“राजनीतिक परिवर्तन हुन एक युग लाग्न सक्छ”
- आश्विन २३, २०८१
भक्तपुर, ४ भदौ । सांस्कृतिक पर्वको रुपमा परिचित ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको घिताङघिसी नाच मङ्गलबार सम्पन्न भयो ।
घिन्ताङघिसी नाच यस पर्वको महत्वपूर्ण आकर्षण र विशेषता हो । धाँ, लालाखिं बाजाको स्वर, ताल र लयमा नाचिने यो घिन्ताङघिसीमा पहिले एकले अर्कासँग मुसल (लुसी जुधाएर नाचिने नाच हो । निर्धारित बाटो भएर नगर परिक्रमा गर्ने यो घिन्ताङघिसी नाच दिनभर नै चल्छ । साना बालबालिकाको साँचा र उमेर पुगेका व्यक्तिहरूको ताहासा (ताहामचा) घुमाइन्छ । साँचा र ताहामचा पुरुषको पुरुष भेषमा र स्त्रीको स्त्रीको भेषमा बनाइन्छ । यसबाहेक अन्य विभिन्न नाचहरू पनि ल्याइएको हुन्छ । विशेषतः सो दिन माक प्याखं र लाखे प्याखं ल्याइन्छ । यही दिन देश विदेशका घटनालाई लिएर पनि घिन्ताङघिसी प्रदर्शन गरिएको हुन्छ । उक्त प्रदर्शनमा व्यङ्ग्यात्मक कार्टुन, व्यङ्ग्यात्मक चित्र र व्यङ्ग्यात्मक दृश्य प्रदर्शन गरिएको हुन्छ । यस अर्थमा सो घिन्ताङघिसी नाच व्यङ्ग्यात्मक या घोचपेच गर्ने सामाजिक र राजनीतिक व्यङ्ग्य प्रदर्शनी पनि हो ।
सापारुको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने भनाइ पनि छ । केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि सहभागिता हुन थालेको छ । पर्यटन प्रवद्र्धन गर्न स्थानीय युवा क्लवले सञ्चालन गरेको नाचमा विभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाचेका थिए ।
घिन्ताङघिसी नाचसँगै हनुमान नाच, लाखे नाच, जङ्गली नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत प्रदर्शन गरिएको छ ।
विभिन्न घरबाट निकालिएको जात्रा निश्चित मार्ग भई नगर परिक्रमा गराइन्छ ।
जात्रा समापनको क्रममा लाकुलाछेँबाट साँझ परालबाट बनेको भैलद्य र ताहामचा नगर परिक्रमा गरेपछि जात्रा समापन हुने परम्परा छ ।
परालबाट बनेको भैरव र अजिमाको ताहामचा निस्किएपछि अन्य ताहामचा निकाल्न नहुने परम्परा छ ।
पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।
Leave a Reply