वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
आज विश्व अमेरिकी महाशक्ति अफगानिस्तानबाट पलायन भएपछि तीव्रगतिमा धु्रवीकरण भइरहेको छ । अमेरिकी महाशक्तिको विकल्प बहुध्रुवीय शक्तिको उदय हुँदै छ । बहुध्रुवीय शक्तिको ध्रुवीकरण, वैचारिक, आर्थिक तथा भूराजनीतिक दृष्टिले केन्द्रित हुने सम्भावना छ ।
आज दुई वर्ष लामो युक्रेन र रुसको लडाइँ, १० महिना लामो मध्यपूर्वको इजरायलले प्यालेस्टिनमाथि आक्रमण र प्यालेस्टिनको प्रत्याक्रमणले विश्व पुँजीवादी शक्ति राष्ट्रहरूको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्दै छ । यही कारण आज बेलायत १४ वर्षपछि टोरी (कन्जर्भेटिभ) पार्टीको ठाउँमा लेबर पार्टी अर्थात् मजदुर पार्टीले जीत हासिल ग¥यो । बेलायतको अनुदार पार्टी हारको प्रमुख कारण बेलायती अर्थतन्त्रमा आएको आर्थिक मन्दी, डलरको तुलनामा पाउन्डको भाउ ओरालो लाग्नु, रुसमाथि अमेरिकी नाकाबन्दीले इन्धन, पेट्रोल, ग्यासमा अत्यधिक मूल्यवृद्धिले दैनिक उपभोग्य सामानहरूमा उच्च मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु जनताको क्रयशक्तिमा ठुलो ¥हास आदि हुनु हो । बेलायतको अर्थतन्त्रमा सुधार गर्न नसकेपछि युरोपेली सङ्घबाट छुट्टिने, बेलायतको आफ्नै स्वतन्त्र व्यापार नीति अवलम्बन गर्ने नीतिका साथ विजय प्राप्त गरेका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिन बाध्य भएका थिए । तत्पश्चात् प्रधानमन्त्री बनेका लीज ट्रस पनि ४५ दिन टिक्न नपाउँदै तिनको आर्थिक नीतिले बजारको मूल्यवृद्धि, महँगी, अभावमा खासै सुधार हुन नसकेपछि बाध्य भएर राजीनामा दिइन् । भारतीय मूलका एक युवा टेक्नोक्राट खरबपति ऋषि सुनक प्रधानमन्त्री बन्न सफल भए । तर, ऋषि सुनकको नेतृत्वमा बेलायतको ठुलो सङ्ख्यामा रहेको आप्रवासीविरोधी प्रमुख चुनावी मुद्दा लिएर अगाडि आएका अनुदारवादी (कन्जर्भेटिभ) पार्टीको ठुलो हार भयो । कन्जर्भेटिभ पार्टीले अमेरिकी पिछलग्गू भएर युक्रेनमा हतियार आपूर्ति गर्दै जानु, इजरायलको पक्षमा रहनु, महँगी, बेरोजगारीले आक्रान्त जनताको शिक्षा र स्वास्थ्यमा कुनै सुधार गर्न नसक्नु नै उसको असफलताका कारणहरू हुन् । आज बेलायतमा समेत स्वास्थ्य र शिक्षाको निजीकरण नीतिको तीव्र विरोध हुँदै छ । नर्स र डाक्टरको स्वास्थ्य सेवा ज्यादै महँगो हुँदै छ । एउटा दाँतको साधारण उपचार गर्न सयौँ पाउन्ड (शुल्क) तिर्नु परेकोमा जनता आक्रोशित छन् ।
४ जुलाईको बेलायतको चुनावी परिणाम तल्लो सदनमा ६५० सीटमा बहुमत प्राप्त गर्न ३२६ आवश्यक रहेकोमा लेबर पार्टीले १४ वर्षपछि ४१२ सीटमा विजय प्राप्त गरेर कियर स्टारमर प्रधानमन्त्री बने । अब नयाँ प्रधानमन्त्रीले अमेरिकी इन्डोप्यासिफिक चीनमा घेरा हाल्ने, एसियामा अशान्ति मच्चाई आफ्नो प्रभुत्व जमाउने नीतिबाट टाढा हुने विश्वास लिइँदै छ । लेबर पार्टी भविष्यमा मध्यपूर्वमा युद्ध भड्काएर आफ्नो पुरानो प्रभुत्व कायम गर्ने अमेरिकी रणनीति, नाटोलाई उक्साएर मध्य पश्चिम एसियामा युद्ध चालु राख्ने, आफ्नो हतियार व्यापारलाई चालु राख्ने नीतिमा छ भनी संसारले बुझ्दै छ । बेलायतमा लेबर पार्टीको विजयमा युरोपेली युनियनमा वामपन्थी उम्मेदवारहरूले क्रमशः जीत हासिल गर्दै जानु पनि सकारात्मक प्रभाव भएको कुरालाई पश्चिमा युरोपेली देशमा अमेरिकी प्रभाव घट्दै गएको सङ्केत गर्दै छ ।
अमेरिकी प्रभुत्वलाई अस्वीकार गर्न नसकिने आफूलाई राष्ट्रवादी सम्झने आप्रवासी घुसपैठ कट्टरविरोधी फ्रान्सेली प्रधानमन्त्री म्याक्रोँको गठबन्धनको जूनको मध्यावधिमा भएको चुनावमा हार भयो । सन् १८७०–७१ मा फ्रान्स ‘पेरिस कम्युन’ या ७१ दिनसम्म रातो झन्डा फहरिएको देश हो । आज फ्रान्समा दोस्रो चरणको चुनावमा वामपन्थी गठबन्धनको जीत हासिल गर्न सफल भयो । युरोपेली सङ्घमा फ्रान्सेली प्रतिनिधिको चयनमा प्यालेस्टिनमा इजरायली नरसंहारको विरोध गर्ने वाम पार्टीको जीतले आतङ्कित भएको राष्ट्रपति म्याक्रोँको पार्टीले साढे दुई वर्षअगाडि नै संसद् भङ्ग गरेर नयाँ चुनावको घोषणा गरेका थिए । तर, फ्रान्समा पनि जनताको दैनिक उपभोग्य सामानको अकासिँदो महँगीको सीमा तोक्ने, पेन्सन सुधार योजना खारेज गर्ने, प्यालेस्टिन राज्यलाई मान्यता दिने, युक्रेन–रुस युद्धमा हतियार उपलब्ध नगराउनेजस्ता नाराका साथ जनताको बिचमा वामपन्थी न्यु पपुलर फ्रन्ट १८२ सीट जितेर पहिलो दल बनेको छ ।
फ्रान्समा सत्ताधारी दल तेस्रो स्थानमा झरेको छ । वामपन्थी गठबन्धनको विजयपश्चात् फ्रान्समा देशभर हिंसा र आगलागी सुरु गरियो । फ्रान्समा पूर्णतया अशान्तिको वातावरण देखियो । सरकारले दङ्गा र आगजनी नियन्त्रण गर्न ठुलो सशस्त्र प्रहरी परिचालन ग¥यो । फ्रान्सको चुनावको नतिजाले अमेरिकी महाशक्तिको विरोधमा प्यालेस्टिनको पक्षमा समर्थन जनाउने वाम पार्टीको विजयले अमेरिकालाई ठुलो झट्का दियो । फ्रान्स युरोपेली सङ्घमा जर्मनीपछि दोस्रो ठुलो प्रभावशाली देश हो ।
फ्रान्सको प्रभुत्वलाई पराजित गर्दै अगाडि बढेको देश नाइजेरिया महँगी, अभाव र बेरोजगारी समस्या सामना गर्दै छ । देश हिंसा र आगजनीमा आक्रान्त छ ।
विश्वको धु्रवीकरणमा मध्यपूर्व एक हो । हाल टर्कीले इजरायलभित्र पसेर हमला गर्न सक्ने घोषणा गरेको छ । टर्की मध्यपूर्वको एक शक्तिशाली देश हो । इजरायलविरुद्ध मध्यपूर्वका साउदी अरब, यमन, टर्की, इरान, इराकलगायतका देशहरूबाट संयुक्त आक्रमण हुनसक्ने सम्भावना नजिकिँदै छ । हालैमात्र इरानको भूमिमा हमासका नेता इस्लाइल हानियाको हत्याले इजरायलको ज्यादतीले सीमा नाघेको अनुभव चारैतिर गरियो । जुन संयुक्त आक्रमणको प्रतिवाद गर्नसक्ने ताकत इजरायलसँग हुनेछैन । यसले संरा अमेरिका र नाटो प्रत्यक्षरूपमा लडाइँमा तानिने छ । यसले विश्वयुद्ध भड्किन सक्दछ । मध्यपूर्व र युक्रेन–रुस युद्धले नाटोमा फुट आउने ठुलो सम्भावना छ । अहिले पनि रुसी ध्रुवीकरणमा चीन, इरान, उत्तर कोरिया, बेलारुस, सर्विया, हङ्गेरी नाटो र अमेरिकी महाशक्तिको विरोधमा खरो रूपमा उभिएको छ । यसले विश्वको वर्तमान युद्धको बादल मडारिएको अवस्थामा अमेरिकी महाशक्तिको पतनसँगै नयाँ शक्ति राष्ट्रहरूको ध्रुवीकरणले निर्धन राष्ट्रहरूले मुक्ति पाउनेछन् । यसले जनताको नयाँ प्रजातन्त्र ल्याउनमा सहयोग पुग्नेछ । नयाँ उदारवादी प्रजातन्त्र, निजीकरण, अर्थतन्त्रमा विश्वव्यापीकरणजस्ता राष्ट्रिय भावना जागृत हुनेछ । जनताले जनताकै निम्ति शासन गर्ने अवस्था आउनेछ ।
स्वतन्त्ररूपमा मान्यता पाएको पाकिस्तानलाई सन् १९७१ मा टुक्राएर भारतीय सेनाको हस्तक्षेपबाट बङ्गलादेश बनेको थियो । मुजीबुर रहमान भारतबाटै राष्ट्रपति भएका थिए । पछि उनी सैनिक विद्रोहमा मारिए । उनका छोरी प्रधानमन्त्री शेख हसिना विदेशमा रहेकोले बाँचिन् । ठुलो राष्ट्रको साथ पाएर विपक्षहरूलाई देशद्रोही, गद्दारको संज्ञा दिँदै निर्मम दमन गरेर सरकार सञ्चालन गर्दै आएको हुँदा आज परिणाम आएको हो । नेपालमा पनि ठुला पार्टीको अहङ्कारले जनताको समस्या समाधान हुने छैन । यस्तै दुर्दशा भोग्नुपर्नेबारे अनेक लख काटिँदै छ । नेपालमा काङ्ग्रेस, एमालेलगायतले यस्तै दुर्दशा भोग्नुपर्ने परिणाम नजिकिँदै छ ।
Leave a Reply