भर्खरै :

भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी

भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी

भक्तपुर, २५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजना र नेपाली इतिहास, संस्कृति तथा पुरातत्व, केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको सहकार्यमा भएको भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठीको मङ्गलबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा पार्र्टी अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको सम्पत्तिको रूपमा रहेको भक्तपुरको सांस्कृतिक सम्पदाहरू जोगाउने अभियानलाई निरन्तरता दिँदै जानुपर्ने बताउँदै हाम्रो सम्पदा जोगाउने दायित्व हामी सबैको साझा कर्तव्य हो भन्नुभयो ।
नेपालको कला, संस्कृति, पुरातत्व, इतिहासबारे अध्ययन अनुसन्धानमा प्रज्ञाप्रतिष्ठान, विश्वविद्यालय र पुरातत्व विभागबिच आपसी समन्वय आवश्यक भएको उल्लेख गर्दै उहाँले यस किसिमका महत्वपूर्ण विषयका कार्यशालाहरू उपयुक्त हुने बताउनुभयो ।
कला, संस्कृति आदि विषयमा भौतिकवादी दृष्टिकोणले अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले देश निर्माणमा विदेशीसँग माग्ने प्रवृत्तिले देशलाई झन् कमजोर र परनिर्भर बनाउँदै लगेको प्रस्ट पार्नुभयो ।
इतिहास र संस्कृतिका विद्यार्थीहरूले नेपाल र विभिन्न देशको इतिहास अध्ययनलाई पनि निरन्तरता दिनुपर्ने बताउँदै उहाँले विद्यार्थीहरूलाई राजनीति गर्न प्रेरित गर्नुपर्छ भन्नुभयो ।
इतिहास अध्ययन र उत्खनन्मा भाषाको महत्वबारे प्रस्ट पार्दै उहाँले अन्धविश्वासलाई चिर्दै भौतिकवादी व्याख्या आवश्यक भएको बताउनुभयो ।
उहाँले सम्पदाको महत्वबारे विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै प्रशिक्षित गर्नुपर्ने बताउँदै भक्तपुरको ९९ चोक उत्खनन्मा पनि नपाले जोड दिनुपर्ने बताउनुभयो ।
वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले समाजका विद्वत् र बौद्धिक वर्गले समाजसँग जोडिएर यस किसिमको अन्तरक्रिया र गोष्ठी कार्यक्रमहरू आयोजना भएमा समाजले नवीनत्तम विचार पाउने र समाजले परिवर्तनको आभास गर्ने बताउनुभयो ।
उहाँले सम्पदा संरक्षण र देश निर्माणमा विदेशीको भर पर्नु आफैँमा उपनिवेशवादी सोच भएको बताउँदै मगन्ते प्रवृत्तिले देश विकास हुँदैन भन्नुभयो ।
भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षणलाई जीवन र समाजसँग जोडेर समाजलाई प्रगतिशील ढङ्गले अगाडि बढाउने विषयमा सोच्नुपर्ने आवश्यकता औँल्याउँदै समाजलाई सुन्दरीकृत गरी अब नयाँ युगको सेवा गर्ने ढङ्गले नगरपालिका अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले इतिहास, संस्कृति, भाषा आदि विषयमा स्नातकदेखि पीएचडीसम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको अवगत गराउँदै हाल भक्तपुर नपाको छात्रवृत्तिमा ८ जना विद्यार्थीहरू एम.फिल र पी.एच.डी. अध्ययन गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरूलाई विषयवस्तुको आधारमा आर्थिक सहायता पनि प्रदान गर्दै आइरहेको र भक्तपुर नपाले लोपोन्मुख सम्पदाहरू संरक्षण गरी नयाँ पुस्तामा पुस्तान्तरण र हस्तान्तरण गर्ने कार्यमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले जनताको सहयोगमा सम्पदा पुनःनिर्माण गर्ने नीतिअनुसार २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनपश्चात् १५० वटाभन्दा बढी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको बताउँदै उहाँले भक्तपुरमा सम्पदासम्बन्धी अध्ययन अनुसन्धान गर्ने विषय धेरै रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको कला–संस्कृति र इतिहासबारे जानकारी दिनुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले आफ्नो अध्ययन अनुसन्धानबाट भक्तपुरको इतिहास, संस्कृतिबारे नुतन कुराहरू पत्ता लागेको उल्लेख गर्दै भक्तपुर खुला आकाशमुनिको सङ्ग्रहालय, विश्वविद्यालय र पुस्तकको रूपमा पाएको बताउनुभयो ।
उहाँले भक्तपुर नेपाल मण्डलको सांस्कृतिक राजधानीको रूपमा रहँदै आएको स्मरण गर्दै मूर्त र अमूर्त सम्पदाको अथाह ज्ञानको भण्डार पनि हो भन्नुभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले कला, संस्कृति, इतिहासजस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै भक्तपुर नपाले यहाँको मौलिक स्वरूप बचाएर सम्पदा संरक्षण कार्यलाई अगाडि बढाएको विषय प्रशंसनीय भएको बताउनुभयो ।
सम्पदा संरक्षणको लागि अध्ययन अनुसन्धान भएपछि मात्र त्यसको मौलिकता जगेर्ना हुने कुरामा जोड दिँदै उहाँले विश्वविद्यालयले विद्यार्थीलाई उत्साहित गर्दै अनुसन्धानतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले कार्यक्रमको पृष्ठभूमिबारे स्पष्ट पार्दै त्रिभुवन विश्वविद्यालयबाट नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयमा स्नातक, एम.फिल र पीएचडीसम्म अध्ययन र सोधपत्र तयार गर्ने कार्य भइरहेको चर्चा गर्दै गोष्ठीबाट तयार भएका कार्यपत्रले भक्तपुरको सम्पदा संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्टार पेशल दाहालले सांस्कृतिक राजधानीको रूपमा रहेको भक्तपुरमा सम्पदा, संस्कृति र पुरातत्व विषयमा भएको कार्यक्रम निकै फलदायी हुने अपेक्षा गर्दै भक्तपुरको विगतको अवस्था र आजको अवस्थामा शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतका क्षेत्रमा धेरै विकास भइसकेको बताउनुभयो ।
कार्यशालाको दोस्रो सत्रमा संस्कृति विभागका विद्यार्थीहरू राजेश गाइजुले ‘भक्तपुरका ऐतिहासिक दबुहरू ः धार्मिक—सांस्कृतिक पक्षको अध्ययन’, सङ्गीता पञ्चले ‘भक्तपुरको नेवाःसमुदायको प्रचलित ‘मचाःमियेगु’ परम्परा, श्रीना प्रजापतिले ‘ीब्ब् उगवब ( तजभ उचयmष्लभत चष्तगब िया उचबवबउबतष् अयmmगलष्तथ ायचm तजबलभथ, द्यजबपतबउगच’, रमिला दुवालले ‘ऋगचम ऋगतिगचभ ब्mयलन ल्भधबच ऋयmmगलष्तथ या द्यजबपतबउगच स् ब् ऋबकभ क्तगमथ या व्गव्ग म्जबग’, सृजना प्रजापतिले ‘भक्तपुरका मल्लकालीन सात बाजाहरू’ र अर्पण भुजुले ‘भ्हउयिचष्लन तजभ ल्भधब ऋजजभल स् त्चबमष्तष्यलब िःबतभचष्बकि बलम ऋयलकतचगअतष्यल त्भअजलष्त्रगभ ष्ल ल्भधबच ःगम ःबकयलचथ म्धभििष्लनक’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाका विविध गतिविधिबारे प्रस्ट पार्नुभयो ।
कार्यशाला गोष्ठीको समापन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले एनजीओ तथा आईएनजीओलाई निषेध गरी भनपाले काम गरिरहेको चर्चा गर्दै सम्पदा संरक्षणमा गलत सर्तको कारण जर्मनको सहयोग अस्वीकार गरेको स्मरण गराउनुभयो । ई. कलेजको प्राविधिक सहयोग र जनताको सहयोगमा यहाँका सम्पदा पुनर्निर्माण भइरहेको उल्लेख गर्दै उहाँले भक्तपुरमा उपभोक्त समितिबाट काम हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई विदेशीको भरमा होइन, आफैँले मेहनत गरी काम गर्न सिकाउनुपर्छ ।”
नेपाली इतिहास, संस्कृति तथा पुरातत्व, केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख प्रा. डा. सोमप्रसाद खतिवडाले कार्यशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै शोधार्थीको प्रयास प्रशंसनीय छ र नपासँग लामो समयसम्म सहकार्य गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कार्यशालाका सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रमपश्चात् इतिहासिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठको नेतृत्वमा भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा यात्रा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *