भर्खरै :

सत्ता प्राप्त गर्न प्रधानमन्त्री भारतसामु झुक्छन् !

सत्ता प्राप्त गर्न प्रधानमन्त्री भारतसामु झुक्छन् !

काठमाडौँ, २३ भदौ । बहुदल आएपछि सबै ठीक हुन्छ भनियो । बहुदल आएपछि अर्थतन्त्रको व्यवस्थापन गर्ने अधिकार थोरै मान्छेको हातमा गयो ।
बेलायत र फ्रान्सको पुँजीवादी क्रान्ति र अमेरिकाको स्वतन्त्रता आन्दोलन अध्ययन गरेकाहरूले ‘बहुदल आएपछि सबै ठीक हुन्छ’ ठानेका थिएनन् । बहुदल एक चम्चा पानी भएको र यसले नेपाली जनताको प्यास नमेट्ने विषय उतिबेलै उठेको हो । सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा नजाने विषय पनि उठेको थियो तर, एमाले तत्कालीन माले, माक्र्सवादी, संयुक्त नामका कम्युनिस्ट पार्टीहरू बहुदल पुनःस्थापनालगत्तै पुँजीवादी सरकारमा गए । त्यसयता संयुक्त जनमोर्चा (चौम), राजमो (मसाल), माओवादी (दाहाल) समेत कम्युनिस्ट दाबी गर्दै पुँजीवादी सरकारमा गए ।
पुँजीवादी सरकारबाट सबै कुरा ठीक हुने होइन । देशको अर्थतन्त्र केही व्यक्तिको कब्जामा पुग्ने र तिनीहरूले नै सरकारमा गएका दलहरूलाई हातको औँलामा नचाउने पुँजीवादी व्यवस्था हो । संविधानमा समाजवादउन्मुख अर्थतन्त्र’ उल्लेख गरियो तर सरकारी, सहकारी र निजी पनि लेखेर सर्वसाधारण जनतालाई धोका दिइयो । पुँजीवादी निर्वाचनबाट सरकारमा गएर ‘समाजवादउन्मुख अर्थतन्त्र’ निर्माण सम्भव विषय होइन । पुँजीवादी क्रान्तिसमेत हातहतियारबाट सम्भव भएको थियो ।
एउटा पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भने, “हामीले खुलस्तरूपमा छिमेकी देशसँग कुरा गर्नुपर्छ । खुला कुरा राख्न नसकेर भूराजनीतिको टाउकोमा दोष थोपर्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नुहुँदैन ।”
सरकारका प्रधानमन्त्री र मन्त्रीहरू कराएर हिँड्ने होइन† काम गरेर देखाउने हो । २००७ साल यताको सरकार गठन र विघटनबारे अध्ययन गर्दा भारतको प्रत्यक्ष वा परोक्ष हात रहेको पुष्टि हुन्छ । २००७ सालमा राजा, राणा र नेकालाई दिल्लीमा सम्झौता गराइएको थियो । परिणाम राजाको सचिव भारतीय आएका थिए भने मन्त्रिपरिषद्मा भारतीय राजदूत उपस्थित भएर निर्णय गराइएको थियो ।
२०१७ सालको प्रतिक्रान्तिमा तत्कालीन राजाले बीपी कोइराला सरकारको उपप्रधानमन्त्री सुवर्णशमशेर राणालाई अग्रीम जानकारी गराएका थिए । नेकाले २०३० सालमा विराटनगरबाट उडेको विमानलाई अपहरण गर्ने र ३० लाख भारतीय रूपैयाँ कब्जा गर्ने कामसमेतमा भारतको संलग्नता थियो ।
२०४७ सालको जनआन्दोलनको बेला नेकाका नेता गणेशमान सिंहको चाक्सीबारीमा भारतीय नेताहरू आएर बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *