भर्खरै :

अफ्रिकाको लागि वास्तविक छनोटः चीन र अमेरिकाबिच होइन, बरु कसले सही काम गर्छ भन्ने हो

अफ्रिकाको लागि वास्तविक छनोटः चीन र अमेरिकाबिच होइन, बरु कसले सही काम गर्छ भन्ने हो

चीन र अफ्रिकाबिचको सबैभन्दा ठुलो कार्यक्रम, चीन–अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलन शुक्रबार पेइचिङमा सम्पन्न भयो । यस शिखर सम्मेलनमा कम्तीमा ५३ अफ्रिकी देशका राष्ट्र प्रमुख वा मन्त्री अधिकारीहरू उपस्थित थिए । यो वास्तवमै चीन र अफ्रिकाबिचको सहयोग कति गतिशील र बलियो भएको छ भन्ने बलियो सङ्केत हो । पेइचिङमा भएको चीन–अफ्रिका सहयोग मञ्च FOCAC शिखर सम्मेलनले चीन–अफ्रिका सहयोगलाई उच्चस्तरमा पु¥याएको छ र आधुनिकीकरण हासिल गर्ने नयाँ तरिकामा जोड दिएको छ भन्नेमा चीनलाई ठुलो विश्वास छ ।
यद्यपि, यो पनि ध्यान दिनु महत्वपूर्ण छ कि हालैका वर्षहरूमा केही पश्चिमी देशहरूले चीनलाई अफ्रिकामाथि शोषण गरेको आरोप लगाउँदै आएका छन् । उदाहरणका लागि, ‘नव–औपनिवेशिकता’ वा ‘ऋण जाल’ लगायत सबै प्रकारका झूटा आरोपहरू लगाउँदै आएका छन् । चिनियाँ दृष्टिकोणबाट यी सबै आरोपहरू पूर्णतया आधारहीन छन् । चीनले कूटनीतिक सम्बन्ध भएका ५३ अफ्रिकी देशहरूलाई ठुला वा साना किन नहोस् समान रूपमा हेर्छ र अफ्रिकासँगको सहयोगमा उसले कुनै पनि राजनीतिक स्वार्थ जोडेको छैन । यतिखेर संरा अमेरिकामा चीनविरुद्ध अनेक आरोप लगाउनेहरू छन् । तिनीहरूका क्रियाकलाप र धारणा हेर्दा र सुन्दा संरा अमेरिकाले अफ्रिकासँग मिलेर काम गरिरहेको चीनलाई किन घृणा गर्छ ? संरा अमेरिका अफ्रिकामा चीनको थप संलग्नता हेर्न चाहँदैन किनभने उनीहरूको बुझाइ छ कि अफ्रिकी महादेश चीनको प्रभावमा परेको मात्र होइन डुबेको छ । संरा अमेरिकाले चीनले वास्तवमा अफ्रिकी देशहरूसँगको जीत–जीत सहयोग (विन–विन कोअपरेसन) लाई बढावा दिन चाहन्छ भन्ने कुरा स्वीकार गर्न बुझ्न नै गरेको छ ।
खीरको स्वाद साँच्चै यसलाई खाँदा थाहा हुन्छ र अफ्रिकी देशहरूले खीर खाएका छन् र सारा संसारलाई बताउनुपर्छ कि कुन हलुवा उनीहरूको निम्ति ठीक हो । मौलिक र दार्शनिक रूपमा मलाई लाग्छ कि अफ्रिकी देशहरूको लागि वास्तविक छनोट चीन वा संरा अमेरिकाबिचको होइन, बरु कसले सही काम गरिरहेको छ भन्ने हुनुपर्छ ।
यदि चीनले सही काम गरिरहेको छ भने अफ्रिकी देशहरू किन चीनबाट टाढा जान्छन् ? चीन–अफ्रिका सहयोगको अर्थ अफ्रिकी देशहरूले यस विषयमा संरा अमेरिका वा अन्य कुनै देशसँग सहकार्य गर्न सक्दैनन् भन्ने होइन । कुनै पनि देशले कुनै पनि अफ्रिकी देशसँग एक सर्तमा संलग्न हुन सक्छ, केवल एक शर्तमा र त्यो के हो भने तिनीहरूले अफ्रिकी देशहरूलाई सम्मान गर्नुपर्छ र उनीहरूलाई समानरूपमा व्यवहार गर्नुपर्छ ।
चीन अफ्रिकी देशहरूसँग मिलेर काम गर्न चाहन्छ । हामीले अफ्रिकी विशेषताहरूसहितको आधुनिकीकरण भन्दछौँ । अफ्रिकी देशहरूले आफ्नो अगाडि बढ्ने बाटो पत्ता लगाउन आवश्यक छ । तिनीहरूले चीनबाट धेरै कुरा सिक्न सक्छन्, तर तिनीहरूले चिनियाँ मोडेललाई मात्र अपनाउन सक्दैनन् किनभने तिनीहरूले आफ्नो विशिष्ट परिस्थितिहरू पूरा गर्न चीनमा हामीले जे गर्दै आएका छौँ त्यसलाई उनीहरूले अनुकूलन गर्न आवश्यक छ ।
(लेखक सूचो विश्वविद्यालयका अध्यक्ष प्राध्यापक र सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसनका उपाध्यक्ष हुनुहुन्छ ।)

– ग्लोबल टाइम्स अनलाइन
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *