ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू
- बैशाख ८, २०८२
पार्टीका कार्यकर्ताहरूले कम्युनिस्ट पार्टीको नाम राखेर कम्युनिस्टको आचरण त्यागी कलकारखाना विदेशीलाई बेच्नेहरू कहिले पनि कम्युनिस्ट हुनसक्दैनन् । कम्युनिस्टको आचरण त्यागी कलकारखाना विदेशीलाई बेच्नेहरू कहिल्यै कम्युनिस्ट हुनसक्दैनन् । कम्युनिस्टको सरकारले समाजलाई बुद्धिजीवी र शिक्षित बनाई देशको सेवा गर्न प्रेरित गर्नुपर्छ । समाजवादी क्रान्तिसँगै १८ वर्षमै रुस विश्वकै दोस्रो धनी देश बन्न सफल भयो । पुँजीवादले २०० वर्षमा गरेको काम कम्युनिस्ट सरकारले छोटो समयमा सफलता हासिल गरेर संसारलाई देखाइदियो । यसर्थ, कम्युनिस्ट भनेको नाममात्र होइन, काम हो । कम्युनिस्ट को हो, होइन भन्ने कुरा मुखले भनेर हुँदैन काम र व्यवहारले देखाउन सक्नुपर्छ । माओवादी र एमाले भाइ काङ्ग्रेस भएको हुँदा ती पार्टीको सरकार कामदार जनताको पक्षमा काम गर्न सक्दैन ।
नेपाली काङ्ग्रेस र एमालेको संयुक्त सरकार छ अहिले । यो सिद्धान्ततः नहुने कुरा हो । संसदीय दलमा सबभन्दा ठुलो पार्टीले सरकार बनाउँछ र सञ्चालन गर्छ । दोस्रो ठुलो दल प्रतिपक्षमा बस्छ । हामीले बुझेको कम्युनिस्ट यही हो तर नेपालमा दुई ठुला दल पार्टीको सरकार बन्छ । तेस्रो ठुलो दल प्रतिपक्षमा बस्छ । यसरी कसरी सरकार र देश चल्छ ? अहिले बनेको काङ्ग्रेस र एमालेको संयुक्त सरकारको नेतृत्व गर्ने र दोस्रो ठुलो दलले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने मान्यता संसदीय व्यवस्थाको हो, तर यहाँ यो मान्यता ठाडै उल्लङ्घन गरिएको छ । यसरी पनि कम्युनिस्ट भइन्छ र ? कम्युनिस्ट हुन्छु भन्न सजिलो छ तर वास्तवमा कम्युनिस्ट हुन त्यति सजिलो छैन । यो कुरा बुझौँ ।
यो सरासर झूटो हो !
राजनीतिक कार्यकर्ताहरूले सुसंस्कृत समाज बनाउन सचेत नागरिकको भूमिका निर्वाह गर्नुपर्छ । तर, नेपालका कम्युनिस्ट पार्टीहरूले यो भूमिका निर्वाह गरेका छैनन् । अगाडिको ठुलो भाग हेर्छन् र त्यसैमा लोभ गर्छन्, झिङ्गाले महको लोभ गरेझैँ ! नेपाल मजदुर किसान पार्टीले सरकारमा गएका पार्टीहरूलाई कडा निगरानी र आलोचना गर्नुपर्छ । त्यही पनि कम्युनिस्ट पार्टीहरू नामका छन् कामका छैनन् । नामले मात्रै हुने भए निरक्षर नागरिकलाई पनि भारी विद्वान भने भैगो । भारी विद्वान भन्दैमा निरक्षर नेपाली वा निरक्षर मान्छे कहिले पनि विद्वान हुनसक्दैन । विद्वान हुनको निम्ति त विद्वता चाहिन्छ । बिनाविद्वता कोही पनि विद्वान हुनसक्दैन । यो कुरा हामी माथिल्ला तहमा बसेका कार्यकर्ताहरूलाई सगुनरूपमा बुझाउन सक्नुपर्छ ।
भ्रष्टाचारी, दुराचारी, अनाचारीहरूलाई आजका जस्ता सरकारहरूले कारबाही गर्न सक्दैनन् । त्यसो भनेर अत्याचारी, दुराचारी एवं भ्रष्टाचारी उम्कने बाटो हुनुहुँदैन । प्रमाणको मिति हुँदैन । प्रमाण भनेको प्रमाण नै हो । प्रमाण जहिले पनि प्रमाण नै हुन्छ । त्यो कुरा राजनीति चेत भएका सबैले कदेखि ङसम्म बुझ्नुपर्छ । कार्यकर्ताले नै यस्ता कुरा बुझेनन् भने अरूले बुझ्ने सम्भावना झनै कम हुन्छ । यसैले, हामी कम्युनिस्टहरूको आचरणको बडो गम्भीरतासाथ मूल्याङ्कन हुनुपर्छ । बिनाआचरणको कम्युनिस्ट वास्तवमा कम्युनिस्ट हुनसक्दैन । अहिले नेपालमा र संसारको कति देशमा पनि नामको कम्युनिस्ट, कामको अकम्युनिस्ट धेरै छन् । त्यताबाट क्रान्तिको अपेक्षा गर्नु मुसामा सिङ पलाएको भने हुन्छ किनकि मुसामा कहिल्यै सिङ पलाउँदैन । एक थरी मान्छेहरू कम्युनिस्टको सिद्धान्त बुझ्दै नबुझी कम्युनिस्ट भएको भन्छन् । यो सरासर झूटो हो ।
आजको खाँचो
कम्युनिस्ट हुन्छु भन्न सजिलो छ । वास्तवमा कम्युनिस्ट हुन त्यति सजिलो छैन । बाहिरबाट हेर्दा कम्युनिस्ट जस्तो देखिने र भित्र पसेर मसिना तरिकाले केलाउँदा अकम्युनिस्ट धेरै कम्युनिस्ट भएका देखिन्छन् तर यस्ता कम्युनिस्टबाट सिन्को पनि भाँचिदैन । तथापि, संसारमा यस्ता कम्युनिस्ट भन्नेहरूको सङ्ख्या सानो छैन । यसकारण, कुनै पनि मान्छेको समग्र चरित्र र व्यवहार कम्युनिस्ट पक्षको छ कि विपक्षको छ, मसिनो तरिकाले हेरेर मात्र त्यस्ता व्यक्तिउपर आफ्नो दृष्टिकोण प्रस्ट पार्नुपर्छ । कम्युनिस्ट हुन सजिलो छैन तर कठिन पनि छैन । इमानदारी, क्रियाशीलता र जनता नै सर्वश्व हो भन्ने चेतना नहुँदासम्म वास्तवमा कम्युनिस्ट हुनसक्दैन । यो कुरा सूक्ष्म तरिकाले बुझ्न सक्नुपर्छ । हाम्रा कम्युनिस्ट नामका ठुल्ठुला पार्टी यो सिद्धान्तको नितान्त विपरीत दिशामा छन् । यो कुरा बुझिएन भने जति काम गरे पनि परिणाम शून्य हुन्छ । परिणाम शून्य हुने काम मूर्खले मात्रै गर्छ । मूर्खको भाउ मूर्खले मात्रै बुझ्छ, विद्वानले बुझ्दैन । विद्वान भनेको विद्वान नै हुनुपर्छ । विद्वता कल्पना गरेर हुँदैन, गम्भीर परिश्रम, अध्ययन एवं अनुसन्धान विद्वत हुनको लागि अनिवार्य सर्त हुन् । ठुलठुला किताब, राम्रो जिल्ला भएका किताब काखी च्यापेर हिँड्नेहरू पनि आफूलाई अरुले विद्वान भनोस् भन्ने चाहन्छन् । विद्वान अरुले भनेर हुँदैन, आफ्नै परिश्रमले हुने कुरा हो । यसर्थ, पार्टी भनेको पार्टी नै हो, पाटी होइन । एकथरी महत्वाकाङ्क्षी मान्छेहरू पाटी र पार्टीमा भेद देख्दैनन् । त्यस्ताबाट वास्तवमा कुनै खँदिलो कुरा हुनसक्दैन । खँदिलो कुराका लागि खँदिलो काम हुनुपर्छ । यो कुरा आजका कम्युनिस्ट हुन चाहने सबैले कदेखि त्रसम्म बुझ्न सक्नुपर्छ । यही नै आजको खाँचो हो ।
Leave a Reply