अनावश्यक ठाउँमा बजेट प्रयोग नगरियोस्
- पुष २५, २०८१
सरकारी कार्यालयमा कर्मचारी, स्कूलमा शिक्षक, शिक्षिका, अस्पतालमा चिकित्सक या नर्स, स्थानीय तहमा जनप्रतिनिहरूको कडा बोलीले कसैलाई मन पर्दैन । असभ्य बोली अस्पतालमा बिरामी, स्कूलमा विद्यार्थी, सरकारी कार्यालय या स्थानीय तहमा नगरवासीहरू चिढिएका हुन्छन् । अस्पतालमा आउने बिरामी या सेवाग्राहीलाई हप्काएर, असभ्य शब्द बोलेर रोग निको हुने होइन । चाहे त्यो ख्वप अस्पताल, भक्तपुर अस्पताल या अन्य अस्पतालमा नै किन नहोस् । कुनै बिरामीलाई किन आएको भनी ठुलो स्वरले भन्यो, तर्साउने पाराले भन्यो भने त्यस्तो चिकित्सप्रति बिरामीको हेराइ वा बुझाइमा नकारात्मक असर पर्छ । कुनै जनप्रतिनिधिले काममा आएको सेवाग्राही या टोलवासीलाई हप्काएर भन्यो या बेवास्ता ग¥यो भने त्यस्तो जनप्रतिनिधिले जनताको विश्वास कसरी लेला ? विद्यालयमा विद्यार्थीले पढेन, गृहकार्य गरेन भनेर शिक्षकले कुटपिट गरे भने त्यो शिक्षकप्रति विद्यार्थीको मात्र होइन अभिभावक र समाजकै नराम्रो छाप पर्छ । त्यसकारण, कुनै संस्था या निकायमा रहेका जिम्मेवार व्यक्तिहरू संवेदनशील हुनुपर्छ; उनीहरूले खर्राे बोल्नु हुँदैन । उनीहरूको बोलीबचन शिष्ट हुनुपर्छ; मन छुने खालको हुनुपर्छ । कुनै बिरामी, विद्यार्थी या सेवाग्राहीको कमीकमजोरी छ भने मिजास तरिकाले सुधार्ने उपाय बताउनुपर्छ । जिम्मेवारी बहन गरेका व्यक्तिहरू छुच्चा भएमा, अशिष्ट व्यवहार गरेमा त्यो व्यक्तिको मात्र होइन संस्थाकै बदनाम हुनसक्छ । त्यसतर्फ सम्बन्धित व्यक्तिहरू जो जहाँ रहे पनि कार्य क्षेत्रमा रहे पनि शिष्ट व्यवहार गरी आफ्नो कर्तव्य पालना गर्नुपर्छ ।
बोली शिष्ट भएन, बिरामीलाई बरोबर फर्काउने काम भयो भन्ने कुरा ख्वप अस्पतालमा पनि बेलाबखत नउठेको होइन । कहिले औषधि नहुने, औषधि लिन घण्टौँ लाइन बसेर पालो आउने बेला यहाँ औषधि छैन भन्ने, बीमामा पर्दैन भनी फर्काउँदा बिरामी या बिरामीका परिवारका सदस्यहरू हैरान भएको खबर पनि बेलाबखत सुन्नमा आएको हो । चाहे औषधिको काम गर्ने होस्, चाहे नाक, कान, घाँटीको क्षेत्र होस्, चाहे दाँत या चस्मा या आँखाको किन नहोस्, बिरामीलाई चित्त दुख्ने काम या व्यवहार नगर्दा जाती नै होला ।
बिरामीहरूमा पनि संयमता आवश्यक हुन्छ । कुनै संस्थाको नियममा रहेर व्यवहार गर्नुपर्छ । घोडा चढ्ने लड्छ भनेझैँ काम गर्दा कसैको बिग्रिन सक्छ, कसैको कमीकमजोरी हुनसक्छ । त्यसलाई आलोचना गरेर या सम्झाएर सच्याइनुपर्छ । हरेक क्षेत्रमा रहेर काम गर्दा संयमता चाहिन्छ; धैर्यता चाहिन्छ; शिष्ट व्यवहार गर्नुपर्छ, नम्र बोली हुनुपर्छ । कुनै कुरा कसैले भन्नुप¥यो, सुझाउनुप¥यो भने मनपरी या जथाभावी भन्नु उपयुक्त हुँदैन । कहिलेकाहीँ सानो गल्ती या कमजोरीले विवाद चर्केर अनावश्यक झगडा गर्नुपर्ने हुन्छ । यतातर्फ अस्पताल, स्कूल, स्थानीय तह या अन्य सरकारी कार्यालयमा कार्यरत सबै व्यक्तिहरू जिम्मेवारीपूर्वक आ–आफ्नो क्षेत्रमा काम गर्नुपर्छ ।
Leave a Reply