नेतान्याहुको वक्तव्य झूटको पुलिन्दा
- आश्विन २६, २०८१
गर्मीयामभन्दा जाडोयाममा ब्रेन ह्यामरेजको समस्या बढी हुन्छ । जाडो मौसममा उच्च रक्तचापको समस्या बढ्दै जानु, शारीरिकरूपमा सक्रियता कम हुनु, हाइपरटेन्सन बढ्नु, तनाव बढ्नुजस्ता कारणले ब्रेन ह्यामरेजको समस्या बढी हुने गरेको हो । हाइपरटेन्सन भएका तर औषधिको सेवन नगरेका मानिसहरू ब्रेन ह्यामरेज भएर अस्पतालको आकस्मिक कक्षमा आइपुग्ने गरेका छन् ।
ब्रेन ह्यामरेज भएकामध्ये ८० देखि ८५ प्रतिशत मानिसहरूलाई उच्च रक्तचापको समस्या हुने गरेको छ ।
ब्रेन ह्यामरेजका जोखिम तत्वहरू
– शारीरिक क्रियाकलापमा कमी हुनु,
– चिल्लो खानेकुराको प्रयोग बढी गर्नु,
– सुगर, उच्च रक्तचाप,
– सामाजिक सञ्जालको प्रयोग बढी गर्नु,
– मानसिक तनाव बढ्नु,
– धूमपान,
– प्रदूषण ।
बिरामीको ज्यान जाने सम्भावना ५ प्रतिशत
सन् २०१९ मा १ हजार १७ जना ब्रेन ह्यामरेजका बिरामीहरूमा गरिएको अध्ययनअनुसार बिरामीको ज्यान जाने सम्भावना ५ प्रतिशतभन्दा कम रहेको पाइएको छ ।
बिरामीमा चेतना नआउने तथा प्यारालासिस हुने सम्भावनाबारे भने तत्कालै भन्न सक्ने अवस्था हुँदैन ।
कतिपय बिरामीहरूमा लामो समयपश्चात् मात्रै सुधार भएका घटनाहरू पनि धेरै छन् ।
मेरो अनुभवमा करिब ७–८ प्रतिशत बिरामीहरूमात्रै ब्रेन ह्यामरेजका कारण अशक्त अवस्थामा पुगेका छन् । ब्रेन ह्यामरेज भएका करिब ६० प्रतिशत बिरामीहरूमा कुनै कुनै सामान्य खालका समस्या भने रही नै रहन्छ । जस्तैः– हातगोडा झमझमाउने, पहिला जस्तै सक्रिय नहुने ।
ब्रेन ह्यामरेज पूर्व–देखिने लक्षणहरू
– हात गोडा नचल्नु,
– बोली रोकिनु,
– मुख बाङ्गिनु,
– अचेत हुने ।
यदि मानिसमा चेतना हराउँदै गएको अवस्थामा तुरुन्तै अस्पताल आउनुपर्ने हुन्छ ।
ब्रेन ह्यामरेज मुख्यतया दुई कारणले हुने गर्छ –
– रगतको नशा बन्द भएर ।
– रगतको नशा च्यातिएर हुने ।
उच्च रक्तचाप भएका बिरामीमा थप जटिलता
बिरामीको दिमागमा परेको असरको आधारमा अस्पताल लगेपछि बिरामीको निको हुने समय निर्धारण गर्न सकिन्छ ।
यदि रक्तस्राव थोरै मात्र भएको छ भने केही ढिलो अस्पताल पुग्दासमेत बिरामी निको हुने सम्भावना रहन्छ ।
उच्च रक्तचाप भएका बिरामीहरूलाई ब्रेन ह्यामरेज हुँदा त्यसले उपचारमा जटिलता बढाउँछ । यस्ता बिरामीहरूलाई तुरुन्तै न्युरो विशेषज्ञ तथा सिटिस्क्यान, एमआरआईको सुविधा भएको अस्पतालमा लैजानुपर्छ । अस्पताल लगेपश्चात् चिकित्सकले ब्रेन ह्यामरेजको प्रकृतिअनुसार उपचार प्रक्रिया सुरु गर्छन् ।
यदि रक्त सञ्चार रोकिएर ब्रेन ह्यामरेज भएको हो भने ४ घण्टाभित्र अस्पताल लैजानुपर्ने हुन्छ । यस्तो अवस्थामा नशामार्फत औषधि दिएर रक्त सञ्चार प्रक्रियालाई खुलाउन सकिन्छ । यस्तो सुविधा न्युरो रोग विशेषज्ञ भएको अस्पतालमा मात्रै पाइन्छ । यदि १२ घण्टामा अस्पताल आइपुगेको अवस्थामा नशामार्फत औषधि दिएर रक्त सञ्चार खुलाउन सकिदैँन । यस्तो अवस्थामा तार छिराएर बन्द भएको रक्त सञ्चारलाई खुलाइन्छ । यस्तो उपचार क्याथल्याबको सुविधा भएका अस्पतालमा मात्रै पाउन सकिन्छ ।
ब्रेन ह्यामरेजबाट कसरी बाँच्ने ?
– समय समयमा ब्लड प्रेसर मापन गर्ने ।
– दैनिक १ घण्टा कसरत गर्ने ।
– धूमपान आदत त्याग्ने ।
– स्वस्थकर खाना खाने ।
– सामाजिकरूपमा सक्रिय जीवनशैली अपनाउने ।
– तनाव कम गर्ने ।
– चिकित्सकको परामर्शमा मात्रै औषधि सेवन गर्ने ।
उपचारका लागि घर खेत बेच्नुपर्ने अवस्था
नेपाल सरकारको नियमअनुसार सरकारी तथा निजी अस्पतालहरूले शल्यक्रियाको शुल्क लिन पाउने व्यवस्था छ ।
निजी अस्पतालको तुलनामा मेडिकल कलेजको तथा मेडिकल कलेजको तुलनामा सरकारी अस्पतालको उपचार सस्तो हुन्छ ।
जनताकै करबाट सञ्चालित सरकारी अस्पतालले समेत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न सकेका छन् ।
बिरामीको उपचारमा प्रयोग हुने उपकरण, औषधि सामग्रीका लागि धेरै खर्च हुने गर्छ । जुन बिरामीको उपचार अवधिले समेत निर्धारण गर्छ । आइसीयूमा राखिएको बिरामी हेरचाह बढी हुन्छ भन्ने गलत बुझाइ आम मानिसहरूमा रहेको छ । यद्यपि, बिरामीको हेरचाहभन्दा पनि निगरानीका लागि उनीहरूलाई आइसीयुमा राख्ने गरिन्छ ।
सरकारले घातक रोगको उपचारको लागि १ लाख रूपैँया उपचार सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । यद्यपि, सरकारी अस्पतालमा उपचार गरेको अवस्थामा मात्रै उक्त सहुलियत रकम पाइने व्यवस्था छ ।
नेपालका सबै सरकारी अस्पतालमा जटिल प्रकारको न्युरो उपचारको सुविधा छैन । जसकारण अझै बिरामीहरू उपचारका लागि निजी अस्पताल तथा मेडिकल कलेज धाउनुपर्ने र उपचारका लागि घर खेत बेच्नुपर्ने अवस्था छ । त्यस्तै, उपचारका लागि विदेशबाट आयात हुने सामग्रीहरू नेपालमा नै उत्पादन गर्न सकेमा निजी अस्पतालबाट पाउने उपचार पनि केही सस्तो हुन्थ्यो ।
– लक्ष्मी चौलागाईँ
– ‘स्वास्थ्य खबरपत्रिका’ बाट
Leave a Reply