अध्यक्षज्यू, २०४५ भदौ ५ गते विनाशकारी भूकम्प गयो । नेमकिपाविरुद्ध भदौ ९ गते पञ्चायती राज्यस्तरको षड्यन्त्रसहितको दमनचक्र चलाइयो र धेरै पक्राउ परे । यसबारे अझै प्रस्ट पारिदिनुहुन्छ कि ? षड्यन्त्रको तानाबाना केही वर्ष पहिलेदेखि नै बुनेको हाम्रो अनुमान छ । केही निहुँको खोजी थियो र सम्पूर्ण जनताको ध्यान तथा पिर आ आफ्नै घरपरिवारतिर केन्द्रित हुने समयलाई प्रयोग गरेको देखिन्छ । भक्तपुरका जनतालाई दुःख दिने बेला काठमाडौँकै गृहमन्त्री हुने गर्थे; ठूलो माछा समात्न ठूलै जाल बुनेको अनुभव हुन्छ । एक पूर्व राजदूतमार्फत दरबारमा राजासँग भेटको कार्यक्रम बनाइएको थियो तर दरबारमा सल्लाह हुँँदा सेना, प्रहरी, गुप्तचर विभाग र अन्य दरबारियाहरूसमेत भेटघाटको विपक्षमा भएको हँुदा त्यो कार्यक्रम स्थगित गरिएको थियो । दरबारमा हामीमाथि बम र पेस्तोल लिएर हिँड्ने अराजकतावादीजस्ता आरोपहरू लगाइएका थिए । हामीलाई प्राप्त रिपोर्टअनुसार हरेक दिन निश्चित व्यक्तिहरूले तत्कालीन कमान्डर इन–चिफ, आइजी एवम् गुप्तचर विभागका प्रमुखहरूकहाँ गएर हाम्रै विरोधमा झूटा कुरा लगाउने पेसा नै अपनाएका थिए । आज ती व्यक्ति र परिवारका सदस्यहरू नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र (प्रचण्ड) आदि राजनैतिक दलहरूमा छन् । तिनीहरू दरबारमा नेका वा एमाओवादीजस्तै भारत सरकारको सहयोगमा हामी त्यहाँँ रहेको प्रचार गर्थे भने भारतमा हामी भारतविरोधी र चीन ‘समर्थक’ भनी कुरा लाउँथे । हामी भारतमा १० वर्षसम्म बस्दा आफूलाई कम्युनिस्ट, माक्र्सवादी र लेनिनवादी हौँ भनी प्रस्टै भन्थ्यौँ । यसकारण, त्यहाँँको डेरामा पनि बारम्बार भारतीय प्रहरीबाट खानतलासी लिइएको थियो । हामी कहिल्यै पनि भारतीय जनताको विरोधमा थिएनौँ बरु नेपालप्रति भारतीय शासकहरूको नीतिको विरोधमा थियौँ । यस हिसाबले विदेशीहरूको चलखेल दरबारमा समेत हुनुपर्छ भन्ने हाम्रो अनुमान थियो । त्यस्ता षड्यन्त्रकारी सूचनाकै कारणबाट पनि हामी पीडित थियौँ । कोही आफ्नै स्वार्थले गर्थे होलान्† कोही बाहिरी षड्यन्त्रकारीहरू सहयोगी थिए होलान् ¤ यसबारे हामीले एक दुई पटक सदनमा पनि व्यक्त गरेका थियौँ । मुख्य कुरो हामीले कुनै कुरा लुकाएका थिएनौँ† देश र जनताप्रति समर्पित थियौँ† सँगै हामी आफ्नो उद्देश्यमा प्रस्ट थियौँ । निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने हाम्रो अडान नै तिनीहरूको निम्ति हाम्रो दोष र विराम थियो ।
त्यही वर्ष फागुनमा भारतीय विस्तारवादले नेपालविरुद्ध नाकाबन्दी लाद्यो । के यसलाई संयोगमात्र मान्न सकिन्छ र ? कुनै शक्तिले कमजोर देशलाई उसको अप्ठेरो समयमै दबाब दिने गर्छ । यो नयाँ विषय भएन । विदेशी शक्तिको सेवा गर्ने तत्वहरू पनि दरबारमा थिए होलान् ! अन्य देशमा जस्तै ! यसबारे सदनमा पनि उल्लेख गरेका थियौँ ।
यहाँले २०२६ सालदेखि २०३६ सालसम्म दस वर्ष भारत प्रवासमा बिताउनुभयो । नेपाल फर्केको दस वर्ष पनि नपुग्दै पञ्चायती शासकले यहाँको “फाँसी” को माग गरे । “फाँसी दे !” भन्दै पञ्चायती प्रधानमन्त्री र मन्त्रीहरू सडकमै निस्के । भारत प्रवास, भक्तपुर काण्डको षड्यन्त्र र “फाँसी” को मागको कहीँकतै “कनेक्सन” (अन्तरसम्बन्ध) देख्नुहुन्छ ? यसबारे पछि राजासँगको पहिलो भेटमै जिज्ञासा राखेको थिएँ, ‘हाम्रो विरोधमा फाँसीको माग नै गराउनुपर्ने गरी देश र जनताको अहित गर्ने कुन अपराध हामीले ग¥यौँ ?’ सरकारको विरोध हुनु त राजनैतिक दृष्टिकोणमा सामान्य विषय हो । तर, देश र जनताको हितको विरोधमा कहिल्यै कसैले हामीलाई विचलित गर्न सकेका थिएनन् । यस अर्थमा हाम्रो विरोधमा गरिएका ती सबै षड्यन्त्र, प्रचार र सूचना कुटिल चालहरू हुनुपर्छ र ती हिस्सेदारहरूमाथि आज पनि छानबिनको आवश्यकता छ । तर, तीमध्ये केही बितिसकेका छन् । यतिका वर्ष बितिसक्दा पनि केही प्रतिगामीहरू आज पनि ‘भक्तपुर काण्ड’ मा हामीलाई दोषी देखाउँदै छन् । विशेष अदालतमा वरिष्ठ कानुन व्यवसायीहरूका बहस, सरकारी वकिलको आरोपले पञ्चायती षड्यन्त्र अस्वीकार गर्ने तर्क प्रस्तुत गर्न सकेनन् । त्यसबारे हाम्रै तर्फबाट ३०–३५ वर्ष पहिले नै २–४ वटा पुस्तकसमेत प्रकाशित भइसकेका छन् । तर, तथ्य र वास्तविकताभन्दा झूटा हल्लाको पछि लाग्ने तत्वहरूले पनि काम गर्दै छन् ।
“नेपाल–भारत सम्बन्ध र भारत” पुस्तकको प्रथम संस्करण वि.सं. २०४२ असारमा प्रकाशन भइसकेको थियो । यसबारे फुटकर रचनाहरू त्योभन्दा पनि अगाडि नै प्रकाशित भए । आत्मनिर्भरताको प्रश्न (नेपालको परिप्रेक्ष्यमा) पुस्तक पनि वि.सं. २०४५ भन्दा अगाडि नै प्रकाशित भयो । यहाँको विचार प्रस्ट हुँदाहुँदै फेरि किन षड्यन्त्र भयो र “भारतपरस्त” को आरोप लगाइयो ? मैले प्राप्त गरेको जानकारीअनुसार हाम्रो ‘नेपाल–भारत सम्बन्ध र भारत’ भन्ने पुस्तक एवम् ‘नेपालको परिप्रेक्षमा आत्म–निर्भरताको प्रश्न’ भन्ने पुस्तिकाले दरबारलाई आश्चर्यमा पारेको थियो । तत्पश्चात् तत्कालीन प्रधानमन्त्री मरिचमानलाई दरबारमा बोलावट भएको थियो । ती पुस्तकहरू केही बुद्धिजीवीहरूले हामीबाट प्राप्त गरी दरबारमा पु¥याएका थिए । राजदरबार र सिंहदरबार पनि षड्यन्त्रकारीहरूबाट घेरिएको प्रस्ट भयो ।
सुरुदेखि नै यहाँले “व्यक्ति हत्या” को विरोध गर्नुभयो । अराजकतावादको सैद्धान्तिक विरोध गर्नुभयो । पार्टीभित्रै पनि “अराजकतावादी विचार” लाई आलोचना गर्नुभयो र विफल पार्नुभयो । यी सबै जगजाहेर भएर पनि पञ्चायती शासकले त्यही आरोप किन लगायो ? पञ्चायती शासकले त्यस्तो निकृष्टता किन देखायो ? सरकारको महत्वपूर्ण पदमा देशविरोधी तत्वहरू थिए र छन् भन्ने आरोप छ । हामीले देश र जनताको माझमा प्रस्तुत गरेका कुनै पनि विषयमा हामी अस्पष्ट छैनौँ र हाम्रो भनाइका कुनै प्रकारको दुई अर्थ लाग्दैन । हामीले सैद्धान्तिकरूपले सुरुदेखि नै ‘व्यक्तिहत्या’ र ‘अराजकतावादी दृष्टिकोण’ को खण्डन गर्दै आएका छौँ । यसबारे हामीमा कुनै द्विविधा छैन । दुष्टहरूबाट राम्रो र स्वस्थ विषयको आशा गर्न सकिन्न । जसरी सोभियत कम्युनिस्ट पार्टी (बोल्शेविक) मा त्रोत्स्की, कामेनेभ, जिनोजित् र बुखारिनजस्ता विदेशभक्त एवम् षड्यन्त्रकारीहरू ‘कम्युनिस्ट’ को नाममा सक्रिय थिए; देश एवम् समाजवादलाई घात गर्दै थिए ।
भक्तपुर काण्डको षड्यन्त्रलगत्तै यहाँसमेत नेता–कार्यकर्ताहरू २० महिना जेल र भूमिगत हुनुभयो । यहाँको साङ्गठनिक क्षतिसमेत हुँदा देशका अवसरवादी र देशघातीहरूलाई मलजल पुग्यो । त्यो षड्यन्त्रको फाइदा पञ्चायतले भन्दा पनि ‘वामपन्थी’ हरूले कसरी लिए ? यसको विश्लेषण कसरी गर्नुहुन्छ ? समयले ती वामपन्थीहरू ‘पुँजीवादी’ र प्रतिक्रियावादी साबित भए । हामीले पनि थाहा पायौँ– तिनीहरूको उद्देश्य नै रातो झन्डाको विरोध गर्न रातो झन्डा माथि उचाल्नु थियो । जुनसुकै उद्देश्यले हामीलाई क्षति पु¥याउने काम गरेको भए तापनि त्यसले सबभन्दा बढी देश र जनताकै अहित भएको छ । हाम्रो सङ्गठनलाई निर्ममतापूर्वक क्षति हुने काम गरिएको हुँदा देश र जनताको सेवा गर्ने हाम्रो पाइलामा अवरोध भयो । नत्र हामीले शिक्षाको प्रचार, भ्रष्टाचारको विरोध, स्वास्थ्य सेवा, कला संस्कृति र राजनैतिक क्षेत्रमा निःस्वार्थरूपले थप धेरै योगदान पु¥याउने थियौँ । सङ्गठन कमजोर बनाउने र भत्काउने – बिगार्ने कामबाट देश र जनताको सेवामा बाधा व्यवधान खडा भयो । निश्चय पनि हाम्रो विरोधमा गएका सरल मानिसहरूलाई ‘न्याउरी मारी पछुतो’ भयो होला ! नियतवश देश र जनतालाई विश्वासघात गरी सूचना दिने र गतिविधि गर्ने देशद्रोहीहरू कतिपय त पश्चाताप गर्दै मरे होलान्; कतिपयलाई अहिले पनि पछुतो होला; कतिपयले हामीसँग माफी मागेर आफ्नो अपराध कबुल पनि गरे । राजनैतिक सङ्घर्षमा हामीमाथि विश्वासघात गर्ने तथाकथित वामपन्थीहरूले अहिले भोग्दै छन् – परिणाम । हामीले खुला मनले भनेकै थियौँ– ‘जो आगोसँग खेल्छ, आगोमै मर्छ; जो पानीसँग खेल्छ पानीमै मर्छ’ र ‘सिस्नो रोपेर तुलसी उम्रन्न’ ! हाम्रो सङ्गठनलाई भाँड्नेहरू र हामीलाई झूटा मुद्दामा फसाउनेहरू आफै अरूको प्रहारबाट आज पीडाबोधको अनुभव गर्दै छन् ।
पञ्चायती राज्यस्तरको षड्यन्त्र तथा दमनविरुद्धको सङ्घर्षमा वकिल, पत्रकार, बुद्धिजीवी, मानव अधिकारकर्मीहरूको विशेष भूमिका रह्यो । पञ्चायत इतर शक्तिबिच अभूतपूर्व एकता कायम भयो । यसको मूल्याङ्कन कसरी गर्नुहुन्छ ? पञ्चायती राज्यस्तरको षड्यन्त्र र दमनको विरोधको सङ्घर्षमा वरिष्ठ र इमानदार कानुन व्यवसायी, पत्रकार, बुद्धिजीवी एवम् मानवअधिकारकर्मीहरूको निश्चय पनि विशेष भूमिका र योगदान रह्यो । पञ्चायतइतर शक्तिबिच अभूतपूर्व एकता पनि कायम रह्यो तर सत्तामा सहभागी हुने र ठूलो भाग खाने लोभलालच तथा महत्वाकाङ्क्षाले कतिपय देशभक्त र निःस्वार्थरूपले जनताको सेवा गर्न चाहने सबै पक्ष विशृङ्खलित भए; यो दुःखको विषय हो । विदेशी र प्रतिगामी तत्वहरूले चाहेकै यही थियो । यसबारे सबै इमानदार पक्षले आत्मसमीक्षा गर्नु आवश्यक छ; आत्मश्लाघा यसको बाधक हो । ‘वाममोर्चा नै एमाले हो’ र ‘एमाले नै वाममोर्चा हो’ भन्ने जस्ता भ्रम तथा भँडुवा प्रवृत्तिले एमाले आज त्यसकै दुष्परिणाम भोग्दै छ । देशमा त्यसबेला सबभन्दा बढी वरिष्ठ कानुन व्यवसायीहरू र बुद्धिजीवी तथा इमानदार जनताको सहभागिता एवम् सहानुभूति भएको पञ्चायतविरोधी मुद्दा सारमा प्रजातन्त्रप्रति जनताको सङ्घर्ष र समर्पणको एक उदाहरण हो । यस अर्थमा हामी सबै सहयोगी एवम् सहानुभूति राख्ने साथीहरूप्रति आभारी छौँ ।
महिला र पुरुषलाई एउटै रथको दुई पाङ्ग्रा मानिन्छ । अध्यक्षज्यूको राजनीतिक रथ अगाडि बढाउन यहाँकी जीवनसाथी शोभा प्रधानको योगदान के कस्तो पाउनुभयो ? मलाई अहिले पनि उहाँलाई अस्पतालकै शøयामा उपचार गराइरहेको अनुभूत हुन्छ । निश्चय पनि शारीरिक र मानसिकरूपले महत्वपूर्ण विषय र काम बिर्सेको, केही छुटेको र केही भन्नुपर्ने काम कुरा अधुरो भएको अनुभव गर्दै छु का. शोभाको अभावमा !
अन्त्यमा ….? प्रजातन्त्रको पुनःस्थापनापछिको मात्र होइन, गणतन्त्रका सरकारहरूबाट पनि साँचो अर्थमा निःस्वार्थरूपले देश र जनताको सेवा भइरहेको छैन भन्नेबारे दृढ अडान राख्छु । स्वास्थ्य सेवालाई समेत ‘शुभलाभ’ को क्षेत्र बनाइयो । किटेर भन्नुपर्दा सरकारको औषधी व्यवस्था विभाग स्वयम् जनताको अकाल मृत्युको कारकमध्ये एक हो भनेमा अत्युक्ति हुनेछैन । स्वास्थ्य र शिक्षा मन्त्रालय एवम् मन्त्रीहरू अकाल मृत्युका जिम्मेवारमध्येमा पर्छन् । मैले जनताले बुझ्ने भाषा बोल्दै छु† व्यक्तिगतरूपले कसैसँग मेरो शत्रुता छैन; बरु व्यवस्थामा पूर्ण परिवर्तनको आवश्यकता छ । नेपाली आमा बाबुको काख रित्याउने गरी लाखौँ लाख युवाहरूलाई विदेशमा सस्तो दासको रूपमा पु¥याएर नेपालको कृषि, उद्योग र निर्माणदेखि सयौँ कलेजहरू रित्याउने तथा परचक्रीहरूलाई खुसी पार्ने र देशको जलविद्युत्लाई भारत अनि अमेरिकी साम्राज्यवादलाई सुम्पेर देशलाई कङ्गाल बनाउने काममा सबै शासकहरू जिम्मेवार छन् । यो दुर्गतिबाट देशलाई जोगाउन दोषीहरूलाई छिट्टै कारबाहीको खाँचो छ; नत्र देशले योभन्दा ठूलो दुर्दशा भोग्नुपर्ने स्थितिको सम्भावना म देख्छु । तर, हामी त्यसको विरोधमा सङ्घर्ष गर्न छोड्ने छैनौँ । धन्यवाद ! स्रोतः ‘केटीहरू’ बुलेटिन, अङ्क १७, भाद्र २०८१
Leave a Reply