साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
हिन्दू धर्मका महत्वपूर्ण धर्मग्रन्थहरूमा महर्षि वेदव्यासद्वारा रचित महाभारत महाकाव्य पनि एक हो । यसमा पाण्डव कौरवहरू अर्थात् कुरु वंशभित्र घटेका विभिन्न घटनाहरूबारे वर्णन गरिएको छ । महाभारत भनेबित्तिकै युद्ध अर्थात् पाण्डव र कौरवहरूबिचको भयड्ढर युद्ध र त्यसमा भगवान् कृष्ण र कौरवहरूका मामा शकुनीको नीतिगत चालबाजीहरूलाई हामी सम्झिन्छौँ । तर, यस ग्रन्थमा एक सामान्य निशाद जातिका भनिने एकलव्यबारे पनि केही चर्चा गरिएको हामी पाउँदछौँ । यसमा मात्र होइन अर्काे धर्मग्रन्थ रामायण महाकाव्यमा पनि भगवान् रामका सहयोगीका रूपमा निशादराज गुहाबारे वर्णन गरिएको छ । त्यतिखेर निशादहरूलाई जङ्गलमा बस्ने सिकारी, माझी, पहाड चढ्न सिपालु पर्वतारोही आदिको समूहका रूपमा लिइन्थ्यो– हाम्रोमा पाइने राउटे, चेपाङ आदि भनेजस्तै । तत्कालीन वर्णाश्रम व्यवस्थाअनुसार यिनीहरू ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र कुनै पनि वर्णका पर्दैनथ्यो । जङ्गलमा बस्ने र परिश्रम गरेर जीविका धान्ने गरी खाने वर्गका थिए निशादहरू । निशादहरूको समूहमा नाइके पनि हुन्थे । त्यो नाइकेलाई आफ्नो राजाकै रूपमा मान्ने गर्थे । त्यसैले, उनलाई निशादराज भन्ने गर्थे । महाभारत महाकाव्यमा वर्णन गरिएअनुसार जङ्गलमा सिकार गरी खाने धनुर्धारीहरूको एक समूहका नाइके थिए जसलाई निशादराज हिरण धनुष भनिन्थ्यो । निशादराज हिरण धनुषका धर्म पुत्र थिए, एकलव्य । हस्तिनापुर नजिकैको एक जङ्गलमा उनीहरू बस्दै आएका थिए । एकलव्यको बाल्यकाल हिरणधनुषकै संरक्षकत्वमा बितेकाले एकलव्य पनि निशादहरूकै वर्गमा गनिए । बाल्यकालदेखि नै उनी परिश्रमी, इमानदार, लगनशील एवम् महत्वाकाङ्क्षी थिए ।
महाभारत महाकाव्यमा वर्णन गरिएअनुसार कुरु वंशका युधिष्ठिर, भीमसेन, अर्जुन, नहकुल, सहदेव, दुर्याेधन, दुशासन आदि सयौँ राजकुमारहरू राजधानी हस्तिनापुर नजिकैको एक जङ्गलमा गुरु आचार्य द्रोणको गुरुकुलमा विभिन्न शास्त्र र शस्त्रसम्बन्धी विद्या आर्जन गर्दै थिए । यी राजकुमारहरूले आचार्य द्रोणबाट धनुर्विद्या सिक्दै गर्दा एकलव्यले पनि देखे । उनलाई तत्कालै धनुर्विद्या आचार्य द्रोणबाट सिक्ने प्रबल इच्छा भयो । त्यसैले, आचार्य द्रोणको आश्रममा गई आफूलाई पनि शिष्यको रूपमा स्वीकार गरी धनुर्विद्या सिकाउन एकलव्यले अनुरोध गर्दा आचार्यले राजकुमारहरू वा क्षेत्रीहरूलाई मात्र आफू सिकाउने गरेको र एकलव्य निशादवर्गको भएकोले उनलाई शिष्यको रूपमा अस्वीकार गरे । जङ्गलमा बसी हुर्की आएका एकलव्यलाई खिसीटिउरी गर्ने, गिज्याउने पनि गरियो । सम्पन्न शिष्यहरूको अगाडि बिचरा एकलव्यको हालत खराब भयो । आफ्नो मुन्टो निहुराउँदै उनी फर्किए । तर, उनको इच्छा मरेन बरु झन् बढ्न थाल्यो । हावा, घाम, पानी, माटो, गाँस, बास, कपास र स्वास्थ्यजस्तो प्राकृतिक वस्तुहरूमा जसरी सबै प्राणीहरूको हक लाग्छ त्यस्तै मानव जातिको लागि शिक्षामा पनि हक लाग्छ । यो तथ्यलाई गुरुसमक्ष स्पष्ट पार्न एकलव्यले कहाँ सक्थ्यो र ?
एकलव्य लगनशील, दृढ निश्चयी एवम् महत्वाकाङ्क्षी थिए । द्रोणाचार्यले आफ्नो शिष्य पाण्डव तथा कौरव कुमारहरूलाई धनुर्विद्या सिकाउँदै गर्दा उनीहरूले नदेख्ने गरी लुकीलुकी आश्रममा हुने सबै शिक्षण एवम् अभ्यासहरू एकलव्य हेर्ने गर्थे । अनि आफ्नो निवास स्थलमा आई गुरु आश्रममा हुने सबै गतिविधिको नक्कल गर्दै अभ्यास गर्थे । तत्कालीन समाजमा कुनै पनि विद्या सिक्न एक गुरुको अनिवार्य आवश्यकता हुन्थ्यो । त्यसैले, उनले द्रोणाचार्यले टेकेको ठाउँको माटो ल्याई त्यसबाट गुरु द्रोणाचार्यको मूर्ति स्थापित गरी त्यही मूर्तिलाई आफ्नो गुरु द्रोणाचार्य मानी आफ्ना अभ्यासहरू जारी राख्थे । पूर्णरूपले सक्षम नभएसम्म उनले धनुर्विद्यासम्बन्धी आफ्नो अभ्यास जारी राखे । आफूले हेरेरमात्र एक्लैले धनुर्विद्या सिक्ने भन्ने अर्थमा उनको नाम एकलव्य रहन गएको थियो भन्ने गरेको पाइन्छ । दिन, महिना र वर्ष बित्दै गयो । एक दिन आफ्ना पाण्डव कौरव शिष्यहरूका साथ जङ्गलको बाटो हुँदै गुरु द्रोणाचार्य कतै गइरहेका थिए । उनीहरूको अगाडि अगाडि एउटा कुकुर पनि भुक्दै दौडदै थियो । त्यो कुकुर पर पुग्यो तर उनको भुकाइ सुनिएन । गुरु र उनका शिष्यहरू आश्चर्य एवम् सशङ्कित भए कुकुरको भुकाइ नसुनिँदा । केही क्षणपछि उक्त कुकुर गुरु द्रोणाचार्यको अगाडि आयो । तर, आश्चर्य यो थियो कि त्यो कुकुरलाई कुनै कष्ट पीडा पनि भएको थिएन तर भुक्न भने असमर्थ थियो किनभने उनको मुखभरि बाण बाण कोचिएको थियो । यसरी चोटपटक नलाग्ने गरी साथै भुक्न पनि नसक्ने गरी कुकुरको मुखमा बाण हान्न जाने को थिए ? उनीहरू जान्न उत्सुक थिए । यत्तिकैमा एकलव्य त्यहाँ आइपुगे । त्यो कुकुरमाथि आफूले बाण प्रहार गरेको आफूले हो भनी एकलव्यले तिनीहरूलाई बताए । धनुर्विद्यामा यस्तो निपुणता र दक्षता देखेर द्रोणाचार्यलाई आश्चर्य लाग्यो र सशङ्कित पनि भए । किनभने, संसारमा सर्वश्रेष्ठ धनुर्धारी आफ्नो शिष्य अर्जुनलाई बनाउने उनको इच्छा अधुरो त हुने होइन ? किनभने, एकलव्यको दक्षता पनि अर्जुनको भन्दा कम थिएन । आचार्य द्रोण एकछिन सोच्न थाले के गर्ने भनी । गरिखाने निम्नवर्गका एकलव्यको क्षमता र दक्षतादेखि इष्र्या भयो द्रोणाचार्यलाई । चीन र चिनियाँ जनताको विकास र सफलतादेखि अमेरिकालाई चिन्ता भएजस्तै द्रोणाचार्यले कुटीलतापूर्वक सोचविचार गरी यस्तो धनुर्विद्यामा कसरी निपुणता हासिल ग¥यौँ र कुन गुरुबाट सिक्यौँ भनी एकलव्यसँग प्रश्न गरे । आफ्ना बस्तीको छेउकै एक उपयुक्त स्थलमा माटोबाट गुरु द्रोणाचार्यको मूर्ति बनाई गुरुको रूपमा त्यस मूर्तिलाई स्थापित गरी गुरुले राजकुमारहरूलाई धनुर्विद्या सिकाउँदै गर्दाका सबै दृश्यहरू लुकीलुकी हेरी सोहीअनुसारको अभ्यास आफ्नो ठाउँमा आई गुरुको माटोको मूर्ति अगाडि आफू एक्लैले गर्दागर्दै सिकेको जानकारी एकलव्यले दिए । कुरा सुन्दा गुरुलाई सा¥है इष्र्या र डाह भयो । द्रोणाचार्य आफ्नो शिष्य अर्जुनभन्दा एकलव्यलाई कुनै पनि हालमा कमजोर पार्न चाहन्थे । त्यसैले माटो मूर्तिकै रूपमा भए पनि एकलव्यले आफूलाई गुरु मानी धनुर्विद्याको अभ्यास गरी दक्षता हासिल गरेकोले त्यतिखेरको परम्पराअनुसार द्रोणाचार्यले एकलव्यसँग गुरुदक्षिणा मागे । त्यतिबेलाको गुरुकुल पद्धतिअनुसार शिक्षा हासिल गर्ने शिष्य अर्थात् विद्यार्थीले आफ्नो दीक्षान्त समारोहपछि गुरुकुलबाट बिदा भई आ–आफ्नो निवासमा परिवारमा फर्किँदा गुरुले मागेअनुसारको गुरुदक्षिणा दिनुपथ्र्याे । अहिलेका विद्यार्थीहरूले आ–आफ्नो शिक्षण संस्थामा शिक्षण शुल्क तिरेजस्तै ¤ त्यो गुरुदक्षिणा नगद, जिन्सी वा कुनै पनि खालको काम (जुन गुरुले अ¥हाएको हुन्छ) हुनसक्थ्यो । गुरुको आज्ञा पाउने बित्तिकै गुरुको चरणमा पर्दै एकलव्य आफूले सिकेको कुनै पनि वस्तु दिन वा काम गर्न तत्पर रहेको बिन्ती गरे । तत्पश्चात् एकलव्यलाई धनुर्विद्यामा अर्जुनभन्दा कमजोर पार्न एकलव्यको दाहिने हातको बुढी औला गुरुदक्षिणाको रूपमा आफूलाई दिन गुरु द्रोणाचार्यले मागे । बिना कुनै हिच्किचाहत एकलव्यले तुरुन्तै आफ्नो दाहिने हातको बुढी औँला काटेर गुरुको चरणमा राखिदिए । गुरु द्रोणाचार्य मनमनै अब अर्जुनको सर्वाेच्चतामा कुनै बाधा आउँदैन भनी ढुक्क भए । एकलव्यलाई पाण्डव र कौरवबिचको सम्भावित महाभारत युद्धसित कुनै लेनदेन थिएन । अर्जुनसँग जोरी खोज्नु पनि उसको लागि आवश्यक थिएन । तर, उनले बुढी औँला नभए पनि बाण हान्ने अभ्यास जारी नै राखे र दक्षता पनि हासिल गरे । एउटा राम्रो धनुर्विद्यामा उनी गनिए नै । धेरै समयपछि भगवान् कृष्णको जन्मस्थल मथुराको विषयलाई लिएर युद्ध हुँदा उनको सुदर्शन चक्रको प्रहारबाट एकलव्यले वीरगति प्राप्त गरे । एकलव्यकी पत्नी सुवर्ण नामकी एक राजकुमारी थिइन् । उनीहरूको केतु मन नामका एक पुत्र र अबन्तिका नामकी एक पुत्री पनि थिई । गुरु भक्ति र गुरु दक्षिणाको कतै चर्चा हुँदा कुनै पनि बेला सबैले सम्झिने एक प्रमुख पात्रको रूपमा एकलव्य अमर भए ।
महाभारत महाकाव्यका एक पात्र एकलव्यको कथाबाट हामीले के बुझ्नुपर्दछ भने तत्कालीन वर्णव्यवस्थामा आधारित समाजमा सबैखाले शिक्षा सबैको पहुँचमा थिएन र सबै योग्य पनि मानिँदैनथ्यो । जातपात उचनीच छुवाछुत सबै कुरीतिहरूको बोलवाला थियो । हुन त एकलव्य पनि निशाद गणका प्रमुख हिरण धनुषका धर्मपुत्र थिए । उनका उत्तराधिकारी थिए एकलव्य । तर, निशादहरू जङ्गलमा बसी सिकारी जीवन बिताउने र कविलामा बस्ने गर्थे । त्यसैले, एकलव्य पाण्डव कौरव राजकुमार क्षेत्रीहरूको समकक्षीमा गनिएन । अतः द्रोणाचार्यको आश्रयमा बसी धनुर्विद्या सिक्न एकलव्यलाई अयोग्य भनियो ।
अहिले हाम्रो देशमा पनि सबैखाले शिक्षा सबै नेपाली जनताको पहुँचमा छैन । गरिखाने थुप्रै गरिबका सन्तानहरू गरिबकै कारणले अध्ययन गर्नबाट सामान्य खालको शिक्षा पाउनबाट समेत वञ्चित भएका छन् । गाउँघरका कति विद्यार्थीहरू विद्यालयसम्म पुग्न थुप्रै भौगोलिक समस्याहरू भोग्न बाध्य छन् । उच्च र विशिष्ट एवम् प्राविधिक शिक्षा अहिले पनि गरिबका छोराछोरीको पहुँचमा छैन । भई हालेका विद्यालय महाविद्यालयहरूमा पनि गरी खाने गरिबका सन्तानहरूले पढ्ने र सम्पन्नका सन्तानहरूले पढ्ने पढाउने शैली, परिवेश, अवस्था र सुविधाहरूमा धेरै भिन्नता पाइन्छ । एउटामा अनेक सुविधा पाइन्छ भने अर्काेमा थुप्रै समस्या र आवश्यकताहरू पाइन्छ । तैपनि, हामी गरिखाने गरिब विपन्नवर्गका विद्यार्थीहरूले आफ्नो इच्छा र उद्देश्यलाई मार्नुहुँदैन । अनन्त प्रयास, लगनशीलता र अभ्यासद्वारा एकलव्यले जस्तै हामीले पनि शिक्षा, दक्षता र निपुणता प्राप्त गर्न सक्दछौँ भन्ने तथ्यलाई बुझ्नुपर्दछ ।
Leave a Reply