भर्खरै :

नेपाली समाजमा आर्थिक सङ्कटभन्दा नैतिकताको सङ्कट बढी डरलाग्दो !

नेपाली समाजमा आर्थिक सङ्कटभन्दा नैतिकताको सङ्कट बढी डरलाग्दो !

आजका समाचारपत्र तथा खबरहरूले आज ‘अप्रिल फस्र्ट’ को दिन भएको बताए । शासक दलका नेताहरूको कुरा सुन्दा कतै यहाँ पनि ढँटुवा दिवस त मनाइँदै छैन भन्ने लाग्यो । जनतालाई मूर्ख बनाउने, उल्लु बनाउने, ढाँट्ने, फेरि पनि ढाँट्ने काम निरन्तर चालु छ ! शासक दलहरूले त्यो खालको प्रवृत्ति, त्यो खालको चरित्र नदोहो¥याऊन् भन्ने हाम्रो शुभेच्छा छ । सरकार बैठक बोलाउँदैन, यस्तै ‘ढँटुवा दिवस’ को अवसर जुराएर बोलाउँछ ! यो के हुँदै छ ? जनताको प्रश्न छ ।
अहिले यहाँ प्रदेश सरकारको पन्ध्र–सो¥ह महिनाको गणना भइरहेको छ । यति अवधिभित्र कति जना मन्त्री बने, कति जना मन्त्री हटे ? त्यो ठुलो सरोकारको वा जनताको चासोको विषय होइन । मन्त्री आयो या गयो, जनता त्यसप्रति एकदम उदासीन छन् । मन्त्रीहरूको मुखै हेर्दिन भन्नेहरू पनि छन् । मुख्य कुरा जनतालाई चाहिने विधि, ऐन—कानुन कति बने ? वाग्मती प्रदेश सभाले वाग्मती प्रदेशका लागि चाहिने नीति निर्माण ग¥यो कि गरेन ? विधि निर्माण ग¥यो कि गरेन ? योजना नयाँ खालको ल्यायो कि ल्याएन ? कार्यक्रमहरू के कस्ता ल्यायो ? जनताको चासोको विषय यही नै हो । जबसम्म ती कुराहरूमा हामी ध्यान दिँदैनौँ तबसम्म सरकार परिवर्तनका जतिसुकै परीक्षाहरू हामी देऔँ, त्यो व्यर्थ हुनेछ । अहिले विद्यालयहरूमा अन्तिम परीक्षा चल्दै छ । कतै सरकारको पनि यो अन्तिम परीक्षा त चल्दै छैन ? त्यसकारण, शासक दल र शासक दलका नेताहरूले यी विषयमा बेलैमा सोचून् भनी हामी सचेत पार्न चाहन्छौँ ।
विनियोजित बजेटको स्थिति के छ ? हामी अर्को नयाँ बजेटमा जानैपर्ने, पुग्नैपर्ने बाध्यता पनि छ । अहिले विद्यमान बजेटको हालत के छ ? के यथार्थ हामी जनतालाई भन्न सक्छौँ ? मन्त्रीहरू जनताबिच गएर बोल्ने स्थितिमा छन् कि छैनन् ? समीकरण जनताको चासोको विषय होइन । गठबन्धन निर्माण भयो, को–को सँग मिल्यो ? हिजो रातिसम्म एउटा, आज बिहान अर्कोसँग भन्ने आहान अब नेपालमा पनि चलिसकेको छ । यो स्थिति के स्वाभाविक हो ? गठबन्धनको निर्माण, भत्काउने र बनाउने जुन खेल चल्दै छ, के हामीलाई एकदम आनन्द आइरहेको छ ? के तपाईँ आनन्दपूर्वक सुत्न सकिराख्नुभएको छ ? जनताबिच गर्वका साथ तपाईँ प्रस्तुत हुन सक्नुहुन्छ ? यी यक्ष प्रश्नको रूपमा खडा छन् ।
यतिखेर हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएको झल्झली याद आउँदै छ, “लोभीहरू, बेइमानहरू कम्युनिस्ट बनेका छन् भने ती कम्युनिस्ट नै होइनन् । लोभी, स्वार्थी कम्युनिस्ट हुनै सक्दैनन् । यदि बनेका छन् भने तिनीहरू कम्युनिस्ट नै होइनन् ।” एकचोटि आत्मसमीक्षा र आत्ममूल्याङ्कन गरौँ ! कम्युनिस्ट दाबी गर्ने हाम्रा मित्रहरूलाई अनुरोध छ ।
हाम्रा पार्टी अध्यक्षले भन्नुभएको अर्को प्रसङ्ग पनि यहाँ राख्छु, “बरोबर अवसर पाएर पनि यदि योग्यता देखाउन सकिएन भने त्यो नालायक हो ।” यस कसीमा पनि हामीले घोटौँ ! क–कसले दिएको उपदेश त मान्नुपर्छ, स्वीकार्नुपर्छ भने यी कुराबारे पनि एकपटक गम्भीरतापूर्वक आत्मसमीक्षा गर्न अनुरोध छ । कम्युनिस्टहरूका पिता कार्ल माक्र्सले कतै उल्लेख गर्नुभएको थियो, “मैले बनाउन खोजेको त आगो ओकल्ने ड्रागन हो । यहाँ त गड्यौलाहरूको जन्म भयो ।” कतै नेपालमा कम्युनिस्ट दाबी गर्ने शासक दलहरूलाई हेरेर त्यतिखेरै लेखेर जानुभएको हो कि भन्ने अहिले आशङ्का लागिरहेको छ !
यहाँ विश्वासको मतबारे छलफल चल्दै छ । पन्ध्र महिनामा तेस्रोपटक विश्वासको मत मागिँदै छ ! योभन्दा अगाडि विश्वासको मत लिँदा सबै दल र एकातिर नेमकिपा एक्लै अर्कोतिर थियो ! नेमकिपाले संसदीय व्यवस्थाको एउटा सौन्दर्य पनि हुन्छ, त्यो जोगाउनुपर्छ र प्रतिपक्षको भूमिका निर्वाह गर्ने शक्ति पनि आवश्यक हुन्छ भनेर त्यतिखेर पनि भनेका थियौँ । आज पनि ‘मास हिस्टेरिया’ बाट नेपालको राजनीतिमा कमसेकम नेमकिपा निरन्तर अलग्ग छ । राजनीतिक धर्म र राजनीतिक नैतिकताको विषयमा फेरि पनि अडिग छौँ र त्यसबारे हामी बहस गर्न तयार छौँ ।
आज हामी जुन किसिमको खेल खेलिरहेका छौँ, त्यो स्वाभाविक देखिन्न । यसमा कुन तत्व हाबी भइरहेको छ ? कुन प्रतिक्रियावादी तत्व या कुन देशी—विदेशी तत्व चलखेल गर्दै छ ? एकपटक हामी संवेदनशील भएर सोचौँ ! घात—प्रतिघातको खेल अति भयो, जनता यही भन्दै छन् । प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी जोसुकैबाट घात—प्रतिघात भएको किन नहोस्, त्यो हामीले सदाका निम्ति टुङ्ग्याउनैपर्छ ।
अहिले हामी भोग्दै छौँ, देशको अर्थतन्त्र एकदमै सिकिस्त अवस्थामा छ । देश अत्यन्त बेहाल अवस्थामा छ । हामी सबैलाई यसबारे थाहा भएर पनि गम्भीर हुन सकिरहेका छैनौँ । त्यो बमोजिम आफूलाई जिम्मेवार बनाउन सकिरहेका छैनौँ । त्यसको एउटा कारण छ । आर्थिक सङ्कट त आइरहन्छ । त्यसमा केही बन्दोबस्त मिलाएपछि त्यसको समाधान गर्न सक्छौँ । तर, नेपालको खास सङ्कट भनेको नैतिकताको सङ्कट हो । यसको कारण सारा अरू राजनीतिक, सामाजिक तथा आर्थिक सङ्कटहरू निम्त्याइएका हुन् । नेपाली समाजमा त्यो नैतिकताको सङ्कट राजनीतिमा डरलाग्दो किसिमले पैmलिरहेको देखिरहेका छौँ । त्यसलाई समाधान वा अन्त्य गर्नेतर्फ अगाडि बढ्न सक्छौँ कि सक्दैनौँ ? मन, वचन र कर्मले । यहाँ इमानदारीको सङ्कट छ, विश्वासको सङ्कट छ । बाँकी दुनियाँ र छिमेकी देशले हाम्रो मूल्याङ्कन गर्ने बेलामा तिनीहरूको नजरमा हामी कस्ता होऔँला ? त्यो कोणबाट पनि हेरौँ भन्ने विनम्रतापूर्वक अनुरोध गर्दछु ।
एकजना सुविख्यात मनोचिकित्सकले भन्नुभएको छ, “सधैँ पैसा, पैसा, पैसामात्र भन्नु पनि मनोरोग हो । सधैँ पद, पद, पद भन्नु पनि मनोरोग हो ।” नेपाली समाजमा त्यो मनोरोगलाई सरल भाषामा पागलपन भनिन्छ । त्यो पागलपनविरूद्धमा उभिने, आफूलाई खरो रूपमा उतार्न सक्छौँ कि सक्दैनौँ ? यो जुन किसिमको प्रवृत्तिगत समस्या छ नेपाली समाज र राजनीतिमा, त्यसको विरूद्ध आपूmलाई उभ्याउनु कम्युनिस्टहरूको पहिलो कर्तव्य हो । हामीले त्यो गर्न सकेनौँ भने हामीलाई अर्को निर्वाचन होइन अहिले नै जनताले सजाय दिनेछन् । यसतर्फ हामी सबै सजग होऔँ !
हामीले स्टालिनलाई सम्झनैपर्छ । दोस्रो विश्वयुद्धमा हिटलरलाई परास्त गर्न नेतृत्व गर्ने रूसका समाजवादी नेता स्तालिन नै हुन् । स्तालिनलाई समेत आफ्नै पार्टीभित्रका कार्यकर्ता, नेताहरूले विष खुवाएर हत्या गरेको इतिहासमा हामी पढ्न पाउँछौँ । नेपालमा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीहरूलाई पनि आफ्नै पार्टी, गठबन्धनभित्रकै खराब कार्यकर्ता, नेताहरूबाट समाप्त पार्ने प्रयास भएको खबर सुन्न नपरोस् भनेर हामी कामना गर्दछौँ । षड्यन्त्रको राजनीति, विश्वासघात तथा अनैतिकताको राजनीति पार्टीभित्र मौलाएपछि त्यस्तै कुराको जन्म हुन्छ । आज सरल तथा सामान्य लाग्ला । सरकारमा हामी मन्त्री बन्यौँ, जित्यौँ भन्ने लाग्ला तर षड्यन्त्र, छलकपट, धोखा, बेइमानीको राजनीतिले त्यही स्थितिमा पु¥याउने त होइन भन्ने चिन्तामा छौँ । नैतिकताविहीन राजनीतिले दुःखद परिणाम ल्याउँछ । त्यसकारण, फेरि पनि मूल्य—मान्यताको राजनीति, सिद्धान्त र विचारको राजनीति, कामदार वर्गीय भावनाको राजनीति गर्नु जरूरी छ । वर्गीय भावनालाई तिलाञ्जली दिएर कोही कसैले कम्युनिस्ट दाबी गरिराख्नुको कुनै तुक हुनेछैन । यो विषयमा पनि एक हिसाबले हाँक वा अनुरोध गर्न चाहन्छौँ ।
उद्देश्यबाट हामी विचलित भयौँ भने, विचारमा हामी यदि अडिग हुन सकेनौँ भने कार्यकर्ताहरू सबै भ्रष्टाचारी नै भ्रष्टाचारी बन्दा रहेछन् ! नेताहरूसमेत भ्रष्टाचारी बन्दा सारा कार्यकर्ताहरू पनि त्यही बाटोमा हिँडिरहेको देखिरहेका छौँ । अहिले नेताहरू जेल जाँदै छन् । कोही जेल जाने क्रममा छन् । यो भ्रष्टाचार, बेइमानी, अनैतिकताको स्थितिलाई पनि हामीले टुङ्ग्याउनैपर्छ । जो जो नेपाली जनताको राजनीति गर्छौँ भन्छौँ, तिनीहरूले यो स्थितिबारे पनि गम्भीरता अपनाउन आवश्यक छ ।
अहिले देशको आर्थिक टाटपल्टाइको जुन स्थिति छ, बेइमानीको तथा अविश्वासको स्थिति छ, त्यो कतिञ्जेलसम्म कायम रहन्छ भनेर जनता अत्यन्त चिन्तित छन् । त्यसको जवाफ वाग्मती प्रदेश सरकार र वाग्मती प्रदेशमा क्रियाशील पार्टी, राजनीतिक कार्यकर्ताहरूले त्यसको जवाफ दिनुपर्ने अहिलेको आवश्यकता छ । एकजना विद्वानले भनेका थिए, Give them bread and circuses and they will never revolt. यसको तात्पर्य हो, यदि कसैलाई विद्रोही हुनबाट च्युत बनाउने हो भने उसलाई रोटी फ्याँकिदेऊ । उसलाई सर्कसतिर लगाऊ अर्थात् सरकारमा पठाऊ ! अनि, ऊ विद्रोही बन्दैन, जनपक्षीय बन्दैन, अर्कै अर्कै बन्छ । कतै त्यो भनाइ पनि नेपालको सन्दर्भमा, हाम्रा वामपन्थी दाबी गर्नेहरूको सन्दर्भमा, आफूलाई कम्युनिस्ट दाबी गर्नेहरूको सन्दर्भमा लेखिएको त होइन ? त्यसकारण, विचार पु¥याऔँ ! शब्दले होइन व्यवहारले । शब्दले भन्दा पनि कामबाट हामीले जवाफ दिन सकेको खण्डमा उचित होला ।
नेपाल मजदुर किसान पार्टीलाई आज सर्वसाधारण जनताले पनि चिनिसकेका छन् । नेमकिपालाई स्थायी प्रतिपक्ष भन्नेहरू पनि धेरै छन् । नेपाल मजदुर किसान पार्टीले आजभन्दा ३३ वर्ष अगाडिदेखि संसदीय अभ्यासमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आइरहेको छ । ३३ वर्ष अगाडि हाम्रा पार्टीका अध्यक्षले केन्द्रीय संसद्मा देश र जनताको पक्षमा नेमकिपा प्रखर प्रतिपक्षमा बस्ने घोषणा गर्नुभएको थियो । आज सर्वसाधारणबिच नेपाल मजदुर किसान पार्टी एउटा चोखो पार्टी बाँकी छ भन्ने चर्चा छ । सरकारमा नगई, कहिले यता कहिले उता होइन, कहिले लेफ्ट कहिले राइट, लेफ्ट—राइट — लेफ्ट—राइट होइन, अडानको राजनीति गर्ने एउटा चोखो, पवित्र पार्टीको रूपमा पनि नेपाली जनताले चिन्दै छन् । यो पटक नेपाल मजदुर किसान पार्टी यो विश्वासको मतको सन्दर्भमा तटस्थ रहने जानकारी सभामुखमार्फत यो सदनलाई अवगत गराउँछु ।
(वाग्मती प्रदेश सभामा नेकपा माओवादी केन्द्रका शालिकराम जमकट्टेलले तेस्रोपटक राखेको विश्वासको मतको प्रस्तावमाथि चैत १९ गते भएको छलफलमा भाग लिँदै नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको विचार सामान्य सम्पादनसहित प्रस्तुत छ । मुख्यमन्त्री जमकट्टेलले जम्मा ५६ मत प्राप्त गरे । सरकार गठनका निम्ति चाहिने मत सङ्ख्या ५६ हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *