कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
सत्तासीन दलका नेताहरूले देशको आम्दानीमा आँखा गाडे; पदको दुरूपयोग गरी जसरी भए पनि अकुत सम्पत्ति कमाउने बाटोमा लागेर सिद्धान्त र विचारलाई बन्धकमा राखे । देशमा उत्पादन बढाउने, स्रोत र साधन उपयोग गर्ने, उद्योग, कारखाना खोलेर आधारभूत आवश्यकता पूर्ति गर्ने र रोजगारीको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान गएन । सरकारले योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त पनि गर्न सकेन; व्यक्तित्व विकासमा समान अवसर दिन सकेन र सन्तुलित विकासमा ध्यान पु¥याउन सकेको छैन । कृषिप्रधान देशमा खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिएको छैन; रासायनिक मल कारखाना खोलिएको छैन । आयआर्जन बढाउने र रोजगारीको बन्दोबस्त गर्नतर्फ पनि सरकारको ध्यान गएको देखिँदैन ।
बरु यहाँ श्रम शोषण भइरह्यो । कहिले सामन्त र जमिनदारहरू उखु कृषकहरूलाई भुक्तानी नदिएर हैरान पार्थे त कहिले सर्वसाधारण जनता शोषक, सामन्त र जमिनदारबाट मिटरब्याजको कारण मर्कामा पर्थे । जमिनदारहरू मिटरब्याजको कारण सर्वसाधारणका जग्गा हातमा पार्थे । वर्षाैँदेखि जोत्दै आएको जग्गामा मोहियानी हक नदिएर सरकारले जग्गाबाट निष्काशन ग¥यो । कमैया मुक्तिको नाउँमा कमैयाहरूलाई घर र जग्गाबाट वञ्चित गरेर कष्टकर जीवन बिताउन बाध्य पारियो । जसको मान–सम्मान गर्नुपथ्र्याे; तिनीहरूलाई नै निकाल्ने, हकबाट वञ्चित गर्ने काम प्रजातान्त्रिक सरकारले ग¥यो र कम्युनिस्ट भनिने दलहरूले ताली बजाएर समर्थन गरे । पुँजीपतिवर्गको सरकारले यस्तो प्रयास गरे पनि कम्युनिस्ट भनिने दल र दलको सरकारले रोक्नुपथ्र्याे या गर्न दिनु हुँदैनथ्यो ।
किसानहरूको मोही कायम गरेर द्वैधस्वामित्व अन्त्य गर्नुपथ्र्याे; कमैयाहरूको जीवन सुनिश्चित गर्ने आधार तयार गरेर या गर्दै आएको जग्गा उपलब्ध गराएर कमैया मुक्त गर्नुपथ्र्याे । तर, गरिएन । अतः नेकाको सरकार श्रमजीवी जनताको पक्षमा नरहेको स्पष्ट हुन्छ । पुँजीपतिवर्गको हितमा समर्थन गर्ने कम्युनिस्ट भनिने दल पनि पुँजीवादी व्यवस्थालाई नै मलजल गर्ने या पोषण गर्ने दलको रूपमा देखियो । एमाले र माओवादी केन्द्र नाउँको मात्र कम्युनिस्ट रहे; व्यवहारमा देखिएन । के कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार भनेको जनतालाई देखाउने दाँतमात्र हो ? कम्युनिस्ट पार्टीले माक्र्सवादी र लेनिनवादी सिद्धान्तअनुसार राजनीति गर्नुपर्दैन ? सत्तासीन कम्युनिस्ट पार्टीहरू विस्तारवादी देश भारत र साम्राज्यवादी देश अमेरिकाको पछि लाग्छन्; उनीहरूको इसारामा उठबस गर्छन् ।
क्युवा र प्रजग कोरियामा संयुक्त राज्य अमेरिकाले देशकौँदेखि लगाउँदै आएको नाकाबन्दी हटाउनेबारे नेमकिपाबाहेक अरु कुनै सत्तासीन कम्युनिस्टले विरोध गरेको देखिँदैन । कम्युनिस्ट पार्टीले कम्युनिस्ट देशमा भइरहेको नाकाबन्दी, आक्रमण, हस्तक्षेप र दबाबको विरोधमा बोल्नुपर्दैन ? अमेरिकी हतियारको सहयोगमा इजरायलले प्यालेस्टिनमाथि गरिरहेको बर्बर आक्रमण, बम वर्षा गरेर धनजनको क्षति भइरहेको विषयमा बोल्नुपर्दैन ? कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । तर, सत्तासीन कम्युनिस्टहरू न आफ्नो देशका श्रमजीवी जनताको पक्षमा बोल्छन्; ऐन कानुन बनाउँछन्; न त विदेशमा स्वाधीन र सार्वभौम देशमा भइरहेको आक्रमणको विरोध गर्छन् ? एमाले र माओवादी केन्द्रलाई केको आधारमा कम्युनिस्ट पार्टी भनेर चिन्ने ? के कम्युनिस्ट पार्टीको काम साना दललाई निमिट्यान्न पार्ने प्रयास गर्नु मात्र हो ? कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गरिरहेको कम्युनिस्ट पार्टीको विरोध गर्नु के सत्तासीन कम्युनिस्ट पार्टीको कर्तव्य हो ?
कम्युनिस्ट पार्टीले देशमा समाजवाद स्थापना गर्नको निम्ति पूर्वाधार तयार गर्नुपर्ने हो । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार काम गरिँदैन भने त्यो दलले निर्वाचनमा बहुमत ल्याएरै के गर्ने ? के पार्टीको काम भनेको जसरी भए पनि सत्तामा पुग्नु हो ? सत्तामा पुगेर बहुमत जनताको सेवा गर्नु पर्दैन ? एमालेले देशमा समाजवाद ल्याउने प्रयास गर्दैन; गरिरहेको छैन । सुरुमा अलि आशा जागेको माओवादी केन्द्र पनि सिद्धान्त र विचार छोडेर पुँजीवादी राजनीतिमा लाग्यो । माओवादी केन्द्र अडान नभएको दल हो; सत्ताको निम्ति कहिले नेका र कहिले एमालेसित घाँटी जोड्ने अवसरवादी दल हो । सत्तामा जान पाएपछि सिद्धान्त र विचार छोड्ने दलले देशमा समाजवाद ल्याउला भनेर कसरी विश्वास गर्ने ? एमाले र माओवादी केन्द्रले आफ्ना कार्यकर्तालाई कहिले पनि कम्युनिस्टको सिद्धान्त र विचारबारे प्रशिक्षित गर्दैनन् । ती दलका नेता कार्यकर्ताहरू पनि कहिल्यै कम्युनिस्टको सिद्धान्त र विचारबारे जनतालाई बताउँदैनन् । सिद्धान्त र विचार लुकाएर अरु दलको विरोध मात्र गरेर देशमा समाजवाद आउँदैन; समाजवादको पृष्ठभूमि तयार हुँदैन ।
ठुलो दलको अभिमानी गर्ने तर बहुमत जनताको पक्षमा सानो काम पनि नगर्र्ने दल ठुलो हुनुको के अर्थ रह्यो ? के ठुलो दल हुनु भनेको साना दललाई तर्साउन हो ? झूटको खेती गर्दै जनतालाई भ्रममा पाल्नु हो ? कम्युनिस्ट पार्टीले समाजवाद र पुँजीवादको अन्तरबारे जनतालाई सुसूचित गर्नुपर्दैन ? पुँजीपति पार्टी ठीक मानेर कम्युनिस्ट पार्टी कसरी बलियो हुन्छ ? पुँजीवादी व्यवस्थामा पसेर मुलुकमा आमूल परिवर्तन गर्न सकिन्छ भन्ने दृष्टिकोण नै सत्तासीन कम्युनिस्ट पार्टीको गलत ठम्याइ हो । मावि तहसम्म शिक्षामा निःशुल्क र अनिवार्य गर्दैमा त्यो सरकार कम्युनिस्ट हुन्छ भन्ने होइन । तर, निःशुल्क र अनिवार्य शिक्षा लागु गर्नु राम्रो हो । कम्युनिस्ट पार्टीले पुँजीवादी व्यवस्था नै बदल्नुपर्छ । पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था ल्याउनुपर्छ । समाजवादी व्यवस्था ल्याउन कम्युनिस्टहरू लागिरहनुपर्छ । यो नै कम्युनिस्ट पार्टीको उद्देश्य हो ।
Leave a Reply