भर्खरै :

एउटा दबुको कथा

आयान शर्मा (नेपाली अनुवादः मनिषा श्रेष्ठ)
डिसेम्बर महिनाको एउटा जाडो दिन । भारतको अलाहाबादको एउटा नाट्य समूहले फरक खालको दबुमा नाटक मञ्चन गरिरहेको थियो । आसामको एउटा विकट भूगोलमा चारैतिर घना सालको जङ्गलबीच उनीहरु फरक तरिकाले नाटक मञ्चन गरिरहेका थिए । उनीहरुको नाटकको पटकथा ज्यादै सरल छ । एउटा निरीह वर्गको सङ्घर्षको कथा । कथा सरल भएर पनि त्यो नाटकप्रति दर्शकको आकर्षण भने चकित पार्ने खालको छ । कलाकारहरु जब निमुखा वर्गले बोल्ने व्यङ्ग्यात्मक बोली बोल्दा दर्शकहरु खितखित हाँस्छन् भने जब आफूमाथिको अत्याचारको कथा दबुमा मञ्चन हुँदा दर्शकहरु रिसले ओठ बलियो गरी बन्द गर्छन् । नाटक हिन्दी भाषामा मञ्चन भइरहे तापनि हिन्दी भाषा कमै मात्र बुझ्ने दर्शकहरुलाई त्यसको भाव बुझ्न कति पनि कठिनाई भएन ।
आसामको सालको जङ्गलमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवको यो आठौं शिलशिला हो । गएका सात वर्षदेखि आसामको गोलपरा जिल्लाको अत्यन्त सुन्दर रामपुर गाउँको बाडुङडुक्पा कला केन्द्रमा यसरी अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै आएको छ । यो वर्ष गएको डिसेम्बर १५–१७ मा आयोजित नाटक महोत्सव विगत केही वर्षदेखि आसाममा हुने गरेका प्रमुख साँस्कृतिक उत्सवहरुको सूचीमा पर्ने गरेको छ ।
सालको रुखमूनि नाटक मञ्चन गर्नु के कारणले पृथक छ ? आरक्षित जङ्गलको बीचमा सालको बाक्लो घारीभित्र रुखको छहारीमूनि बनेको माटोको मञ्चमा नाटक मञ्चन गर्नु आफैमा पृथक हो । तर यसको विशेषता यतिमा मात्र सीमित भने छैन । यो नाटक महोत्सवमा मञ्चन गरिने नाटकमा कुनै पनि प्रविधिको प्रयोगलाई पूर्णतः निषेध गरिएको छ । अर्थात यो महोत्सवमा मञ्चन गरिने नाटकमा कुनै पनि प्रकारका कृत्रिम बत्ती वा ध्वनि प्रबद्र्धक यन्त्रको प्रयोगलाई बन्देज लगाइएको छ । त्यसका कारण दर्शकलाई आफ्नो संवाद प्रष्ट सुनाउन कलाकारले आफ्नो स्वर ठूलो बनाउनु पर्दछ । दर्शकहरु पनि कलाकारका संवाद प्रष्ट सुन्न शान्त भई सुन्ने गरेका छन् ।
पछिल्ला तीन वर्षमा महोत्सवका दर्शकहरु प्रायशः स्थानीय जनता हुने गरेका छन् । यसले कलाकारको कला उपासनाप्रति स्थानीय जनताको लगाव प्रष्ट बनाउँछ । तर शुरु शुरुका वर्षहरुमा स्थिति यस्तो सकारात्मक थिएन । सन् १९९० मा नाटक महोत्सव शुरु भयो । त्यत्तिबेला रामपुरका बासिन्दाहरु यो कार्यक्रमलाई आफ्नो शत्रु जत्तिकै व्यवहार गर्थे । अहिले स्थानीय जनताको मन परिवर्तन भएको छ । यसको निम्ति ठूलो जश त शुक्रचार्ज राभालाई जान्छ । उनी यो सकारात्मक पहलको निम्ति प्रेरक शक्ति पनि हुन् ।
मिसनमा हिंडेको एक जना कलाकार
‘सालको रुखमूनि’ नाटक महोत्सवको कथा राभाको जीवनसँग गाँसिएको गाथा हो । उनीहरुमध्ये कोही एक जनाको कथा नभनी अर्कोको कथा पूर्ण हुनै सक्दैन । राभाले आफू माध्यामिक विद्यालयको विद्यार्थी छँदा सन् १९९० मा पहिलो पटक एउटा नाटकको निर्देशन गरेका थिए । ‘त्यत्तिबेला महिलालाई नाटकमा अभिनय गराउने चलन थिएन, त्यसैले म आफ्ना पुरुष साथीहरुलाई नै महिलाको भूमिकामा अभिनय गराउँथें ।’

महिलाहरुप्रति यस्तो परम्परागत सोच हुँदाहुँदै पनि आसामको गहिरो नाट्य परम्पराका कारण नाटक जस्ता रचनात्मक गतिविधिलाई प्रोत्साहन भने दिने गरेको छ । आसाममा सडक नाटकको परम्परा निकै लोकप्रिय छ । ग्रामीण भेगमा त्यस्ता नाटकहरु खुब रुचाइने गरेको छ । यस्ता नाटक स्थानीय चलचित्र उद्योगभन्दा निकै सफल छन् ।
‘हामी दुर्गा पुजा, होली जस्ता उत्सवहरुमा त्यस्ता नाटक देखाउने गथ्र्यौं ।’, राभाले भने,‘हाम्रा शुरु शुरुका नाटक त्यस्तै थिए ।’
राभाको लागि नाटक संसारमा डुबुल्की मार्ने ढोका उनी कक्षा बाह« पढ्ने क्रममा खुल्यो । उनी आफ्नो घर नजिकैको दुधनोई शहरमा नाटक हेर्न गएका थिए । तर उक्त नाटकको एक मुख्य भूमिकामा अभिनय गर्ने कलाकार आएका थिएनन् । नाटकका निर्देशक उनको ठाउँमा नाटक खेल्ने कलाकारको खोजीमा थिए । त्यही मौकामा राभाले आफ्नो भाग्य परीक्षण गरे । उनले निर्देशकसामू आफ्नो अभिनय कला प्रदर्शन गरे । निर्देशकले उनको कलाकारिता मन पराए । अनि राभा त्यहाँको स्थायी कलाकार बने ।
‘त्यो पहिलो पटक थियो, मानिसहरुले मेरो अभिनय मन पराएको ।’, राभाले भने ।
यात्रा
त्यसपछि राभाले आफ्नो कलेज र विभिन्न मञ्चहरुमा समाजका सान्दर्भिक विषयहरुमा नाटकहरु मञ्चन गर्न थाले । त्यही क्रममा सन् १९९८ मा छिमेक गाउँका उस्तै रुचि र सोच भएका साथीहरुसँग मिलेर एक नाटक समूहको गठन गरियो । समूहको नाम राखियो–बाडुङडुक्पा । बाडुङडुक्पा राभा समुदायको एउटा परम्परागत बाजाको नाम हो । समूहले विभिन्न नाटक मञ्चन गर्ने र नाटकप्रति रुचि भएका उत्साहीहरुलाई तालिम दिन काम गर्न शुरु ग¥यो । त्यस्ता विभिन्न नाटक कार्यशालाहरुमा राभा आफै पनि सहभागी बन्न थाले । तिनले उनको नाटक कौशलमा निखार ल्याउन अझ मद्दत ग¥यो । सन् २००३ मा भएको एक निर्देशकीय कार्यशालाका क्रममा उनी थिएटर फोरम अफ आसामको सदस्य बने ।
त्यो फोरमले आफ्नो स्थापनाका दिनमा सम्मानित नाटककार ज्योतिप्रसाद अगाखालका नाटक मञ्चन ग¥यो । राभाले त्यसको जिम्मेवारी दिइयो । उनले अगाखालका नाटकहरुलाई आफ्ना समुदायको अनुकूलतामा आफ्नो भाषामा अनुवाद गरे । उनले अनुवाद गरेको अगाखालका नाटकको मञ्चन ज्यादै सफल भयो । ‘त्यो मेरो जीवन परिवर्तनको मोड बन्यो ।’
यद्यपि उनको जीवनमा ठेस लाग्ने ठाउँहरु अझै पनि धेरै बाँकी थिए । जस्तै, राभाका लागि नाटक मञ्चन गर्ने ठाउँ भेटाउन निकै मुस्किल प¥यो । त्यसको लागि उनले धेरै संघर्ष गर्नुप¥यो ।
उत्तिबेला नाटकमा महिलाको सहभागिता त्यत्ति सजिलो विषय थिएन । नाटक अभ्यास गर्ने कुनै पनि ठाउँ नपाए पश्चात उनले अन्त्मि विकल्पका रुपमा आफ्नै घरमा कलाकारहरुलाई राख्ने चाँजोपाँजो मिलाए र नाटक अभ्यास नजिकैको धान खेतमा गरे । ‘त्यो एक प्रकारको युद्ध थियो । म साथीहरुलाई भन्थें–साथी हो, कि अहिले छ नभए कहिल्यै छैन । राभा समुदायको भविष्यको लागि यस्तो गर्नु ज्यादै आवश्यक छ ।’
यस विषयमा उनी आफूलाई निकै बलियो मान्छन् किनभने त्यही नाटकमार्फत उनले आसामका धेरै युवाहरुलाई सशस्त्र द्वन्द्वबाट बचाउन सफल पनि भए ।
केही महिनापश्चात त्यस समुदायको नाटक संगीत नाटक एकेडेमीको मञ्चनको लागि छनौटमा प¥यो । त्यही समयमा राभाले मणिपुरका विख्यात नाटक निर्देशक हियजनम कन्हैलालसँग भेटे । कन्हैलालसँग राभालगायत उनको समूहका अरु चार जनाले दुई महिना तालिम लिए । कन्हैलाल उनीहरुको प्रशिक्षक बनेर त्यो समय इन्फालमा बसे । ‘त्यो निकै महत्वपूर्ण अवधि सावित बन्यो ।’, राभा सम्झन्छन्,‘अहिले मैले गर्ने धेरै कुरा त्यत्तिबेला मैले सिकेको हुँ ।’
‘म यस्तो काम गर्न चाहन्थें जसले राभा समुदायको जीवनशैली र त्यहाँको वातावरणीय पक्षलाई जोड्न सकियोस् । म कुनै बत्ती र मेकअप बिना त्यो काम गर्न चाहन्थें । यसमार्फत म हाम्रो परम्परालाई समकालीन अर्थ दिन चाहन्थें ।’
नाटक र संस्कार
सन् २००४ मा राभाले औपचारिक रुपमा आफ्नो तालिम केन्द्रलाई बाडुङडुक्पा कला केन्द्रको नाममा दर्ता गरे । कन्हैलालले प्रदान गरेको केही आर्थिक सहयोगले आफ्नो कला केन्द्रको आधारभूत संरचनामा सुधार गरे । उनले आफ्नो तालिम केन्द्रका विद्यार्थीहरुलाई छात्रावासको बन्दोबस्त गरे । सन् २००८ मा रामपुरमा पहिलो पटक नाटक महोत्सव आयोजना गरे । संगीत नाटक एकेडेमीको अनुदानमा कन्हैलाकै सक्रियतामा ‘सालको रुखमूनि प्रकृतिको लोककथा’ को नाममा नाटक महोत्सव शुरुवात भयो ।

त्यही महोत्सवबाट आएको सकारात्मक प्रतिक्रियाबाट प्रेरित भएर राभाले प्रकृतिसँग जोडिएर नाटक महोत्सवहरुको आयोजनाको क्रमलाई निरन्तरता दिने निर्णय लिए । ‘म राभा समुदायका संस्कारलाई नाटकमार्फत प्रकृतिसँग जोड्न चाहन्छु ।’, उनले भने ।
त्यही क्रममा उनको भेट डच कलचरल एजेन्सीसँग सम्पर्क बन्यो । त्यो एजेन्सीसँग कन्हैलालको सम्पर्क अघिबाट नै थियो । एजेन्सीले दुई वर्षसम्म नाटक महोत्सवलाई सहयोग ग¥यो । त्यसपश्चात इण्डिया फाउन्डेसनले प्रायोजन गर्न शुरु ग¥यो ।
आजभोलि महोत्सवको सबैभन्दा सकारात्मक पक्ष भनेको त्यसले विभिन्न समुदायबीच सम्बन्ध बलियो बनाएको छ । ‘दुर्भाग्यवश हाम्रा समुदायहरु निकै संकीर्ण थिए । आज तिनै समुदायका मानिसहरु हेर्न एक अर्को गाउँमा आउने जाने गरेका छन् । यो निकै खुशीको विषय हो ।’
नाटक महोत्सवको सफलतासँगै सहयोगी हातहरु पनि थपिंदै गएका छन् । भारतको संस्कृति मन्त्रालयदेखि राज्य सरकारसमेतले सहयोगको हात फैलाएका छन् । आज यो केन्द्र पूर्ण रुपमा नाटक निवास बनेको छ । आज कम्तीमा २५ जना विद्यार्थीहरु आवासीय रुपमा त्यहाँ बसेर नाटक प्रशिक्षण लिन सक्छन् ।
एउटा खतरा
पछिल्ला नौ वर्षमा रामपुरमा निकै परिवर्तनहरु आएका छन् । तर ती सबै परिवर्तनहरु सकारात्मक नै मात्र भने छैनन् । नाटक परम्परासँग स्थानीय मानिसहरुको राम्रो सम्बन्ध बनाइसकेको अवस्थामा महोत्सवको प्रमुख आकर्षण सालका रुखहरु भने खतरामा परेका छन् । रबर उत्पादनको लागि अत्यावश्यक मानिएको सालको रुख विगत केही वर्ष यता देखि व्यापक रुपमा फडानी हुन थालेका े छ । स्थानीय गाउँका अधिकांश जनता रबर उत्पादनमा संलग्न छन् । उनीहरुको पारिवारिक आम्दानीको प्रमुख अंश रबरबाट नै आउने गरेको छ । ‘रबर हाम्रो प्रमुख आम्दानीको स्रोत बनेको छ । रबर भएन भने हाम्रो आय आर्जनको स्रोत केही पनि छैन ।’
स्थानीय धेरै मानिसहरुले आफ्नो महोत्सवप्रतिको उत्साहजनक सहभागिता तथा समर्थन अनि रबर खेतीप्रतिको व्यापारिक अन्तर्विरोधबारे बुझेका छैनन् । सालका रुखहरु विनाश भइरहेको अवस्थामा के आज नाटक महोत्सवको लक्ष्य सफल भएको हो ?
राभाले आशावादी भावमा भने,‘सालका रुखहरु हाम्रा अंश हुन् । हामीले त्यसको संरक्षणमा लाग्न आवश्यक छ । आशा गरौं, यो महोत्सवले मानिसमा रुख बचाउनुपर्छ भन्ने चेतना जगाउन सकोस् । जस्तै भए पनि, नाटक महोत्सवले पछिल्ला केही वर्षहरुमा त्यहाँ विभिन्न समुदायहरुलाई एक ढिक्का बनाएको छ ।
२० डिसेम्बर २०१७
स्रोतः इस्क्रोल.आइएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *