भर्खरै :

अर्थमन्त्री र प्रधानमन्त्री जिम्मेवार छैनन् !

अर्थमन्त्री र प्रधानमन्त्री जिम्मेवार छैनन् !

देशको अर्थतन्त्र चरम दुर्गतिमा छ । यसो हुनुमा मूलतः प्रधानमन्त्री र अर्थमन्त्रीहरू नै पूर्ण जिम्मेवार छन् । नीति निर्माण गर्ने मनोनीतहरूको जिम्मेवारी देखिन्छ । यी गल्ती र कमजोरीविरूद्ध ठोस कारबाही भएको देखिँदैन । प्रधानमन्त्री र अर्थमन्त्रीहरू दुर्गति र अगतिको पक्षमा किन उभिन्छन् ? त्यसले धेरै कुरा देखाउँछ । राम्रो काममा जस पनि तिनीहरूले नै पाउँछन् । चुनावको बेला र पार्टीको महाधिवेशनको बेला ठेकेदार, व्यापारी, उद्योगी, माडवारी, कालाबजारी र अपराध गर्नेहरूबाट ठुलठुला रकम जम्मा गरेर संसद्मा बहुमत पु¥याउने चेष्टा गरिरहेको हामी देख्छौँ । उनीहरूको संसद्मा सजिलो बहुमत वा ऐनकेन प्रकरण बहुमत पु¥याउने ध्याउन्न हुन्छ । बजारमा मालसामानको भाउ बढेमा कमसल माल वस्तु र नक्कली सामान आयात हुने गर्छ । खाद्यान्नले समाजमा रोग बढेको र विकृति बढेको स्पष्ट देखिन्छ । नेपालमा बहुदल आएपछि डा. रामशरण महत धेरैपल्ट अर्थमन्त्री भए । उनले हरेक निर्वाचन क्षेत्रबाट २०० का दरले विदेशमा नेपाली युवकलाई ज्यामी बनेर पठाए । हाल कैयौँ मान्छे करोडपतिबाट अरबपति भए । नयाँ गल्लावाल म्यानपावर कम्पनीहरूले बेहोर्ने आवतजावतको रकम खल्तीमा हाले । विदेश जाने युवाहरूसँग आवतजावत रकम र ज्यामीको रूपमा पठाएका कारण प्रत्येक युवाले आम्दानीको एक ठुलो रकम ती पठाउनेहरूले हात पार्थे । यस्तै, अपराधीहरूले देश, विदेश, राजधानी तथा पहाड र तराईमा आकाशचुम्बी मलहरू बनाए ।
अर्थतन्त्र सजिलोसँग कार्यान्वयन हुँदैन !
परिणामस्वरूप नेपालमा खेती किसानी गर्ने युवाशक्ति मात्र घटेन, मलामी जाने र जन्ती जाने युवाहरू गाउँमा पाइन छाडे । यता यी सबै बदमासीको फलस्वरूप नेपाल युवाविहीन अवस्थामा पुग्यो । आज गाउँमा बुढाबुढी र केही केटाकेटी मात्र छन् । युवा शक्तिको पलायनले केटाकेटीको जन्म पनि कम सङ्ख्यामा हुन लागेको छ । यसको फलस्वरूप नेपालीको जनसङ्ख्या हरेक वर्ष घट्दै छ । एउटी आमाले ८/१० वटा नानी पाउँथिन् । अचेल एउटी आमाले एउटा वा दुईवटा भन्दा बढी नानी पाउँदिनन् । यसको परिणाम अहिले जताततै खोलेका १०ं२ र त्यसमाथि पढ्ने विद्यार्थीको सङ्ख्या केही समयपछि ह्वात्तै घट्ने सम्भावना देखापरेको छ ।
नेपाली युवाहरूले खेत, खलियान, पाखा एवम् निर्माण कार्य र मर्मत गर्ने काममा युवाहरू पाइँदैनन् । स–साना हस्तकला र अर्धयान्त्रिक कलकारखानामा समेत मजदुर पाइन छोड्यो । स्कूल, कलेजमा असल शिक्षक पाइन छाड्यो । के यो अर्थमन्त्री र प्रधानमन्त्रीको सफलताको परिसूचक हो ? जब स्रोत नै साँघुरो हुन्छ, त्यसबाट विकासको प्रवाह कसरी अनुकूल हुन्छ र ? गाउँका कुटीर उद्योगहरूमा युवाहरू पाइन छाडे । फलस्वरूप कृषि उत्पादन कार्य, निर्माण कार्य र उद्योगहरू मात्र सुकेनन्, स्कूल र कलेजमा पढ्ने केटाकेटीको सङ्ख्या पनि क्रमशः घट्दै गयो । के यही हो योग्य प्रधानमन्त्री र अर्थमन्त्रीको परिश्रमको परिणाम ? पदमा पुगेपछि धेरै कमाउने रोगले नेताहरूलाई ग्रस्त पार्दै छ ।
टाठाबाठाले देश बिगारे !
नयाँ गल्लावाल म्यानपावर कम्पनीहरूले बेहोर्ने आवतजावतको रकम आफ्नो खल्तीमा पार्ने रोगले प्रायः सबै एजेन्टलाई वशीभूत गरेको छ । विदेश जाने युवाहरूसँग आवतजावत रकम र ज्यामी पठाएको कारण प्रत्येक युवाको निश्चित एक ठुलो भाग पाउने नियमले गर्दा केही लाख जालीफटाहा र म्यानपावरका मालिकहरू सम्पन्न भए । यस्तै अपराधीहरूले देश–विदेशका राजधानी र तराईका सुविधा सम्पन्न ठाउँहरूमा विशालकाय, गगनचुम्बी महलहरू बनाएर ती महलमा सुविधा सम्पन्न होटल चलाएर कमाइमाथि कमाइ थुपारिरहेका छन् । के के जाली फटार्इँ गर्छन्, यिनलाई कानुनले आफ्नो पकडमा लिन सकेको छैन । को अर्थमन्त्री हुँदा तीनखम्बे अर्थनीति अवलम्बन गरियो तर परिणाममा सकारात्कता देखिएन । खाली केही लाख जालीफटाहा र म्यानपावरका मालिकहरू सम्पन्न भए । यस्तै अपराधीले देश भरिन लाग्यो । देश स्वर्ग र जनता सम्पन्न हुन्छन् भन्ने झूटो नारा दिएर सोझा नेपालीलाई पथभ्रष्ट गराए । भरतमोहन अधिकारीको तीनखम्बे नीति लामखुट्टेबाट बच्न झूल हालेर सुत्ने औषधि नै साबित भयो । प्रकाशशरण महत अर्का चर्चित अर्थमन्त्री बने । अन्धो समाजमा कानो राजाजस्तै साबित भए । देशको अर्थतन्त्र माथि उठाउने र आर्थिक सङ्कटलाई किनारा लगाउने भन्ने नारा केबल नारामै सीमित भयो । नाराले मात्रै देश बन्ने भए यस्ता नारा लगाउने मान्छे धेरै पाइन्थे । तर, नाराले मात्र देश बन्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *