नेतान्याहुको वक्तव्य झूटको पुलिन्दा
- आश्विन २६, २०८१
प्रत्येक वर्ष सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइयो । विश्वमा प्रत्येक वर्ष ८ देखि १० लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । नेपालमा मात्र २०८०/८१ मा ७ हजार २ सय २३ जना व्यक्तिले आत्महत्या गरेका छन् । प्रत्येक ४० सेकेन्डमा १ जना व्यक्तिले आत्महत्या गर्ने गर्दछ । १५ वर्षदेखि २९ वर्षका मानिसहरूको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको छ । यद्यपि, सबै उमेर समूहका मानिसले आत्महत्याका प्रयास वा आत्महत्या गर्ने गरेको छ । पुरुषभन्दा महिलाले बढी आत्महत्याको प्रयास गर्ने गरेको भए तापनि आत्महत्या गर्ने सङ्ख्या महिलाभन्दा पुरुष ३ गुणा बढी छ ।
आत्महत्या भन्नाले कोही व्यक्तिले जानीजानी आफूले आफैलाई हानी गरी हत्या गर्नु भन्ने बुझिन्छ । आत्महत्याले व्यक्ति, परिवार र समुदायमा दीर्घकालीन प्रभाव पार्न सक्छ तर आत्महत्यालाई रोक्न सकिन्छ । मानसिक रोगी विशेषगरी उदासिनता, मस्तिष्कसम्बन्धी रोग, क्यान्सर, एचआईभी सङ्क्रमण, घरेलु हिंसा, मदिरा सेवनजस्ता आत्महत्याका जोखिम तत्वहरू हुन् । प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्याका प्रयासहरू हुने गर्दछन् । आत्महत्याको प्रयास गर्नु पनि आत्महत्याका लागि सबैभन्दा महत्वपूर्ण जोखिम तत्व हो ।
यदि कोही व्यक्ति आत्महत्याको जोखिममा छ भने निम्न चेतावनीका सङ्केतहरू देख्न सकिन्छ –
– आफू अरुमाथि बोझ भएको कुरा गर्ने,
– एक्लै बस्न चाहने, चिन्तित देखिने,
– आफूलाई असाध्यै पीडा भएको कुरा गर्ने, अचानक अत्यधिक मादक पदार्थ सेवन गर्ने,
– आत्महत्याका विभिन्न तरिका खोज्ने, बढी रिसाउने,
– मुड परिवर्तन भइरहने,
– धेरै सुत्ने वा कम सुत्ने,
– आफूलाई मर्न मन लागेको कुरा गर्ने,
– आत्महत्याका योजना बनाउने वा आत्महत्याको कुरा गर्ने ।
समस्यामा परेकालाई कसरी सहयोग गर्ने ?
समाजमा हरेक मान्छेको आ–आफ्नो कथा–व्यथा हुन्छ । हरेक मान्छे आफूमात्र दुःखी अरुलाई हाँसीखुसी देख्छन् । त्यस्ता समस्यामा परेका व्यक्तिहरूलाई कुनै पूर्वाग्रह नराखी कुराहरू ध्यान दिएर सुन्ने र उसको कुरालाई गोपनियता कायम गरी व्यक्तिलाई सँगसँगै छौँ भन्ने महसुस गराउनुपर्दछ र उसको आनीबानीप्रति सचेत हुनुपर्दछ ।
आत्महत्या रोकथाममा समाजको भूमिका
आत्महत्या भन्ने शब्द पक्कै पनि सुन्नमा राम्रो शब्द होइन र आत्महत्या गरेको कसैको पनि देख्न र सुन्न चाहँदैन तथापि समाजमा यस्ता घटनाहरू घटिरहेका हुन्छन् । यस्ता घटना घट्न नदिन समाजका हरेक व्यक्तिको महत्वपूर्ण भूमिका रहन्छ । विद्यालयमा शिक्षक–शिक्षिका विद्यार्थीहरूले कोही विद्यार्थीका व्यवहार भिन्न देखिन थालेमा वा आत्महत्याका कुनै पनि सङ्केत देखिएमा विद्यार्थीहरूलाई निर्धक्कसँग भावना व्यक्त गर्ने वातावरण तयार गर्नुपर्दछ । त्यस्ता विद्यार्थीहरूलाई एक्लै नछोड्ने अभिभावकलाई सम्पर्क गरी त्यस्ता विद्यार्थीका निगरानी गर्नुपर्दछ । समुदायमा पनि त्यस्ता किसिमका व्यवहार वा सङ्केत देखिएका त्यस्ता व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्ने र मानसिक रोगी संज्ञा दिनुहँुदैन । त्यस्ता व्यक्तिको समस्याको बारेमा सम्बन्धित व्यक्ति वा निकायमा खबर गर्ने सहयोगी भावनाको विकास गर्ने र आत्मसम्मानको भावना जगाउन सहयोग गर्नुपर्दछ । आवश्यकता परेको खण्डमा मनोविमर्शकर्तासँग सम्पर्क गराउनुपर्दछ ।
मानव जीवनमा आइपर्ने क्षति, शोक, वियोगजस्ता विषयमा खुलेर छलफल गर्ने समाजमा आफूभन्दा पनि दुःखी मान्छेहरू पनि छन्, सबैको दुःख उत्तिकै पीडादायी छ, यसलाई धैर्यताका साथ सामना गरी आफ्नो जीवनलाई अगाडि बढाउनुपर्दछ । सबैले सबैलाई सहयोग र सम्मान गर्नुपर्दछ भन्ने भावनाको विकास गर्नुपर्दछ ।
Leave a Reply