भर्खरै :

झूटको राजनीति गर्न नहुने

झूटको राजनीति गर्न नहुने

देश र जनताप्रति प्रतिबद्ध र दूरदृष्टि नभएको राजनीतिक दलले देश र जनताको पक्षमा काम गर्ला भन्ने विश्वास गर्ने आधार छैन । कुन दलले कसको पक्षमा काम गर्छ भन्ने कुरा पार्टीको सिद्धान्त र विचारको आधारमा थाहा हुन्छ । बहुमत जनताको पक्षमा काम गर्ने दलको सिद्धान्त र विचार हो भने त्यो दलले काम गर्ला भन्ने विश्वास जनतामा हुन्छ । तर, कति दलले जनताको विश्वास या आस्था जित्न कम्युनिस्ट पार्टी नाम राखे पनि त्यो देखावटीरूपमा देखिएको छ । बेलाबखत समाजवादको चर्चा परिचर्चा हुने गरेको देखिन्छ । सच्चा राजनीति गर्ने दलले झूटको राजनीति गर्दैन, गर्नु हुँदैन । जस्तोसुकै कदम चालेर भए पनि सत्तामा पुग्ने नियत सही होइन । ठुला र सत्तासीन दलका नेताहरूले गरेको काम यस्तै खालका छन् । सरकारको नेतृत्व गरेपछि आफ्नो दायित्व या जिम्मेवारी पूरा गर्नुपर्छ । तर, शासकहरूले सरकारको नेतृत्व गरे पनि जिम्मेवारी पूरा गरेका छैनन् । दुई ठुला दलले सरकारको नेतृत्वमा गर्दैमा बहुमत जनताको चाहना पूरा हुन्छ भन्ने होइन ।
शासक दल या ठुला दलका नेताहरूले बोलेअनुसार काम भएको भए देशको आर्थिक र सामाजिक स्थिति धेरै सुदृढ भइसक्नुपर्ने थियो; भ्रष्टाचार, अनियमितता, कमिसन धेरै हदसम्म नियन्त्रण हुनुपर्ने थियो । सत्तासीन दलका नेताहरूले जनतालाई न देशभक्तिको भावना जगाउने काम गरे न त विदेशी थिचोमिचो, आक्रमण र अतिक्रमणको विरोध गर्नुपर्छ† देश जोगाउनुपर्छ भनी शिक्षा दिए । जसरी भए पनि जितेर सरकारको नेतृत्व गर्न पाएपछि देश र जनताको लक्ष्य पूरा भएको ठान्ने शासक दलहरूको मनस्थितिले गर्दा देश पछि परेको हो; राज्यले जनताको पक्षमा राहत दिन नसकेको हो ।
सत्तारूढ दलको मुख्य दायित्व देश र जनतालाई मुक्त गर्नु हो; जनताको समस्या र सङ्कट अन्त्य गर्नु हो । तर शासकहरूले यसतर्फ चासो नै राखेनन् । उनीहरूको सत्तालिप्सा र अदूरदर्शिताले गर्दा देशले विकासमा फड्को मार्न सकेन; जनतालाई राहतको अनुभूति दिन सकेन । ठुला दलका सबै नेताहरूले सरकारको नेतृत्व गरिसकेका छन् । तर, परिवर्तन भएन किन ? ती दलका नेताहरूको बुद्धि र विचारमा खिया लागेको छ या दलको सिद्धान्त र विचार श्रमजीवीवर्गको पक्षमा छैन । हाल सरकारमा रहेका दलहरूको सिद्धान्त र विचार पुँजीपतिवर्गको पक्षमा छ । ती दलका नेताहरू श्रमजीवीवर्गको पक्षमा छैनन् । तिनीहरू श्रमजीवीवर्गका जनतालाई अधिकार दिएर जीवन सुनिश्चित गर्नुको सट्टा अधिकारबाट वञ्चित गर्ने, कष्टकर जीवन बिताउन बाध्य पार्ने र शोषक, सामन्त, जमिनदार, पुँजीपतिवर्गको पक्षपोषण गर्ने काममा लागेका छन् ।
संयुक्त आन्दोलनले निरङ्कुश राजतन्त्र अन्त्य ग¥यो । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राजतन्त्र अन्त्यबाहेक अरू खासै मौलिक परिवर्तन गर्न सकेको छैन । कम्युनिस्ट भनिने ठुला दलका नेताहरूले पटकपटक सरकारको नेतृत्व गरे पनि कम्युनिस्ट आचरण या मूल्य र मान्यताअनुसार शासन गरेको कुनै पनि अनुभूति जनतामा छाएको छैन । बहुमत जनताको सेवामा काम गर्नुपर्ने कम्युनिस्ट पार्टीको सरकारले उही पुँजीपति, सामन्त, जमिनदार, जालीफटाहाहरूकै पक्षमा काम ग¥यो । सरकारले उखु कृषकहरूको भुक्तानी दिलाउन सकेको छैन; मिटरब्याज पीडितहरूको समस्या समाधान भएको छैन र सहकारी ठगलाई कारबाही गर्न सकेको छैन । यसबाट थाहा हुन्छ; वर्तमान सरकार देश र जनताप्रति जिम्मेवार छैन ।
पँुजीवादी व्यवस्थाले श्रमजीवीवर्गको हित नगर्ने भएकोले कम्युनिस्ट पार्टीले समाजवादी गणतन्त्र प्राप्तिको निम्ति राजनीति गरेको हो । कम्युनिस्ट पार्टीले समाजवादी व्यवस्था स्थापना गर्न पुँजीवादी व्यवस्थाको विरोध गर्दै समाजवादी अवधारणाबारे जनतामाझ सुसूचित पार्दै आएको हो । नेमकिपा समाजवादी प्रचार अभियानमा छ । यसले कम्युनिस्टको सिद्धान्त र विचार गाउँ–गाउँमा पु¥याउने काम गरिरहेको छ । यसरी नै अरू कम्युनिस्ट पार्टीले पनि आफ्नो दायित्व या जिम्मेवारी पूरा गर्नुपर्ने हो । तर, अरू कम्युनिस्ट पार्टीले आफ्नो जिम्मेवारी पूरा गरेको देखिँदैन । त्यही कारण नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन पछि परेको हो । कम्युनिस्ट पार्टी पछि परेपछि पुँजीपतिवर्ग या शासकहरूले लामो समयसम्म रजाइँ गरिरहने छन् । यसबाट बहुमत जनताले दुःख पाइरहने छन् । बहुमत जनताले सुखको अनुभूति गर्न पाउन या उनीहरूको जीवन सुनिश्चित बनाउन समाजवादी व्यवस्था नै स्थापना गर्नुपर्छ । समाजवादी व्यवस्थाबिना बहुमत जनताको सेवा असम्भव छ । अतः देशका सबै कम्युनिस्टहरू समाजवादी व्यवस्थाको लागि समर्पित हुनुपर्छ, लाग्नुपर्छ । कम्युनिस्ट भन्ने तर समाजवादी व्यवस्था स्थापनामा नलाग्ने दलहरू सच्चा कम्युनिस्ट हुनेछैनन् । उनीहरू देशमा परिवर्तन चाहँदैनन्† पुँजीवादी व्यवस्थाकै वरिपरि रहेर पुँजीपतिवर्गकै पक्षपोषण गरेर पुँजीवादी व्यवस्थामै अल्झेर शासन गरी रजाइँ गरिरहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *