सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था आवश्यक
- चैत्र ७, २०८१
जीन गाशो
आदरणीय रोबर्ट मुगावे,
संसारका लागि हजुर तानाशाह हुनुहोला, तर मेरा लागि नायक हुनुहुन्छ ।
“आज स्कूलभरि नै मुगावेको चर्चा भयो, शिक्षकहरू मुगावेकै बारेमा कुरा गरिरहेका थिए…” भर्खरै स्कूलबाट फर्किएकी १३ वर्षकी नकाइ, मेरी छोरीले भनी । म ऊनजिकै बसेँ । हामीले जिम्बाब्वेको विषयमा, हजुर कस्तो राष्ट्रपति हुनुहुन्थ्यो भन्ने विषयमा धेरै कुराकानी ग¥यौँ । मेरा विचारहरू सुनेपछि उसले मलाई हेरी र भनी, “मामु, हजुरले यसबारेमा आफ्नो ब्लगमा लेख्नुहोस् । मुगावेको बारेमा मलाई बताएजति सबै लेख्नुहोस् ।”
आज मैले मेरी छोरीको सल्लाह मानेँ । ऊ सन् २००४ अप्रिल १८ मा जन्मिएकी हो । जिम्बाब्वेको स्वतन्त्रता दिवसको दिनमा । हामीले उसलाई सँधै स्वतन्त्रता–बाला मान्दै आयौँ । शायद त्यसैले पो ऊ यो पत्रको उत्प्रेरक भएकी ।
आज हजुरको बारेमा कथाको एउटा मात्रै पाटोलाई बताइँदै छ । निश्चय नै हरेक कथाका दुई पाटा हुन्छन् । त्यसैले संसारले हजुरको बारेमा एकांगी कथा मात्र दोहो¥याउनु न्यायोचित होइनजस्तो लाग्छ, मेरा पूर्वराष्ट्रपति ।
आज हजुरलाई मान्ने म संसारमै एक्ली हुन्छु भनेपनि केही छैन । जिम्बाब्वेमा हुर्कँदै गर्दा मैले केही सिकेकी छु भने मैले भीडको पछि नलाग्ने पाठ सिकेकी छु । त्यसैले म सधैँ एक्लै बसेँ, सोेँचेँ । अझ ती क्षणहरूमा जब सबैजना उन्मादमा थिए । म निकै दुराचारी संस्कार र वातावरणमा हुर्केकी थिएँ । तर त्यो दुराचारी संस्कारसंगै सुन्दर जिम्बाब्वे पनि थियो । यसैले मलाई बुद्धिमान बनायो र मेरो भविष्य निर्माण गर्न सघाउने महत्वपूर्ण औजार दियो ।
आज म जे छु त्यहीँ सुन्दर जिम्बाब्वेको कारण छु । मलाई थाहा छ, त्यो जिम्बाब्वे सिर्जना गर्ने हजुर हुनुहुन्थ्यो मुगावे । लेखनले मेरो जीवन जोगायो । लेखनले मेरो भाग्य फेरिदियो । म लेखिका हुँदिनथेँ भने म आजकी जीन हुँदिनथेँ ।
मानिसहरू अक्सर मलाई सोध्छन्, कसरी यस्तो अर्थपूर्ण लेख्न सिक्नुभयो ? कसरी यस्तो सुन्दर लेख्नुहुन्छ ? मैले दिनसक्ने सबैभन्दा सटिक र इमान्दार जवाफ हुन्छ – किनभने मैले जिम्बाब्वेमा शिक्षा लिएकी हुँ जहाँ पूरै अफ्रिका महादेशकै एक उत्तम शिक्षा व्यवस्था छ । मेरो लेखनी पूर्ण त छैन । तर मेरो लेखनी पढेको खण्डमा मानिसहरूले मेरो भावनालाई छाम्न सक्छन् ।
शोन भाषामा उखान छ, कुसातेन्दा हुरोयी । यसको अर्थ हो, बैगुन पनि बोक्सीविद्याजस्तै हुन्छ । म सम्झन्छु, नाइजेरिया, जाम्बिया, मलावी, युगाण्डा र अन्य अफ्रिकी देशका विद्यार्थीहरूसंगै म विद्यालय जाने गर्थेँ । तिनीहरू सबै अफ्रिकाले प्रदान गर्नसक्ने सबैभन्दा उत्कृष्ट शिक्षा लिन जिम्बाब्वे आएका थिए । आज पनि जिम्बाब्वेलाई अफ्रिकाकै सबैभन्दा शिक्षित देशको श्रेय दिइन्छ । र मलाई थाहा छ, यो श्रेय केवल हजुरलाई जान्छ, रोबर्ट मुगावे ।
केही जिम्बाब्वेलीहरू इयान स्मिथलाई जिम्बाब्वेको उत्कृष्ट शिक्षा व्यवस्थाको श्रेय दिने गर्छन् । तर मलाई थाहा छ, इयान स्मिथले नभै हजुरले नै शिक्षालाई प्रत्येक अश्वेत जिम्बाब्वेली बालबालिकाको आधारभूत मानवअधिकार बनाउनुभयो ।
त्यसैले हजुरको निम्ति केही थोपा आँसु बगाउँदा मलाई माफ गरिदिनुस्, मेरा पूर्वराष्ट्रपति । माफ गरिदिनुस्, आज म अलि भावुक भएँ । बाँकी जिम्बाब्वेलाई हजुरले जे गर्नुभयो त्यो मनग्य नलाग्न सक्छ, तर मलाई त्यो पुगीसरी भयो । किनभने त्यसले मेरो जीवन जोगायो । हजुरले मलाई पैसाले किन्न नसकिने सर्वोत्तम कोसेली दिनुभयो । हजुरले शिक्षालाई जिम्बाब्वेका प्रत्येक बालबालिकाको आधारभूत मानवअधिकार बनाउन चाहेको बताइरहँदा मैलाई भन्नुभएको थियो शायद । बाँकी जिम्बाब्वेले आज बिर्सन सक्छ, तर मैले बिर्सनेछैन ।
म झण्डै रोइरहेकी छु किनभने जिम्बाब्वेमा सबै दुःखकष्टबाट गुज्रँदैगर्दा मैले आफूलाई त्यतिबेला मात्र जिउँदो महसुस गरँे जब म शोन, अंग्रेजी, फ्रान्सेली वा कलाका कक्षामा सामेल भएँ । यिनै विषयले मभित्रको जीवन उजागर गरे किनभने यिनै विषयले मलाई स्वच्छन्द भई मुखरित हुनदिए । म उत्कृष्ट शिक्षकहरूबाट शिक्षित भएँ । उत्कृष्ट कला मर्मज्ञहरूबाट दीक्षित भएँ ।
जिम्बाब्वेबाट मैले एउटा सकारात्मक चीज ग्रहण गरेकी छु भने त्यो मेरो शिक्षा नै हो ।
जब म १८ वर्षअघि बेलायत आएँ, म सम्झिन्छु, मैले काम गर्ने ठाउँमा अंग्रेजहरू मलाई शब्दका हिज्जे सोध्ने गर्थे । मलाई सम्झना छ, एक गोरी आइमाईले जागिर छाड्नका लागि मलाई आफ्नो राजीनामापत्र लेखिदिन अनुरोध गरेकी थिइन् किनभने उनले मेरो छरितो रिपोर्ट लेखाई हेरेकी थिइन । अझ महत्वको कुरा, मलाई स्कूलमा सिकाइएको सिपलाई एक दिन मैले दुव्र्यवहारबाट मुक्त हुनका लागि लेखनमा उपयोग गरुँला भन्ने मलाई पत्तै थिएन । एक दिन मैले मेरा अंग्रेजी शिक्षक सार्प सरले सिर्जनात्मक लेखनसम्बन्धी सिकाउनुभएका कुरा सम्भुmँला भन्ने मलाई थाहै थिएन । उहाँले मलाई लेखानीमा अभिव्यक्ति कलाको प्रयोग गर्ने तरिका सिकाउनुभयो ।
चार वर्षपहिले म एक महिला शरणार्थी, घरबारविहीन र परित्यक्त थिएँ । मसंग कुनै विकल्प रहेन । तैपनि मैले आफैलाई भनेको सम्झिन्छु, “म लेखेरै यी समस्याहरूबाट आफूलाई बाहिर निकाल्नेछु । मभित्र केही शेष छ भने त्यो लेखनशक्ति मात्र हो ।” मैले गरीछाडेँ । र आज म यहाँ छु ।
जब म यी सब विषयमा हृदयबाटै कुरा गरिरहेकी छु र आगतमा रमाउन सकेकी छु, म हजुरलाई धन्यवाद नदिइरहन सक्दिनँ । म संसारको लहलहैमा लागेर हजुरलाई तानाशाह भन्न सक्दिनँ ।
आफ्नै देशमा कुकुरलाईभन्दा पनि खराब व्यवहार गरिनेजत्तिको दुष्टता मलाई थाहा छैन । संसारले बिर्सन सक्छ, तर मैले बिर्सनेछैन ।
म सम्झिन्छु, म सानै छँदा मेरी आमाले भन्ने गर्नुहुन्थ्यो, “हाम्रो राष्ट्रपतिले जिम्बाब्वेको लागि एउटै काम गर्नुभएको छ भने त्यो हो, उहाँले महिलालाई अधिकार दिनुभयो ।”
उत्कृष्ट शिक्षामात्रै होइन, म जिम्बाब्वेको स्वतन्त्रतापछि जन्मेकी हुँ । जिम्बाब्वेलाई उत्पीडनबाट स्वतन्त्र पार्न हजुरले कठोर लडाईँ लड्नुभयो । जेल पर्नुभयो र यातना सहनुभयो । बाँकी जिम्बाब्वेले बिर्सन सक्छ, तर मैले बिर्सनेछैन । हजुर मात्र त्यस्तो बहादुर अफ्रिकी नेता हुनुहुन्छ जसले श्वेत वर्चस्वको खिलाफमा उभिएर शासन गर्नुभयो । विश्वका लागि वा पश्चिमका लागि हजुर त्यो तानाशाह हुनुहोला किनभने हजुरले अश्वेत जिम्बाब्वेलीलाई जमिन फिर्ता दिने प्रयत्न गर्नुभयो ।
मलाई त्यतिबिघ्न तानाशाही, अत्याचार वा दुष्टता थाहा छैन जुन जिम्बाब्वेमा अल्पसंख्यक श्वेत शासनकालमा हुन्थ्यो । अश्वेत जनतालाई आफ्नै देशमा कुकुरलाईभन्दा पनि खराब व्यवहार गरिनेजत्तिको दुष्टता मलाई थाहा छैन । संसारले बिर्सन सक्छ, तर मैले बिर्सनेछैन ।
म सम्झिन्छु, म सानै छँदा मेरी आमाले भन्ने गर्नुहुन्थ्यो, “हाम्रो राष्ट्रपतिले जिम्बाब्वेको लागि एउटै काम गर्नुभएको छ भने त्यो हो, उहाँले महिलालाई अधिकार दिनुभयो ।” यस्तो पनि समय थियो, श्रीमानको मृत्युपछि महिलाले आफ्नो घर र फर्निचर दुवै गुमाउँथे । तर हजुरले त्यसलाई फेर्नुभयो । बाँकी जिम्बाब्वेले बिर्सन सक्छ, तर एक महिला अधिकारकर्मीका रुपमा मैले बिर्सनेछैन ।
लाखौँ जिम्बाब्वेलीहरू विश्वभर छरिएर आफ्नो जीवन अक्करमा परेको भनी आफू हाल रहेको देशमा शरण पाउन खुल्लमखुल्ला झुठ बोले । तर शरण पाउँदाबित्तिकै लुसुक्क जिम्बाब्वे फर्कनेछन् किनभने यहाँ कम्तीमा उनीहरू जीवनमरणको दोसाँधमा बस्नुपर्दैन ।
म जिम्बाब्वेली जनताको पीर र व्यथालाई कम आँक्न सक्दिनँ । तर मलाई विश्वास छ, जिम्बाब्वेको वर्तमान अवस्थाको लागि खालि हजुरलाई दोष दिन मिल्दैन । आर्थिक अवस्था खस्किनुमा जिम्बाब्वेमाथि थोपरिएको आर्थिक नाकाबन्दी कारक रहेको बिर्सन सकिन्न । साथै उमेर ढल्कँदै र कमजोर हुँदैजाँदा, वरिपरिका मानिसहरूले हजुरका उपलब्धिलाई प्रयोग गरे । मलाई थाहा छ, यस्तो समय पनि थियो जब जिम्बाब्वेका जनतालाई हजुरले हृदयमा राख्नुभएको थियो । अझ जतिबेला हजुरले सुशील नारी अमाइ साली मुगावेसंग विवाह गर्नुभयो । हजुरले जिम्बाब्वेका लागि अन्य अफ्रिकी नेताले भन्दा बढी गर्नुभयो । हो, म यहीँ भन्छु । मलाई लाग्छ हजुरवरपरका धेरैजनाले जिम्बाब्वेलाई ध्वस्त पार्नका लागि प्रशस्तै योगदान गरे । र आज हजुरलाई बलिको बोको बनाएर नायकको रुपमा उदाउन चाहन्छन् ।
मलाई डर छ, इमर्सन मुनाङ्गाग्वा राष्ट्रपति बनेमा जिम्बाब्वेको के हाल हुने हो । तिनीहरूले बिनाकारण उनलाई गोही नभन्दा हुन । उनले एक निर्दोष मानिस, गडफ्रेइ मजोङ्गालाई पक्षघातग्रस्त बनाई छोडेका थिए । म यहीँ भयानक कथा सुन्दै हुर्केकी हुँ । एक महिलासंग सुतेको आरोपमा मुनाङ्गाग्वाले मजोङ्वालाई कयौँ तला अग्लो भवनको झ्यालबाट तल हुत्याइदिएका थिए । यसलाई दुष्टताको परिभाषा नमान्ने हो भने केलाई मान्ने, मलाई थाहा छैन । २००८ को चुनावमा धाँधली हुनुमा पनि उनी जिम्मेवार थिए । गुकुराहुण्डी नरसंहारपछाडि उनै थिए । संसारले आज भनेजस्तै हजुर दुष्टै भएपनि त्यसको अनुहार इमर्सन मुनाङ्गाग्वा हुनुपर्छ ।
जिम्बाब्वेले आज कसरी हजुरलाई तानाशाह र मुनाङ्गाग्वालाई नायक र मुक्तिदाता भन्नसक्छ, म बुझ्न सक्दिन । मेरो दिमागले भेउ पाउन्न, गएको साता कसरी रातारात सारा जिम्बाब्वेलीहरू जानु पि.एफ. बने । जबकि यत्तिका वर्षसम्म जानु पि.एफ. पार्टी संसारकै सबैभन्दा खराब पार्टी कहलिएको थियो । मैले सहनै नसक्ने कुनै चीज छ भने त्यो पाखण्ड हो ।
मलाई लाग्छ हजुरले राजीनामा दिएर राम्रो गर्नुभयो । धेरैपहिले दिएको भए हुन्थ्यो । दुःखद गमन भयो राष्ट्रपतिज्यू । जिम्बाब्वे र बाँकी अफ्रिकाको लागि हजुरले जति गर्नुभयो त्यसको लागि हजुर सम्मानको हकदार हुनुहुन्छ । तर लामो शासनकालले त्यो सम्मानलाई हजुरबाट खोस्यो । मलाई आशा छ, हजुरले छाडेको साँचो मुक्तिदाताको विरासतलाई एकताको निम्ति जिम्बाब्वे र अफ्रिकाले सम्मान गर्नेछ । एक यस्तो व्यक्ति जसले जिम्बाब्वेलाई अफ्रिकाकै सबैभन्दा शिक्षित देश बनायो ।
एक उपयुक्त नेता देख्न समय लाग्ला । जिम्बाब्वेले अब त्यस्तो नेता पाउला या नपाउला मलाई थाहा छैन । निश्चय नै, ढिलै भएपनि सबैजना यो परिवर्तनबाट खुसी छन् । तर जिम्बाब्वेका समस्याहरू छिट्टै किनारा लाग्लान भन्ने मलाई लाग्दैन । मेरो आत्मा भन्छ, अहिले नभएपनि आउँदा वर्षहरूमा जिम्बाब्वेले हजुरको अभाव महसुस गर्नेछ ।
हजुरले लामो आयुु र राम्रो स्वास्थ्य पाउनुभएको छ । अवकाशका वर्षहरू आरामपूर्वक बिताउनुहोस् भन्ने कामना गर्छु ।
अश्वेत बेलायती मनोरञ्जन पुरस्कार कार्यक्रममा म पूरै विश्वसामु उभिएर हजुरलाई सम्मान गर्नेछु । अरुले नगरेपनि मैले बताउनेछु केले मलाई आज उदार महिला बनायो । त्यो शिक्षा नै थियो जुन हजुरले, रोबर्ट मुगावेले दिनुभएको थियो ।
माफ गर्नुहोला, म संसारको नाचमा सामेल भएर हजुरलाई अत्याचारी भन्न सक्दिन ।
मेरा लागि हजुर अत्याचारी हुनुहुन्न । तानाशाह हुनुहुन्न । सारा संसारले त्यसो भन्दैमा हजुरलाई त्यहीँ कसीमा परिभाषित गर्नुपर्छ भन्ने छैन । बरु सत्यको कसीमा परिभाषित गर्नुपर्छ । मेरा लागि हजुर केवल त्यो मानिस हुनुहुन्छ जसले मेरो हातलाई युद्धको निम्ति तयार पा¥यो । हजुरले मलाई कलम दिनुभयो । यसका निम्ति म आत्मैदेखि कृतज्ञ छु । मभित्रको सुन्दर पक्षलाई उजागर गर्नुभएकोमा म खुसी छु । यसले नै मेरो भविष्य निर्धारण गर्छ ।
त्यसैले मेरो पूर्वराष्ट्रपति जिन्दावाद । नयाँ जिम्बाब्वेलाई जगाउनुहोस् ।
त्यो भूमिकी छोरी, अहिले घानाकी बुहारी ।
जीन गाशो ।
पुनश्चः हजुर अफ्रिकाले पाएको सबैभन्दा शिक्षित नेता रहनुभयो । संसारले बिर्सन सक्छ, तर मैले बिर्सनेछैन । किन पनि भने, मैले सबैभन्दा भयानक दुराचार र क्रुरता भोगेँ जसले झण्डै मेरो जीवन नै लिएको थियो । हजुरको हातबाट होइन, चर्च जाने जिम्बाब्वेलीहरूको हातबाट जसले आज हजुरलाई दुष्ट भनिरहेका छन् ।
अनुवादः सुरेश
Leave a Reply