कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
प्रजातान्त्रिक देशमा राजनीतिक दलले नै शासन गर्ने हो । देश विकास गर्ने र जनतालाई सुखको बाटो देखाउने काम राजनीतिक दलको हो । देश विकास हुने र नहुने कुरा राजनीतिक दलको सिद्धान्त र विचारमा भर पर्छ । तर, देश हाँक्ने राजनीतिक दलको युवाप्रति हेर्ने दृष्टिकोण गतिलो छैन न त दलप्रति युवाहरूको आकर्षण नै छ । यसका कारण देशका युवाहरू बाहिरिए; बाहिरिनेको सङ्ख्या बढ्दै छ । सरकारले युवालाई काम दिन सकेन । युवाहरूको जीवन सुनिश्चित नभएको कारण उनीहरू बिदेसिनु स्वाभाविक हो । सरकारले देशमा आवश्यकताअनुसार उद्योग, कलकारखाना खोलेको भए, सन्तुलित विकास गरेको भए, यही बसेर काम गर्ने वातावरण तयार भएको भए दुःखकष्ट गरेर कसैको दबाबमा बसेर शारीरिक र मानसिक यातना खाएर विदेशमा दुःखद जीवन बिताउनुपर्दैनथ्यो ।
जनताको विश्वासको आधार कम्युनिस्ट पार्टी हो । श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने दल कम्युनिस्ट पार्टी हो । देशमा उद्देश्यअनुसार काम नगर्ने कम्युनिस्ट पार्टी पनि देखिएको छ । नाउँ कम्युनिस्ट पार्टी तर कार्यशैली र उद्देश्य सबै पुँजीवादी ढङ्गको छ भने कम्युनिस्ट पार्टीको उद्देश्य पूरा हुने छैन । युवालाई देशमै परिचालन गर्ने हो, नेपाल बनाउनको निम्ति आवश्यक जनशक्ति तयार गर्ने हो भने युवालक्षित कार्यक्रम चलाउनुपर्छ; विभिन्न तालिमहरू सञ्चालन गर्नुपर्छ । युवा जनशक्ति उपयोग गर्नुपर्छ । देश भनेको ढुङ्गा, माटो, सिमानामात्र होइन जनताको उद्देश्य पूरा गर्ने थलो पनि हो; जनताको न्यायोचित माग पूरा गर्ने ठाउँ पनि हो । युवा परिचालन गरेर देश विकास गर्ने थलो हो ।
बहुदलीय व्यवस्थाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राज्यले युवाहरूलाई बाँच्ने आधार के तयार गरेको छ ? युवाहरूलाई उच्छृङ्खल र अराजक गतिविधिबाट रोक्न या अनुशासित बनाउन, देश र जनताप्रति समर्पित बनाउन, देशभक्त बनाउन राज्यले के भूमिका निर्वाह गरेको छ ? युवालाई देशमै राखेर देशको स्रोत र साधन परिचालन गर्नेतर्फ राज्यले के कस्ता पूर्वाधारहरू तयार गरेको छ ? राजनीतिक आन्दोलनले राज्य व्यवस्था परिवर्तन गरे पनि समाजको संस्कृति परिवर्तन गर्न सकेन† अन्धविश्वास र कुरीति हटाउने सन्दर्भमा युवालाई सचेत पार्न सकेन । राज्य व्यवस्था परिवर्तन भएर पनि सामाजिक व्यवस्थामा सुधार हुनसकेन । युवाहरू समाजमा नभिज्दा, समाजप्रतिको दायित्व नबुझ्दा कति विचलित भए; कति एक्लै भए; कति उच्छृङ्खल बाटोमा लागे त कति आपराधिक क्रियाकलापमा लागे । यसले युवाहरू गलत बाटोमा लागे । यसको कारण युवाहरू कुलतमा फसे; कुलतमा लागेकै कारण जेलमा परे या समाजबाट अलगिए ।
राज्यले युवाहरूलाई काम दिएर देशको लागि आवश्यक जनशक्ति तयार नगरिकन आर्थिक र जागिरको प्रलोभन देखाएर बिगार्ने काम ग¥यो; मनस्थिति बिगार्ने काम ग¥यो । राज्यले मन्द विष छरेर युवाहरूको भविष्य जीवन बिगार्ने काम ग¥यो । युवाहरूमा देशभक्ति भावना भएन भने विदेशी थिचोमिचोविरुद्ध लड्ने भावना कसरी हुन्छ ? देशको स्वाधीनता र सार्वभौमिकता कसरी जोगाउन सकिन्छ ? देशको माया नगर्ने, देशप्रति गर्नुपर्ने आफ्नो कर्तव्य भुल्ने युवाको जमातले के देश बनाउला, देश जोगाउला ? देशै भएन भने नेपाली पनि रहँदैन । देश जोगाउन र बनाउन युवाहरूको एकताको खाँचो छ । देश जोगाउन र बनाउन युवाहरूमाझ हात्तेमालो गर्नु आवश्यक छ ।
देश निर्माणमा लाग्नुपर्ने कति युवाहरू लागूऔषध, चरेस ओसारपसारमा लागेका छन्† कति मानव बेचबिखनमा त कति बेश्यालय पु¥याउने काममा लागेका छन् । मानव अङ्ग बेचबिखन, बालबालिका अपहरण, बेपत्ता पार्ने, नक्कली काम गर्ने, नक्कली सामान बेच्नेजस्ता आपराधिक क्रियाकलापमा युवाहरू नै अधिक छन् । मूर्ति चोर्ने, हत्या हिंसा गर्ने, अराजक गतिविधिमा लाग्ने अधिकांश युवाहरू नै छन् । आर्थिक स्थिति कमजोर भएका मानिसलाई प्रलोभनमा पारेर बेच्ने या विदेश पु¥याउने काममा पेशावर युवा कार्यकर्ताहरू नै लागेका छन् । देशको लागि लड्नुपर्ने युवाहरू गलत बाटोमा पसेपछि देशको स्थिति के होला ? अतः युवाहरू आफैँ सचेत हुनुपर्छ; चनाखो हुनुपर्छ । राज्यले पनि युवाहरूलाई सही मार्गमा लैजाने आधार तयार गर्नुपर्छ । यस कार्यमा राज्य लाग्नुपर्छ या सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू लाग्नुपर्छ । युवाहरू सच्चिए, अनुशासित भए, देशप्रति समर्पित भए देश विकास गर्न, अनियमितता, हत्या–हिंसा घटाउन कठिन हुँदैन । युवाहरू देशको लागि खाँचो छ । गाउँ–ठाउँमा युवा रिक्त भयो भने गाउँ र बस्तीको काम कसले गर्ला ? अनि देश विकास कसरी हुन्छ ?
Leave a Reply