सामाजिक सञ्जालमा नेमकिपाविरूद्ध प्रकाशित झूटा समाचारको खण्डन
- आश्विन २८, २०८१
काठमाडौँ, २ असोज । विद्यालय, कलेज र विश्वविद्यालयहरूलाई ज्ञानका पवित्र मन्दिर मानिन्छन् । ती संस्थाहरूमा शान्ति सुरक्षाको सुनिश्चितता शैक्षिक गुणस्तर कायम राख्ने पहिलो सर्त हो । अहिले कलेज र विश्वविद्यालयहरूमै सबभन्दा बढी अशान्ति भइरहेका छन् । विश्वविद्यालयहरूमा बन्द, हडताल, तोडफोड, आगजनी नेपालीहरूका लागि सामान्यजस्तै भइसकेका छन् । शासक राजनैतिक दलहरूले आप्mना भ्रातृ सङ्गठनका कार्यकर्ताहरूलाई त्यसरी नै अराजक गतिविधि गर्न प्रशिक्षण दिएका देखिन्छन् ।
अहिले देशमा एमाले र नेपाली काङ्ग्रेसको संयुक्त सरकार छ । केन्द्रदेखि प्रदेशहरूसम्ममा ती नै पार्टीका सरकारहरू छन् । यतिबेला चितवनको रामपुर कृषि विश्वविद्यालयमा दुई हप्तादेखि तालाबन्दी छ । कहिलेबाट खुल्छ कुनै ठेगान छैन । एमालेको भ्रातृ सङ्गठन अखिल र काङ्ग्रेसका भ्रातृ सङ्गठन नेविसङ्घबिच भएको झगडाको शिकार अहिले कृषि पढ्ने हजारौँ विद्यार्थी बनिरहेका छन् । त्यहाँ पढाइका साथै अनुसन्धानलगायतका सबै गतिविधिहरू थप्प छन् ।
शिक्षण संस्थाहरूमा शान्तिपूर्ण वातावरण कायम गर्नु राज्यको दायित्व हो । प्रतिपक्षी दलहरू र तिनका भ्रातृ सङ्गठनहरूले बन्द हडताल गरेको खण्डमा पनि सरकारले त्यसलाई रोक्ने पहल गर्नुपथ्र्यो । सरकारमा बसेका दुई दलका भ्रातृसङ्गठनहरूबिच झडपका कारण विश्वविद्यालय बन्द हुँदा समेत खोल्ने प्रयत्न नहुन सरकारको नालायकीपन हो ।
नेपालमा अहिले १२।१३ वटा विश्वविद्यालयहरू सञ्चालनमा छन् । ती विश्वविद्यालयमा कही न कहीँ बन्द हडतालजस्ता अराजक गतिविधिहरू भइरहन्छन् । बाहिरी रूपमा अखिल र नेविसङ्घबिच झगडाजस्तो देखिए पनि भित्री मनसाय भने नेपाली विद्यार्थीहरू विदेश पठाउने नै देखिन्छ । हरेक वर्ष जब जब भारतमा विद्यार्थी भर्ना कार्यक्रम सुरु हुन्छ तब तब नेपालका विश्वविद्यालयहरूमा बन्द हडताल हुने गरिन्छ । यसले नेपालका विश्वविद्यालयहरूमा अराजक स्थिति उत्पन्न गर्ने शासक दलहरूका भ्रातृ सङ्गठनहरूको साँठगाँठ विद्यार्थी विदेश पठाउने आपराधिक गिरोहसँग भएको अनुमान गर्न सकिन्छ ।
अहिले नेपाली विद्यार्थीहरू कक्षा १२ उत्तीर्ण हुनासाथ विदेश अध्ययनको सपना देख्छन् । नयाँ पुस्तालाई नेपालका कलेज विश्वविद्यालयप्रति विश्वासै छैन । राम्रो अङ्क प्राप्त गरी उत्तीर्ण भएका अधिकांश विद्यार्थीहरूको उच्च शिक्षाको गन्तव्य विदेश बन्दै छ । यो स्थितिबारे विद्यार्थीका हक हितको निम्ति भनी सङ्गठन खोल्ने नेविसङ्घ र अखिलका विद्यार्थीहरू अवगत नभएका पनि होइनन् । सबै विद्यार्थीहरू विदेश पढ्न जान बाध्य बनाएर केको निम्ति विद्यार्थी सङ्गठनहरू खोलेर बसेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
सरकारी स्वामित्वका विद्यालय, कलेज र विश्वविद्यालयहरू राम्रो भएमात्रै जनताका छोराछोरीहरूले राम्रो शिक्षा हासिल गर्ने अवसर पाउँछन् । केही धनीमानीका सन्तानहरू सरकारी शिक्षण संस्थाहरू नियोजितरूपमा ध्वस्त पार्न चाहन्छन् । त्यसमा सरकारी जागिर खाएका तर निजी कलेज सञ्चालक बनेका प्राध्यापकरूपी शैक्षिक व्यापारीहरूको ठुलो हात रहेको पाइन्छ । शिक्षण संस्थाहरूमा सुधार गर्ने हो भने निजी शिक्षण संस्थाका सञ्चालकहरूलाई कुनै पनि सरकारी संस्थाहरूमा संलग्न गराउन नहुने नीति बनाउन आवश्यक छ ।
विश्वविद्यालयहरूमा बन्द हडताल मात्र होइन, समयमा नै परीक्षा नहुने, परीक्षा कापी हराउने, विद्यार्थीहरूलाई पढाउँदै नपढाएका प्रश्नहरू सोध्ने, उपकुलपति र रेक्टरलाई कालो मोसो दल्नेजस्ता घटनाहरूले गर्दा विद्यार्थीहरूमा नेपालका शैक्षिक संस्थाहरूप्रति विश्वास घट्न गएको हो । सन् २०२३ मा मात्र १ लाख १० हजारभन्दा बढी विद्यार्थीहरूले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएबाट नेपाली विद्यार्थीहरूको मानसिकता बुभ्mन पर्याप्त छ ।
अहिले नेपालका सयौँ कलेजहरू विद्यार्थी अभावमा बन्द हुने अवस्थामा छन् । देशको झण्डै वार्षिक एक खर्ब जति रकम शिक्षाकै लागि बाहिरिने गरेको छ । देशको अर्थतन्त्रमा त्यसले ठुलो असर पारेको छ । देशको शैक्षिक क्षेत्र भद्रगोल हुनुमा शासक दलका भ्रातृ सङ्गठनहरू मात्रै होइनन् त्यसको नेतृत्व गर्ने शासक दलहरू नै मुख्य रूपमा जिम्मेवार छन् ।
शासक दलका नेताहरूले ‘शैक्षिक क्षेत्र शान्ति क्षेत्र हुन्’, त्यहाँ आप्mनो दल र भ्रातृ सङ्गठनहरूबाट बन्द हडताल नगर्ने लिखित प्रतिबद्धतासमेत जाहेर गरेका थिए । तर, केही वर्षभित्रै ती सबै प्रतिबद्धताहरू नेताहरूले बिर्से । परिणामतः शैक्षिक क्षेत्र अहिले अराजक क्षेत्रमा रूपान्तरण भयो । त्यसलाई तत्काल बन्द गर्नेतर्पm सरकारी दलहरूले ध्यान दिन ढिलो गर्नु हुन्न । नेपालका शिक्षालयहरूमा राम्रो शिक्षाको गुणस्तर कायम गर्न सके कोही पनि विद्यार्र्थी विदेश पढ्न जाने छैनन् ।
विद्यार्थी विदेश पठाएर कमिशन खान पल्केका केही स्वार्थी र अनैतिक चरित्रका शिक्षक प्राध्यापकहरूका कारण पनि नेपालका विभिन्न कलेजहरू बदनाम भइरहेका छन् । बेला बेलामा विश्वविद्यालयहरूमा हुने बन्द हड्ताल विद्यार्थी विदेश पठाउने गिरोहहरूको चाल मात्र हुन सक्छ । विभिन्न राजनैतिक सङ्गठनहरूका विद्यार्थी नेता भइटोपलेकाहरूले सधँै बन्द हडताल गरी विद्यार्थीको भविष्य अन्धकार बनाउने अपराध कहिल्यै नगरून् ।
Leave a Reply