वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
प्रत्येक निर्वाचनमा ठुला भनिने राजनीतिक दलहरूले स्थानीय तह र प्रतिनिधिसभामा जित्ने सङ्ख्यामा धेरै हेरफेर हुन्छ । सरकारले देश र जनताको पक्षमा काम नगरेको कारण जनताको विश्वास जित्न नसकेको हो । जनताको विश्वास जित्न नसकेकै कारण कुनै एउटा दलले बहुमत प्राप्त गर्न नसकेको हो । एक समय ठुलो दल बनेको माओवादी केन्द्र अहिले तेस्रो दल बनेको छ । नेका र एमाले पनि कहिले पहिलो त कहिले दोस्रो ठुलो दल बनेको दृष्टान्त छ । ती दलले सरकारमा बस्दा होस् या नबस्दा देश र जनताको निम्ति सेवा गरेका भए उनीहरूप्रति जनताको विश्वास स्थायी हुन्थ्यो । त्यही कारण गठबन्धनको सरकार बनाउन बाध्य भएको हो; भागबन्डाको राजनीति गर्न पुगेको हो । भागबन्डाको राजनीतिले क्षमता, योग्यताभन्दा प्रतिनिधिको हिसाबले मन्त्री राख्नुपर्ने या अरू कुनै व्यक्ति राख्नुपर्ने स्थिति देखियो । योग्य र सक्षम नभएका मन्त्री या उच्चपदस्थ व्यक्तिले गर्ने काम कसरी गतिलो हुन्छ ?
विकासमा नेपाल पछि पर्नुको कारण सत्तासीन दलका नेता तथा प्रधानमन्त्रीहरूको अदूरदर्शिता पनि हो । देश बनाउनेप्रति उनीहरूको चिन्ता र चासो व्यवहारमा देखिएको छैन । गठबन्धनको सरकार सिद्धान्त र विचारको आधारमा बनेको हुँदैन । भिन्न भिन्न विचारको दलको प्रतिनिधित्व हुने सरकारको निश्चित दिशा हुँदैन । ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि’ भनेझैँ छ्यासमिस भइरहेको छ । सरकार एकातिर आफ्नो दलको घोषणापत्र या प्रतिबद्धता पत्र लागु गर्दैन भने अर्कोतिर जनताको पीडा, दुःख या समस्या बुझ्नै चाहँदैन । शासक दल या ठुला भनिने दलले सामन्त, पुँजीपति, जालीफटाहाहरूको प्रतिनिधित्व गर्ने भएकोले श्रमजीवी, उत्पीडित जनताको समस्या हेर्ने कुरै भएन । जुन दलले जुन वर्गको प्रतिनिधित्व गरेको छ, त्यस वर्गको मात्र सेवा गरेको हुन्छ । कम्युनिस्ट पार्टी भन्ने दलले श्रमजीवीवर्ग या बहुमत जनताको सेवाको निम्ति राजनीति गर्नुपर्ने हो । बहुमत जनताको सेवा पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने पुँजीवादी व्यवस्थाले गर्दैन । बहुमत जनताको सेवा गर्ने व्यवस्था ल्याउन सामन्त या पुँजीपतिवर्गको व्यवस्था फाल्नुपर्छ । पुँजीवादी व्यवस्था फाल्ने उपाय पुँजीवादी निर्वाचन होइन वर्गसङ्घर्ष हो; वर्गसङ्घर्षले मात्र पुँजीवादी व्यवस्था फाल्न सक्छ । कम्युनिस्टहरूले पुँजीवादी व्यवस्था फाल्नको निम्ति जनतालाई सैद्धान्तिक र वैचारिकरूपमा प्रशिक्षित गर्नुपर्ने हो; सचेत र सङ्गठित गर्नुपर्ने हो । के सरकारमा पुगेका कम्युनिस्टहरूले यो भूमिका निर्वाह गरिरहेका छन् ?
कम्युनिस्ट पार्टी पनि भन्ने अनि कम्युनिस्ट पार्टीको उद्देश्य या सिद्धान्त र विचारअनुसार पनि काम नगर्ने कस्तो कम्युनिस्ट पार्टी ! वर्गसङ्घर्षलाई विश्वास नगर्ने कस्तो कम्युनिस्ट पार्टी ! श्रमजीवीवर्ग या बहुमत जनताको पक्षमा सेवा नगर्ने दल कसरी कम्युनिस्ट पार्टी हुन्छ ? हरेक राजनीतिक दल सिद्धान्त, विचार या दर्शनको आधारमा चल्छ । तर, यहाँ शासक दलहरूको सिद्धान्त र विचार एकातिर काम अन्ततिर भइरहेको छ । शासकहरूको राजनीति छलछामको राजनीति भइरहेको छ । छलछामको राजनीति गरेर देश कसरी समृद्ध हुन्छ ? कम्युनिस्ट भनिने दलले या त कम्युनिस्ट पार्टीको विचारअनुसार राजनीति गर्नुपर्छ या त कम्युनिस्ट पार्टीको लाइन छोड्नुपर्छ । देशका सर्वसाधारण जनतामाझ झूटको राजनीति गर्ने दल सद्दे दल हुनेछैन । त्यस्तो दलले जनताको समस्या समाधान गर्नेछैन न त देशको लागि आवश्यक पूर्वाधारहरू नै तयार गर्नसक्छ । त्यस्ता दलले देश हाँकेर कसरी प्रगति गर्छ ? अतः देश विकास नहुनुमा सरकारमा गएका दलहरू नै दोषी छन् ।
सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन । राजनीतिक अपराध बढेको छ । अपराधजन्य कार्य मुलुकको लागि घातक बनिरहेको छ । गठबन्धन सरकार व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्ने भ¥याङ बनेको छ । गठबन्धनभित्रका दलहरूमाझ विश्वासको सड्ढट छ; उनीहरू एकले अर्कोलाई शड्ढाले हेर्छन् । यस्तै यस्तै सड्ढटको खडेरीले गर्दा माओवादीको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको हो र नेका सम्मिलित एमालेको नेतृत्वमा सरकार बन्न लागेको हो । अब बन्ने सरकारलाई ‘राष्ट्रिय सरकार’ नामकरण गरे पनि, दुई ठुला दल सम्मिलित सरकार भए पनि त्यो सरकारले पनि बहुमत या श्रमजीवीवर्गको पक्षमा काम गर्नेछैन । उनीहरूबिच कुनै कारण या विषयमा एक अर्काको स्वार्थ बाझिएमा कुनै दिन सरकारको नेतृत्व परिवर्तन हुनसक्छ । यसरी शासक दलका नेताहरूले जहिल्यै आशड्ढा र त्रासको घेरामा रहेर देश र जनताको लागि कसरी काम गर्छन् ? देशमा कसरी सुशासन कायम हुन्छ या सुशासनको प्रत्याभूति दिन सक्छ ? शासक दलकै नेताहरूले एकले अर्कोलाई धोकेबाज भन्न थालेका छन् । यसरी एकले अर्कोलाई धोका दिनेमा तिनै शासक दलहरू परेका छन् । यो देशको निम्ति विडम्बना हो ।
Leave a Reply