वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
राज्यको अर्थ र नेपालको भद्रगोल स्थितिमा देशको नाउँ त बाँकी छ तर राज्यको सार्वभौमिकताबारे छलफल आवश्यक देखिएको छ ।
भूमि, जनता, सरकार र सार्वभौमिकता राज्यका चार तत्व भएन भने सार्वभौम राज्यमा गनिन्न । सार्वभौमिकताको अर्थ कसको हातमा सार्वभौमिकता प्रस्ट हुनुपर्छ वा देखिनुपर्छ । राजतन्त्रमा राजाको हातमा, राष्ट्रपतीय बन्दोबस्तमा राष्ट्रपतिको हातमा वा प्रधानमन्त्रीको हातमा संविधान र व्यवहारमा कुन शक्तिशाली प्रस्ट हुन्छ । भारतको राष्ट्रपति ‘समारोही’ हो भने संरा अमेरिकाको राष्ट्रपति ‘शक्तिशाली’ वा सार्वभौम देखापर्छ । तर, नेपालमा ‘संसद्’ वा ‘प्रधानमन्त्री’ वास्तविक ‘सम्प्रभू’ हुन्छ भनौँ भने राष्ट्रपति रामवरण यादवको बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपरेको थियो ।
अहिले राष्ट्रपति रामचन्द्र पौडेल भए पनि उनी निरीह र ‘समारोही’ मात्र देखिन्छ – आफ्ना भाइ भतिजालाई पदमा राख्न मात्रै चिन्ता गर्ने पत्रपत्रिकाको समाचारबाट थाहा हुन्छ ।
अहिले प्रचण्ड सम्प्रभु प्रधानमन्त्री मान्ने हो भने उनको राजनीतिक दल तेस्रो स्थानमा छ भने तेस्रो दलको नेता सिद्धान्ततः प्रधानमन्त्री हुनेगर्दैन, कथंकदाचित भएमा कामचलाउ वा निर्वाचन गर्न तीनमहिने मात्रै हुनेगर्छ । धेरै पार्टी मिलेर पहिलो र दोस्रो पार्टीलाई छोडेर तेस्रो, चौथो वा भारतको जस्तो केही महिनाभित्र देखाउने प्रधानमन्त्री अस्थायी हुने गर्छ । खुद्रा मतले सरकार बनाउनुभन्दा संसद्मा आफ्नो दलको सांसदहरूको बलले सत्तामा पुगेको पार्टीमात्रै ‘सार्वभौम’ प्रधानमन्त्री हुनेगर्छ ।
तर, नेपालमा देउवा वा प्रचण्डमध्ये प्रचण्ड प्रधानमन्त्री हुनुमा संसदीय शक्तिभन्दा ‘खस–आर्य’ समूहबाट प्रचण्ड अगाडि देखिएर मात्रै प्रचण्ड प्रधानमन्त्री भएको कसैले मत जाहेर गरेमा सांस्कृतिकरूपले त्यसलाई सावित गर्न सक्नु आवश्यक हुन्छ ।
कति अरब र पश्चिमी देशमा ‘राष्ट्रपति’ वा ‘प्रधानमन्त्री’ सार्वभौम देखिए पनि ‘धर्मगुरू’ प्रति बहुमत जनताको आस्था भएका देशमा ‘धर्मगुरू’ नै सार्वभौम देखापर्छ भने ‘क्याथोलिक’ वा कुनै ‘कट्टर’ धर्म बलियो भएको देशमा ‘धर्मगुरू’ नै वास्तविक सार्वभौम शक्ति सावित हुन्छ । तर, नेपालको जनसङ्ख्याको ३५–३७ प्रतिशत ‘खस–आर्य’ समूहको छ भने ‘खस’ र ‘आर्य’ भित्र हेरेमा ‘आर्य’ बहुमत भएको हुँदा र शासनको विविध क्षेत्रमा हालिमुहाली ‘आर्य’ संस्कृतिको हुँदा नेपालमा देखिने सार्वभौम शक्ति ‘आर्य’ शासकमा रहेको सावित हुनेछ । यो प्रश्न सार्वभौमिकता देखिने र वास्तविक सार्वभौमिक शक्ति कसमा निहित छ भन्ने प्रश्नमा आउने विषय हो ।
यसकारण संसदमा राजनीतिक दलहरूले जसलाई पायो उसलाई ‘प्रधानमन्त्री’ बनाउँदा बहुमत सांसदहरूको मतभन्दा बहुमत मतदाताहरूको सांस्कृतिक व्यक्तित्व को हुने भन्ने प्रश्न सम्प्रभुतासँग गुप्तरूपले जोडिएको हुन्छ । इतिहासमा एक बेला चन्द्रगुप्तभन्दा विष्णु गुप्त चाणक्य वास्तविक सार्वभौम शक्ति थिए ।
यसको अर्को अर्थ हो – धर्म र संस्कृति अर्थात जनताले मानिआएको ‘नैतिकता’ धारण गर्ने प्रधानमन्त्री र राष्ट्रपतिमध्ये संविधान र भौतिक शक्तिको समर्थन जसलाई देखिए पनि साधारण जनताको मन र मस्टिष्कमा ‘राम्रो आचरण’ र ‘नैतिकवान’ र ‘सुसंस्कृत’ व्यक्तिलाई नै धार्मिक र बौद्धिक क्षेत्रमार्फत प्राप्त समर्थन नै बहुमत जनताको समर्थन रहेको थाहा हुन्छ ।
तर, क्रान्ति र आन्दोलनको बेला सक्रिय, सङ्गठनमा प्रभाव भएका नेता र एकताका प्रतीक व्यक्ति नै ‘सर्वोच्च’ र ‘सार्वभौम’ सावित हुन्छ – तर यो मूल्याङ्कन संविधान सम्मत नहुन सक्छ । तर, कहिलेकाहीँ कुनै एक बलशाली देशको समर्थन नै ‘सार्वभौमिकता’ को नापो भएका धेरै औपनिवेशिक देशको सार्वभौमिकताको प्रश्न देखापर्ने गरेको छ ।
Leave a Reply