भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
दसैँको नवमीको दिन क्वाठण्डौ टोलमा साहित्य सम्मेलन हुने गथ्र्यो । यो १९ सालको कुरा हो । समयक्रमसँगै सम्मेलनका आयोजकहरू आ–आफ्नो काममा लागेपछि सम्मेलनको क्रम टुट्यो । सम्मेलनका आयोजकहरूमा पदम्बहादुर मानन्धर, कृष्णराम श्रेष्ठ, हरिभतm मुनंकर्मी, हरिप्रसाद उलक, पूर्णमान तपोल र सूर्यमान रंजितकार थिए ।
२०२७ सालमा आएर मूलढोकाका ओमप्रसाद भद्रा, गणेशराम श्रेष्ठ, तुलसीराम श्रेष्ठ, चन्द्रबहादुर उलक, गणेशप्रसाद भद्रा, क्वाठण्डौका चैत्यराज शाक्य, शिवप्रसाद मारिखु आदि साथीहरूबिच अग्रज साहित्यप्रेमी काकाहरूले नवमीको दिन साहित्य सम्मेलन गर्ने गरेको कुरा गफैगफमा निस्क्यो । साहित्य सम्मेलनको विषयमा छलफल भयो । छलफलले एउटा संस्था स्थापना गर्ने र त्यही संस्थाको आयोजनामा साहित्य सम्मेलन पुनः आयोजना गर्ने निधो भयो । असोज महिनातिर ‘झी विकास मण्डल’ नामको संस्था स्थापना गरी प्रतियोगितात्मक प्रथम सांस्कृतिक सम्मेलन सञ्चालन गर्ने निर्णय गरियो । उक्त संस्थामा अध्यक्ष चन्द्रबहादुर उलक, उपाध्यक्ष शिवप्रसाद मारिखु, सचिव तुल्सीराम श्रेष्ठ, कोषाध्यक्ष तीर्थप्रसाद भद्रा (संरक्षकको रूपमा) सदस्यहरूमा चैत्यराज शाक्य, धनभाजु सुवाल, गणेशराम श्रेष्ठ आदि साथीहरू समावेश भए । त्यसबेला हामीलार्ई सांस्कृतिक सम्मेलन र सांस्कृतिक कार्यक्रमबिचको भेदबारे ज्ञान थिएन । जे होस् कार्यक्रम सफलतापूर्वक सम्पन्न गयौँ, सबै कुरा राम्रै देखिए । दुःखको कुरा उक्त सम्मेलनको उद्घाटन शिक्षक पशुपतिभक्त धौभारीले गर्ने कार्यक्रम थियो । तर, उनले उद्घाटन नगर्ने बताए । सम्मेलन स्थलमै उनले भनेका थिए, “चन्द्र ¤ उद्घाटनको काम तिमी आफै गर ।” तब निन्याउरो मुख लाएर अध्यक्षको नाताले सांस्कृतिक सम्मेलनको ब्यानरको डोरी तानेर कार्यक्रम उद्घाटन गरेँ । ताली बज्यो र कार्यक्रम अघि बढ्यो । मार्साबले उद्घाटन गर्न नचाहनुको कारण थाहै भएन ।
अर्को वर्ष २०२८ सालमा ‘झी विकास मण्डल’ को पुनर्गठन भयो । पुनर्गठनपछि कोषाध्यक्षमा चैत्यराज शाक्य चुनिए । अरू यथावत रह्यो । पुनर्गठनको बैठकबाटै आउँदो कार्तिक महिनामा प्रथम साहित्य सम्मेलन तथा दोस्रो सांस्कृतिक सम्मेलन आयोजना गर्ने निधो ग¥यौँ । कार्यविभाजन गर्दा मैले सहयोग रसिद र संस्थाको छाप बनाउने कामको जिम्मा पाएँ । त्यही काम लिएर म नवदुर्गा प्रेसमा गएँ । त्यसबेला प्रगतिशील साहित्यको हल्ला चलिरहेको थियो ।
कविवर सिद्घिचरण श्रेष्ठले उद्घाटन गरेको उक्त दुईदिने साहित्य सम्मेलनमा भिक्षु अश्वघोष तथा कवि दुर्गालाल श्रेष्ठले सभापतित्व ग्रहण गरेका थिए । कार्यक्रमका निम्ति सहयोग रकम एक हजार जति उठेको थियो । कार्यक्रम र अतिथि खर्च रु. ५० नपुग भयो । त्यसको परिपूर्ति गर्ने क्षमता हामीमा थिएन । नपुग रकम मिलाउन ओमप्रसाद भद्राको क्यामेरा बन्धक राखेर आशलाल अवालसित सापटी लियौँ । तर, बन्धक राखेको क्यामेरा फिर्ता लिनुपर्छ भन्ने कसैलाई सम्झना भएन । अन्तमा, ओम आफैँले पैसा तिरेर क्यामेरा फर्काए । सायद खोलो त¥यो लौरो बिस्र्यो यसैलाई भन्दो हो !
उक्त साहित्य सम्मेलनको महत्व र असर के कति छ भन्ने हाम्रो कुनै आकलन थिएन । तात्कालीन समयमा प्रगतिशील साहित्यजस्तो गहन विषयको ज्ञानबिनै प्रगतिशील साहित्य सम्मेलनको आयोजना हामी गर्दै थियौँ । हामीलाई यति थाहा थियो कि प्रगतिशील साहित्य भनेको ‘क्रान्तिकारी साहित्य’ हो । त्यसले सामन्तवाद, पँुजीवाद र साम्राज्यवादको विरोध गर्दछ । खासमा ती गहकिला शब्दहरूको पनि गहिरो अध्ययन हामीमा थिएन । सम्मेलनमा समावेश भएका रचनाहरूमा ती शब्दहरू समावेश गरिएका छन् कि छैनन् भनी हामी हेथ्र्यौँ । साहित्यको भावबोध गर्ने क्षमता हामीमा थिएन । सम्मेलनमा मोदनाथ प्रश्रित, रामचन्द्र भट्टराई, गोविन्द भट्ट, शक्ति लम्साल, धनमान श्रेष्ठ, ज्ञानबहादुर न्याइच्याई, योगेन्द्र प्रधान, पाटनका मुकुन्दबहादुर श्रेष्ठ, डी.वी. सिंह र खेम कोइराला बन्धु आदि वक्ताहरूले बोलेका थिए । मोदनाथ प्रश्रितले ‘रामायण’ र ‘महाभारत’ लाई प्रतिक्रियावादी साहित्य हो भनेका थिए । योगेन्द्र प्रधानले अगाडि बढेको साहित्य नै प्रगतिशील साहित्य हो भनेका थिए । धनमान श्रेष्ठले भारतीय लेखक प्रेमचन्द्र प्रगतिशील साहित्यकार हुन् भन्ने विषयमा बोलेका थिए भने ज्ञानबहादुर न्याइच्याईले लुसुनको ‘गर्मीका तीन कीरा’ शीर्षकबारे निबन्धमाथि व्याख्या गरेका थिए । एक जना सामान्य किसानले ‘गर्मीका तीन कीरा’ बारे बोलेका सुन्दा कविवर सिद्धिचरण श्रेष्ठ सा¥है खुसी भएका थिए । यसै कुरालाई लिएर उनले विराट नेपालभाषा साहित्य सम्मेलनको दबुलीमा भनेका थिए, “भक्तपुरमा लुसुनको निबन्धमाथि व्याख्या गर्नसक्ने साधारण किसान पनि रहेछन्, म अत्यन्त खुसी भएँ ।”
देशमा व्याप्त पञ्चायती सरकारको दबाबबारे हामी अनभिज्ञ थियौँ । ‘झापा विद्रोह’ को घटना सुन्नमा आउँथ्यो । देशमा नक्सलवादी आन्दोलन चल्यो† अब चीनमा जस्तो कम्युनिस्ट व्यवस्था हुने भयो भन्ने विषयमा चर्चा सुनिन्थ्यो । छिमेकी काकाहरू र मेरो बुबा पसलमा यसै विषयमा गफिन्थे । म पसलको कुनामा बसेर कुरा सुनिरहन्थेँ । बेला बेला चीन र सोभियत सङ्घका पनि कुरा हुन्थे ।
नारायणमान बिजुक्छँेले आफू चीनबाट नेपाल फर्किएपछि ओमप्रसाद भद्रा, गणेशप्रसाद भद्रा, श्रीप्रसाद भद्रा र मलाई हाम्रै घरमा अङ्ग्रेजी पढाउन आउन थाले । पढाइ सँगसँगै चिनियाँ जनकम्युन, भूमिसुधार र चिनियाँ क्रान्तिबारे कथा सुनाएजस्तै सुनाउँथे । त्यहीँ बेलादेखि मलाई कम्युनिस्ट व्यवस्था मन पर्न थालेको थियो । ममा सैद्धान्तिक ज्ञान त थिएन तर कम्युनिस्ट व्यवस्था आयो भने देशमा धनी र गरिब हुँदैन, सबै समान र बराबर हुन्छ भन्ने सुनेको थिएँ ।
प्रथम प्रगतिशील साहित्य सम्मेलन सम्पन्न भयो । सम्मेलनबारे के कस्ता चर्चा परिचर्चा भए हामीलाई मतलब थिएन । पञ्चायती सरकारले हामीमाथि कस्तो दृष्टि राख्यो, त्यो पनि थाहा थिएन । सम्मेलन सकेको रात मञ्च कुर्ने जिम्मा चैत्यराज शाक्य र मेरो थियो । दुवै मञ्चमै सुतेका थियौँ । राति १२ बजेतिर प्रहरीको रमन आयो । मलाई प्रहरीले उठाएर सोध्यो, ‘यो सम्मेलनको अध्यक्ष को हो ?’ प्रहरीको प्रश्नसँगै एक्कासि मेरो पेट बटारिएजस्तो लाग्यो । कुलुलुलु आवाज सुनेँ र ‘चिन्या छैन’ भन्दै सुकुल ओढेँ । यस्तै गरी चैत्यराज शाक्यसँग पनि सोध्यो । ऊ पनि चिन्या छैन भन्दै सुकुलभित्र छि¥यो । प्रहरीले ! यहाँ त बच्चाहरू मात्र सुतेका रहेछन्’ भन्दै रिपोर्ट दियो र प्रहरीहरू फर्के । मञ्चमा अध्यक्ष र कोषाध्यक्ष स्वयम् सुतिरहेको कुरा प्रहरीलाई थाहा भएन । त्यसपछि हामी सतर्क हुन थाल्यौँ ।
भारतबाट प्रकाशित हुने ‘नवभारत टाइम्स’ र ‘दिनमान’ पत्रिकामा प्रगतिशील साहित्य सम्मेलनबारे समाचार छापेको कुरा सुन्नमा आयो तर पत्रिका पढ्न भने पाएनौँ ।
सम्मेलन सकेको केही दिनपछि कर्ण ह्योजू नेपाल कम्युनिस्ट पार्टीको फाराम भर्नुप¥यो भन्दै आए । म फाराम भर्न आतुर भएँ । झी विकास मण्डलको बैठक बोलाएर फाराम भर्ने कुरा सुनाएँ । सदस्य शिवप्रसाद मारिखुले भने, “कुरै बुझ्या छैन पछि मात्रै भरे हुँदैन ?” । धेरै कर गरेपछि चैत्यराज शाक्य, शिवप्रसाद मारिखु, इन्द्र मुनंकर्मी गरी हामीले पार्टी फाराम भ¥यौँ । फाराममा क्रान्तिमा भाग लिनेछु भनेर हस्ताक्षर गर्नुपर्ने व्यहोरा रहेछ ।
प्रगतिशील साहित्य सम्मेलनको आयोजना गर्नुभन्दा पहिले नै म नेपाल–चीन मैत्री सङ्घको काठमाडौँस्थित पुस्तकालयमा जाने गर्थेँ । नेपाल–चीन मैत्री सङ्घका सचिव शान्तदास मानन्धरले अध्ययनको लागि भनेर माओबाट लिखित ‘दर्शनबारे’ द्वन्द्वात्मक भौतिकवाद, लुसुनको निबन्ध, चिंचिंमाईद्वारा लिखित उपन्यास ‘ओयाङ्ग हाई’ जस्ता किताब दिएर पठाउँथे । ती किताब पढे पनि कुनै कुरा बुझ्दैनथेँ । ओयाङ्ग हाई भने राम्रो लाग्थ्यो । ममा ओयाङ्ग हाईको जस्तो उताउलो भावनाको प्रभाव प¥यो । म पनि क्रान्ति गर्न चाहन्थेँ । ओयाङ्ग हाई पात्र जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थेँ । पार्टी फाराम भरिसकेपछि त झन् भोलि नै सशस्त्र क्रान्तिमा जान पाउने भो भन्नेमा म ढुक्क भएँ । ममा वर्गीय ज्ञान र सैद्घान्तिक ज्ञान थिएन मात्र भावना थियो ।
त्यसैबेलादेखि भनपा ४ हाल १० वडामा नेपाल कम्युनिस्ट पार्टीको प्रारम्भिक समितिको गठन भएको थियो । त्यसभन्दा अगाडि पार्टी समिति थियो या थिएन थाहा भएन तर कम्युनिस्ट विचारका अग्रजहरू भने थिए । तर, अग्रज किसानहरू साक्षर भने थिएनन् ।
‘झी विकास मण्डल’ को नामबाट गतिविधि गर्न थाल्यौँ । प्रौढ कक्षा सञ्चालन, बिरामीलाई अस्पताल पु¥याउने, आफूहरूले लगेका बिरामीको कुरुवा बस्नेजस्ता कामहरू हामी गथ्र्यौँ । झी विकास मण्डलको कोषमा रहेको केही रकम बिरामीको औषधि किन्नमा पनि प्रयोग ग¥यौँ । किसान सङ्गठन भने वडामा बलियो थिएन । किसानहरू खराब व्यक्तिहरूबाट दबाइएका थिए । खराब मान्छेहरू किसानहरूको घरघरमा गई दिउँसोको लागि भनी तयार पारिएका खाजा (रोटी, जाँड, अचार) सबै खाइदिन्थे । किसानहरू त्यसको प्रतिकार गर्न सक्दैनथे । प्रतिकार गरिहाले पिटाइको डर रहन्थ्यो । ती खराब व्यक्तिहरूले एकदिन प्रेम मूलगुठीको बेखाल टोलको एउटा रेस्टुरेन्टको खानेकुरा लुटपाट गरी खाइसकेपछि पसलका मेच, टेबुल, भाँडाकुँडा सबै बेखाल पोखरीमा फालिदिएका थिए । त्यसबेला सङ्गठन कमजोर भएको कारण प्रतिवाद गर्न सकिएन । काठमाडौँको मोतिमान शाक्यले भोलाछेँ टोलमा महाकाली क्लव गठन गरेका थिए । क्लवका खराब व्यक्तिहरूले गुण्डागर्दी गर्थे । किसानहरूको परालको कुन्यूमा आगो लगाइदिन्थ्यो । आ–आफ्नो घरको आँगनमा जम्मा भएर सिलु, मालश्री नेवारी लोकगीत मनपरि गाइरहन्थे दिदी, बहिनी र भाउजूहरूलाई फोहोर कुरा गरेर जिस्क्याउने गथ्र्यो । त्यहाँदेखि गीत गाउने चलन हराउँदै गयो । उनीहरूले झी विकास मण्डलका साथीहरूलाई बाटोमा पिट्न थाले । बेलुका घरबाहिर जान डर हुन थाल्यो । अति नै भएपछि हामी प्रतिवाद गर्न बाध्य भयौँ । त्यस्तै सङ्घर्षमा चैत्यराज शाक्यले एउटा आँखाको दृष्टि गुमाउनुप¥यो । यो कुरा आजसम्म गोप्य राखियो । कसैलाई थाहा दिइएन । स्थानीय युवा किसानहरूको बिस्तारै सङ्गठन बलियो हुन थाल्यो । महाकाली क्लवका गुण्डाहरूले बेखाल, मूलढोका क्षेत्रका घरहरूको झ्याल ढोका फोर्दै हमला गरे । यो क्रम दिनप्रतिदिन बढ्दै गयो । पछि महाकाली क्लव सीडीओ कार्यालयबाटै सञ्चालित रहेको कुरा बाहिर आयो । भर्खर भर्खर विकास हुन थालेको सङ्गठनका साथीहरू अगाडि बसेर प्रतिवाद गर्दा सङ्गठनात्मक हिसाबले नोक्सान हुने देखेर सङ्घर्षमा अगाडि नजान अनुरोध गरियो । आमूल परिवर्तनका लागि जागरण ल्याउनुपर्ने समयमा जागरणको कलिलो बिरुवा बचाउनु नै स्थानीय पार्टी समितिको पहिलो प्राथमिकता बन्यो ।
त्यही समयमा प्रतिवाद गराउनकै लागि गणेशबहादुर खत्रीका भिसिँचा फै र त्यसको टोली सहयोग गर्न अगाडि सरे । गणेशबहादुर खत्री जनविरोधी पञ्च थिए । त्यसको टोलीले सहयोग गर्ने भनेपछि साथीहरूलाई प्रतिवादमा नजान अनुरोध ग¥यौँ । खासमा उनी हाम्रो शक्ति जाँच्न खोज्दै थिए । हाम्रा साथीहरू ‘यस्तो अवसरमा पनि प्रतिवाद नगरे कहिले गर्ने’ भनेर अगाडि सरे । क्वाठण्डौ टोल र बेखाल टोलका युवाहरू सङ्घर्ष गर्न अगाडि बढे ।
चैत्यराज शाक्य र म भने दोधारमा प¥यौँ । साथीहरूसँगै नहिँडे साथीहरू छुट्ने डर भो । हामी अल्पमतमा प¥यौँ । पञ्चहरूले उक्साएको प्रतिरोध पञ्चहरूसँगै हुन थालेपछि हामीलाई दबाउने निश्चित थियो । साथीहरूले छोडेपछि नयाँ सङ्गठनहरू बिग्रिने डर भयो । त्यसैले षड्यन्त्रकारीको षड्यन्त्र थाहा पाउँदा पाउँदै पनि साथीहरूसँगै प्रतिकारमा जान बाध्य भयौँ । क्वाठण्डौदेखि जोसिँदै क्वाठण्डौबाट थाथला, थाथलाबाट याताछेँ, याताछेँबाट थालाछेँमा भिड्न साथीहरू गए । अगाडि कराउँदै हिँडेका बेखालका साथी हरिगोविन्द राजचललाई शत्रुहरूले च्याप्प समातेर लगे ।
पछि झगडा साम्य भयो । प्रारम्भिक समितिका सदस्यहरूले निरन्तर जनताको बिचमा काम गर्न थाले । पछि खराब व्यक्तिहरू कमजोर हुँदै गए ।
पार्टीबाट सिकेका केही अनुभवहरू
१) हामीमा जातीय होइन वर्गीय दृष्टिकोण हुनुपर्छ । जातीय दृष्टिकोण प्रतिक्रियावादी दृष्टिकोण हो ।
२) गलत कामको सधैँ आलोचना गर्नुपर्छ । आफ्नो मान्छे, आफ्नो साथी भनेर गलत कामको विरोध नगर्नु उदारवाद हो । हामी उदारवादी हुनुहुँदैन । उदारवादको विरोध गर्नुपर्छ
३) पार्टीमा काम गर्नु व्यक्तिगत स्वार्थपूर्तिका लागि नभई देश र जनताको हितको लागि गर्नुपर्छ ।
४) आफ्नै मात्र स्वार्थ पूरा गर्न चाहनेले पार्टी त्याग्नुपर्छ । पार्टीको नाममा आफ्नो स्वार्थ पूरा गर्नु हुँदैन ।
५) हरेक कार्यकर्ताको व्यवहार राम्रो हुनुपर्छ । जनताको अगाडि धाकधम्की लगाउनु हुन्न । जनताको सेवा गर्नुपर्छ । जनताको सेवा गर्नु भनेको जात विशेषको सेवा गर्नु होइन ।
६) शत्रुको अगाडि नझुक्ने, शत्रुलाई कडा र मित्रलाई नरम व्यवहार गर्न सिक्नुपर्छ ।
७) शत्रुलाई पनि आफ्नो पक्षमा अथवा राम्रो बाटोमा ल्याउन प्रयत्न गर्नुपर्छ ।
८)सिद्धान्तलाई व्यवहारमा ढाल्न सक्नुपर्छ ।
९) पुँजीपतिवर्गबाट आएका कुनै कुनै व्यक्तिमा सर्वहारा दृष्टिकोणबाट शिक्षित भएको हुन्छ भने त्यसलाई हामीले सम्मान गर्नुपर्छ ।
१०) शोषितवर्गभित्र पनि कुनै कुनै व्यक्ति पुँजीवादी दृष्टिकोण भएको हुन्छ । त्यसलाई शोषकवर्गकै खेमामा राख्नुपर्दछ ।
११) जनताको समस्या बुझ्ने र त्यसको समाधानको लागि उपाय खोज्नु नै जनताको बिचमा रहेर काम गर्नु हो ।
१२) सर्वहारावर्गको कुनै देशको सीमा रेखामा सीमित हुँदैन । संसारभरका सर्वहारावर्गको एउटै आवाज हुन्छ । बलियो राष्ट्रले कमजोर राष्ट्रमाथि थिचोमिचो गरेमा अथवा जुनसुकै देशका जनतामाथि थिचोमिचो गरेमा विरोध गर्नुपर्छ । यो सर्वहारा अन्तर्राष्ट्रवाद हो । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् ।
१३) हामी राष्ट्रभक्त होइन देशभक्त हुनुपर्छ ।
(भनपा वडा नं. १० को वडा पार्टी सम्मेलनमा व्यक्त लिखित मन्तव्य –सं)
राजनैतिक कार्यकत्र्ताहरुले पढ्नु पर्ने एउटा रोचक र ऐतिहासिक दस्तावेज….(आख्यान शैलीमा)