पश्चिमा लोकतन्त्रको कन्तबिजोग
- आश्विन १८, २०८१
सन् १२६० मा केवल १६ वर्षीय नेपाली शिल्पकार अरनिकोले युआन राजवंशलाई गोल्डेन प्यागोडा डिजाइन र निर्माणमा मद्दत गर्नका लागि दर्जनौँ नेपाली शिल्पकारलाई तिब्बतमा ल्याउनुभएको थियो । दुई वर्षपछि गोल्डेन प्यागोडा निर्माण भएको थियो । प्रतिभालाई माया गर्न उत्सुक युआन वंशका संस्थापक कुब्लाई खानले अरनिकोलाई चीनमै राख्नुभयो । त्यसपछिका ४० वर्षमा अरनिकोले म्याउयिङ मन्दिरको श्वेत प्यागोडासहित एक दर्जनभन्दा बढी मन्दिर र प्यागोडाको निर्माणको अध्यक्षता गर्नुभयो । श्वेत प्यागोडा युआन राजवंशको राजधानीको एक महत्वपूर्ण प्रतीक मात्र होइन पछिल्ला पुस्ताका लागि युआन राजवंशमा बुद्ध धर्म र वास्तुकलाको अध्ययन गर्ने महत्वपूर्ण ऐतिहासिक स्थल पनि हो । अरनिकोले ठुलो सङ्ख्यामा कालिगडलाई पनि तालिम दिनुभयो र युआन राजवंशमा बौद्ध भवनको निर्माणमा ठुलो योगदान दिनुभयो ।
“श्वेत प्यागोडा नेपाल र चीनबिचको सांस्कृतिक आदानप्रदानको प्रतीक र नेपाल र चीनबिच मैत्रीपूर्ण आदानप्रदानको ऐतिहासिक साक्षी हो ।” प्रख्यात नेपाली इतिहासकार सत्यमोहन जोशीले भन्नुभएको थियो ।
वास्तवमा चीन र नेपालबिचको सांस्कृतिक आदानप्रदान इतिहास १६०० वर्षदेखि सुरु भइसकेको थियो । त्यसबेला चीनका प्रख्यात भिक्षु फा सियान र नेपाली प्रख्यात भिक्षु बुद्धभद्रले एकअर्काको देशको भ्रमण गरी हस्तान्तरित बुद्धका पुराणको अनुवादमा सहकार्य गर्नुभएको थियो । थाङ राजवंशको समयमा प्रख्यात भिक्षु सुआनचाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो र बहुमूल्य लिखित अभिलेख छोड्नुभएको थियो । सन् १९५५ मा दुई देशबिच आधुनिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पुस्ताहरूको निरन्तर सङ्घर्षका कारण चीन र नेपालले दिगो मित्रता कायम राखेका छन् । यस अवधिमा दुई देशबिच बढ्दो बारम्बार अन्तरक्रिया जारी छ । सन् २०१७ मा चीन र नेपालले संयुक्तरूपमा ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सन् २०१९ मा राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभएको थियो । सो अवसरमा दुई राष्ट्रनायकले दुईपक्षीय सम्बन्धलाई चीन–नेपाल विकास तथा समृद्धि उन्मुखी युगौँयुगदेखिका रणनीतिक सहयोगी साझेदारी सम्बन्धसम्म उकास्न स्वीकार गर्नुभयो । सन् २०२३ मा नेपालका प्रधानमन्त्री प्रचण्डले सफलतापूर्वक चीनको औपचारिक भ्रमण गर्नुभयो । निरन्तर आदानप्रदानले दुई देशबिचको गहिरो मित्रताको जग बसालेको छ र दुई देश तथा दुई संस्कृतिबीच आपसी प्रवद्र्धन र सामञ्जस्यपूर्ण सहअस्तित्वको नमुना सिर्जना गरेको छ ।
चीन र नेपालबिचको मित्रताले ‘सभ्यता आदानप्रदानबाट रङ्गीन हुन्छ र आपसी सिकाइबाट समृद्ध हुन्छ’ भनी स्पष्टरूपमा चित्रण गरेको छ । चिनियाँ सभ्यता प्राचीनकालदेखि नै खुलापन र समावेशिताका लागि प्रसिद्ध छ । यसले अन्य सभ्यतासँगको आदान–प्रदान र आपसी सिकाइको माध्यमबाट निरन्तर नयाँ जीवन्तता प्राप्त गरेको छ । चाङ छियानको पश्चिम तर्फको यात्रादेखि जियानजनको पूर्वतर्फको यात्रासम्म, थाङ राजवंशको छाङआन सहरमा भएका सबै राष्ट्रहरूको बैठकदेखि सामुद्रिक सिल्क रोडमा हजारौँ माइलको प्रचारसम्म चिनियाँ सभ्यताले विश्वका सभ्यताप्रति आफ्नो खुलापन देखाएको छ ।
गत वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेचिङमा भएको सांस्कृतिक सम्पदा र विकाससम्बन्धी गोष्ठीमा जोड दिनुभयो कि चिनियाँ सभ्यताको समावेशिताले चीन राष्ट्रको आदानप्रदान र एकीकरणको ऐतिहासिक अभिमुखीकरणलाई आधारभूत रूपमा निर्धारण गर्छ, विभिन्न धर्मको विविध सहअस्तित्वको सामञ्जस्यपूर्ण ढाँचा निर्धारण गर्छ र विश्व सभ्यतालाई अँगाल्ने खुला दिमाग निर्धारण गर्दछ । चिनियाँ सभ्यताको शान्तिपूर्ण प्रकृतिले चीन सधैँ विश्व शान्तिको निर्माणकर्ता, विश्वव्यापी विकासमा योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक हुनेछ भन्ने कुरालाई आधारभूतरूपमा निर्धारण गर्छ, चीनले सांस्कृतिक आधिपत्यमा संलग्न हुनुको सट्टा सभ्यताबिचको आदानप्रदान र आपसी सिकाइलाई निरन्तरता दिने, चीनले आफ्नो मूल्य र राजनीतिक प्रणाली अरूमाथि नथोपर्ने, चीन सहयोगमा अडिग हुने तथा टकरावमा संलग्न नहुने आधारभूतरूपमा निर्धारण गर्छ ।
यही सांस्कृतिक पृष्ठभूमिमा ‘बेल्ट एन्ड रोड’ पहल सुरु भएको हो । त्यसबेलादेखि यो अवधारणालाई धेरैभन्दा धेरै देशले मान्यताका साथै सहभागिता जनाएका छन् । विगत एघार वर्षमा १५० भन्दा बढी देश र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्था बेल्ट एन्ड रोड परिवारमा सामेल भएका छन् । विगत एघार वर्षमा पहलले प्रभावकारीरूपमा विश्व जडानलाई बढावा दिएको छ र सबै देशको साझा विकासको लागि ठुलो बजार र अवसर प्रदान गरेको छ । चीन र सह–निर्माण गर्ने देशबिचको कुल आयात र निर्यात मात्रा १९१ खर्ब अमेरिकी डलर पुगेको छ भने सञ्चयी द्विपक्षीय लगानी ३ खर्ब ८० अर्ब अमेरिकी डलर नाघेको छ । साथै ४५ वटा सह–निर्माण देश र क्षेत्रसँग उच्च शिक्षा योग्यताको पारस्परिक मान्यताको सम्झौतामा हस्ताक्षर गरिएको छ । १४४ वटा सह–निर्माण देशसँग संस्कृति र पर्यटनको क्षेत्रमा सहयोग दस्ताबेजमा हस्ताक्षर भएको छ ।
तसर्थ, समावेशी र शान्तिपूर्ण चिनियाँ सभ्यताले विश्वलाई थप चिनियाँ बुद्धि, चिनियाँ समाधान र चिनियाँ शक्ति प्रदान गर्नेछ । मानव भाग्य समुदाय निर्माण गर्न अन्य देशसँग मिलेर काम गर्नेछ भन्ने विश्वास गर्न हामीसँग प्रमाण छ ।
Leave a Reply