डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत
- जेष्ठ ७, २०८२
पश्चिम अफ्रिकी देश आतेरी कोस्टको सासान्द्रा नदीको मध्य र तल्लो भागमा विशाल ग्रिबो–पोपोली जलविद्युत् परियोजना सञ्चालनमा आएको छ, जसले धेरै घरपरिवारमा सफा बिजुली पु¥याएको छ । उक्त जलविद्युत् परियोजना पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पावर चाइना) ले निर्माण गरेको र एक्सपोर्ट–इम्पोर्ट बैङ्क अफ चाइनाको आर्थिक सहयोग रहेको छ । पछिल्लो समय जलविद्युत् आयोजनाको पहिलो र दोस्रो विद्युत् उत्पादन युनिट क्रमशः राष्ट्रिय ग्रिडमा जोडिएका छन् । पूर्णरूपमा सञ्चालनमा आएपछि, आतेरी कोस्टका लागि वार्षिक आधारमा ५५४ मिलियन किलोवाट बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
चिनियाँ कम्पनीहरूले निर्माण गरेका थुप्रै पर्यावरण–मैत्री परियोजनाहरूले अफ्रिकी महादेशलाई हरितकरण गर्दैछन् । हरित विकास चीन–अफ्रिका सहयोग मञ्च (FOCAC) को रूपरेखाअन्तर्गत चीन र अफ्रिकाले संयुक्तरूपमा कार्यान्वयन गरेका आठ ठुला पहल र नौ कार्यक्रमहरूको हिस्सा मात्र होइन, बरु चीन–अफ्रिका उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यको प्रमुख क्षेत्र पनि हो ।
नोभेम्बर २०२१ मा सेनेगलमा आयोजित चीन–अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्रिस्तरीय सम्मेलनले डकार कार्य योजना (२०२२–२०२४) र जलवायु परिवर्तन सहयोगसम्बन्धी चीन–अफ्रिका घोषणापत्र पारित ग¥यो, जसले चीनको हरित विकासका लागि अफ्रिका सहयोगको लागि उच्च–स्तरीय डिजाइन र संस्थागत संयन्त्रलाई अझ सुधार गरेको छ ।
चीनले आफ्नो हरित विकास अनुभव अफ्रिकी देशहरूसँग साझा गर्न व्यापक प्रयास गरिरहेको छ, प्रविधि र क्षमता निर्माणमा ठोस सहयोग प्रदान गर्दैछ । आजसम्म, चीनले हरित र दिगो विकासमा अफ्रिकी देशहरूलाई समर्थन गर्दै चीन–अफ्रिका सहयोग मञ्च ढाँचाअन्तर्गत १०० भन्दा बढी स्वच्छ ऊर्जा र हरित विकास परियोजनाहरू सञ्चालन गरेको छ ।
ऊर्जा अभाव अफ्रिकी देशहरूको विकासमा बाधा पु¥याइरहेको बाधाहरूमध्ये एक हो । विश्व बैङ्कको तथ्याङ्कअनुसार सन् २०१९ मा उप–सहारा अफ्रिकाको जनसङ्ख्याको ४६.७ प्रतिशतले मात्रै बिजुलीको पहुँच पाएका थिए ।
अफ्रिकामा नवीकरणीय ऊर्जा विकासको प्रचुर सम्भावना छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को अनुसार, अफ्रिकामा विश्वको ६० प्रतिशत उत्कृष्ट सौर्य स्रोतहरू छन् । धेरै अफ्रिकी देशहरूमा जलविद्युत् वायु ऊर्जा र भू–तापीय शक्तिको लागि ठुलो सम्भावना पनि छ ।
चीन–अफ्रिकाले हरित ऊर्जा सहयोगमा आफ्नो सहयोगलाई अझ गहिरो बनाएर, अफ्रिकाभरि धेरै सौर्य ऊर्जा प्लान्टहरू, वायु ऊर्जा परियोजनाहरू र जलविद्युत् स्टेसनहरू उम्रिरहेका छन् । अफ्रिकी महादेशमा प्रकृतिले उपलब्ध गराएको प्रचुर मात्रामा स्रोतहरू आर्थिक र सामाजिक विकासलाई चलाउने हरित ऊर्जा स्रोतहरूमा द्रुतरूपमा रूपान्तरण भइरहेको छ ।
उदाहरणका लागि, मोरक्कोमा चिनियाँ निर्मित नुर (NOOR) सोलार कम्प्लेक्सले १० लाखभन्दा बढी मोरक्कन घरधुरीहरूलाई स्वच्छ ऊर्जा उपलब्ध गराएको छ, जसले देशको आयातित बिजुलीमा लामो समयदेखिको निर्भरताको अन्त्य गरेको छ ।
दक्षिण अफ्रिकामा चिनियाँ कम्पनीले विकास गरेको डे आर विन्ड फार्म (वायु ऊर्जा परियोजना) ले वार्षिक ७६० मिलियन किलोवाट–घण्टा सफा बिजुली आपूर्ति गरेको छ, जसले ३००,००० घरधुरीको माग पूरा गर्दै हरेक वर्ष ६१९,९०० टन कार्बन उत्सर्जन घटाउँदै आएको छ ।
युगान्डामा चिनियाँ निर्मित करुमा जलविद्युत् परियोजनाले हालै आफ्नो अन्तिम इकाईलाई देशको राष्ट्रिय ग्रिडमा जोडेको छ, जुन देशको सबैभन्दा ठुलो जलविद्युत् केन्द्र बनेको छ । यसले युगान्डाको कुल स्थापित क्षमता लगभग ५० प्रतिशतले बढाएको छ, १३ लाख टन कच्चा कोइला बचत गरेको छ र प्रत्येक वर्ष ३४ लाख ८० हजार टनले कार्बन उत्सर्जन घटाएको छ, जुन १५ लाख रूखहरू रोप्नु बराबर हुन आउँछ ।
चीन–अफ्रिका हरित ऊर्जा सहयोगले अफ्रिकी महाद्वीपमा असङ्ख्य घरहरू उज्यालो बनाएको छ र दिगो विकासको मार्गप्रशस्त गरेको छ ।
धेरै अफ्रिकी देशहरूमा मरुभूमिकरणले गम्भीर चुनौती खडा गरेको छ । सन् २०१७ मा, सिनचियाङ इन्स्टिच्युट अफ इकोलोजी एन्ड जियोग्राफी (XIEG) ले चाइनिज एकेडेमी अफ साइन्सेजसँग मरुभूमिकरण नियन्त्रणमा सहयोग बढाउन ग्रेट ग्रीन वालका लागि अखिल–अफ्रिकी एजेन्सीसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । यस प्रकारको सहकार्यमार्फत, चीन र अफ्रिकाले हालैका वर्षहरूमा मरुभूमिकरणसँग लड्नका लागि अनुभवहरू साझा गरेका छन् र एकअर्कालाई सहयोग गरेका छन् ।
२०१५ मा चीनको वाणिज्य मन्त्रालय र निङ्सिया स्वायत्त सरकारले मौरिटानियामा पशुपालन प्रविधि प्रदर्शन केन्द्र स्थापना ग¥यो, जसले देशमा ड्रिप र स्प्रिङ्कलर सिँचाइलगायतका पानी बचत सिँचाइ विधिहरू प्रस्तुत गरेको छ र माटो सुधार गर्न भेडाको मल, गाईवस्तुका मलजस्ता जैविक मलहरूको प्रयोगलाई प्रवद्र्धन गरेको छ ।
नाइजेरियाको कानो राज्यमा अफ्रिकी मरुभूमीकरण नियन्त्रण पहल (ADCI) द्वारा नाइजेरियालाई मरुभूमिकरणविरुद्ध ‘हरियो पर्खाल’ निर्माण गर्न मद्दत गर्न चिनियाँ एकेडेमी अफ साइन्सेसको सहयोगमा मरुभूमिकरण नियन्त्रण परियोजना सुरु गरिएको थियो ।
चीन र इथियोपियाको संयुक्त प्रयासले कम उचाइमा झारपातले आक्रमण गरेको घाँसे मैदानहरूको पारिस्थितिक स्वास्थ्य पुनःथापना र कायम राख्ने उद्देश्यले एउटा मोडेलको विकास गरेको छ, जसमा विभिन्न पास्टरल खेती (घाँस खेती) अभ्यासहरू समावेश गर्दै घाँसको वृद्धिलाई प्रवद्र्धन गर्न झाडीहरू हटाउने, चक्लाबन्दी गरिएका खेतका खण्डहरूमा पशुधन चराउने योजना समावेश छन् ।
सहारा मरुभूमिको दक्षिणी सिमानामा रहेको साहेल क्षेत्र लामो समयदेखि मरुभूमिको चपेटामा परेको छ । चिनियाँ र अफ्रिकी विज्ञहरूले गरेको अध्ययनका अनुसार यस क्षेत्रमा मरुभूमि भूमिको अनुपात सन् २००० मा ७२.३१ प्रतिशत रहेकोमा सन् २०२० मा ६९.२३ प्रतिशतमा झरेको छ । अफ्रिकाको ग्रेट ग्रीन वाल निर्माणले १० भन्दा बढी देशको प्राकृतिक वातावरणमा ठुलो सुधार ल्याउनेछ र सहारा मरुभूमिको दक्षिणमा रहेका लाखौँ स्थानीय मानिसहरूलाई लाभ पुग्नेछ ।
अफ्रिकी देशहरूसँगको सहकार्यमा चीनले बहुमूल्य अनुभवहरूको आदानप्रदानमार्फत आत्मनिर्भर विकासको लागि आफ्नो क्षमता अभिवृद्धिमा केन्द्रित गरेको छ ।
नोभेम्बर २०२० मा चीन–अफ्रिका हरित दू्रत कार्यक्रम लागू गर्न र चीन–अफ्रिका हरित नवप्रवर्तन कार्यक्रमको प्रवद्र्धनमा केन्द्रित हुँदै चीन–अफ्रिका वातावरणीय सहयोग केन्द्र आधिकारिकरूपमा सुरु गरियो । यी कार्यक्रमहरूले वातावरणीय व्यवस्थापन, प्रदूषण नियन्त्रण र हरित अर्थतन्त्रजस्ता क्षेत्रहरूमा अफ्रिकी पेशेवरहरूको पालनपोषण गर्दै, चीन–अफ्रिका वातावरणीय सहयोग संवादलाई सुदृढ पार्ने र वातावरणीय मुद्दाहरूमा संयुक्त अनुसन्धानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेका छन् । चीन–अफ्रिका हरित सहयोगको प्रेरक शक्ति बन्दै यी कार्यक्रमहरूमा धेरैभन्दा धेरै युवा अफ्रिकीहरू सामेल भइरहेका छन् ।
चीन र अफ्रिका ऊर्जा सङ्क्रमण र हरित विकासका लागि प्रतिबद्ध छन् । त्यतिमात्र होइन चीन र अफ्रिकी देशहरूले नयाँ युगमा साझा भविष्यको साथ उच्च स्तरको चीन–अफ्रिका समुदाय निर्माण गर्न र विश्वव्यापी दिगो विकासमा सकारात्मक ऊर्जा प्रदान गर्ने नयाँ अध्याय लेख्दै आफ्नो हरित सहयोगलाई अझ गहिरो बनाउँदै छन् ।
स्रोत : पिपुल्स डेली अनलाइन
प्रस्तुतिः प्रकाश
Leave a Reply