भर्खरै :

सिन्चियाङबारे पश्चिमी कथाहरू काल्पनिकमात्र

सिन्चियाङबारे पश्चिमी कथाहरू काल्पनिकमात्र

चीनको सिन्चियाङ उइगुर स्वायत्त क्षेत्रमा पाइला राख्नुअघि पाकिस्तानका मिडिया प्रतिनिधिमण्डलका अधिकांश सदस्यहरू जातीय अल्पसङ्ख्यकहरू अन्यायमा पर्छन् भन्ने पश्चिमी भ्रामक कथाहरूको प्रभावमा थिए ।
साँच्चै भन्नुपर्दा प्रतिनिधिमण्डल र एक थिङ्क ट्याङ्क ‘इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसनस एन्ड मिडिया रिसर्च’ को अध्यक्षको हैसियतमा हामी चीनमा शङ्का बोकेर प्रवेश गरेका थियौँ । तर, हामीले सिन्चियाङका ठाउँहरू घुम्न थालेपछि, मानिसहरूसँग अन्तरक्रिया गर्न र स्थानीय अल्पसङ्ख्यक जातिका मानिसहरूसँग कुरा गर्न थालेपछि यो स्पष्ट भयो कि पश्चिमी कथाहरू काल्पनिक कथाहरू मात्र हुन्, जसको वास्तविकतासँग कुनै सम्बन्ध छैन ।
देख्नु भनेको सबभन्दा ठुलो विश्वासको आधार हो । तसर्थ, चीनमा अल्पसङ्ख्यक जातीय भेदभावसम्बन्धी काल्पनिक कथाहरू पूर्णरूपमा मनगढन्ते साबित भएका छन् । मिडिया प्रतिनिधिहरूले सिन्चियाङको उदय र विकासको साक्षी दिए । हामी पाकिस्तानी प्रतिनिधिहरूले सिन्चियाङको यिनिङको चाबुचर काउन्टीको आधुनिक गाउँमा बसोबास गर्ने अल्पसङ्ख्यक समूहहरूको भ्रमण गरेका थियौँ । त्यहाँ उइगुर जनताको जीवनस्तर, रहनसहन, चहलपहल, विद्यालय शिक्षा, नागरिक सुविधा, वरपरको वातावरण, राम्रोसँग सुसज्जित घर र जीविकोपार्जन देखेर उनीहरूका सबै प्रश्न र शङ्काको उत्तर मिल्यो ।
“अन्तर्राष्ट्रिय समुदायले सिन्जियाङको भ्रमण गर्ने समय आएको छ । यसले काल्पनिक कथाबाट तथ्य छुट्याउन मद्दत गर्नेछ,” एक प्रतिनिधि असगर अलीले भन्नुभयो । यसैबिच आधुनिक गाउँ (उजोनब्राक पुनर्वास) का प्रमुख सुश्री याङ याङले प्रतिनिधिमण्डललाई स्वागत गर्नुभयो र हामीलाई गाउँ र गाउँलेहरूको जीवनको बारेमा सबै बताउँदै धेरै जानकारी प्रदान गर्नुभयो ।
पहाडमा बसोबास गर्ने गरिब स्थानीय अल्पसङ्ख्यक जातिका मानिसहरूलाई चीनको गरिबी निवारण कार्यक्रमअन्तर्गत उनीहरूको जीवनस्तरमा सुधार ल्याउन प्रशस्त स्रोतहरू उपलब्ध गराएर यहाँ पुनर्वास गरिएको प्रतिनिधिहरूले थाहा पायौँ ।
स्थानीय सरकारले कसरी उनीहरूलाई आफ्नो आम्दानी बढाउन नयाँ व्यवसाय स्थापना गर्न सम्भव बनायो भन्ने मैले देखेको छु । गाउँको प्रत्येक पसलले १०,००० युआन (४१,४०५) देखि १५,००० युआनसम्म कमाउँछ । पैतृक पेसा पशुपालनबाहेक, अल्पसङ्ख्यक जातिका युवाहरूले आर्थिक क्षेत्रमा नजिकैका कारखानाहरूमा रोजगारी पाउँदै आएका छन् । कोही घरायसी पेसा अपनाएर आधुनिक कृषि पेसामा पनि लागेका छन् ।
चीनको जातीय नीति देशको अनौठो इतिहास र संस्कृतिमा निहित छ र यसका चार विशेषताहरू छन् : समानता, स्वायत्तता, विकास र एकता ।
सिन्चियाङका सबै जातजातिका जनताको कानुनी अधिकार र हितलाई प्रभावकारीरूपमा सुरक्षित गरिएको छ । सबै जातीय समूहहरूले तिनीहरूको जनसङ्ख्याको आकारमा बाहेक, समान कानुनी हैसियत छ र धार्मिक विश्वासको स्वतन्त्रता र कानुनबमोजिम विभिन्न अधिकारहरूको आनन्द लिइरहेका छन् । यी अधिकारहरूमा राज्यको मामिलामा सहभागिता, शिक्षामा पहुँच, आफ्नै भाषाको प्रयोग र परम्परागत संस्कृतिको संरक्षण समावेश छ । साथै सिन्चियाङ सरकारले उइगुर मुस्लिमहरूको समृद्धिको लागि ठुलो प्रयास गरेको छ । चरम गरिबी निवारणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ ।
इतिहासमा धेरै जातीय एकीकरणका धेरै चरणहरूको परिणामस्वरूप चीन एक एकीकृत बहुजातीय राष्ट्र भएको छ । यसले हजारौँ वर्ष लामो चिनियाँ सभ्यताको निर्बाध विकासमा ठुलो योगदान पु¥याएको छ । चीनका जातीय समूहहरू लामो समयदेखि साझा चासो र साझा भविष्य भएको समुदाय बनेका छन् ।
(लेखक पाकिस्तानको अन्तर्राष्ट्रिय सम्बन्ध र मिडिया अनुसन्धान संस्थानका अध्यक्ष हुनुहुन्छ ।)

अनुवाद : प्रकाश
– ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *