हिमाल–पहाड–तराई बुझ्ने सरकारमा पुगेकै छैन
- चैत्र ६, २०८१
काठमाडौँ ८ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यतालिका थियो । बैठक १२ बजे सुरु गरियो । सभामुखले शून्य र विशेष समय नभएको जानकारी गराउनुभयो । नेकाका सांसदहरू आ–आफ्नो स्थानमा उठे । सभामुखले नेकाका सांसद बद्रीप्रसाद पाण्डेलाई आफ्ना विषय ५ मिनेटमा राख्न समय दिनुभयो ।
सांसद पाण्डेले गृहमन्त्री रवि लामिछाने संलग्न गोर्खा मिडिया नेटवर्कलाई स्वर्णलक्ष्मी काठमाडौँ, सुप्रिम बुटवल, साहारा चितवन सुदर्शन पोखराका सहकारीबाट करिब १ अर्ब रूपैयाँ कर्जा भएको सहकारी कार्यालय, प्रहरी कार्यालय, सीआईबीको रिपोर्टमा भएको महानगरपालिका र अदालतसम्म मुद्दा गएको उल्लेख गर्दै त्यस्तै अभियोग लागेका राप्रपा बर्दियाबाट समानुपातिकमा निर्वाचित सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको र करार भइरहेको तर अर्काे सांसद रास्वपाका रवि लामिछाने गृहमन्त्री भएर बस्न पाउने कस्तो न्याय हो भनी प्रश्न उठाउनुभयो ।
सांसद पाण्डेले राप्रपाका सांसद गीता बस्नेतलाई जस्तै गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुनुपर्नेमा जोड दिँदै रोस्टममा मन्त्री लामिछाने बर्बराएको उल्लेख गर्नुभयो ।
नेका सांसद पाण्डेले गृहमन्त्री लामिछानेको नेका उपसभापति र महामन्त्रीविरुद्धको रातो पासपोर्ट दुरूपयोग, बाख्रापालनको अनुदान भ्रष्टाचारको खण्डन गर्दै त्यसबारे नाम किटेर छानबिन गरिए पनि आपत्ति नभएको बताउनुभयो ।
नेकाका सांसद पाण्डेले दोषी ठहरिएका आफ्ना पार्टीका सांसदहरूलाई कारबाही गर्न चुनौती दिँदै राष्ट्रिय सूचना बेच्ने गृहमन्त्रीको आरोप झूटा भए गृहमन्त्रीलाई यो संसद्बाट गलहत्याउन नेकासँग तागत भएको दाबी गर्नुभयो ।
प्रम पुष्पकमल दाहालले १६ महिनामा ४ पटक संसद्को विश्वासको मत लिनु विश्वासको खडेरी परेको हो, बिहान र बेलुका विश्वासको मत लिनुपर्ने प्रमबाट देश कसरी अगाडि बढ्ला भनी प्रश्न गर्दै सांसद पाण्डेले प्रमको नेकालाई मूल्य चुकाउनुपर्ने धम्कीको खण्डन गर्नुभयो ।
सांसद पाण्डेले ‘कान्तिपुर’ दैनिकका कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार जोड्दै नेकाले राणा र राजाको धम्की सह्य नभएको दोहो¥याउनुभयो र सहकारी पीडितबारे संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को कारबाही अघि बढाउन नदिने जानकारी गराउनुभयो ।
सभामुखले प्रम दाहाललाई जेठ १ गतेको नीति तथा कार्यक्रम वाचन गर्नुहुने राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव टेबुल गराउनुभयो । नेका सांसदहरूले सभामुखको अगाडि पुगेर प्रम दाहाललाई रोक्ने प्रयासमा लागेर गृहमन्त्री लामिछानेलाई सङ्केत गर्दै सहकारी ठगलाई कारबाही गराउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने नारा लगाए । प्रम दाहाल मर्यादा पालकहरूको घेरामा रोस्टममा पुग्नुभयो । नेका सांसद र मर्यादापालक प्रहरीबिच त एकछिन धक्कमधक्का भयो ।
सभामुखले प्रमद्वारा प्रस्तुत धन्यवादको प्रस्ताव निर्णयार्थ पेस हुँदा सत्ता पक्षले समर्थन ग¥यो भने विपक्षीको तर्फबाट नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विपक्षमा मत दिनुभयो । तर, सभामुखले प्रस्ताव सर्वसम्मतिमा पारित भएको घोषणा गर्नुभयो ।
सभामुखले नीति तथा कार्यक्रममा संशोधन जेठ ९ गते बिहान ११ बजेदेखि २ बजेसम्म पेस हुनुपर्ने र छलफल जेठ ११ गते एक दिन हुने घोषणा गर्नुभयो । हप्तौँ छलफल गर्नुपर्ने नीति तथा कार्यक्रममा एक दिनको छलफल औपचारिकता मात्रै हुने स्पष्ट छ ।
सभामुखले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८१ पेस गराउनुभयो । हडबन्दी बढीको ५० प्रतिशत जग्गा धितो राखी ऋण लिने र ऋण तिर्न बिक्री गर्न पाउने व्यवस्था भएको अध्यादेश विदेशी दलाल पुँजीपति वर्गहरूको हितमा छ ।
सभामुखले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिन समय दिनुभयो ।
सो प्रस्तावमा विरोध गर्न चाहनेलाई समय दिनुभयो । नेकाका सांसद रामहरि खतिवडाको नाम लिई सभामुखले प्रस्तावमा विरोधको सूचना भए बोल्न समय उपलब्ध हुने जानकारी गराइयो । नेकाको नारा लागिरहेको थियो । राप्रपाका सांसद दीपकबहादुर सिंहलाई पनि विरोधको सूचना भए रोस्टममा आएर बोल्न समय दिनुभयो । सांसद खतिवडा र सिंह बोल्न जानुभएन ।
बैठक जेठ ११ गते बिहान ११ बजेको लागि स्थगित गरियो ।
एमालेका सांसदहरू सभामुखको अगाडि नारा लगाइरहेकै बेला २०७८ फागुन १५ गते नेका र माओवादीको सरकारले एमसीसी सम्झौता पारित गरेको थियो ।
यसअघि पहिलो संविधानमा नेका र एमालेको सरकारले पेस गर्न लागेको बजेटलाई माओवादीले तोडफोड गरेको थियो ।
यसरी शासक दलहरू सत्ता पक्ष र प्रतिपक्ष जोसुकै भए पनि बल मिचाइ भएका उदाहरणहरू छन् ।
Leave a Reply