भर्खरै :

नेमकिपाको २८ औं परिषद सम्पन्न

भक्तपुर, २७ पुस । नेपाल मजदुर किसान पार्टीको अठ्ठाइसौं केन्द्रीय परिषद् अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा २०७४ पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भयो ।  परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले पूँजीवादी बन्दोबस्तबाट देश र जनताको व्यापक हित नहुने भएकोले माक्र्सवाद–लेनिनवादको उदय भएको बताउनुभयो ।  उहाँले प्रतिक्रियावादीहरूले जालझेल गरी शासन टिकाइरहने हुँदा पार्टी कार्यकर्ताहरूले नयाँ पुस्तालाई माक्र्सवाद–लेनिनवादबाट शिक्षित बनाउनुपर्ने बताउनुभयो ।  अध्यक्ष बिजुक्छेंले यसअगाडि पटक पटक सरकारको नेतृत्व गरेका तर देश र जनताको लागि केही नगरेका पार्टीहरूले नै चुनावमा आचारसंहिता उल्लङ्घन गरी धेरै स्थान जितेको हुँदा जनताको मत खेर गएको बताउनुभयो ।  गोलीले जित्न नसकेका कम्युनिष्टहरूलाई चास्नी पोतेको गोलीले जित्ने खतरा भएकोले पार्टी कार्यकर्ताहरू सचेत हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले पूँजीवादी पार्टीमा गएका विश्वासघातीहरूको भविष्य नहुने बताउनुभयो ।  परिषद्ले पार्टीको ४४ औं स्थापना दिवस (माघ १० गते)लाई पार्टीको इतिहास, गतिविधि, प्रकाशन अध्ययन गरी छलफल र गोष्ठीसहित मनाउने निर्णय ग¥यो । विश्व सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्सको द्विशतवार्षिकी सन् २०१८ मई ५ को अवसरमा वर्षभरि नै युरोपको इतिहास र भूगोल, माक्र्स र एँगेल्सको जीवनी, कम्युनिष्ट घोषणापत्र, पूँजीलगायत अन्य माक्र्सवादी साहित्य अध्ययन तथा प्रकाशन गरी छलफल गोष्ठीसहित मनाउने निर्णय ग¥यो ।  परिषद्ले मोहनप्रसाद प्रजापति र राजवीर डंगोललाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत ग¥यो भने सुरेन्द्रराज गोसाईं, सृजना सायजू र राजेन्द्र चवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत ग¥यो । परिषद्ले पार्टी सचिव प्रेम सुवालले प्रस्तुत गर्नुभएको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित ग¥यो । केन्द्रीय समितिको प्रतिवेदनमा पार्टी गतिविधि, संसदमा नेमकिपाको सङ्घर्ष, तीन प्रतिशतको मतसीमाविरूद्ध सर्वोच्चमा रिट, सभामुखको निरङ्कुशताविरूद्ध संसदमा नारा, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावको क्रान्तिकारी उपयोग, पूँजीवादी पार्टीहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, राष्ट्रियसभाको निर्वाचन विवाद आदिबारे सङ्क्षिप्त उल्लेख गरिएको थियो । परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित ग¥यो । राष्ट्रिय प्रस्तावमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने, भूकम्प पीडितहरूको पुनःस्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पूँजीलाई दिने, बर्सेनि आउने शीतलहरको पूर्वसावधानी नअपनाउने सरकारहरूको विरोध ग¥यो भने नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बाँध र तटबन्ध भत्काउनुपर्नेमा जोड दियो ।  अन्तर्राष्ट्रिय प्रस्तावमा इरानको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, क्युवा र प्रजग कोरियाविरूद्ध संरा अमेरिकाले लगाउँदै आएको नाकाबन्दी, संयुक्त राष्ट्र सङ्घको निर्णयविपरीत अमेरिकी साम्राज्यवादले इजरायलको राजधानी जेरूसेलमलाई घोषणा गरेकोमा विरोध गरिएको थियो ।  परिषद्मा पार्टी केन्द्रीय सदस्यहरू, पार्टी जिल्ला समिति, जनवर्गीय सङ्गठन र पेशागत सङ्गठनहरूको केन्द्रीय प्रतिवेदन पेश भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *