इलाममा उपनिर्वाचन २०८१ को अनुभव
- जेष्ठ २४, २०८१
साँच्चै नेपाल काठमाडौँ, भरतपुर, पोखरा र विराटनगर मात्र होइन रहेछ । सुदूर एवम् विकट गाउँहरू जहाँ अहिलेसम्म ठुला गाडी पनि पुगेका छैनन्; विद्यालय पुग्न घण्टौँ पहाडको उकाली–ओराली हिँड्नुपर्छ्बि; रामी पर्दा औषधि उपचार आकाशको फल जस्तो लाग्छ र युवा उमेरका मानिसहरू शून्य प्रायः देखिन्छ; ती ठाउँहरू पुग्दा वास्तविक नेपालको यथार्थ चित्रण हुँदो रहेछ ।
यो पटक सुदूरपश्चिम प्रदेशसभाको उपनिर्वाचनको क्रममा बझाङ जिल्ला पुग्ने अवसर मिल्यो । नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका खगेन्द्रबहादुर शाहीको पक्षमा घरदैलो तथा प्रचारप्रसार अभियानका लागि साथीहरूको टोलीमा सामेल भएको थिएँ । काठमाडौँबाट जिल्ला सदरमुकाम चैनपुर पुग्न अढाइ दिनको लामो बस यात्रा गरियो । ठाउँ–ठाउँमा बाटो बन्दै गरेको यात्रा सहज भएन । तथापि, साङ्गठनिक उद्देश्यसहित विभिन्न उमेर समूहका पार्टीका अग्रज कार्यकर्ताहरूदेखि नयाँ पुस्ताका साथीहरूको सामूहिक एकताले यात्रालाई पट्यारलाग्दो भने बनाएन ।
यात्राको टोलीमा सहभागीमध्ये दोस्रो पटक बझाङ पुग्ने म मात्र रहेछु । केही अग्रज कार्यकर्ताहरू सुदूरपश्चिमका जिल्लाहरू डोटी, डडेल्धुरा, बैतडी र बाजुरासम्म पुग्नुभएको तर बझाङ भने पुग्न बाँकी रहेछ । म र साथी राजन फुयाँल यसअघि निर्वाचनको लागि उम्मेदवारी दर्ताको क्रममा पार्टी केन्द्रीय समितिको निर्देशनमा बझाङ पुगेका थियौँ । त्यतिबेला कैलालीबाट केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाही, पार्टी जिल्ला अध्यक्ष रमेशकुमार रावल र कञ्चनपुर जिल्ला पार्टीका मिनु गिरी पनि हुनुहुन्थ्यो । उम्मेदवारी दर्ता गरिसकेपछि उहाँहरू बझाङमै चुनावी प्रचारका लागि बस्नुभयो भने म र राजन फर्केका थियौँ ।
यो पटकको यात्रामा भक्तपुर, काठमाडौँ, ललितपुर, कालीकोट, दैलेख, बाँके, सुर्खेत, जुम्लालगायतका जिल्लाबाट अग्रजहरू सहभागी हुनुहुन्थ्यो । हामी आफैँ खाना पकाउँथ्यौँ । प्रतिकूलताका बिच अनुकुलता खोज्ने प्रयास गथ्र्यौँ । हामी काठमाडौँबाट लुम्बिनी, लुम्बिनीबाट डडेल्धुरा र डडेल्धुराबाट बझाङको सदरमुकाम चैनपुर पुगेका थियौँ । हामीलाई उम्मेदवार खगेन्द्रबहादुर शाही, रमेश रावल र मिनु गिरी दाइले न्यानो स्वागत गर्नुभयो ।
सोही दिनबाट हामीले चुनावी प्रचार अभियान थाल्यौँ । चैनपुर निकै सुन्दर छ । सेती नदीले घेरिएको र गहुँबाली लहलह झुलेको आकर्षक टार हो चैनपुर । यहाँको बस्ती निकै घना छ । बजारमा नेवारहरू पनि थुप्रै रहेछन् । एक समयमा बझाङी राजा जय पृथ्वीबहादुर सिंहले काठमाडौँबाट नेवारहरूलाई सँगै लगेर चैनपुरमा बस्ती बसालेको बताइन्छ ।
हामीले बजारमा पैदलै चुनावी प्रचार अभियान सञ्चालन ग¥यौँ । ठाउँ–ठाउँमा कोणसभा तथा पर्चा वितरण गर्दै बेलुकी अबेरसम्म माइकिङ ग¥यौँ । सोही दिनदेखि हामीले एउटा अभ्यास बसाल्यौँ; बेलुकीको खानापछि सबैजना हलमा जम्मा भएर दिनभरिको गतिविधिको विषयमा आ–आप्mनो समीक्षा प्रस्तुत गर्ने र भोलिपल्टको लागि योजना तयार गर्ने । यो अभ्यासले हामीलाई धेरै कुरा सिकायो ।
चुनावी प्रचार अभियानको क्रममा जिल्लाका ग्रामीण इलाकाहरूमा पनि पुगियो । बाटो निकै कच्ची, साना (बोलेरो) गाडीहरू मात्र चल्ने तर त्यसैमा मान्छेहरू अटाइ नअटाई बस्नुपर्ने । गाडी भाडा भने हामीले परिकल्पना गरेभन्दा धेरै गुणा महँगो लिने रहेछ । हामी भने ठुलो गाडी साथैमा लिएर गाउँ–गाउँ पुग्यौँ । हाम्रो ‘गुरुजी’ आँटिलो र अनुभवी हुनुहुन्थ्यो । ठुलो गाडी गाउँमा पुगेपछि खुसी हुने धेरै थिए । ठाउँ–ठाउँमा अबिर र फुलमालाले गुरुजीलाई स्वागत गरेको दृश्य देख्दा गाउँका जनता साना–साना कुरामा पनि निकै हर्षित हुने अनुभव भयो । हामीले अवसरको सदुपयोग गरेर ‘मादल’ को प्रचार गथ्र्यौँ ।
स्थानीय जनतासँग भलाकुसारी गर्दा उहाँहरूमा राजनैतिक चेतनाको अभाव महसुस भयो । उहाँहरूको दृष्टिकोणमा काङ्ग्रेस, एमाले, माओवादीलगायतका सबै दलहरू एउटै हुन् किनभने सबैले चुनावमा भोज खुवाउँछन्; धेरै–थोरै पैसा बाँड्छन्; यो गर्छु, त्यो गर्छु भनी आश्वासन दिन्छन् अनि चुनाव जितेपछि कोही फर्केर आउँदैनन् । हामीले नेपाल मजदुर किसान पार्टीको विषयमा बताउँदा इमानदार र सोझा मतदाताहरू अचम्म मान्थे । उनीहरू पैसा नदिने र भोज नखुवाउने पनि पार्टी हुन्छ र ? भनी सोध्छन् ।
सोझा सिधा जनतालाई राजनैतिकरूपमा सचेत र वर्गीयरूपमा सङ्गठित गर्न अझ धेरै मेहनत गर्नुपर्ने आवश्यकता महसुस भयो । नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ताहरूले बिनास्वार्थ जनताको बिचमा गएर सिद्धान्त बुझाउने अनवरत प्रयास गरेको खेर जाँदैन भनेर सम्झाउनुहुन्थ्यो । पार्टीले अहिलेसम्म पनि जनताकै माझमा जाने, जनताको पीडा बुझ्ने र जनताको समस्या समाधानका लागि समर्पित हुने सङ्घर्षशील भावना सिकाइरहेको छ । बझाङमा प्रदेशसभा उपनिर्वाचनको प्रचारमा जाँदा सङ्गठनमा लाग्ने हामी नयाँ पुस्तालाई अग्रजहरूको मेहनतबाट निकै ऊर्जा प्राप्त भयो ।
यो यात्राले देश चिन्ने अवसर मिल्यो । नेमकिपाको उद्देश्य प्राप्तिका लागि अझ लामो यात्रा गर्नुपर्ने आवश्यकता बोध भयो । सिक्ने अवसरको लागि पार्टीप्रति आभार व्यक्त गर्दछु ।
Leave a Reply