भर्खरै :

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औँ वार्षिकोत्सव सम्पन्न

ललितपुर, ५ वैशाख । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औँ वार्षिकोत्सव खानेपानीमन्त्री राजेन्द्रकुमार राईले पानसमा दीप प्रज्ज्वलन गरी बुधबार समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा मन्त्री राईले खानेपानीसम्बन्धी समस्या समाधानको लागि काठमाडाँै उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडाँै उपत्यका खानेपानी लिमिटेड र खानेपानी तथा सरसफाइ सेवा महशुल निर्धारण आयोगले संयुक्त पहल गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा काठमाडौँ उपत्यकाको खानेपानी समस्या निराकरणको लागि बोर्डको १८ वर्षको कार्यानुभवले सार्थकता पाउनेमा आशा व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकाका जनतालाई सहजरूपमा स्वच्छ खानेपानीको पहुँच पु¥याउन प्रशासनिक कार्यलाई छरितो बनाउनुपर्नेतर्पm ध्यानाकर्षण गर्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लिच्छविकालीन र मल्लकालीन समयदेखि नै उपत्यकाका बासिन्दाहरूलाई पानीको व्यवस्थापन गर्न ठाउँ ठाउँमा इनार, ढुङ्गेधारा, पोखरीहरू बनाइएकोमा कतिपय हराइसकेको हुँदा ती स्रोतहरूको संरक्षणतर्पm सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
खानेपानीजस्तो जनताको प्रत्यक्ष जीवनसँग जोडिएको वस्तु निजीकरण गर्न नहुने विचार व्यक्त गर्दै काठमाडौँ उपत्यकामा खानेपानी वितरणको जिम्मेवारी केयूकेएललाई दिएदेखि नै खानेपानीको समस्या भएको, ट्याङ्कर व्यवसायीहरूद्वारा कृत्रिम अभाव सिर्जना गर्ने गरेको तथा मेलम्चीको पानी उपत्यकामा पु¥याउन ढिलाइ गर्ने गरेका जस्ता जनगुनासोहरू रहेको स्पष्ट पार्नुभयो ।
विश्व बैङ्क र एसियाली विकास बैङ्कजस्ता विदेशी बैङ्कहरूले उपत्यकावासीहरूलाई पानी वितरणको लागि भन्दा नाफाको उद्देश्यले पानीमा लगानी गर्ने भएकोले नेपाल सरकार स्वयंले स–साना लगानी गरी पानीको व्यवस्थापन गर्न सकेमा प्रभावकारी हुने विचार व्यक्त गर्दै सरकारले काठमाडौँ उपत्यकाको तीव्र जनसङ्ख्या वृद्धि र खानेपानीको अभावलाई रोक्न ७ वटै प्रदेशमा स–साना व्यवस्थित बस्तीहरूको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सभापति प्रजापतिले भक्तपुरमा मेलम्चीको पानी पुरानै पाइपबाट वितरण गरिएकोमा ठाउँ ठाउँमा पाइपहरू फुटेर चुहावट भएको र ढलको पानी मिसिएर खानेपानीको गुणस्तर कम भएको हुँदा गुणस्तर परीक्षणको व्यवस्था गर्नुपर्ने, उपत्यकाका ठाउँ ठाउँमा भइरहेको पानीको चुहावटलाई नियन्त्रण गर्नुपर्ने तथा स्थानीय स्रोतहरूको संरक्षण गरी स्थानीय तहसँग समन्वय गरी खानेपानीको उचित वितरण गर्नुपर्ने र उपत्यकामा निजी तवरबाट भइरहेको अनियन्त्रित बोरिङ कार्यलाई नियमन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौँ उपत्यकाभित्र दीगो खानेपानी व्यवस्थापन, आपूर्ति, स्रोत संरक्षण र उपयोग, खानेपानीको गुणस्तर व्यवस्थापन, ट्याङ्कर व्यवस्थापन, भूमिगत पानीको व्यवस्थापनको लागि नीति र निर्देशिका बनाई व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापनको बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले खानेपानीको न्यायोचित वितरण र खानेपानी तथा सरसफाइ सेवा महशुल निर्धारण आयोगले खानेपानी महशुल निर्धाणसम्बन्धी कार्य गर्दै आएको जानकारी दिँदै यसलाई अझ प्रभावकारी बनाउन ३ वटै निकाय पुनर्संरचना बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।
खानेपानी तथा सरसफाइ सेवा महशुल निर्धारण आयोगका अध्यक्ष रुद्र गौतमले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहयोगमा केयूकेएलले जीवन्तता पाएको जानकारी दिँदै आगामी दिनमा चुनौतीहरूको सामना गर्दै केयूकेएलको विकल्प केयूकेल नै हो भन्ने विश्वास जित्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख राजेन्द्र सापकोटाले मेलम्ची खानेपानी वितरणको सफलता सँगसँगै अहिले ठाउँ ठाउँमा ढल खन्ने, भूमिगत तार व्यवस्थापनका कारण खानेपानी वितरण लाइनमा समस्या आइरहेको र मेलम्ची खानेपानीको विकल्पको रूपमा थप स्रोत ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापन र चुहावट नियन्त्रणको लागि भइरहेको प्रयासबारे जानकारी दिनुुभएको थियो भने काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले केयूकेएलसँगको समन्वयमा समानुपातिकरूपमा पानी वितरण गर्न बोर्डले गरिरहेको प्रयासबारे जानकारी दिँदै आगामी दिनमा भूमिगत पानीको संरक्षण तथा वाटर एटिएमको सङ्ख्या थप गर्दै लगिने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सम्पादन टोलीका अनोज खनालले विमोचन भएको Ground Water in Kathmandu Valley Status Challenges and Opportunities किताबको सङ्क्षेपमा प्रस्तुतीकरण गर्नुभयो भने ‘काठमाडौँ उपत्यकामा फोहोर पानी तथा खानेपानी व्यवस्थापन’ विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकलामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी दिनेश गुरागाईले आप्mनो वक्तृत्व प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि राई, विशेष अतिथि आचार्य र सभापति प्रजापतिले बोर्डको वार्षिक प्रगति प्रतिवेदन, Ground Water in Kathmandu Valley Status Challenges and Opportunities / Stone Spouts and Ponds of Kathmandu Valley Status Mapping-2024 (Second Edition) पुस्तकहरू संयुक्तरूपमा विमोचन गर्नुभएको थियो । मन्त्री राईले आजैबाट बानेश्वरस्थित Water ATM बाट रु १०।– मा २० लिटरको जार भर्ने कार्यको शुभारम्भ QR मार्पmत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *