साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
म्याग्दी, १४ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो”, उहाँले भन्नुभयो ।
पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा मात्र गाई छन् । पूजाआजा र धार्मिक कार्यका लागि दूध तथा गहुँतका लागि गाईका साहुलाई पहिले नै भन्नुपर्छ । धवलागिरी गाउँपालिका–७ काफलडाडाका नेत्रप्रसाद पुन गाईको गोठ लिएर लेकबेंसी गर्न छाडेको १५ वर्ष भयो । उहाँले भन्नुभयो, “थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो छ, खनजोत गर्ने मिनिटेलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो । गाई पाल्ने चलनै हरायो ।”
बिदेसिए गोठाला, हराए गोठ
ताकममा मात्र नभएर हिजोआज पहाडका गाउँघरमा रैथाने जातका गाई भेट्टाउन मुस्किल पर्न थालेको छ । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका रैथाने गाईगोरु दुर्लभ हुन थालेका छन् । उत्पादनको लागत घटाउन र आम्दानी बढाउन उन्नत जातको व्यावसायिक पशुपालन उपयुक्त हो । उन्नत जात र व्यावसायिकतासँगै रैथाने जातका पशुको संरक्षणमा ध्यान पुगेको देखिँदैन ।
बढी दूध दिने उन्नत र वर्णशङ्कर जातको गाई र भैँसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको धवलागिरी गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताउनुभयो । “खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यु), धार्मिक कार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेंसी गरिन्थ्यो,” उहाँले भन्नुभयो ।
पहिले हरेक घरको एउटा गोठ हुने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकोले एउटा टोलभरिको गाईवस्तु लिएर एक जना गोठमा जाने गरेका छन् । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेँसीका फाँटमा झर्छन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।
ट्याक्टर र यान्त्रिक हलोले गोरु विस्थापित
दुई दशकअघिसम्म स्याङजा, पर्वत, कास्की, बाग्लुङका कृषक खेतबारी जात्ने गोरु किन्न म्याग्दीको धवलागिरी गाउँपालिका जाने गर्दथे । होचा र साना शरीर हुने पहाडी जातका गोरु बलिया, पाल्न सजिलो र १५/२० वर्षसम्म जोत्नका लागि प्रयोग गर्न सकिन्छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजाल भन्नुहुन्छ, “मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ”, उहाँले भन्नुभयो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अभिलेखअनुसार नेपालमा आठ प्रजातिका गाई छन् । म्याग्दीलगायत जिल्लामा पालिने गाईका जातलाई पहाडी भनिन्छ । पहाडी गाईहरू भुटान, सिक्किम र दार्जिलिङबाट नेपालमा भित्रिएका हुन् । २०० देखि ३०० केजीसम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । यी गाईले एक बेतमा १५०–२०० लिटरसम्म दूध दिन्छन् । पहाडी गाईको दूध पोषिलो र स्वास्थकर मानिन्छ । याक, नाक र चौरी, लुलु, होलिस्टेन फ्रिजन, ब्रोन स्विस र शाही वाल नेपालमा पालिने गाईका अन्य जात हुन् ।
रैथाने गाईको दूधमा औषधीय गुण
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्व आँखा र मस्तिष्कका लागि महत्वपूर्ण हुने बताउनुभयो । “गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई धेरै किसिमको फाइदा गर्ने र रोग लाग्नबाट बचाउने विभिन्न वैज्ञानिक अध्ययनहरूबाट पहिचान भएको तथ्य हो”, उहाँले भन्नुभयो ।
नेपालको संविधानको धारा ९ (३) मा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको छ । कानुनले नेपालमा गौवध गर्न प्रतिबन्ध लगाएको छ । गाईलाई समाजमा संरक्षणको हेतुले हेर्ने दृष्टिकोण उदार बन्न नसकेको बेनी नगरपालिका–१ मा रहेको श्रीलक्ष्मीहरी मन्दिरका महन्थ हिमालय बाबाले भन्नुभयो । “गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर बुझ्नु हुँदैन,” उहाँले भन्नुभयो “जैविक विशेषता बोकेका वैदिक गाईको नस्ल देशको जैविक सम्पत्ती पनि हो । यसलाई बचाउन राज्य र समाजले चासो दिनुपर्छ ।” स्थानीय गाईको गोवर, गहुँत खेतीबारीमा मात्र होइन, औषधीय कार्यमा पनि उपयोग हुने हिमालय बाबाको भनाइ छ ।
हिन्दू धर्मावलम्बीहरूका लागि गाई जन्मदेखि मृत्युसम्म अति आवश्यक जनावर मानिन्छ । हिन्दू धर्मावलम्बीहरूले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरूले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरू पुराणमा उल्लेख छ । गाईको गोबर घर लिपपोतमा प्रयोग गर्ने चलन छ । बिकारयुक्त किटाणु नष्ट गर्ने शक्ति हुने भएकोले घर लिपपोतमा गाईको गोबर प्रयोग गरिएको बुढापाका बताउँछन् ।
गोबर र गहुँतलाई आम्दानीको स्रोत बनाइँदै
गौशालामा पालिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलको रूपमा उपयोग गर्ने योजना कार्यान्वयन गर्न थालिएको छ । गाईको गोबर प्रशोधन गरेर पूजा र सजावटका सामग्री बनाउन थालिएको छ । गौशालाका कर्मचारी ओमबहादुर केसी र तुलसीराम आचार्य भारतको काशीपुर पुगेर गाईको गोबरबाट सामग्री बनाउने तालिम लिएर आउनुभएको छ ।
“गोबर प्रशोधन गरेर देवीदेवताका मूर्ती, धुप, ‘इकोप्रेसर म्याट’, चप्पल, भित्तेघडीजस्ता सामान बनाउन थालेका छौँ”, कर्मचारी आचार्यले भन्नुभयो ।
Leave a Reply