भर्खरै :

“पोखरी पुनः निर्माणबाट पर्यटकहरू उत्साहित छन्”

“पोखरी पुनः निर्माणबाट पर्यटकहरू उत्साहित छन्”

वडाध्यक्ष श्यामकृष्ण खत्रीसँगको सङ्क्षिप्त कुराकानी

  • भाजुपोखरीको पुनः निर्माणमा हालसम्म कति खर्च भएको छ ?
    भाजुपोखरी पुनः निर्माणमा हालसम्म २ करोड ६३ लाख रकम खर्च भइसकेको छ ।
  • भाजुपोखरीको डिलसमेत कुल क्षेत्रफल कति रहेको छ ?
    भाजुपोखरीको कुल क्षेत्रफल ३२ रोपनी जति छ ।
  • पोखरीलाई जीवन्तता दिन के कस्तो योजना तय गर्नुभएको छ ?
    भनपा वडा नं. १ पोखरी नै पोखरीको पहिचान भएको वडा हो । तःपुखू, नःपुखू, न्हु पुखू र भाज्या पुखू यसका दृष्टान्त हुन् । यी पोखरीलाई भक्तपुर नगरपालिकाले समय अनुकूल बजेट विनियोजन गरी संरक्षण गर्दै आएको छ । २०७५ चैत १८ गते भनपाका प्रमुख सुनिल प्रजापतिको अगुवाइमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटघाटपछि रानीपोखरी पुनः निर्माण गर्ने काम भयो र पोखरीले जीवन्तता पायो । २०७८ फागुन १८ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सो पोखरीको उद्घाटन गरी सर्वसाधारण जनतालाई पनि खुला गर्ने काम भयो । त्यसरी नै २०८० फागुन २५ गते भाज्या पुखूको उद्घाटन र ‘भाजुपुखू र जलेश्वर मन्दिर पुनर्निर्माण’ पुस्तकको एक समारोहबिच विमोचन हुने कार्यक्रम छ । उक्त उद्घाटन वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुहुनेछ । उद्घाटनअघि बिहान १०ः३० बजे नासमनाबाट एक ¥याली सुरु हुनेछ । ¥याली भाजुपोखरी प्राङ्गणमा पुगेपछि उद्घाटन हुनेछ । पोखरीलाई जीवन्तता राख्न या पोखरीको सुरक्षा र संरक्षण गर्न सिद्धपोखरी र रानीपोखरीमा जस्तै कर्मचारीको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
  • पोखरीको बिच भागमा रहेको जलेश्वर मन्दिर निर्माणबारे ज्येष्ठ नागरिकहरू के भन्छन् ?
    २०७४ सालको स्थानीय चुनावी घोषणापत्रमा भाज्या पुखू संरक्षण गर्ने उल्लेख थियो । पोखरी पुनः निर्माण गर्न भक्तपुर नपाद्वारा गठित वातावरण समितिले पटकपटक सरसफाइ कार्यक्रम गरेको थियो । इतिहासविद् एवम् सम्पदाप्रेमी पुरुषोत्तमलोचन श्रेष्ठको अध्ययन टोलीले ८ महिना लगाएर भाज्या पुखू र पोखरीको बिचको थुम्कोबारे प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदनमा २०५९ सालमा भेटिएका कलात्मक इँटा, काठ, मन्दिर, भग्नावेशष सामग्री तथा २०७४ मङ्सिर २४ गते स्थानीयको भेलाबाट गठित उपभोक्ता समितिबाट उत्खननको क्रममा भेटिएका ४०–४० सेमि स्क्वायरको ३०० सेमि लामो काठको बिम, चौका, सोन पो, ४०–४० सेमिको काठ (हाल बासुकी नाग रहेको काठ) आदि फेला परेको आधारमा जलेश्वर मन्दिर निर्माण गरिएको हो । पोखरी र जलेश्वर मन्दिरको पुनः निर्माणबाट आन्तरिक तथा बाह्य पर्यटकहरू उत्साहित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *