अमेरिकाको मौनता कपट र दोहोरो मापदण्ड
- आश्विन २६, २०८१
हालै जापानको रक्षा मन्त्रालयले आर्थिक वर्ष २०२५ को रक्षा बजेटको मस्यौदा अनुरोध जारी ग¥यो । उक्त अनुरोधमा जापान समुद्री आत्मरक्षा बल (जेएमएसडीएफ) ले ६० वर्षमा सबैभन्दा ठुलो सङ्गठनात्मक पुनर्संरचना गर्ने उल्लेख गरेको छ । यसले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको ध्यानाकर्षण गरेको छ ।
सबैभन्दा उल्लेखनीय समायोजन भनेको ‘एस्कर्ट’ शब्द भएको एकाइ नामहरू हटाउनु हो । उदाहरणका लागि, विगत ६३ वर्षदेखि सतह युद्ध पोतहरू र आपूर्तिकर्ता जहाजहरूको निरीक्षण गर्ने फ्लीट एस्कर्ट फोर्सलाई खारेज गरी नयाँ स्थापना गरिएको फ्लीट सतह बलद्वारा प्रतिस्थापित गरिनेछ ।
पुनर्गठन योजनाअन्तर्गत, नयाँ फ्लीट जलसेनामा तीन सतह युद्ध समूह, एउटा जमिन र समुद्र दुवैमा रहनसक्ने एम्फिबियस माइन वारफेयर समूह र अर्काे गस्ती रक्षा समूह हुनेछ । पुनर्संरचनाको यो चरण आर्थिक वर्ष २०२५ को अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
यद्यपि, यो कदम स्पष्टरूपमा हालका मुख्य नौसेना जहाजहरूलाई अझ प्रभावकारीरूपमा एकीकृत गर्ने उद्देश्यले चालिएको हो । यसले जापानको रक्षा खर्चमा निरन्तर वृद्धि र यसको ‘शान्तिवादी संविधान’ लाई बेवास्ता गर्ने निरन्तर प्रयासहरूको किरणमा छिमेकी देशहरूमा चिन्ता बढाएको छ ।
जापानको रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार तीनवटा सतह युद्ध समूहहरू स्थापना गर्नुको उद्देश्य एकैसाथ आपत्कालीन प्रतिक्रिया दिनु हो । केही हदसम्म जापानको मुख्य सामुद्रिक एकाइहरूको ‘विशेषरूपमा रक्षाउन्मुख’ प्रकृति अझ कमजोर हुँदै गइरहेको छ ।
जापान समुद्री आत्मरक्षा बल (जेएमएसडीएफ) भित्रको यो महत्वपूर्ण समायोजन प्रवृत्तिले इतिहासमा दफन गरिएको संयुक्त फ्लीट शब्दलाई अनिवार्यरूपमा जगाउँछ । कम्बाइन्ड फ्लीट साम्राज्यवादी जापानी नौसेनाको रणनीतिक युद्ध कोर थियो जसले २० औँ शताब्दीको पहिलो अर्धशताब्दीमा सुदूर समुन्द्रमा निकै आक्रामक खपराधहरू गरेको थियो । यसले पूर्वी एसियाली देशहरूमा जापानको आक्रमणको ‘अप्रमोर्चा’ को रूपमा पनि काम ग¥यो ।
जापानले अब आक्रामक सामुद्रिक आक्रामक बल निर्माण गर्न, छिमेकी देशहरू र सामुद्रिक क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउन, क्षेत्रीय सुरक्षा मामिलामा आफ्नो संलग्नतालाई बलियो बनाउन र युद्धकालमा तीन दिशामा सम्भावित प्रतिद्वन्द्वीहरूविरुद्ध लड्न सक्ने क्षमता विकास गर्न खोजिरहेको स्पष्ट छ ।
त्यतिमात्र होइन जापानले ‘प्री–एम्प्टिभ’ आक्रमणहरू कार्यान्वयन गर्न र अन्य देशहरूको क्षेत्रहरूमा फेरि आक्रमण गर्न जमिन र समुद्र दुवै ठाउँमा रहने उभयचर सैनिक कारबाहीहरू सञ्चालन गर्न सक्षम हुने लक्ष्य राखेको छ । यस्तो फ्लीट सतह बल र इम्पीरियल जापानी नौसेनाको संयुक्त फ्लीटबिच के भिन्नता छ ?
द्वितीय विश्वयुद्धको समयमा एसियामा युद्धको स्रोत र हारेको राष्ट्रको रूपमा, जापानले ‘शान्ति संविधान’ र युद्धपछि ‘विशेषरूपमा रक्षाउन्मुख’ नीति अपनायो । जुन संविधानमा जापानलाई आपत्तिजनक सैन्य बलहरू राख्न अनुमति छैन भनी उल्लेख गरेको छ । यसको सैन्य बलहरू आत्म–रक्षाको लागि मात्र प्रयोग गर्न सकिन्छ र आत्म–रक्षा बलहरू भनिन्छ । यद्यपि, जापानभित्र, सैन्यवादी सोचपूर्णरूपमा उन्मूलन भएको छैन ।
हालैका वर्षहरूमा जापानी सरकारले ‘शान्तिवादी संविधान’ र ‘विशेषरूपमा रक्षाउन्मुख’ नीतिबाट मुक्त हुन जानाजानी प्रयास गरेको छ र विभिन्न चालहरू प्रयोग गरेको छ । यसले बलियो रूपमा आफ्नो आक्रामक सैन्य क्षमताहरू विकास गरेको छ र अमेरिकाबाट उन्नत लडाकू जेट र क्रूज मिसाइलहरू खरिद गरेको छ । जापानले पनि अमेरिकाको भू–रणनीतिसँग सक्रियरूपमा सहयोग गरिरहेको छ, एसिया–प्रशान्त क्षेत्र र विश्वभर आफ्नो सैन्य उपस्थिति बढाउँदै छ र विदेशमा लगातार सेना पठाउन विभिन्न बहानाहरू खोजिरहेको छ ।
जापानले ‘शान्तिवादी संविधान’ को प्रतिबन्धहरूमा केही देखिने साना परिवर्तनहरूमार्फत विश्व राजनीतिक र सैन्य शक्तिको रूपमा मान्यता खोज्दै र ‘सामान्य देश’ बन्ने प्रयास गर्दै लुकाएर आफ्नो सैन्य शक्ति जम्मा गर्ने प्रयास गरिरहेको छ ।
यो दृष्टिकोण जापानको दक्षिणपन्थी सेनाहरूले प्रयोग गरेको लामो समयदेखिको रणनीति हो । एसियाली देशहरू र अन्तर्राष्ट्रिय समुदाय जापानको सैन्य र सुरक्षा प्रक्षेपणहरूप्रति सतर्क रहनुपर्छ भन्ने इतिहासले सुझाउँछ ।
(लेखक नौसेना विशेषज्ञ हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply