कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
नेपालभाषा साहित्य तःमुंज्या भाषिक, साहित्यिकमात्र होइन वैचारिक मञ्च पनि हो । उक्त साहित्यिक मञ्चमा देशका राष्ट्रिय समस्यामात्र होइन अन्तर्राष्ट्रिय समुदायमा भइरहेको आक्रमण, थिचोमिचोको विरोधमा साहित्य वाचन हुन्छ; ख्याल, नाटक र गीतमार्फत जनतालाई सुसूचित पार्ने काम हुन्छ । राजनीतिज्ञ र विज्ञहरूले आ–आफ्ना अनुभवहरू बताएर सचेत पारेका हुन्छन् । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । उनीहरूले अन्तर्राष्ट्रिय कर्तव्य पालना गरेका हुन्छन् । कम्युनिस्टहरू भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्छन् । साम्राज्यवादी देशबाट थिचोमिचोमा परेका स्वाधीन तथा सार्वभौम देशका जनताको समस्याप्रति कम्युनिस्टहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्छन् । यो कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय कर्तव्य हो; त्यो धर्म कम्युनिस्टहरूले पालना गर्नुपर्छ ।
अहिले सरकारको वाक्युद्ध भनेको समाजवाद र साम्राज्यवादबिचको युद्ध नै हो । संसारका मुलुकमा साम्राज्यवादी मुलकको हैकम, दबाब, आक्रमण भइरहेसम्म स्वाभिमानी र देशभक्त जनताले शान्तिपूर्वक बाँच्न पाउने छैनन् । संसारका जनताको जीवन सुनिश्चित हुनेछैन । आज संसारमा युक्रेन र रुस, इजरायल र प्यालेस्टिनबिच मात्र होइन साम्राज्यवादी अमेरिकाले क्युवा र प्रजग कोरियामा गरिरहेको नाकाबन्दी फिर्ता लिएको छैन । नाकाबन्दीको कारण आर्थिक समस्या देखिएको छ । देशमा सामान आयात गर्न नपाउने र आफ्नो देशको सामान निर्यात गर्न नपाउने काम गरेर अमेरिकाले क्युवाली र प्रजग कोरियाली जनतालाई दुःख दिइरहेको छ । यस वर्षको चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्यामा यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या र देशभक्त आन्दोलनबारे लेख रचना लेख्नु आवश्यक छ । यस वर्षको अन्तर्राष्ट्रिय विषय युक्रेन, रुस, इजरायल, प्यालेस्टिनी आन्दोलन, प्रजग कोरिया र क्युवामा भइरहेको नाकाबन्दीलाई बनाउनु उपयुक्त हुन्छ । यस्तै विषय नेपालभाषा साहित्य तःमुंज्या आयोजक (ग्वसाखल) समितिद्वारा आयोजित साहित्य गोष्ठीमा वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए ।
उक्त साहित्य गोष्ठी सम्मेलनमा प्रस्तुत हुने साहित्य स्तरीय या उत्कृष्ट बनाउने ध्येयले भएको हो । यो एक किसिमको साहित्य वाचन र विषयवस्तुको रिहर्सल हो । गोष्ठीमा अतिथि साहित्यकार या वक्तासमेत गरी ३३ जनाले साहित्य वाचन गरेका थिए । साहित्य वाचनमा कविता र कथाको विधा पनि थियो । अतिथि साहित्यकारहरूले वाचित साहित्यको समीक्षा गरेका थिए । समीक्षकहरूले कथा, कविता र निबन्धमा हुनुपर्ने तत्वबारे जानकारी दिएका थिए । यस हिसाबले उक्त गोष्ठी फलदायी भएको सहभागी साहित्यप्रेमीहरूको धारणा रहेको छ ।
साहित्य गोष्ठी या सम्मेलन पटक पटक गर्नुपर्ने आवश्यक महसुस गरिएको थियो । सम्मेलन अगाडि मात्र साहित्य गोष्ठी गर्दा लेखिएको साहित्य स्तरीय नभएको दर्शकहरूको गुनासो पनि नभएको होइन । साँच्चै हतपतको साहित्य स्तरीय हुँदैन या साहित्यमा हुनुपर्ने अलङ्कार, उपमा, अन्त्यानुप्रास मिलेको हुँदैन । विचार पक्ष सही भए पनि कला पक्ष नहुँदा साहित्य चित्ताकर्षक हुँदैन; भावमा विशिष्टीकरण हुँदैन । यसले स्रोताहरूको ध्यान खिच्न सकिँदैन । कविताको लागि चाहिने गुण या तत्व मिल्यो भने साहित्य सन्देशमूलक र शिक्षामूलक हुन्छ । यस हिसाबले तःमुंज्या सुरु हुनुअघि तयारीस्वरुप भएको सो साहित्य गोष्ठी समय सान्दर्भिक र शिक्षामूलक भएको अनुभूति गर्न सकिन्छ ।
साहित्य नाराबाजी हुन नहुनेमा शङ्का छैन । साहित्य लेख्दा कल्पनाशीलता आवश्यक हुन्छ । आफूले लेखिएका ख्याल, एकाङ्की र कवितामा श्रमजीवी जनताको सेवा गर्ने समाजसेवी, राजनीतिक कार्यकर्तालाई नायक नायिका बनाइनुपर्छ । हरेक विधाको साहित्य प्रगतिशील हुनुपर्छ । साहित्य प्रतिक्रियावादी साहित्यको विरोधमा लेख्नुपर्छ । साहित्य गद्य र पद्यमा पनि लेख्न सकिन्छ । छन्दमा साहित्य लेख्न सकियो भने त्यो अझै सौन्दर्य हुन्छ । वार्णिक छन्द, मात्रिक छन्द, मुक्तक छन्द र लोक छन्दमा कविता लेख्न सकिन्छ । तर, छन्दमा साहित्य लेख्दा लघु, गुरु, गणमा ध्यान दिनुपर्छ । स्वर, यति, गतिमा ध्यान पु¥याउनुपर्छ । प्रयास गरियो भने विभिन्न छन्दमा कविता लेखेर स्रोताहरूको मन जित्न सकिन्छ । साहित्य जनपक्षीय हुनुपर्छ । यसबाहेक कला, अलङ्कार, उपमा भयो भने सुनमा सुगन्ध हुन्छ र साहित्यको वजन बढ्छ या स्रोताहरू खुसी हुन्छन् । यही उद्देश्यले सो साहित्य गोष्ठी आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।
Leave a Reply