जुम्लामा चिटको जात्रा
- चैत्र ९, २०८१
कुनै पनि देशका दार्शनिक, नेता, वैज्ञानिकको सिद्धान्त, विचार र ज्ञान सिक्नु नराम्रो होइन । आफ्नो देशको निम्ति उपयुक्त सिद्धान्त, विचार र ज्ञानले देश र जनताको हित हुन्छ भने त्यसलाई आत्मसात गर्न सकिन्छ । कार्ल माक्र्स, एङ्गेल्स, लेनिन, माओ त्सेतुङ, किम इल सङ, फिडेल क्यास्ट्रो, ह्युगो चाभेज या अन्य नेताहरूको सिद्धान्त र विचारलाई आफ्नो देशको माटो सुहाउँदो उपयोग गर्न सकिन्छ । उनीहरूको सिद्धान्त र विचार मान्नुको अर्थ ती देशहरूमा गरेजस्तै यहाँ पनि लागु गर्नुपर्छ भन्ने होइन । कुनै ठुलो देशले सानो स्वाधीन देशमाथि आक्रमण गर्छ या हस्तक्षेप गर्छ भने त्यसको विरोध गर्नुपर्छ । कुनै देशका नेताले आफ्ना जनतालाई गरेको सेवाबाट अरु देशले शिक्षा लिन सकिन्छ । कुनै वैज्ञानिकले आविष्कार गरेको प्रविधि या नयाँ कुरा आफ्नो देशमा पनि उपयोग गर्न सकिन्छ । यस्तो कुरालाई यो विदेशी सिद्धान्त, विचार र प्रविधि भनेर अस्वीकार गर्नु उचित होइन । आफ्नो देश र जनताको सेवा हुने कुरा हामीले आत्मसात गर्नुपर्छ† आफ्नो देशमा लागु गर्नुपर्छ ।
कम्युनिस्टहरू देशभक्त र अन्तर्राष्ट्रवादी हुन्छन् । त्यसो त पुँजीवादीहरू पनि देशभक्त र अन्तर्राष्ट्रवादी हुनुपर्छ । देशको माया कम्युनिस्टलाई मात्र होइन, पुँजीपतिहरूलाई पनि हुनुपर्छ । विदेशी हस्तक्षेपको विरोध पुँजीपतिवर्गको सरकारले पनि गर्नुपर्छ । बेलाबखत देशका सामन्त र सामन्तवादका पक्षधरहरू देशमा किन माक्र्स, लेनिन, माओ त्सेतुङको विचार मान्नुप¥यो भनी खोक्छन् । संयुक्त राज्य अमेरिकाले अरु देशमा आक्रमण गर्ने, आक्रमण गर्न सहयोग गर्ने, आन्तरिक कलह बढाएर द्वन्द्व चर्काउने र आफूले भनेजस्तो बसेन भनेर नाकाबन्दी गर्छ भने त्यसको किन विरोध नगर्ने ? चीनले संसारका सबै मुलुकको शान्ति र विकासको निम्ति सहयोग गर्न आह्वान गर्छ भने त्यसको किन समर्थन नगर्ने ? विकास र आर्थिक सहयोग भन्ने तर त्यो देशको ऐन कानुन मान्नुपर्ने या देश र जनताको अहित हुने या दीर्घकालीन असर पर्छ भने त्यसमा किन समर्थन गर्ने ? आ–आफ्नो देशको मातृभूमि जोगाउन र बनाउन देशका सबै दल र जनता जुट्नुपर्छ ।
आफ्नो देश जोगाउन नलड्ने, देश बनाउन अघि नसर्ने दल र दलका नेताहरूले आफ्नो मातृभूमिको रक्षा गर्न सक्दैनन् । संसारका स्वाधीनताप्रेमी र न्यायप्रेमी जनताले लडेरै आ–आफ्नो देशलाई स्वतन्त्र र सार्वभौम बनाए । साम्राज्यवादी या पुँजीवादी देशका श्रमजीवी जनता या शोषितपीडित जनताको समस्याबारे बोल्नुपर्छ, पीडित जनताप्रति ऐक्यबद्धता जनाउनुपर्छ । अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादी देशका शासकहरूको विरोध गर्नुको अर्थ अमेरिकी र भारतीय जनताको विरोध गर्नु होइन । अमेरिकी जनताले पनि साम्राज्यवादी नीतिको विरोध गरिरहेका हुन्छन् । भारतीय जनताले पनि विस्तारवादी भारतको विरोध गरिरहेका छन् । भारतीय पक्षले नेपाली भूमि मिचेको स्वीकार्ने भारतीय जनता, लेखक र राजनीतिक विश्लेषकहरू नभएका होइनन् । कालापानीबाट भारतीय सेना फर्काउनुपर्छ भन्ने अभिमत भारतीय जनताको पनि रहेको छ । कुनै देश र जनताको मुक्ति गर्नु छ भने जनताले सङ्घर्ष गर्नैपर्छ । त्यो मुक्तिको निम्ति अन्तर्राष्ट्रिय समर्थन पनि आवश्यक हुन्छ । कुनै देशमा क्रान्ति भएको छ भने त्यो क्रान्तिलाई टिकाइराख्न जनताको साथ र सहयोगको साथै अन्तर्राष्ट्रिय समर्थन र सहयोग पनि खाँचो हुन्छ ।
आज साम्राज्यवादी देश अमेरिका र विस्तारवादी देश भारतबाट संसारका जनता आक्रान्त छन्; प्रताडित छन् । ती देशले आक्रमण गरेर या हस्तक्षेप गरेर कुन देश आफ्नो नियन्त्रणमा लिन सक्छ या ध्वस्त पार्छ भन्ने थाहा हुँदैन । यसकारण, समाजवादी पक्षधरहरूले समाजवादी देशका जनता एकगठ हुनुपर्छ भनेका हुन् । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका जनता एक हुनुपर्छ; विश्वका न्यायप्रेमी जनता एक हुनुपर्छ भनिएको हो । अमेरिकी आक्रमण, हस्तक्षेप र नियन्त्रणमा रहेका विश्वका जनता अमेरिकी साम्राज्यवादविरुद्ध एकजुट हुनुपर्छ भनिएको हो । संसारका सबै साम्राज्यवादी र प्रतिक्रियावादीहरू जनताका शत्रु हुन् । यस्ता साम्राज्यवादी, प्रतिक्रियावादी र पुँजीवादी शासकहरूको विरोधमा विश्वका न्यायप्रेमी र शान्तिकामी जनता एकगठ हुँदै छन् । यसकारण, साम्राज्यवाद विश्वबाट एक्लिँदै छ, बदनामसँगै पतन हुँदै छ । समाजवादका शक्तिहरू अवश्य पनि साम्राज्यवादी शक्तिहरूभन्दा बढी शक्तिशाली हुनुपर्छ ।
Leave a Reply