युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
समाजवादी गणतन्त्र कामदारवर्गको प्रजातन्त्र हो । देशी विदेशी विखण्डनकारी र हस्तक्षेपकारी शक्तिविरुद्ध देशको अखण्डता कायम राख्ने सङ्घर्षलाई नेमकिपाले निरन्तरता दिइरहेको छ । भूगोल र प्राकृतिक स्रोत र साधनको आधारमा देशको छिटो विकास गर्न प्रदेशको नामकरण हुनुपर्ने मान्यता नेमकिपाको हो । हरेक प्रदेशले हिमाल, पहाड र तराई पाउने गरी भूगोल वा नदीले कोरेको सीमाअनुसार प्रदेश विभाजन हुनुपर्ने नेमकिपाको सुझाव हो । भूगोल र प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेश निर्माण भए सबै प्रदेशले सन्तुलित विकास गर्न पाउने र सबै जातजाति र भाषाभाषीसँग मिलेर बस्न पाउने नेमकिपाको धारणा हो ।
नेपाल कृषिप्रधान देश हो । कृषिप्रधान देशमा पहिलो प्राथमिकता कृषिलाई दिनुपर्छ । नेमकिपा जोताहा किसानलाई मोहियानी हक तथा भूमिको उचित वितरण हुनुपर्छ भन्ने मान्यता राख्छ । क्रान्तिकारी भूमिसुधारले मात्रै किसान समस्या हल हुन्छ । कृषि उत्पादन बढाउन वैज्ञानिक खेतीको पूर्ण बन्दोबस्त सरकारले गर्नुपर्छ । कृषि उत्पादन घट्नु, कृषिमा नेपाल आत्मनिर्भर नहुनुमा सत्तासीन दलका नेता र प्रधानमन्त्रीहरू नै दोषी छन् । कृषिप्रधान देशमा खाद्यान्न, तरकारी, फलफूल, गेडागुडी, फूल आदि आयात गर्न बाध्य हुनु सरकारको कमजोरी हो । सरकारले कृषि उत्पादन बढाउन आवश्यक पूर्वाधार तयार गर्न सकेन; सिँचाइको व्यवस्था गर्न सकेन; नयाँ नयाँ बीउबिजनको व्यवस्था गर्न सकेन । खेतीपातीको लागि चाहिने मल कारखाना खोल्नु त कता हो कता समयमा रासायनिक मल पनि आपूर्ति गर्न सकिएन । जिल्ला–जिल्लामा कृषि विशेषज्ञ र किसानहरूको सल्लाहमा कृषि विकासबारे योजना सुरु भएन । देशलाई कृषिमा आत्मर्निभर बनाउन पूर्वाधारहरू तयार गरिएन; कृषि अनुसन्धान शाखा खोलिएन । यसकारण, देश परनिर्भर भइरह्यो ।
बहुमत जनता किसान भएको हुँदा किसानको समस्या समाधान नभइकन देशको समस्या सम्भव छैन । नेपाल क्रान्तिकारी किसान सङ्घले स्थापनाकालदेखि नै किसानहरूको हक हितको निम्ति आवाज उठाउँदै आएको हो । देशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने माग नेक्राकिसङ्घको हो । भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन, मोहियानी हक सुरक्षा आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन र अन्य किसान आन्दोलनको थालनी नेक्राकिसङ्घले नै गरेको हो । लाखौँ कमैया, बँधुवा र किसानहरूले मोहियानी हक नपाएरै मोहियानी हक आन्दोलनको थालनी नेक्राकिसङ्घले गरेको हो । त्यस आन्दोलनबाट कति ठाउँमा मोहियानी हक सुरक्षित भयो । त्यही मोहियानी हकबाट किसानहरूले आधा आधा जग्गा प्राप्त गरेका हुन् । यो किसान आन्दोलनको सफलता हो या उपलब्धि हो । किसान आन्दोलन सबै ठाउँमा चर्केको भए, किसान आन्दोलन गर्न सकेको भए यस्तो अधिकार देशभरका किसानले पाउँथे ।
सरकारले खेतीयोग्य जमिनमा सिँचाइको पनि व्यवस्था गर्नुपर्छ । सिँचाइको व्यवस्था नभएर पनि उत्पादन बढाउन सकेको छैन । आकाशको भरमा खेतीपाती गर्दा कहिले अतिवृष्टि हुन्छ त कहिले अनावृष्टि हुन्छ । कहिले सुखा हुन्छ त कहिले अतिवृष्टि भएर बाढी पहिरो आउँछ र बालीनाली नोक्सान हुन्छ । कृषिमा नयाँ नयाँ बीउबिजन र वैज्ञानिक प्रविधिको विकास गर्नुपर्छ र कृषिलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गरी उत्पादन बढाउनुपर्छ । यसरी कृषिमा क्रान्ति ल्याउन सङ्घर्ष गर्नुपर्छ । प्रजग कोरियामा सङ्घर्ष गरेर नै विचारधारात्मक, प्राविधिक र सांस्कृतिक परिवर्तन गरिएको हो । समाजमा विद्यमान सामन्ती संस्कारको ठाउँमा वैज्ञानिक र पुँजीवादी गणतन्त्रको सट्टा समाजवादी गणतन्त्र स्थापना गर्नुपर्छ । विश्वमा भइरहेको शोषितपीडित र उत्पीडित जनताको मुक्ति आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नैतिक समर्थन गर्नुपर्छ र सभाहरू गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाबारे बोध गराउनुपर्छ, देश विदेशको परिस्थिति बोध गराउने र चेतना जगाउने काम गर्नुपर्छ । हरेक प्रकारको शोषण र दमनको विरोध गर्नुपर्छ ।
देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमिकता जोगाउने सङ्घर्षमा भाग लिनुपर्छ । विभिन्न तहका न्यायपूर्ण जनताका आन्दोलनमा साथ दिनुपर्छ । सर्वहारा अन्तर्राष्ट्रिय भावनाअनुसार विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेका अरु देश र जनताको पक्षमा साथ दिनुपर्छ । विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कारविरुद्ध जनजागरण अभियान चलाउनुपर्छ । नेक्राकिसङ्घले यस्ता र यस्तै अन्य गतिविधि गरिरहेको छ । नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवसको अवसरमा अझ बढी गतिविधि गरी किसानहरूलाई सचेत पार्नेछ; त्यो अभियान देशभर पु¥याएर देशमा परिवर्तनको निम्ति बाटो तयार गर्नेछ । २०२५ साल साउन १४ गते स्थापना भएको किसान सङ्घले गरेको योगदानको स्मरण गर्नु समीचीन हुनेछ ।
Leave a Reply