भर्खरै :

सही विद्यालयको छनोट

सही विद्यालयको छनोट

भर्ना खोल्यो ! भर्ना खोल्यो ! हरेक वर्षको पुस महिनादेखि वैशाख महिनासम्म सुन्दै आएको विज्ञापन हो यो । विभिन्न विद्यालयका भर्नासम्बन्धी विभिन्न विज्ञापनहरू छन् । श्रीपञ्चमी अक्षारम्भ, दुईमा एक छुट आदि । अभिभावकबिच एउटा अन्योल छाएको छ । म मेरो नानीलाई कुन, कस्तो विद्यालयमा भर्ना गर्ने ? विज्ञापन दिएअनुसार मेरो नानीको लागि त्यो विद्यालय उचित होला त ? फेरि ईसीडी, प्रि–स्कूल, मन्टेश्वरी के हो के ? यी सबै विद्यालयको नाम हो कि मेथोडोलोजीको नाम आदि छुट्याउन गा¥हो छ । यसबारे हामी अभिभावकहरू विज्ञापनभन्दा आफू स्वयम् त्यस विद्यालयमा गएर मेरो नानी यो विद्यालयमा राख्दा कति सुरक्षित छ, बालमैत्री कक्षाकोठा, शौचालय छ कि छैन । स्वस्थकर खाजा, खाना, पिउने पानीको व्यवस्था छ कि छैन, शिक्षण सिकाइ सामग्री, खेल्ने चउर आदिको राम्रो व्यवस्था सँगै विद्यालयमा शिक्षण गर्ने शिक्षक–शिक्षिकाहरू तालिम प्राप्त, व्यवहारिक एवम् संस्कार गरिएका छन् छैनन् बुझ्नु जरुरी छ ।
धेरै पैसा तिर्दैमा वा थोरै पैसा तिर्दैमा विद्यालयमा मेरो नानीले राम्रो सिक्छ वा सिक्दैन भन्ने भ्रम हामीले छोड्नुपर्छ ।
हरेक विद्यालयको आ–आफ्ना शिक्षण विधिहरू हुन्छन् । आजको २१ औँ शताब्दीमा हामीले घोकन्ते र पुरानो शिक्षण विधि अपनाउँदै हामीलाई जसरी असहज र प्रयोगात्मक अध्ययनमा गा¥हो भएको छ अबका नानीमा त्यस्ता समस्याहरू नहोस् भनेर जन्मदेखि ८ वर्षका नानीहरूलाई हामी ‘म सुन्छु र बिर्सन्छु, म देख्छु र सम्झन्छु, म गर्छु र बुझ्छु, म प्रतिबिम्बित गर्छु र सिक्छु एवम् सरलबाट जटिलतिर कसरी जाने र डा. मारिया मन्टेश्वरीका अनुसार हाम्रा नानीहरूले आफ्नै गतिमा सिक्ने, आफैँ निर्णय र तर्क गर्न सक्ने, समस्याको समाधानको खोजमा सानाले ठुलालाई ठुलाले सानालाई सहयोग गर्न सक्ने शिक्षा÷शिक्षण सिकाइ गर्नुपर्छ भनिएको छ । जुन कुरा आजको समयमा हरेक विद्यालय, अभिभावक एवम् शिक्षकशिक्षिकाले बुझ्न जरुरी छ । हामीले नानीहरूलाई प्रतिस्पर्धीभन्दा पनि सक्षम र सबल व्यक्ति बनाउनेतिर कोसिस गर्नुपर्छ । त्यसको लागि हामीले नानीहरूको उचित हुने उमेर समूहअनुसारको पाठ्यक्रम विद्यालयका शिक्षकशिक्षिकाले निर्माण वा तयार गर्नु आवश्यक छ । जसमा उमेर समूहअनुसार गर्नसक्ने वार्षिक पाठ्यवस्तु, उद्देश्य, पाठ्यसामग्री, कक्षाकोठामा गर्ने विभिन्न गतिविधि, क्रियाकलाप, समय अवधि आवश्यक पर्दछ, बजारमा पाइने पाठ्यपुस्तक होइन ।
उमेर समूह तथा कक्षागत पाठ्यक्रम हरेक शिक्षकशिक्षिकाको लागि अत्यन्त आवश्यक छ । हरेक शिक्षकशिक्षिकाले वर्षभरि गर्ने शिक्षण सिकाइ क्रियाकलापको स्वअध्ययनबाट आफ्नो कक्षामा भएका हरेक नानीहरू भिन्न र फरक छन् । तर, सबैलाई सक्षम कसरी बनाउने भन्ने उद्देश्य निर्धारण गर्ने सक्षमताको विकास गर्नुपर्छ । नानीलाई जबसम्म म विद्यालयमा सुरक्षित र स्नेहप्रेमी शिक्षकशिक्षिका छ भन्ने आभास हुँदैन तबसम्म हाम्रा नानीहरू विद्यालय आउन गा¥हो मान्छन् । त्यसैले, हामी शिक्षकशिक्षिका एवम् विद्यालयले खेलाउँदै, रमाउँदै, नाच्दै, गाउँदै हरेक किसिमका क्रियाकलापमा प्रोत्साहन र हौसला दिँदै शिक्षण सिकाइ गर्नुपर्छ । जसले नानीहरूलाई गर्ने विभिन्न क्रियाकलापसँगै उनीहरूको सर्वाङ्गीण विकास (बौद्धिक, सामाजिक संवेगात्मक, शारीरिक, भाषा एवम् नैतिक शिक्षा) गराउनको लागि सुरुमा कुनै पाठ्यवस्तुको जानकारी दिन खेल खेलाऊ, खेलसँगै सामग्रीसँग रमाऊ, विस्तारै शिक्षण त्यो सँगसँगै हामी अभिभावकले आफ्नो नानीको उमेर हेरेर आफ्नो नजिकका विद्यालयमा कसरी शिक्षण सिकाइ भइरहेको छ भन्ने कुरा बुझ्न जरुरी छ । टाढा टाढाको विद्यालयमा भर्ना गर्नुको सट्टा हाम्रा नानीहरूलाई नजिक विद्यालय भर्ना गर्दा हाम्रा नानीहरूले भ्यान आयो उठन नानी बस आयो छिटो खाना आऊ ढिलो भयो आदि कुराहरू हामी अभिभावक आत्तिए पनि बोल्नुपर्दैन र हाम्रा नानीको बालापनको छुकछुक गर्ने, रमाउने, दौड्ने, कुद्ने अभिभावकसँग गर्ने कुराहरू, रमाइलो तोतेबोली खानाका विभिन्न स्वाद, हजुरआमा हजुरबुबासँग मठमन्दिर घुम्ने आदि विकासहरू घरबाटै पाउँछ । ती नानीहरूले आफ्नो परिवार, संस्कार र व्यवहारभन्दा ढिलो चाँडो अर्थको खोजी समय बर्बाद नगरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *