भर्खरै :

कीर्तिपुरको एक ‘लिभिङ टुगेडर’

कीर्तिपुरको एक ‘लिभिङ टुगेडर’

प्रिय शम्भु,
तिमीसँगको तात्तातो छलफलपछि म एक्लै छुँ, १५ दिन भयो । पुरुष अहङ्कारको शब्द प्रयोग गरी म सबै पुरुषलाई दोष दिन चाहन्नँ । दुई वर्षको विश्वविद्यालयको जीवनमा मैले शिक्षालाई समाजको सेवामा समर्पित हुन मैले प्राप्त गरेका सम्पूर्ण अनुभव एक ज्यावलको रूपमा लिने भावनाबाट अभिप्रेरित थिएँ ।
हाम्रो दुई वर्षको ‘सँगैको जीवन’ लाई एक सफल र अर्थपूर्ण अवधिको रूपमा लिँदै थिएँ । म मेरो कर्तव्यप्रति सजग छु र रहनेछु, यही मेरो सङ्कल्प जीवन पद्धतिको रूपमा लिने गरेकी छु । त्यसअनुसार मैले तिमीलाई एक आदर्श पुरुषको रूपमा तयार गर्न चाहन्थेँ । त्यसको निम्ति मैले तिम्रो लुगा धुने, त्यसमा आइरन गर्ने, दराजमा व्यवस्थित गर्नेदेखि लिएर कोठालाई एक शिक्षित जोडीको दर्जा दिन र दिलाउन कोसिस गरेँ । एउटा एउटा पुस्तक ‘आल्मारी’ मा सजाएँ, हरेक तस्बिर र प्रदर्शन गरिने वस्तुहरूलाई यथास्थान राख्ने मेसोलाई मैले भित्री मनदेखि नै सजाउने काम गर्दै गएँ ।
तिम्रो व्यक्तिगत दुवैको जीवन सुखमय होस् भनी जाडोमा नुहाउन पानी तताउनेदेखि स्नानगृह सफा गर्ने, तिम्रो खुट्टाको नङ काट्नेदेखि दा¥ही काट्न समय–समयमा ‘सेभिङ कीट’ बाट ब्लेड मिलाउनेदेखि ‘ब्रस’ र ‘आफ्टर सेभिङ’ का सिसिसमेत टेबुलमा दुरुस्त राख्थेँ । तिम्रो जीउमा कुनै खटिरा वा घाउ नआओस् भनी जीउभरि कपालदेखि पैतालासम्म म तेल लगाई दिन्थेँ– सामान्य परिवारमा जस्तै ।
त्यतिमात्रै होइन, कोट लगाउँदा समेत म तिम्रो सहयोग गर्थेँ, जुत्तामा पालिस, चुँडेको कमिजको ‘बटम’ र उघे्रको लुगा सिइदिएर सूचिकारको समेत काम गर्थेँ ।
बरु तिम्रो चुरोट खाने बानीलाई बरोबर हस्तक्षेप गरी छोड्न लगाई मैले तिम्रो आयु थपिदिएँ, मेरो पिर, व्यथा र मायाले । तर, तिमीले यी सबै बिर्सिदियौ– आज । तिमीले मलाई मेरो मुटु छेड्ने बचन बोल्यौ, “मलाई एक जना छोरो चाहिएको छ, जो तिमी पु¥याउन सक्दैनौ ।”
तिम्रो त्यो बचनले म झस्केँ, म छाँगाबाट खसेजस्तै अनुभव गरेँ तथा म एउटा भ्रममा भएको महसुस भयो, जसलाई मैले दुई जाडोमा सहयोग गरेँ । भित्री मन र शरीरले तिमीले आज मलाई पराइ सम्झ्यो र शासकको व्यवहार ग¥यौ !
शम्भु, मैले तिमीलाई सम्झाउनै पर्छ कि चिकित्सकले तिमीबाट कुनै सन्तानको सम्भावना छैन भनी विज्ञान पढाएको झल्झली सम्झँदै छु । आज मैले मनमा लिनैपर्ने भयो, एक सिक्काको दुई पाटो हुन्छ भनेजस्तै हरेक मानिसमा ‘सेतो र कालो’ व्यक्तित्व हुन्छ । तिम्रो त्यो ‘बचन’ मा मैले नारीप्रतिको ठुलो दोष देखाएँ, जुन उसको दोष थिएन बरु पुरानो पुरुष अहङ्कारवादको संस्कार तिमीमा खचाखच भरिएको रहेछ । नयाँ संस्करणमा तिमी सामन्ती र दास समाजका नयाँ प्रतिनिधि रहेछौ ।
शम्भु, त्यति मात्रै होइन, तिमीलाई थाहा छ, म पैसा, पद र भनसुनजस्ता अरुको दयामायामा बाँच्नुभन्दा आफ्नो कर्तव्य र मेहनतप्रति विश्वास गर्ने ‘नयाँ मानिस’ वा नयाँ युगका एक नागरिक बन्न चाहने व्यक्ति हुँ । म नयाँ युगको हकदार हुँ, जुन समाजमा कसैले कसैलाई शोषण गर्नेछैन र योग्यताअनुसारको काम र आवश्यकताअनुसार प्राप्त गर्ने साम्यवादी समाजप्रति विश्वास गर्छु, जुन समाजमा सम्पत्तिमा ‘तेरो मेरो’ भन्ने भावना विस्तारै सेलाइसकेको हुन्छ । त्यो समाजमा सबै समान हुनेछन् र त्यहाँ व्यक्ति, जात, भाषा, पुरुष र नारीको हिसाबले होइन, प्रत्येकको गुण वा व्यक्तित्व, समाजप्रति गम्भीर जिम्मेवारी र समर्पणबाट चिनिने छन् ।
शम्भु, म अझ सम्झाउन चाहन्छु– चिकित्सकको सल्लाहलाई बेवास्ता गरी अर्कै केटी विवाह गरी ‘छोरो’ पाउने दोषपूर्ण विचारमा छौ तिमी । म कुनै अर्कै पुरुषबाट छोरोको आमा बन्न चाहन्नँ । तिमीलाई मैले भन्नैपर्छ, तिमी नपुंसक हौ, अर्को केटीबाट पनि तिमीले छोरो वा सन्तान पाउने छैनौ । तिम्रो पुरानो संस्कार छोरो नै समाजको मियो हो भन्ने भावनालाई म धिक्कार्छु । गलत विचारलाई समयमै सच्याऊ ! बिदा !

तिम्री सहयोगी
मधु

Leave a Reply

Your email address will not be published. Required fields are marked *