भर्खरै :

नेपालमा लगानी गर्न खोजेका विषयहरू

नेपालमा लगानी गर्न खोजेका विषयहरू

नेपाल सरकारले वैशाख १६ गतेदेखि विश्वका लगानीकर्ताहरूलाई बोलाएर लगानी सम्मेलन गर्दै छ । पहिलो र दोस्रो सम्मेलनमा लगानी गर्ने निर्णय भए पनि खासै यसको प्रभाव परेको थिएन । नेपालले भारतबाट विद्युत् खरिद गर्न र नेपाली युवाहरू बिदेसिने क्रम रोकिएको छैन । नेपाल सरकारसँग विकास गर्ने र युवाहरूलाई रोजगारी दिन इच्छाशक्ति, समर्पण, प्रतिबद्धता देखिएको छैन ।
एक जना विदेशी टोनी हेगन भन्ने अनुसन्धानकर्ताले नेपाल सरकार र नेपाली नागरिकसँग विकासप्रति कुनै प्रतिबद्धता र इच्छाशक्ति छैन, यिनीहरू विदेशको मुख ताकेर बस्छन् भनेका थिए । नेपालको विकासमा सरकार लागिपरेको छैन । सरकारलाई विदेशीको दलाल बन्नु र नागरिकलाई झोले बन्दै ठीक छ ।
सरकारसँग विदेशी लगानी ल्याउन कुनै कार्यक्रमको सुरक्षा र विश्वासका आधारहरू छैनन् शासकहरूले विकास, लगानी, उत्पादन, आर्थिक समृद्धिको कुरा उठाए पनि उनीहरू सत्ता गठबन्धनमा मात्र सीमित छन् ।
यसपालिको लगानी सम्मेलनमा सरकारले ऊर्जा, पर्यटन, टेक्नोलोजी, कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, यातायात, खानी तथा भूगर्भ, बस्ती विकास आदि आयोजनाहरू पेस गर्नेछ । विदेशीसामु लगानी बोर्डको कार्यालयले सोकेश गरिने परियोजनाहरूको सूची नै पेस गर्नेछ । तर, विदेशीहरूको लगानी रकम कति भित्याउने हो ? हेर्न बाँकी छ ।
लगानी बोर्डको मिति २०८०/१२/२२ मा बनेको ५७ औँ बोर्ड बैठकबाट देहायबमोजिमको निर्णय भएको थियो ।
१) आगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा सोकेश गरिने परियोजनाहरूको सूची आगामी बोर्ड बैठकमा पेस गर्ने ।
(२) लगानी बोर्डको कार्यालयबाट पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरिएका निम्नबमोजिमका परियोजनाहरूको आशयपत्र आह्वान गर्न लगानी बोर्डको कार्यालयले तयार गरी पेस गर्ने ।

परियोजनाको नाम
पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र (PICC)
चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग
जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज, जनकपुर
धुलिखेल मेडिसिटी अस्पताल, धुलिखेल
सुदूरपश्चिम सार्वजनिक यातायात

प्राविधिक समितिको मिति २०८०/१२/२५ मा बसेको बैठकले देहायको निर्णय गरेको थियो ।
१. लगानी बोर्डको परिधिमा पर्ने निम्नबमोजिमका परियोजनाहरूको आशय पत्र (EOI) लगानी बोर्डको कार्यालयले आवश्यक तयारी गरी लगानी सम्मेलनमा आशय पत्र जारी गर्नको लागि स्वीकृतिका लागि कार्यान्वयन समितिलाई सिफारिस गर्ने ।
१. पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र (PICC) परियोजना
२. चन्द्रागिरी–चित्लाङ– पालुङ– चितवन द्रुतमार्ग परियोजना
३. जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजना
४. धुलिखेल मेडिसिटी परियोजना
४. बबरमहल प्रशासनिक प्लाजा परियोजना
६. नौमुरे बहुउद्देश्सीय जलविद्युत् परियोजना
७. सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना
८. कालीगण्डकी २ जलाशययुक्त जलविद्युत् परियोजना
९. भारभुङ्ग जलाशययुक्त जलविद्युत् परियोजना
१०. खिम्ती ठोसे जलाशययुक्त जलविद्युत् परियोजना
११. दैजी औद्योगिक क्षेत्र विकास परियोजना
१२. धौवादी फलाम खानी परियोजना
(EOI call गर्नका लागि अर्थ मन्त्रालयको निजीकरण ।

निम्नबमोजिमका परियोजनाहरूको आशय पत्र (EOI) लगानी सम्मेलनमा तालुकदार निकायले जारी गर्नको लागि स्वीकृतिको लागि कार्यान्वयन समितिलाई सिफारिस गर्ने ।
१. महादेव खोला जलाशययुक्त खानेपानी आयोजना (खानेपानी मन्त्रालय)
२. कर्णाली चिसापानी वायु ऊर्जा परियोजना (ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय)
३. हुम्ला कर्णाली जलविद्युत् परियोजना (ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय)
४. अपर चमेलिया जलविद्युत् परियोजना (ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय)
५. पाँचखाल सेज (विशेष आर्थिक क्षेत्र प्राधिकरण)
६. कवाडी खोला जलविद्युत् परियोजना (ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय)
७. टोस डोगर बुढीगण्डकी जलविद्युत् परियोजना (ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय)
८. सुपर बुढीगण्डकी जलविद्युत् परियोजना (ऊर्जा, सिँचाइ तथा जलविद्युत् मन्त्रालय)
त्यस्तै निम्न ७ वटा परियोजनाहरूको लगानी सम्मेलनमा Market Sounding तयारी गर्नको लागि स्वीकृतिका लागि कार्यान्वयन समितिलाई सिफारिस गर्ने ।
१) सिस्नेरी खानेपानी आयोजना
२. मलेखु–लोथर सडक र सुरुङ मार्ग आयोजना
३. दाउन्ने खण्ड सडक सुरुङ मार्ग आयोजना
४ खप्तड एकीकृत पर्यटन विकास परियोजना
५. मिर्चैया–कटारी–घुर्मी सडक आयोजना
६. धरान लेउती सडक सुरुङ मार्ग आयोजना
७. शक्तिखोर औद्योगिक क्षेत्र विकास परियोजना (Shaktikhor Industrial District), Chitwan
त्यस्तै ३१ वटा परियोजनाहरू Ideation Stage का परियोजनाको रूपमा प्रस्तुतीकरण (Showcase) गर्नको लागि स्वीकृतिका लागि कार्यान्वयन समितिलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।
यसैगरी अन्य दर्जनौँ परियोजनाहरू वित्तीय व्यवस्थापनको लागि प्रस्तुतीकरण गर्नको लागि स्वीकृतिका लागि कार्यान्वयन समितिलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।
त्यस्तै २० वटा परियोजनाहरू निजी क्षेत्रबाट प्रस्तुतीकरण गर्नको लागि स्वीकृतिका लागि कार्यान्वयन समितिलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।
लगानी सम्मेलनको सचिवालय तथा लगानी बोर्डको कार्यालयबाट बनाइएको 2–pager को डिजाइन र Content हेरी आवश्यक सुधार गरी आशय पत्र जारी गरिने र Market Sounding गरिने परियोजनाहरूको 2–pager information लगानी सम्मेलनको www. investinnepal.gov.np. मा Upload गर्न सिफारिस गर्ने निर्णय गरिएको छ ।
प्राविधिक समितिको मिति २०८०/१२/२५ को निर्णयानुसार पेस भएका संलग्नअनुसारका परियोजनाहरू लगानी सम्मेलनमा Showcase गर्न स्वीकृति दिने । उल्लेखित आयोजनाहरू मध्ये EOI Call गरिने आयोजनाहरूको EOI Document लगायतका कागजात वैशाख १० गतेभित्रै लगानी बोर्डको कार्यालय तथा सम्बन्धित मन्त्रालय÷निकायहरूले तयार गर्ने निर्णय गरिएको छ ।
लगानी आयोजनाहरू मन्त्रीहरूका वरिपरि देखिन्छन् तर देश र जनताको हितको लागि देखिँदैनन् । नेपाली जनता भन्ने गर्छन्, “देशलाई परनिर्भर, उपनिवेश तथा आफ्नो खल्ती भर्न नेताहरू विभिन्न बहाना गर्छन्, अतः सबैले होसियार हुन जरुरी छ ।” देशको गोपनीयता बाहिर ल्याएर कतै देशमाथि हस्तक्षेप बढाउने काम त सरकारले गरिरहेको छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *