वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
शोषणले गहिरो जरा गाडेको समाजलाई पूर्णरूपले बदल्न समय लाग्छ । समाजवादीहरू शोषणरहित समाज स्थापना गर्न निरन्तर लागिरहन्छन् । पुँजीवादी व्यवस्थामा देखिने व्यक्तिवाद, अहङ्कार, ऐøयासी जीवन, निराशा, बेइमानी आदि समाजवादी व्यवस्था ल्याउनमा बाधक बन्छ । समाजवादीहरू त्यस्ता बैगुनबाट अलग राख्न बस्ती बस्तीमा पुगेर राजनीति गरिरहेका हुन्छन् । कम्युनिस्टहरू समाज परिवर्तनको लागि हरतहरले लागिरहेका हुन्छन् । उँचो भावनाले मानवको सेवा गर्ने मानिसको इच्छा र आकाङ्क्षा पूरा गर्नेतर्फ लाग्नु कम्युनिस्टहरूको दायित्व हो । स्तालिनले कम्युनिस्टहरूलाई ‘यमराजको ढोका घच्घच्याउने’ उपमा दिएका थिए अर्थात् कम्युनिस्टहरू बहुमत जनताको हितको निम्ति समर्पित हुन्छन् । माओ त्सेतुङले भनेका थिए, कम्युनिस्टहरूको हृदय विशाल हुनुपर्छ । उनीहरू इमानदार र सक्रिय हुनुपछ्र्र । क्रान्तिको निम्ति लाग्नुपर्छ । देश र जनताको सेवा गर्न क्रान्तिको निम्ति सङ्घर्षमा लाग्नु, आफ्नोभन्दा देश र जनताको हितमा प्राथमिकता दिनु कम्युनिस्टको कर्तव्य हो ।
हो, कम्युनिस्टहरू दूरदर्शी, त्यागी र दृढ हुन्छन् । सच्चा कम्युनिस्टहरू इमानदार हुन्छन् । क्रान्तिकारीले मात्रै समाज परिवर्तन गर्छ । बहुमत जनताको हितको निम्ति लड्नु कम्युनिस्टको आचरण हो । तर, विडम्बना ! सत्तामा जाने कम्युनिस्टहरू बहुमत जनताको सेवामा लागेका छैनन् । देश र बहुमत जनताको सेवामा नलागी ती दलका नेताहरू आफ्नो दलगत र व्यक्तिगत स्वार्थमा लागे; आफ्नो स्वार्थ हेरेर विकास योजना ल्याउने, ठेक्कापट्टा दिएर र सरूवा बढुवा गरेर आय आर्जन गर्ने जस्ता अवाञ्छित काम गर्न पनि शासकहरू पछि परेनन् । ठुला पार्टीका नेता र मन्त्रीले अभिमानी मात्र गर्ने होइन आफ्नो ठुलो जिम्मेवारी सम्झेर के देश र जनताको हितमा काम गर्नुपर्दैन ? बेलाबखत समाजवाद र समाजवादी मोर्चाको बखान गर्ने दलका नेताहरूले देशमा समाजवाद ल्याउन केही गरिरहेका छैनन् । पार्टीको नाम कम्युनिस्ट पार्टी राख्ने, पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद भन्ने तर कम्युनिस्ट या माक्र्सवाद र लेनिनवादलाई व्यवहारमा लागु नगरी देखाउने दाँत बनाउने कामले देशमा कसरी समाजवाद स्थापना हुन्छ ?
जहिल्यै पुँजीवादी सत्तामा रमेर, पुँजीपति, जालीफटाहा, जमिनदार, बिचौलिया ठेकेदार, अपराधीहरूको पक्षपोषण गरेर बहुमत जनताको हित हुँदैन । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने नेकाजस्तो पार्टीले पुँजीपतिवर्गको पक्षमा बहस गर्नु, ऐन कानुन बनाउनु अस्वाभाविक होइन । तर, आफूलाई कम्युनिस्ट भनिने दलका नेताहरू कहिले नेकाका पछि लाग्छन् या नेकासँग मिल्छन् त कहिले राजावादी दलसँग मिलेर शासन गर्छन् । माओवादी एमालेसँग मिलेर शासन गर्नु छ भने नेकासँग किन मिल्नुप¥यो ? कहिले, कुन दल कहिले कुन दलसँग मिलेर कसरी गन्तव्यमा पुग्न सकिन्छ ? अहिले शासकहरूले कुर्सीमा बसेर उद्घाटन, शिलान्यास गर्नेबाहेक देश र जनताको निम्ति के नै गरेका छन् ? हरेक दिनझैँ भ्रष्टाचार, अनियमितता, कालाबजारी, हिंसा, आपराधिक क्रियाकलापजस्ता बेथिति बढेर देश कसरी समृद्ध हुन्छ ? नेपाली जनता सुखी हुन्छन् ?
कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो । कालापानीमा भारतीय सेना तैनाथ छ । तत्कालीन राजा महेन्द्रले भारतीय सेनालाई त्यहाँ बस्न दिएका थिए । भारत सरकारले सो भारतीय सेना फर्काउनु पर्ने हो । तर, भारतीय सेना नेपाली भूमिमा बसिरहेको छ । न भारत सरकारले फर्काएर लगेको छ न नेपाल सरकारले भारतीय सेना हटाउन पहल गरिरहेको छ । नेकाको सरकारले पहल गरेन भने कम्युनिस्ट भनिने दलको सरकारले के पहल गर्नुपर्दैन ? त्यो नेपाली भूमि नेपालको नक्सामा राख्नु ठिक्कै हो । नेपाली रूपैँयामा चुचो नक्सा राख्ने काम पनि ठिक्कै हो । तर, नक्सा र रूपँैयामा नेपालको भूमि देखाए पनि नेपाल र नेपालीले उपयोग गर्न पाएका छैनन् । नेपालले उपयोग गर्न पाएको भए त्यो सरकारको उल्लेखनीय काम हुन्छ । यसकारण, कम्युनिस्टहरू भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोधमा उभिनुपर्छ† नेपाल सरकारले नेपाली भूमि कायम नहुञ्जेल कूटनीतिक प्रयासहरू गरिरहनुपर्छ ।
Leave a Reply