रा सांसदहरू यो कुरो बुझ्छन्, बुझ्दैनन् । गएको हप्ताको ३ घण्टाभन्दा बढी समय खेर जानु यसैको उदाहरण हो । संसद्मा सङ्क्षिप्त विचार राख्ने, नचाहिँदो कुरो नगर्ने नियम कडाइका साथ सबैले पालना गर्नुपर्छ । सभामुख यस मुद्दामा केही गर्न सक्दैनन्, निरीह छन् । यही ढङ्गले त्यतिका विधेयक सदनमा कहिले पेस हुन्छ ? कहिले संसदीय समितिमा दफावार छलफल हुन्छ र कहिले सदनमा पेस हुन्छ ? कुनै टुङ्गो छैन । यही ढाँचाले संसद् राम्ररी सञ्चालन होला ? प्रश्न गम्भीर छ ।
सांसद र शासक
जनता निरीह छ । एकपल्ट भोट खसाल्ने मात्रै उसको अधिकार छ । त्यसपछि अर्को निर्वाचन नहुँदासम्म केही गर्नसक्दैन । जनताको ठीक प्रतिनिधित्व नगर्ने सांसदलाई फिर्ता गर्ने अधिकार पनि संविधानमा छैन । तसर्थ, सांसदहरू फुका साढेझैँ गर्जिएर हिँड्छन् । पार्टीले उनीहरूलाई केही गर्नसक्दैन । एकपटक सांसद भएपछि एउटा अवधिसम्म सांसदहरू साँढे जस्तै फुका हुन्छन् । यही ढाँचाले के हामी समाजवादउन्मुख संविधान कार्यान्वयन गर्नसक्छौँ ? सांसद भनेपछि सांसद नै हुनुपर्ने तर हामीकहाँ सांसद भनेको शासक हुन खोज्छ । सांसद र शासकमा आकास–पातालको फरक छ । सबै सांसद शासक हुन खोज्छन् । सांसद भनेको सेवक हो, शासक होइन । शासक हुन त मन्त्री हुनुपर्छ वा अधिकृत हुनुपर्छ । यो रहस्य हाम्रो धेरै सांसदले बुझेका छैनन् भन्नु बढी नहोला ।
सांसद जनताको वारेस
गएको हप्ताको ३ घण्टाभन्दा बढी समय खेर गयो संसद्को । यसको लागि को जिम्मेवार छ ? यसरी, जिम्मेवारीविहीन काम गर्न सांसदको लागि गरिमामय हुन्छ ? गौरव गर्ने खालको हुन्छ ? सांसदहरू संसद्को बैठकभन्दा अरू नै कामलाई प्राथमिकता दिन्छन् । के यसैका लागि सांसद भएको हो ? सांसद भनेको जनप्रतिनिधि हो । जनप्रतिनिधिले जनताकै सेवा गर्नुपर्छ । कुनै व्यापारी उद्योगपति र कालोबजारी गर्नेहरूको दूत हुनुहुँदैन । हामीकहाँ त को के को के ? टुङ्गो छैन । त्यही सांसद संसद्मा एक थोक बोल्छ, बाहिर त्यसको विपरीत अर्कैथोक बोल्छ । के यही हो संसद्को दायित्व ? जनता महँगी, अभाव र सेवाबाट विहीन छ । कुनै संसद् मौका परे नचाहिँदो काम गर्ने पनि देखिएको छ । तपाईं सांसद सांसद नै हुनुहोस् । कुनै उद्योगपति र व्यापारीको वारेस होइन, जनताको हुनुहोस् ।
सांसद, सांसद नै हुनुप¥यो 
संसदीय व्यवस्था प्रारम्भ भएको पनि लामो समय भइसक्यो तर हामीकहाँ सांसद, सांसद हुुनुभन्दा गैरसांसद हुन बढी अभिरूचि राख्छन् । संसद्मा बेलाबेला गणपूरक सङ्ख्या नपुगेर बैठक चल्दैन । योभन्दा अनुत्तरदायी र गैरजिम्ेमवारीपन अरू के हुनसक्छ ? आम निर्वाचनको बेला तपाईंले जनतासँग के के गर्छु भन्नुभएको थियो ? के त्यो सबै बिर्सियो ? अर्को निर्वाचनमा उम्मेदवारी पाउनुभयो भने के यही क्रियाकलाप दोहो¥याउनुहुन्छ ? समयको बन्धनमा सबैले बाँधिनुपर्छ । समय भनेको यस्तो विषय हो जसले तलमाथि गर्नसक्दैन । यो सत्य तथ्य तपाईंले बुझेको हुनुपर्छ । जनता तपाईं सांसदप्रति आशावादी थियो तर रहँदा बस्दा निराशावादी हुँदै गएको छ । निराशा भनेको विफलताको उदाहरण हो ।
जनतासँगको बोल कबुल
निर्वाचनको बेला के के भन्नुभएको थियो, जनतालाई के के आश्वासन दिनुभएको थियो, त्यो सम्झना छ ? जनता सफा, शुद्ध र निरापद पानी खान चाहन्छन् । अस्पतालहरूमा उचित औषधीमुलो अपेक्षा गर्छ । के तपाईं सांसदले यतातिर ध्यान दिनुभएको छ ? पाप लाग्ला है । होस गर्नुहोस् । एउटा माघले सबै जाडो जाँदैन । यो प्रकृतिको कठोर नियम हो । प्रकृतिसँग कोही पनि जुध्न सक्दैन । प्रकृतिको आफ्नै नियम कानुन हुन्छ । त्यो कठोर सत्य सबैले आत्मसात गर्न सक्नुपर्छ । तपाईं सांसद पनि यही समाजको सदस्य हो । तपाईं सांसद भए पनि नभए पनि नेपाली हुनुपर्छ । हामीले नेपाली हौँ भन्ने बिर्सियौँ भन्ने अनर्थ हुन्छ । यसर्थ, तपाईं सांसदले निर्वाचनको बेला जनतासमक्ष गर्नुभएको बोलकबुल बिर्सनुभयो भने अनर्थ हुन्छ ।
होसियार !
समय बलवान हुन्छ । समयसँग कसैले पनि जुध्न सक्दैन । यदि समयसँग जुध्न खोज्नुभयो भने समयले सांसद पनि भन्दैन, मन्त्री पनि भन्दैन । तपाईं संसदीय समितिहरूमा कसको कुरा गर्नुहुन्छ ? के निर्वाचन भनेको निर्वाचनको बेला मात्रै हो ? निर्वाचित भएपछि जनताप्रति बढी उत्तरदायी हुनुपर्छ । गएको हप्ताको संसद्को ३ घण्टाको औचित्य कसरी साबित गर्नुहुन्छ ? तपाईं त साधारण मान्छे मात्रै होइन, जनप्रतिनिधि पनि हो । जनप्रतिनिधिको दायित्व गम्भीर र सङ्गीन हुन्छ भन्ने कुरा तपाईंको पार्टीले पनि बुझाएको होला । तसर्थ, सांसद सांसद नै हुनुप¥यो । सांसद नै लुचो भयो भने त्यसको क्षतिपूर्ति कसले कसरी गर्ने ? यसर्थ, समयको महत्व बुझौँ, समय खेर नफालौँ । समय अमूल्य हुन्छ । समयसँग कुनै पनि व्यक्तित्व जुध्न सक्दैन, होसियार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *