अदूरदर्शी शासकहरूको कारण देशमा अन्योल
- बैशाख ८, २०८२
भक्तपुर, असोज ६ । चवालीसौँ नेपालभाषा साहित्य सम्मेलनको तयारीस्वरूप च्वः साफु ब्वनेज्या (स्क्रिप्ट वाचन) कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले शारीरिक तथा बौद्धिक मजदुरको हितमा काम गर्ने साझा मञ्चको रूपमा तःमुंज्या दबु उपयोग भइरहेको चर्चा गर्दै साहित्य सिर्जना गर्दा मौलिक भाषासँगै शब्द चयनमा ध्यान दिन सुझाव दिनुभयो ।
साम्राज्यवाद विश्वको तेस्रो देशको बजार र खनिज कब्जा गरी ती देशलाई कठपुतली बनाउने नीतितर्फ अगाडि बढिरहेको हुँदा सजग हुनुजरुरी छ, उहाँले भन्नुभयो ।
उपत्यका बाहिर पनि सहर विस्तार गरी देशको समानुपातिक विकास गर्नुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।
लेखक आशराम वैद्यले नाटक तथा ख्यालमा विचारपक्षलाई समयसापेक्ष रूपमा जनतासमक्ष सकारात्मक सन्देशसहित सरल रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
लेखक राजेन्द्र श्रेष्ठले तःमुंज्यामा प्रस्तुत हुने नाटक तथा ख्यालमा उद्देश्यअनुरूप विषयवस्तु र समय सान्दर्भिक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
तःमुंज्या आयोजक समितिका सल्लाहकार ज्ञानसागर प्रजापतिले नाटक ख्यालको संवादको बिच कलाको प्रस्तुतिसँगै मौलिक उखान टुक्काको प्रयोग गर्नुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले मञ्चनयोग्य विषयवस्तु समेट्दा कौतुहलता र श्रृङ्गारिकतामा ख्याल गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सांस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply