जनताले किन भोट हाल्ने भन्ने बुझेकै छैनन्
- जेष्ठ १९, २०८१
यो चुनाव अप्रत्यासित थियो । सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको आकस्मिक मृत्युले इलाम क्षेत्र नं २ मा उपनिर्वाचन भएको हो । निर्वाचन आयोगले २०८० चैत २८ गतेबाट नै चुनावको प्रचारप्रसारको लागि सूचना जारी गरिसकेको थियो । हामी चुनाव प्रचारप्रसारको निम्ति २०८१ वैशाखको ६ गते निस्कियौँ ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट कामरेड श्यामबहादुर दर्जीको उम्मेदवारी थियो । उक्त क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता थिए । त्यस उपनिर्वाचनमा १९ जना उम्मेदवारहरू थिए ।
कोसी प्रदेशमा अवस्थित इलाम भौगोलिक हिसाबले पहाडी जिल्ला हो । पूर्वमा भारतसँग सीमा जोडिएको छ । पश्चिममा धनकुटा, उत्तरमा पाँचथर र दक्षिणमा झापा जिल्लासँग सिमाना जोडिएको छ । इलाम क्षेत्र नं २ मा हुने निर्वाचनमा फाकफोकथुम, माङसेबुङ, चुलाचुली गाउँपालिका, देउमाइ, माई र इलाम नगरपालिकाका केही वडाहरू समावेश थिए । भौगालिक हिसाबले अधिकांश भूभाग पहाडी क्षेत्र र बाँकी केही भूभाग तराई (चुरेका क्षेत्र) पनि यस निर्वाचन क्षेत्रमा पर्दछ ।
बिहान ६ः०० बजे निस्केका हामी बेलुका ७ः३० बजे धरान पुग्यौँ । सुनसरी जिल्ला धरान उपमहानगरपालिकामा हामीले पानीको हाहाकार अनुभव ग¥यौँ । २० देखि २२ किलोमिटर टाढा अवस्थित कोसी नदी सलल बगिरहेको थियो भने धराने बासिन्दा काकाकुल अवस्थामा बाँचिरहेको पायौँ । विभिन्न राजनीतिक पार्टीको जुँगाको लडाइँमा धराने बासिन्दाहरू पनि परेका छन् । धराने बासिन्दाले मत दिने बेला सोचेका भए, आज यो अवस्था आउने थिएन ।
त्यस रात हाम्रो बसाइँ धरान बजारमा नै भयो । उक्त स्थानमा पानीको मात्र होइन, फोहर व्यवस्थापनको पनि समस्या भएको पायौँ । गर्मी पनि काठमाडौँको तुलनामा धेरै थियो । २०८० सालामा सबैभन्दा धेरै डेङ्गीका बिरामी त्यसै स्थानमा थियो । धरानको बसाइँको समयमा रोग सर्ने डर पनि थियो ।
वैशाख ७ गते हामी चुनाव प्रचारप्रसारको निम्ति इलाम क्षेत्र नं. २ निस्कियौँ । हाम्रो पहिलो पालिका थियो चुलाचुली गाउँपालिका । हामी घरदैलो अभियानमा जुट्यौँ । पहिलो गाँसमा ढुङ्गा भनेझैँ जुन घरमा हामी पुग्याँै त्यस घरमा रक्सी खाइरहेको एक मान्छेले भनिहाल्यो, “रक्सी, पैसा दिन्छौ भने भोट दिने हो ।” त्यही घरमा बस्ने अन्य मतदाताले बाटो, कुलो र रोजगारको माग गरे । सबै मतदाताहरूसँग नेपाल मजदुर किसान पार्टीको मादल चिह्नमा मत राख्न अपिल ग¥यौँ । घर–घर पुग्दा, बाटोमा भेटेका धेरै मानिसहरूलाई हाम्रो पार्टी, पार्टीको झन्डा र हाम्रो पार्टीको परिचय दियौँ । हामीले नेमकिपा वि.सं. २०३१ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी भएको जानकारी दियौँ । केही मतदाताहरूले हामीलाई ढिलो आएको प्रतिक्रिया दिए । हामी घोषणापत्र र चुनावी पर्चा हातमा थम्याइदिन्थ्याँै । घोषणापत्र पढेर मतदान गर्न आग्रह गथ्र्यौँ । चुलाचुली गाउँपालिकाको केही वडामा हाम्रो प्रचारप्रसारपछि हामी इलाम नगरपालिकामा प्रचारको निम्ति हिँड्याँै ।
साँझ ६–७ बजे हामी इलाम बजार पुग्यौँ । इलाम बजारको वातावरण चुलाचुलीको तुलनामा चिसो थियो । त्यहाँ ठुला राजनीतिक दल र नयाँ राजनीतिक दलको पनि उपस्थिति थियो । हामी बिहानै घर दैलोको निम्ति निस्कियौँ, क्षेत्रफलको तुलनामा भक्तपुर नगरभन्दा सानो थियो इलाम बजार । त्यहाँको स्थानीय बासिन्दाहरूसँग हामीले पार्टीका उम्मेदवारको लागि मत माग्यौँ, पर्चा बाँड्याँै र चुनावीसभा ग¥यौँ । हाम्रो सभामा इलामेली जनता अचम्म मान्दै कुरा सुनिरहेका थिए, विशेषगरी मजदुरहरू ।
हाम्रो कार्यक्रमलाई बाधा हाल्न बीपीको समाजवादको नारा लगाउने र दलाल पुँजीपतिको सेवा गर्नेहरू ठुलठुलो आवाज निकाली प्रचारप्रसार गर्न पाउने अधिकारको हनन गरिरहेका थिए । हामीले सफलतापूर्वक कार्यक्रम समापन ग¥याँै । केही नयाँ शुभचिन्तकहरूसँग भेट भयो ।
हामी देउमाइ गाउँपालिका जानको लागि केही सामान खरिदको निम्ति हिँड्याँै । त्यही सिलसिलामा हामीले भक्तपुरबाट बसाइँसराइ गरेका पुराना शुभचिन्तकहरूसँग परिचय ग¥यौँ । इलामको प्रचारप्रसार सकेर हामी देउमाइ नगरपालिकामा प्रचारप्रसार जाने क्रममा ठुला दलले ७०–८० वटा साना ठुला गाडीमा मतदाता ओसारिरहेका थिए ।
देउमाइ नगरपालिका पहाडी क्षेत्र रहेछ । मौसम इलामको भन्दा चिसो थियो । चुनाव आउन केही दिनमात्र बाँकी थियो । सुरक्षा व्यवस्था कडा हुँदै थियो । मतदान स्थलमा सुरक्षाको निम्ति नेपाल प्रहरीको उपस्थिति बाक्लिन थालेको थियो । घरदैलो अभियान हामीले देउमाइका विभिन्न बजार क्षेत्रमा ग¥यौँ; घर घरमा हामीले पर्चा बाँड्यौँ । हामीले पार्टीको विचार र सिद्धान्त प्रचार ग¥याँै । धेरैलाई बुझाउन गा¥हो भयो । किनकि, हामीले भेटेका अधिकांश मानिस कि त बुढापाका हुन्थ्यो कि त निरक्षर वा मजदुर किसान थिए । एकाढ मानिसमात्र युवा भेट्याँै । हामीले देउमाइमा पनि चुनावी सभा ग¥यौँ । सभामा युवा मतदाताहरूको पातलो उपस्थिति थियो । हामीले इलामको सडकमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न झन्डा बाटोभरि राख्यौँ । हामीले देउमाइमा पनि घर–घर गई प्रचारप्रसार ग¥यौँ ।
इलाम वास्तवमै सुन्दर छ । हावापानी, वनजङ्गल, पहाड, मौसम राम्रो छ ! तर, स्कूल, स्वास्थ्य चौकी र अस्पतालहरूमा पर्याप्त जनशक्तिको अभाव र विकासको कमी देखियो । हामी देउमाइको सप्तमी बजार पुग्यौँ ।
सप्तमी बजार प्रचारप्रसार गरी हामी माङसेबुङ झ¥याँै । बाटो व्यवस्थित थिएन । काठमाडौँको बानेश्वरमा पाँचौँ तहको पिच भयो भन्दैमा नेपाललाई सिङ्गापुरसँग बराबरी गर्न मिल्दैन । बाक्लो धुलो थियो बाटोभरि । हाम्रो सास्तीभन्दा पनि दिनहुँ यात्रा गर्ने र यातायात मजदुरहरूको हालत के भयो होला भन्ने जिज्ञासा भयो । हामी माङसेवुङको यात्रामा थियाँै । बाटोमा पहिचानवादीहरूको सभा आयोजना भइरहेको थियो । हामी साँझ ६ बजेतिर माङसेबुङ पुग्यौँ । दुर्गम क्षेत्र थियो माङसेबुङ सेवा सुविधाबाट वञ्चित नै थियो । तर, इन्टरनेटको सहजता भने उपलब्ध थियो ।
उक्त स्थान एकदमै अचम्मको थियो । माछा, मासु, जाँड रक्सी पूर्णरूपमा निषेधित क्षेत्र रहेछ । त्यत्रो ठुलो गाउँमा मानिसहरू न त माछा र मासु नै खान्थे न त मदिरा नै पिउथे । मानिसहरूले कुखुरा पनि पालेका थिएनन् । हामी त्यस स्थानमा एउटा होटेल पायौँ । हाम्रो बास त्यही भयो । वैशाख १० गते किरात धर्मगुरुलाई भेट्ने योजना थियो तर विशेष कारणवश त्यो सम्भव भएन । हामी अघि बढ्यौँ ।
घरदैलो कार्यक्रमपश्चात् हामी आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्र पुग्यौँ । हामीले स्वास्थ्य चेकजाँच गरायौँ । केही साथीको रक्तचाप कमी थियो भने केही साथीको सामान्य नै थियो । हामीलाई औषधिको निम्ति स्वास्थ्यकर्मीले जीवनजल दिए । हामी स्वस्थ भएको आभाषसँगै थप प्रचारप्रसारको लागि हिँड्यौँ । घरी कच्ची बाटो, घरी खोलाको बाटो हुँदै हामीले घरदैलो गर्दै गयाँै ।
त्यसपछि हामी चुलाचुली वडा नं ३ र ४ को प्रचारप्रसारको लागि चुरे क्षेत्र झ¥याँै; वैशाखको गर्मी थियो । पानी निरन्तर पिउनुपथ्र्याे । हामीलाई आराम गर्ने सुविधा थिएन, हामी घर घर पुग्याँै र मतदाता भेट्यौँ ।
कुराकानीमा उनीहरूले सरकारमा गएकालाई जतिपटक मत दिए पनि जनताको गुनासो नसुनेको, छोराछारी बिदेसिनु परेको र घरमा वृद्धवृद्धा दुई जनामात्र हुने अवस्था आयो भने । हामी अघि बढ्यौँ । घरघरमा पर्चा बाँड्याँै, उम्मेदवारसँग परिचय गरायौँ । एक ठाउँमा एक अर्धवृद्ध महिलासँग मत माग्यौँ । उनले घरमा श्रीमान् प्यारालाइसिस छ उपचार गर्नलाई पैसा देऊ अनि मत राख्छु भनिन् । हामीले पैसासँग मत साट्ने होइन विचारलाई मत दिने हो भन्यौँ ।
वैशाख ११ गते हामी प्रचारप्रसारको निम्ति चुलाचुली पुग्यौँ । हामी निरन्तर प्रचारप्रसारमा लाग्यौँ । हामीलाई स्थानीयले सिद्धान्त र विचारको लागि मत दिए । हामीले अझै बढी जनताको भावना बुझेर सङ्घर्ष चालु राख्नुपर्छ ।
Leave a Reply