भर्खरै :

व्यापार र अर्थतन्त्रमा चीन – संरा अमेरिकाबिच परस्पर हितकारी एवम् जित–जित सहकार्य – २

व्यापार र अर्थतन्त्रमा चीन – संरा अमेरिकाबिच परस्पर हितकारी एवम् जित–जित सहकार्य – २

३) चीन र संरा अमेरिका महत्वपूर्ण लगानी साझेदारहरू हुन्
चीनका लागि संरा अमेरिका वैदेशिक लगानीको प्रमुख स्रोत हो । MOFCOM का अनुसार सन् २०१७ को अन्त्यसम्म चीनमा संरा अमेरिकी लगानीको उद्योग, कम्पनी, इन्टरप्राइजेज लगभग ६८ हजारको सङ्ख्यामा थियो । जसको वास्तविक लगानी ८३ अर्ब अमेरिकी डलरभन्दा माथि थियो । संरा अमेरिकामा चिनियाँ कम्पनी र उद्योगहरूले प्रत्यक्ष लगानी तीव्रत्तर बढाएसँगै पछिल्लो समय चिनियाँ लगानीका लागि पनि अमेरिका महत्वपूर्ण गन्तव्यस्थल बनेको छ ।
चीनको बाहिरी लगानी बढेसँगै अमेरिकामा चिनियाँ कम्पनीहरूको प्रत्यक्ष लगानी सन् २००३ मा ६ करोड ५० लाख अमेरिकी डलरबाट सन् २०१६ सम्ममा १६.९८ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्क छ ।
सन् २०१७ को अन्त्यसम्म संरा अमेरिकामा चिनियाँ प्रत्यक्ष लगानीको स्टक (Stock) लगभग ६७ अर्ब अमेरिकी डलर रहेको MOFCOM को अध्ययनले देखायो । यसबिच अमेरिकामा चीनले उल्लेख्य वित्तीय लगानी पनि बढाएको देखिन्छ । संरा अमेरिकी सरकारको कोष (Treasury) विभागका अनुसार सन् २०१८ मे महिनाको अन्त्यसम्ममा संरा अमेरिकी ट्रेजरी बिलको (अल्पकालीन ऋणपत्र अर्थात् विश्वासको आधारमा एक वर्ष वा सोभन्दा कम अवधिका लागि उठाइएको आन्तरिक ऋण) ११ खर्ब ८० अर्ब अमेरिकी डलर बराबरको भाग चीनले ओगट्छ ।
४) व्यापारिक र आर्थिक सहकार्यबाट चीन र अमेरिका दुवैलाई उल्लेख्य लाभ मिलेको छ –
व्यापारिक र आर्थिक सहकार्यबाट दुवै देशले बृहत्तर लाभ र ‘जित–जित’ प्रतिफल प्राप्त गरेको जगजाहेर छ । चीन–अमेरिका सहकार्यले चीनको आर्थिक उन्नयन र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो । आर्थिक विश्वव्यापीकरणको पृष्ठभूमिविरुद्ध अमेरिकासहित अन्य देशसँग चीनको व्यापार र लगानी सहकार्य बलियो बनेको छ । दुई देशको खुला बजारले चिनियाँ कम्पनीलाई विश्वव्यापी औद्योगिक शृङ्खला र मूल्य चक्रमा अग्रपङ्क्तिमा पुग्न सघाएको छ । यसले चिनियाँ आर्थिक वृद्धिका लागि विशाल बाह्य बजार खुला गरिदिएको छ ।
सन् २०१७ सम्ममा करिब ४१ खर्ब अमेरिकी डलर बराबरको कुल वस्तु आयात–निर्यातको तथ्याङ्कबाट चीन विश्वको सबैभन्दा ठुलो वस्तु निर्यात या व्यापार गर्ने देशको रूपमा देखियो । यसको लागि सुधार र खुलापनको ४० वर्षभित्रमा भएको आर्थिक विकासप्रति कृतज्ञ छौँ । कुल सेवा आयात–निर्यातको ६९५.६८ अर्ब अमेरिकी डलरसहित चीन विश्वकै दोस्रो ठुलो सेवा व्यापारी या निर्यातकर्ता बन्यो । कुल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी १३६ अर्ब अमेरिकी डलरसहित चीन दोस्रो ठुलो प्रत्यक्ष वैदेशिक लगानी (Foreign Direct Investment, FDI) प्राप्तकर्ता देशमा गनियो ।
चीनको प्रविधिमा भएको आविष्कार, बजार व्यवस्थापन र प्रशासनिक सृजनशीलताको लागि अमेरिकी फर्महरूको अनुभवबाट पनि चीनले जरुर सिकेको छ । प्रतिस्पर्धात्मक बजार विकास गर्न, औद्योगिक दक्षता हासिल गर्न, प्रविधि र व्यवस्थापनमा अगाडि बढ्न चीनलाई हौसला प्राप्त भएको यथार्थ हो ।
अमेरिकाबाट निर्यात हुने यान्त्रिक, विद्युतीय उत्पादन र कृषिजन्य उत्पादनको चिनियाँ बजारमा माग ठुलो छ तर मागअनुसारको पूर्ति अमेरिकाले गर्न सकेन । यद्यपि, त्यसको सन्तोषजनक व्यवस्थापन स्वयम् चीन गर्दै छ । विशेषतः उच्च मूल्यका वस्तुको माग र पूर्तिबिच सन्तुलन कायम राख्न उपभोक्तालाई छनौटको विविधता प्रदान ग¥यो । अर्थात्, उपभोक्ताको क्रयशक्तिकेन्द्रित वस्तुहरू चीनले विश्वबजारमा उपलब्ध गरायो ।
त्यही अवधिमा संरा अमेरिकाले विस्तृत दायरामा (Wide range) व्यापारको अवसर प्राप्त ग¥यो । सीमापारिको लगानी र चिनियाँ बजारमा प्रवेशजस्ता अवसरले संरा अमेरिकाको आर्थिक वृद्धि, उपभोक्ता हितमा सुधार र आर्थिक संरचनामा स्तरोन्नतिका लागि ठुलो भूमिका खेल्यो ।
व्यापार र आर्थिक सहकार्यले संरा अमेरिकाको आर्थिक वृद्धिसँगै मुद्रास्फीति न्यूनीकरणमा सघायो । संरा अमेरिका चीन व्यापार परिषद् (China Business Council) र अक्स्फोर्ड अर्थशास्त्रको संयुक्त अध्ययनले बताउँछ– सन् २०१५ मा चीनबाट गरिएको आयातले संरा अमेरिकाको कुल गार्हस्थ उत्पादनमा ०.८ प्रतिशतले वृद्धि ग¥यो । चीनमा गरिएको निर्यात र दोहोरो लगानीले अमेरिकी कुल गार्हस्थ उत्पादनमा २१६ अर्ब अमेरिकी डलर बराबरको योगदान ग¥यो । अमेरिकाको आर्थिक वृद्धि दर १.२ प्रतिशतले वृद्धि गर्न सघायो ।
चीनबाट Value for money अर्थात् न्यूनतम मूल्यमा अधिकतम सन्तुष्टि प्राप्त गर्न सकिने वस्तुहरूको उत्पादनले अमेरिकी उपभोक्ताको उपभोग्य क्षमतालाई बढाएको छ । उदाहरणका लागि सन् २०१५ मा उपभोक्ता मूल्य सूचाङ्क १ देखि १.५ प्रतिशतले घट्यो । न्यून मुद्रास्फीतिको वातावरणले संरा अमेरिकामा बृहत् आर्थिक नीतिको विस्तारका लागि फराकिलो ठाउँ प्रदान ग¥यो ।
दुईपक्षीय सहकार्यले संरा अमेरिकामा ठुलो सङ्ख्यामा रोजगारी सृजना ग¥यो । संरा अमेरिका – चीन व्यवसाय परिषद्को विश्लेषणअनुसार चीनमा संरा अमेरिकाले गर्ने निर्यात र अमेरिका–चीन दोहोरो लगानीको सहयोगमा अमेरिकामा मात्र सन् २०१५ मा २६ लाख रोजगारी सृजना भयो । विशेषतः अमेरिकाको ४६ ओटा राज्यमा चिनियाँ लगानीले ओगटेको छ । अमेरिकाका लागि चीनले निर्माण क्षेत्र (Manufacturing) मा मात्र १ लाख ४० हजारभन्दा बढी रोजगारीको अवसर प्रदान गरेको छ ।
सहकार्यले सबैभन्दा बढी र वास्तविक लाभ अमेरिकी उपभोक्ताहरूलाई भएको छ । दुईपक्षीय व्यापारले विशेषतः न्यून र मध्यम आम्दानी समूहका उपभोक्ताको छनोटमा विविधता र व्यापकता बढाइदियो । यसरी जीवनयापनको लागत घट्यो र अमेरिकी जनताको वास्तविक उपभोग्य क्षमता बढ्यो ।
संरा अमेरिका–चीन व्यापार परिषद्को सन् २०१५ को तथ्याङ्कअनुसार चीनसँगको व्यापार सम्बन्धले प्रत्येक वर्ष अमेरिकी परिवारले आप्mनो खर्चको ८५० अमेरिकी डलर बचत गर्न थालेका छन् । यो संरा अमेरिकामा औसत प्रतिघर आम्दानीको १.५ प्रतिशत हुन आउँछ ।
दुईपक्षीय सहकार्यले ठुलो सङ्ख्यामा व्यवसायका अवसरहरू र अमेरिकी व्यवसायहरूमा उल्लेख्य नाफा सृजना ग¥यो । चीन विश्वकै विशाल र तीव्ररूपले विकास भइरहेको अर्थात् उदीयमान बजार भएकैले अमेरिकी व्यवसायीले सहकार्यबाट अधिकतम अवसर प्राप्त गरे ।
संरा अमेरिका–चीन व्यापार परिषद् २०१७ को प्रान्तीय निर्यात प्रतिवेदनका अनुसार व्यापार परिप्रेक्ष्यबाट विश्लेषण गर्दा सन् २०१७ मा अमेरिकाका ४३ ओटा प्रान्तहरूका प्रमुख ५ निर्यात बजारमध्ये चीन पनि एउटा थियो । सन् २०१६ मा सम्पूर्ण ५० ओटा प्रान्तहरूको लागि सेवा क्षेत्रको प्रमुख ५ निर्यात बजारमा चीन पनि एउटा थियो । सन् २०१७ मा मात्र प्रत्येक अमेरिकी कृषकले औसतमा १० हजार अमेरिकी डलरभन्दा माथिको कृषिजन्य उत्पादन चीनमा निर्यात गरे ।
लगानीको दृष्टिकोणबाट हेर्दा सन् २०१५ मा संरा अमेरिकाले लगभग ५१७ अर्ब अमेरिकी डलर बराबरको बिक्री राजस्व र ३६ अर्ब अमेरिकी डलरभन्दा माथिको नाफा चीनबाट मात्र प्राप्त गरेको MOFCOM ले जनायो । सन् २०१६ मा संरा अमेरिकाको बिक्री–राजस्व करिब ६०६.८ अर्ब अमेरिकी डलर पुग्यो । नाफा बढेर ३९ अर्ब अमेरिकी डलर नाघ्यो । सन् २०१७ मा प्रमुख तीन अमेरिकी गाडी (कार) निर्माणकर्ताहरूले चीनमा संयुक्त लगानी (Joint Venture) को माध्यमबाट कुल ७.४४ अर्ब अमेरिकी डलर नाफा कमायो । सोही वर्ष ३० लाख ४० हजार अमेरिकी यात्रुवाहक सवारीसाधन चीनमा बिक्री ग¥यो । यो चीनमा बिक्री गरिने कुल यात्रुवाहक सवारीसाधनको १२.३ प्रतिशत हो । जेनरल मोटर्सकै मात्र चीनमा दश ओटा संयुक्त लगानी छन् । चीनमा मात्र यसको कुल विश्वव्यापी उत्पादनको ४० प्रतिशत ओगट्छ । चीनमा चिप्स बिक्री र प्याटेन्ट रोयल्टीबाट अमेरिकी कम्पनी क्वाल्कम (Qualcom) को आम्दानीले उसको कुल आम्दानीको ५७ प्रतिशत भाग ओगट्छ । चीनमा इन्टेल्सको आम्दानी (Intel’s) ले (हङकङसहित) यसको कुल आम्दानीको २३.७ प्रतिशत ओगट्छ । आर्थिक वर्ष २०१७ मा एपल कम्पनी (Apple Inc) को चीनबाट १९.५ प्रतिशत आम्दानी रह्यो ।


सन् २०१७ जनवरीको अन्त्यसम्ममा १३ ओटा संरा अमेरिकी बैङ्कहरूले चीनमा शाखाहरू खोले र अमेरिकी बिमा कम्पनीहरूले चीनमा बीमा फर्महरूको सञ्चालन गरे । गोल्डम्यान साक्चस् (Goldman Sachs), अमेरिकन एक्सप्रेस, बैङ्क अफ अमेरिका, मेटलाइफ (Goldman Sachs) लगायत अन्य अमेरिकी वित्तीय सङ्घसंस्थाहरूले आफ्नो रणनीतिक लगानीमार्फत चिनियाँ वित्तीय सङ्घसंस्थाबाट यथेष्ट नाफा ग्रहण गरे ।
चीनको धितो नियमन आयोगका अनुसार चिनियाँ कम्पनीहरूले विदेशमा गर्ने लगानीको प्राथमिक शेयर (IPO) र पुनर्कर्जाबाट उठाउने ७० प्रतिशतको प्रमुख प्रत्याभूतकर्ता र सहायक प्रमुख प्रत्यात्ूतकर्ता (Co-lead underwriter) अमेरिकी इन्भेस्टमेन्ट बैङ्कहरू हुन् । संरा अमेरिकी कानुन फर्मले चीनमा मात्र करिब १२० कार्यालय सञ्चालन गरेको छ ।
दुईपक्षीय व्यापार र आर्थिक सहकार्यले औद्योगिक उन्नयनलाई थप बढावा दिएको छ । चीनसँगको आर्थिक र व्यापारिक सहकार्यका कारण दुई देशका प्रतिस्पर्धी उत्पादनका साधनहरूको संयोजनबाट संरा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमतालाई तिखारेका छन् । उदाहरणका लागि आइफोन (Iphone) को डिजाइन अमेरिकामा भयो भने त्यसको स्वरूप निर्माण र पार्टपुर्जा जडान चीनमा भयो अनि विश्व बजारमा बिक्री गरियो । गोल्डमेन साक्चस्को प्रतिवेदनअनुसार सन् २०१७ मा एपल इन्क (Apple Inc) ले यसको सम्पूर्ण उत्पादन र जडान संयन्त्रलाई चीनबाट संरा अमेरिकामा स्थानान्तरण ग¥यो । परिणामतः आइफोनको उत्पादन लागत ३७ प्रतिशतले वृद्धि भयो ।
प्राविधिक सहकार्यमार्पmत संरा अमेरिकी कम्पनीहरू जसले चीनमा बिक्री र लगानी गरेका छन् ती कम्पनीहरूले चीनमा क्लाउड कम्प्युटिङ (Cloud Computing) र आर्टिफिसियल इन्टेलिजेन्सको फाइदा लिएको देखिन्छ । यही कारण बदलिँदो विश्वव्यापी बजारमा अमेरिकी उत्पादनले अनुकूल स्थान प्राप्त गरेको हो । संरा अमेरिकी कम्पनीहरूका लागि सामग्री उत्पादन गरी चीनले अमेरिकालाई नवीन खोज र व्यवस्थापनमा बढी लगानी गर्न सक्षम बन्न सघायो । उच्च मूल्यको अत्याधुनिक उत्पादन र आधुनिक सेवामा केन्द्रित हुन एवम् धेरै मूल्य अभिवृद्धि तथा प्रविधियुक्त उद्योगको उन्नयनका लागि चीनसँगको सहकार्यले टेवा पु¥यायो । यसले संरा अमेरिकाको ऊर्जा र स्रोतहरूको जगेर्ना गर्न, पर्यावरणीय संरक्षणमा बढेको दबाब न्यूनीकरण गर्न र विश्वमा संरा अमेरिकालाई अझ बढी प्रतिस्पर्धी बनाउन सहयोग गरेको प्रस्ट हुन्छ । सामान्यतः चीन–अमेरिका व्यापार तथा आर्थिक सहकार्य ‘जित–जित’ सम्बन्ध नै हो । यसले संरा अमेरिकी कम्पनीहरूलाई ठोस लाभ भए पनि यो कुनै पनि आधारमा एकले फाइदा लिने र अर्कोले गुमाउने खेल अर्थात् ‘जेरो सम गेम’ (Zero-sum game) होइन । केही अमेरिकीहरू दाबी गर्छन्– संरा अमेरिका यस सम्बन्धमा ‘हार्दै छ’ । मिहिन ढङ्गले अध्ययन गर्ने हो भने उक्त दाबी सही साबित हुनेछैन ।

The Facts and China’s Position on China- US Trade Friction
September 2018
अनुवाद : हौसला
स्रोत : चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *