भर्खरै :

चीन–संरा अमेरिकी व्यापार तथा आर्थिक सहकार्यका तथ्यहरूको स्पष्टीकरण

चीन–संरा अमेरिकी व्यापार तथा आर्थिक सहकार्यका तथ्यहरूको स्पष्टीकरण

खण्ड – २

२. निष्पक्ष व्यापारको छलफल विश्व व्यापार सङ्गठनको आपसी लाभको सिद्धान्तबाट अलग राखिनु हुन्न –
पछिल्ला वर्षहरूमा संरा अमेरिकाले ‘स्वतन्त्र व्यापार’ छोडेर तथाकथित ‘निष्पक्ष व्यापार’ को वकालत गर्न थालेको छ । शब्दावलीलाई नयाँ ढङ्गले अथ्र्याएको देखिन्छ । संरा अमेरिकाको अघिल्लो प्रशासनको विपरीत अहिलेको प्रशासनले ‘निष्पक्ष व्यापार’ मा जोड दिएको छ । जुन अन्तर्राष्ट्रिय नियममा आधारित नभई ‘अमेरिका पहिलो’ नीति तथा अमेरिकाकै स्वार्थ संरक्षण र रक्षातर्फ केन्द्रित छ । गुह्य कुरा भने तथाकथित ‘पारस्परिक अर्थात् रेसिप्रोकल’ खुलापन र निरपेक्ष समानताको विचार नै हो । सम्पूर्ण देशले संरा अमेरिकासँग समान भन्सार दर कायम गर्ने र सम्झौतामा सम्पूर्ण क्षेत्रलाई समान बजारको पहुँच उपलब्ध गराउने विश्वास लिएको छ ।
संरा अमेरिकी सरकारको आँखामा, अन्य बजारभित्र बजार खुलापनमा पारस्परिक सम्बन्धको अभावले संरा अमेरिकालाई अनुचित स्थानमा पु¥यायो र दुईपक्षीय व्यापार असन्तुलनतर्फ डो¥यायो भन्ने छ । पारस्परिक सम्बन्धबारे यस्तो धारणा विश्व व्यापार सङ्गठनको पारस्परिक र आपसी लाभकारी सिद्धान्तसँग पूर्णतया अमिल्दो र असङ्गत छ ।
विश्व व्यापार सङ्गठनको पारस्परिक सम्बन्धको सिद्धान्तले विकासोन्मुख सदस्य मुलुकहरूलाई विशेष, भिन्न र अनुकूल व्यवहार गरेर तिनका विकासका फरक–फरक चरणहरू स्वीकार्छ । यस्तो समझदारीको उद्देश्य विकासोन्मुख सदस्यहरूलाई आकर्षित गर्दै विश्व व्यापार सङ्गठनको प्रतिनिधित्व अझ बढाउनु हो । साथै विकासोन्मुख मुलुक र क्षेत्रको विकास गर्ने अधिकारको सम्मान गर्दै बहुपक्षीय प्रणालीको समावेशितालाई फैलाउनु हो । यसले खुलापनका लागि आपसी लाभको सिद्धान्तलाई हुर्काउँछ । विकासको सुरुआती चरणमा रहेका विकासोन्मुख सदस्यहरूको आफ्नो उद्योगहरूको प्रगति र स्वस्थ वृद्धिका लागि उपयुक्त सुरक्षाको आवश्यकता रहन्छ । यसले विकसित देशहरूको लागि पनि थुप्रै अवसर प्रदान गरेको हुन्छ । यो भिन्नता व्यवस्थापन र अत्यन्त अनुकूल व्यवहार नै विकसित देशहरूसहित सारा देश र क्षेत्रहरूको दीर्घकालीन चाहना हो । यो नै साँचो विश्वव्यापी निष्पक्षता हो ।
सन् २००१ मा चीन विश्व व्यापार सङ्गठनमा प्रवेश गर्दा एउटा विकासोन्मुख सदस्यको रूपमा थियो र त्यसरी नै व्यवहार गरियो । तीव्र आर्थिक विकास भएको दशकौँ बितिसक्दा पनि चीन अझै एउटा विकासोन्मुख मुलुकको रूपमा परिचित छ । चीनको १.३९ अर्ब ठुलो जनसङ्ख्याले विशाल अर्थतन्त्रको तथ्याङ्कलाई प्रतिव्यक्ति दरको आधारमा अत्यन्त न्यून तहमा झार्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्कअनुसार, सन् २०१७ मा चीनको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ८६४३ अमेरिकी डलर थियो ।
यो तथ्याङ्क संरा अमेरिकाको १४.५ प्रतिशतमात्र र विश्व मानचित्रमा ७१ औँ स्थानमा पर्छ । सन् २०१७ को अन्त्यसम्ममै त्यहाँ ३ करोड ४ लाख ६० हजार ग्रामीण जनता गरिबीमा बाँच्दै थिए । त्यसकारण, चीनको समष्टिगत व्यापार आकार र अर्थतन्त्रको धरातलमा चीन र संरा अमेरिकाबिच भन्सार करमा निरपेक्ष समानताको माग गरिनु अनुचित हुन्छ । निरपेक्ष समानताको अवधारणाले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार सङ्गठनको गैर–भेदभाव सिद्धान्तको उल्लङ्घन हुन्छ । (बक्स नं. १ हेनुहोस् ।)

बक्स १ : तथाकथित ‘पारस्परिक खुलापन’ विश्व व्यापार सङ्गठनको भेदभाव नगर्ने सिद्धान्तअनुसार छैन ।

विश्व व्यापार सङ्गठनमा पारस्परिक र आपसी लाभको सिद्धान्त एवम् भेदभाव नगर्ने सिद्धान्त एकअर्कोसँग अत्यन्त सम्बन्धित छ । सन् १९९४ मा भएको माराकेस सम्झौता (Marrakesh Agreement) ले स्थापना गरेको विश्व व्यापार सङ्गठन र ग्याट (GATT, The General Agreement on Tarrif and Trade) को प्रस्तावनामा उल्लेख गरिएको छ, “पारस्परिक र आपसी फाइदाजनक सम्झौताहरू भन्सार कर र व्यापारका अन्य बाधाअड्चनहरूको यथेष्ट न्यूनीकरणतर्फ केन्द्रित हुनेछ र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा भेदभावपूर्ण व्यवहार पूर्णतः हटाइनेछ ।” यसले सम्पूर्ण विश्व व्यापार सङ्गठनका सदस्यहरूलाई अति सौविध्यपूर्ण राष्ट्र (Most Favoured Nation – MFN) प्राथमिकतामा राखी व्यवहार प्रदान गरिरहेको छ । विश्व व्यापार सङ्गठनका सदस्यहरूविरूद्ध स्वेच्छाचारी भेदभाव गरिरहेको देखिन्न । तर, यसले कहिलेकाहीँ विभिन्न अवसरमा MFN आचरणबारे गलत बुझाइ, दुरूपयोग र असङ्गतितर्फ झुकाव बढाउँछ तथा भेदभावपूर्ण व्यवहारको निम्ति छुट दिन्छ ।
सन् २०१८ को फ्रेबुअरी १२मा संरा अमेरिकाले पहिलोपटक अमेरिका भित्रिने केही सामानहरूमा पारस्परिक भन्सार कर उठाउने उद्घोष ग¥यो र त्यसरी नै संरा अमेरिकाबाट उही सामानको आयातमा प्रतिद्वन्द्वी या समकक्षीद्वारा प्रतिवाद गरियो । केही उत्पादनका सन्दर्भमा तथाकथित निरपेक्ष समानताको व्यवहार र यस्तो पारस्परिक सम्बन्धको विचारले आपसी लाभको सिद्धान्तकै उल्लङ्घन गर्दछ ।
विश्व व्यापार सङ्गठनले परिभाषित गरेको – ‘पारस्परिक’ र संरा अमेरिकाले उल्लेख गरेको तथाकथित ‘पारस्परिक’ शब्दबिचको अर्थमा आकाश–जमिनको भिन्नता छ ।
यदि पारस्परिक भन्सार कर ठुलो मात्रामा प्रयोगमा ल्याउने हो भने यसले विभिन्न देशहरूका लागि विभिन्न किसिमका करहरू उत्पन्न गर्दछ र MFN आचरणबाट विमुख हुनेछ । यदि पारस्परिक भन्सार कर थोरै देशहरूमा उच्च भन्सार दर लादियो भने ती देशहरूलाई MFN व्यवहारबाट वञ्चित गरेसरह हुनेछ ।

विश्व व्यापार सङ्गठनले वकालत गरेको पारस्परिक र आपसी लाभको सिद्धान्तले सम्पूर्ण सदस्यहरूका औद्योगिक बजारहरू खुला गर्नुका साथै समग्र पारस्परिक सम्बन्ध एवम् स्वार्थको सन्तुलन कायम गर्दछ । यसले सीमित उद्योग र वस्तुहरूमा मात्रै पारस्परिक सम्बन्ध र व्यवहारको साँघुरो परिभाषा दिँदैन । छुट्टाछुट्टै उद्योगहरूमा लगाइने भन्सार करको बन्दोबस्ती तथा प्रतिस्पर्धा र निरपेक्ष पारस्परिक सम्बन्धलाई खुला गर्नु वस्तुतः असम्भव विषय हो । यदि संरा अमेरिकाकै निरपेक्ष पारस्परिक सम्बन्धको तर्कलाई अगाडि राख्ने हो भने संरा अमेरिकाभित्रै वास्तवमै पक्षपातपूर्ण, अनुचित र गैर–पारस्परिक सम्बन्धको अभ्यास भएको देख्न सकिन्छ ।
उदाहरणका लागि बोक्रा भएको बदाम, दूधजन्य उत्पादन र ट्रकहरूमा चीनले संरा अमेरिकालाई लगाउने भन्सार करको दर क्रमशः १५,१२ र १५ देखि २५ प्रतिशत छ । जबकि, सोही वस्तुहरूमा संरा अमेरिकाले क्रमशः १६३, १६ र २५ प्रतिशत भन्सार कर उठाउने गरेको विश्व व्यापार सङ्गठनको अध्ययनले देखाउँछ । (तालिका २)


स्रोत : चिनियाँ भन्सार आयात तथा निर्यात भन्सार दर २०१७ तथा विश्व व्यापार सङ्घ भन्सार तथ्याङ्क

चीनले विश्व व्यापार सङ्गठनसँगको सम्झौता इमानदारीपूर्वक पालना गर्दै छ र बजार खुलापनलाई अझ व्यापक बनाउन स्वयम्स्पूmर्त ढङ्गले एकपक्षीय भन्सार कर घटाउने सम्झौता पूरा गर्दै आइरहेको छ । सन् २०१० सम्म सम्पूर्ण वस्तुमा भन्सार दर घटाउने सम्झौता चीनले पूरा ग¥यो । सन् २००१ मा १५.३ प्रतिशतबाट २०१० सम्ममा समग्रमा ९.८ प्रतिशत भन्सार दर घटाएको देखिन्छ । चीन विश्व व्यापार सङ्गठनको सम्झौतामा मात्र सीमित छैन । चीनले आर्थिकरूपले कम विकसित मुलुकहरू, (Less economically developed countries- LDCs) का लागि भन्सार दरको विशेष प्रावधान प्रदान गरी, विभिन्न अवसरमा अस्थायी भन्सार करको उपाय अगाडि सारी आयातमा भन्सार कर न्यूनीकरण गर्ने र स्वतन्त्र व्यापार सम्झौता (Free Trade Agreement- FTA) मार्पmत व्यापार विकास तथा लगानीमा उदारीकरणमार्पmत विश्वलाई सघाउने कार्य पनि सँगसँगै गर्दै छ । विश्व व्यापार सङ्गठनका अनुसार सन् २०१५ मा चीनको कुल भन्सार कर Weighted Tariff निर्यातको मात्राअनुसारको औसत भन्सार) भन्सार करभार ४.४ प्रतिशतमा झरेको छ । यो आँकडा दक्षिण कोरिया, भारत र इन्डोनेसियाजस्ता उदीयमान अर्थतन्त्र र विकासोन्मुख देशहरूको भन्दा न्यून छ । क्रिषिजन्य उत्पादनमा चीनको भन्सार दर जापानको वास्तविक भन्सार दरभन्दा न्यून छ । त्यस्तै, गैर–क्रिषिजन्य सामानहरूमा अस्ट्रेलियाको भन्दा न्यून छ (तालिका ३)
सन् २०१८ को सुरुआतमै चीन आफैँले सम्पूर्ण सवारीसाधनमा MFN भन्सार दर घटाई १५ प्रतिशत पु¥याउने, अटोपार्टसहरूमा अधिकतम २५ देखि ६ प्रतिशत पु¥याउन अगुवाई ग¥यो । चीनले दैनिक आवश्यकताका करिब १४४९ ओटा वस्तुहरूमा MFN भन्सार दर औसत ५५.९ प्रतिशतबाट १५.७ देखि ६.९ प्रतिशतसम्म आयात कर घटायो । हाल मात्रै चीनको समग्र भन्सार दर घटेर ८ प्रतिशतमा पुगेको तथ्याङ्क छ ।

तालिका ३ – चीन र अन्य देशहरूको व्यापारको मात्रा (भार) अनुरूपको औसत भन्सार दर (प्रतिशतमा)
संरा अमेरिकाले वकालत गरिरहेको ‘निष्पक्ष व्यापार’ र ‘पारस्परिक खुलापन’ ले विकासका चरण, स्रोतको उपलब्धता र प्रतिस्पर्धी उद्योगहरूका आधारमा देशहरूका फरक–फरक उद्देश्य हुनसक्ने यथार्थलाई बेवास्ता गरेको छ । साथै, विकासोन्मुख मुलुकहरूले विकास गर्न पाउने अधिकारको उपेक्षा गरेको छ । यसले विकासोन्मुख देशहरूको अर्थतन्त्र र उद्योगहरूमा प्रतिकुल असर गर्नेछ र फराकिलो असमानता सृजना गर्नेछ । अन्ततः संरा अमेरिकाले विकासोन्मुख देशहरूमा आफ्नो व्यापार विस्तारलाई रोक्दै ती देशहरूको विकासमा निर्वाह गर्नसक्ने भूमिकाबाट वञ्चित हुँदै जानेछ ।
विश्व व्यापार सङ्गठनमा प्रवेश गरेदेखि चीनले विश्व आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको यथार्थ कसैबाट लुकेको छैन । केही मानिस विश्व व्यापार सङ्गठनमा सदस्यता पाएदेखि चीनले अन्य देशमाथि थिचोमिचो गर्दै फाइदा लिइरहेको गलत आरोप लगाउँछन् । वास्तवमा विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र भइसकेपछि चीनले श्रम र भूमि स्रोत, अन्तर्राष्ट्रिय पुँजी र प्रविधि उपलब्ध गराएको छ, अत्यधिक उत्पादन क्षमता प्रदान गरेको छ जसले विश्वव्यापी औद्योगिक र मूल्य संयन्त्रको विकास गर्नुका साथै विश्व आर्थिक वृद्धिमा योगदान पु¥याएको छ । चीनमा वैदेशिक प्रत्यक्ष लगानी (FDI) निरन्तर बढ्दै छ ।
यो (FDI) ६.९ प्रतिशत वार्षिक वृद्धि दरसँगै सन् २००१ मा ४६.८८ अर्ब अमेरिकी डलरबाट सन् २०१७ सम्ममा १३६.३२ अर्ब अमेरिकी डलर पुगेको छ । चीनको आर्थिक विकासमा बहुराष्ट्रिय कम्पनीहरूले पनि अपार अवसरहरूको आदानप्रदान गरेका छन् । चीनको अर्थतन्त्रको तीव्र विकाससँगै यो समयमा चीनले वातावरण र औद्योगिक पुनःसंरचनाको क्षेत्रमा उच्च लागत खर्च गरेको छ ।

३) चीनले सम्झौताको भावनाविपरीत प्रविधि स्थानान्तरणमा जोड दिएको आक्षेप चीनमाथि थोपर्नु गलत हुनेछ –
सुधार र खुलापनको नीति अवलम्बन गरेयता वैदेशिक कम्पनीहरू स्वेच्छाले चिनियाँ कम्पनीहरूसँग साझेदारीका लागि सम्झौता र सहमति गरिरहेका छन् । उनीहरू आफ्नो उत्पादन क्षमता र अन्य चिजहरू उदीयमान बजारसँग एकाकार गर्नको निम्ति चीनतर्पm स्वेच्छाले स्थानान्तरण गर्दै छन् । यसो गर्दा ती देशको उत्पादन लागत बचत हुन्छ, निश्चित उचाइमा अर्थतन्त्र पु¥याउन सकिन्छ र प्रविधिमार्पmत व्यापक नाफा प्राप्त गर्न सकिन्छ । चीन र संरा अमेरिकाजस्ता विकसित देशहरूबिचको सहकार्यअन्तर्गत पर्ने प्रविधि हस्तान्तरण बाध्यकारी होइन । विकसित देशहरूका कम्पनीद्वारा अगुवाइ गरिएको औद्योगिक हस्तान्तरणले उनीहरूको नाफा वृद्धिकै लागि हो । नयाँ प्रविधिको अवलम्बनका कारण जस्तोसुकै उत्पादन प्रक्रिया पनि जीवन–चक्रको माध्यमबाट टुप्पोदेखि फेदसम्म घुमिरहन्छ भनी उत्पादन जीवन–चक्रको सिद्धान्तले सङ्केत गर्दछ । जब नयाँ प्रविधि विकासका निम्ति प्रयास गरियो, पुराना प्रविधिबाट फाइदा प्राप्त भइरहेको छ भन्दै विकासोन्मुख देशहरूमा बहुराष्ट्रिय कम्पनीहरूले या त अप्रचलित (Obsolete) या मानकीक्रित (Standardized) जुनसुकै प्रविधि निरन्तर हस्तान्तरण गरे । यसले परिणामतः खोज र विकास (R&D) को लागि स्थान बनाउने तथा उत्पादन सामग्री जोगाउने काम ग¥यो । अप्रत्यक्षरूपमा खोज र अनुसन्धानको लागत बाँडफाँट गरियो । त्यसकारण, प्रविधि हस्तान्तरण र अनुमतिपत्र प्रदान गर्नु भनेको व्यापकरूपले प्रयोगमा आएको सहकार्य मोडल हो । सन् १९९० देखि माइक्रोसफ्ट (Microsoft), इन्टेल (Intel), क्वाल्कम (Qualcomm), P&G, GE, लुसेन्ट (Lucent) लगायत अन्य अमेरिकी कम्पनीहरूले चीनमा R&D सुविधा खडा गरेका छन् र चिनियाँ बजारलाई बुझ्ने राम्रो अवसर प्राप्त गरेका छन् । वर्षौंदेखि अमेरिकी फर्महरूले प्रविधि हस्तान्तरण र लाइसेन्स प्रदान गरी राम्रो नाफा कमाइसकेका छन् । यो नै प्रविधि हस्तान्तरणको बृहत् फाइदा हो ।
सहकार्यको प्रक्रियामा, चिनियाँ सरकारले अन्य देशद्वारा लगानी गरिएको इन्टरप्राइजेजलाई प्रविधि हस्तान्तरण जबरजस्ती लाद्ने नीति कहिल्यै पनि बनाएन । चिनियाँ र अन्य व्यवसायको प्राविधिक सहकार्य पूर्णतः स्वेच्छा र सम्झौताको सीमाभित्र पर्छ । यसले दुवै पक्षका लागि वास्तविक नाफा सृजना गर्छ । सामान्यतया भन्नुपर्दा, यहाँ वैदेशिक इन्टरप्राइजेज्ले प्रविधिसँग सम्बन्धित आय आर्जन गर्ने तीनओटा तरिका छन् –
१) सम्झौता भएको मूल्यमा एकैचोटि एकमुष्ट भुक्तानीसहित हस्तान्तरण गर्ने ।
२) उपकरण, पार्टपुर्जा र उत्पादन बिक्रीबाट उपलब्ध हुने प्रविधिसँग सम्बन्धित आय ।
३) प्रविधिको अनुमति शुल्क (लाइसेन्स) ।
उदाहरणका लागि प्रविधिमा राम्रो भइसकेका विदेशी कम्पनीले चिनियाँ कम्पनीलाई प्राविधिकरूपले केही कमी भएका उपकरणहरू बेच्छ । त्यसकारण, दीर्घकालसम्म चिनियाँ कम्पनीले उपकरण बिक्रेतासँग पटकपटक प्राविधिक सेवा र पार्टपुर्जाहरू किन्छ । चिनियाँ कम्पनी विदेशी कम्पनीसँग एकैचोटीको भुक्तानीमा प्रविधि किन्न चाहन्छ । प्रविधि हस्तान्तरणका त्यस्ता आवश्यकताहरूको लागि लागत–लाभ लेखाजोखाको आधारमा वार्तामार्पmत सामान्य मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय व्यावसायिक प्रविधि बजारमा त्यस्तो प्रविधि शुल्क भुक्तानीको साझा अभ्यास भनेको किस्ताबन्दीमा तिर्ने या मोटामोटी एकमुस्ट तिर्ने नै हो । संरा अमेरिकी प्रशासनले चीनमाथि लगाएको बलजफ्ती या दबाबमूलक प्रविधि हस्तान्तरणको आरोप तथ्यसँग पूर्णतः मेल खाँदैन । चिनियाँ कम्पनीहरूसँग साझेदार विदेशी लगानी इन्टरप्राइजेज (Foreign Investment Enterprises- FIES) हरूसँग निःशुल्क प्रविधि वा त्यसको अनुमति लिने र अत्यधिक नाफा असुल गर्ने आरोप पनि तथ्यसङ्गत नरहेको देखाउँछ ।
केही क्षेत्रहरूमा इक्विटी (Equity) (कर इक्विटी गुणसँग सम्बन्धित हुने निष्पक्षताको धारणा) सहकार्य चीनको अन्तर्राष्ट्रिय दायित्व र थुप्रै देशको सामान्य अभ्यासको भावना अनुरूप छ । साथै, यसले बलजफ्ती दबाबमूलक प्रविधि हस्तान्तरणको जिकिर पनि गर्दैन । पछिल्ला वर्षहरूमा विदेशी इक्विटी (Equity) माथिको प्रतिबन्ध कम गरिसकेकोे छ (बक्स नं २ हेर्नुहोस्) र विदेशी व्यवसायलाई छनोटको ठुलो स्वतन्त्रता दिइएको छ । यो प्रक्रियामा चिनियाँ र विदेशी इन्टरप्राइजेज्हरूबिच व्यावसायिक विचार तथा समझदारीका आधारमा र स्वतन्त्र छनोटको प्रतिफल स्वरूप इक्विटी सहकार्य निकै बलियो बनेको छ ।

स्रोतः चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *