भर्खरै :

‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना

‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना

रूस–युक्रेन युद्धले तान्दै जाँदा, पश्चिमी जनतालाई यो वा त्यो अचम्मको हतियार प्रणालीले द्वन्द्वको लहरलाई बदल्नेछ भनेर भनिएको छ । उक्त हतियार प्रणालीमा Javelins, HIMARS, Leopards, Storm Shadow, Bradleys, F–16s, र अहिले बनाइएका युरेनियम हतियारहरू समावेश छन् । तर, तीमध्ये कुनै हतियारले पनि युद्धको ज्वारलाई मौलिकरूपमा परिवर्तन गरेको छैन ।
यस गर्मीमा कीभको काउन्टर अफेन्सिभको सुस्त प्रगतिपछि, यो तड्कारै स्पष्ट छ कि युक्रेनलाई उच्च–प्रविधि उपकरणहरू दिनमा पश्चिमा शासकहरूले इच्छा गरिरहेका छैनन् । तर, रसद र आपूर्ति श्रृङ्खलाहरूलाई निरन्तरता दिइरहेका छन् । युद्ध भनेका को सँग चम्किलो खेलौना छ भन्ने कुरा होइन तर कोसँग सबैभन्दा धेरै सेना, ट्याङ्क र तोपखाना छ र तिनीहरूलाई छिट्टै तैनाथ गर्नसक्छ भन्ने हो । युद्धको मोर्चामा रूसले स्पष्टरूपमा युक्रेनलाई पछि पार्छ, रूसको तुलनामा युक्रेन धेरै सानो देश हो । पश्चिमा राष्ट्रहरू यस द्वन्द्वमा प्रत्यक्षरूपमा सामेल नहुने तथ्यका कारण र किभलाई सैन्य सहायताको विरूद्ध पश्चिमी जनताबाट बढ्दो असन्तुष्टिले गर्दा जनताको एक पक्ष शान्तिपूर्ण समाधानमा पुग्छन् कि भनेर सोचिरहेका छन् ।
युक्रेनले युद्ध जितिरहेको निरन्तर प्रचार गरिएको छ । तथापि, पछिल्लो घटनाक्रमले कुनै न कुनै रूपमा यथार्थमा रूसले विजय हासिल गरिरहेको देखाउँछ । रूसको त्यो जीत ठीक छ वा छैन र नैतिकताभित्र पर्छ वा पर्दैन प्रश्न एक ठाउँमा छँदै छ तर वास्तविकताले स्पष्टरूपमा देखाउँछ कि मस्कोले आफ्नो सैन्य उद्देश्यहरू हासिल गरिरहेको छ । रणभूमिमा जित्नु स्वाभाविकरूपमा अधिक अनुकूल वार्ताको स्थितिमा अनुवाद हुन्छ र अन्यथा विश्वास गर्नु भनेको बनावटी विश्वासको (मेक–बिलिभ) को दायरामा बस्नु हो ।
केही मानिसहरू आदर्शवादी (वा अवसरवादीरूपमा) विश्वास गर्छन् कि पश्चिमले रूसको सैन्य शक्तिविरूद्ध युक्रेनको व्यर्थ लडाइँलाई समर्थन गर्नुपर्छ । यद्यपि, त्यो समर्थनले अन्तिम परिणामलाई चुनौती दिँदैन र थप मृत्यु तथा विनाशमात्र निम्त्याउँछ । धेरैले मृत्यु र विनाशलाई अवाञ्छनीय परिणामहरू मान्छन् । तसर्थ, पश्चिमी नेताहरूले गर्ने वार्ता–पहिलो दृष्टिकोणमा केन्द्रित हुनुपर्छ । पहिलेको दृष्टिकोण समाचार माध्यमहरूमा हाबी छ जबकि पछिल्लोले सोसल मिडिया (सामाजिक सञ्जाल) हरूमा ठुलो फलोअर प्राप्त गरेको छ ।
यी दुई दृष्टिकोणहरू बिचको भिन्नता र उनीहरूले दर्शकहरूलाई कसरी प्रभावित गरेका छन् भन्नेबारेमा पनि चाखलाग्दो कुरा के छ भने उनीहरूलाई कसले समर्थन गरिरहेका छन् भन्ने कुरा पनि हो । पछिल्लो दृष्टिकोण राख्ने मानिसहरूलाई बिनाप्रमाण लगातार आरोप लगाइन्छ कि तिनीहरू रूसी सरकारद्वारा वित्तपोषित वा केही अमेरिकी गुप्तचर रिपोर्टहरूले सुझाव दिएअनुसार रूस सरकारका एजेन्टहरू हुन् ।
यसैबिच, क्विन्सी इन्स्टिच्युट फर रेस्पोन्सिबल स्टेटक्राफ्टले गरेको भर्खरको विश्लेषणले पत्ता लगायो कि अमेरिकी र पश्चिमा थिङ्क ट्याङ्कहरू रक्षा (हतियार) उद्योगद्वारा वित्तपोषित छन् ¤ हतियारका ठेकेदारहरूलाई युक्रेन–सम्बन्धित समाचार सामग्रीमा पश्चिमा सञ्चारमाध्यमहरूले चासोका साथ यी द्वन्द्वका वास्तविक कारणको रूपमा विरलै उद्धृत गर्छन् ।
हामीले यहाँ गतिशीलता बुझ्न महत्वपूर्ण र जरूरी छ : मिडियाले शाब्दिकरूपमा रक्षा ठेकेदारहरूको लागि सशुल्क विज्ञापन प्रचारकर्ताको रूपमा काम गरिरहेका छन् । केही सञ्चारमाध्यमहरूले निरन्तर समाचार प्रसार गर्दैनन् किनभने तिनीहरूको समाचार उत्पादनको केही विशेषलाइनले युद्धको ज्वार बदल्न सक्छ तर तिनीहरू त्यसो गर्न चाहँदैनन् । तिनीहरूले सम्झौता गरिएका विशेषज्ञहरूलाई पनि उद्धृत गर्छन् जसले थप रक्षा उत्पादनहरू बेच्नको लागि अनुकूल लाइनमाथि जोड दिन्छन् ।
यो आधुनिक द्वन्द्वको परिणाम धेरै भयावह कुरा हो । अफगानिस्तानमा पश्चिमाहरू बसेको दुई दशक हालको युक्रेनको दलदल वा ताइवान टापुको सम्भावित अवस्थाभन्दा कुनै गम्भीर भूराजनीतिक रणनीति वा मूल्यहरूको बारेमा थिएन । यो केवल मुठीभर कम्पनीहरूलाई धनी बनाउनेबारेमा थियो । अझ नराम्रो कुरा यो हो कि यो सार्वजनिक, करदाताको पैसा यस क्याबल (जुवा खाल) मा जान्छ । मुख्य रूपमा श्रमिकवर्गका कोषहरू खाली हुन्छन् । जब ऐतिहासिकरूपमा रीगन, बुश र ट्रम्प प्रशासनले कर कटौतीको निर्णय गरे । तब तिनीहरूले धनीहरूका लागि कर कटौती गरे । रक्षा ठेकेदार र रकम सहायता दिने मानिसहरूले युद्धलाई बढावा दिँदैनन् । लाभको उद्देश्य छैन भनी विश्वास गर्नु गम्भीर भूल हुन जान्छ ।
त्यतिमात्र कहाँ हो र यी अस्त्र निर्माता कम्पनीहरू मृत्यु र मानवीय पीडाबाट समेत लाभ उठाउँछन् । तिनीहरूले थिङ्क ट्याङ्कहरू भनेर चिनिने सूचना बङ्ग्याउने अभियान सञ्चालन गर्न सक्षम छन् । तिनीहरूले बाहिर ल्याएका समाचार सामग्रीहरूलाई व्यवसायिक पत्रकार र सञ्चारमाध्यमहरूले कुनै छानबिन नगरी उद्धृत गर्छन् । ती पत्रकारहरू या त अल्छी छन् या तिनीहरूसित सम्झौता गरेका छन् ।
(लेखक प्रागमा बसोबास गर्नुहुने अमेरिकी पत्रकार, स्तम्भकार र राजनीतिक टिप्पणीकार हुनुहुन्छ ।)

–सीजीटीएनबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *